الطور

At-Tur

The Mount · Surah 52 · Ayahs: 49 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلطُّورِ

    Open ayah 52:1

    तूरको कसम !

  2. وَكِتَٰبٖ مَّسۡطُورٖ

    Open ayah 52:2

    र, लेखिएको ग्रन्थको कसम ।

  3. فِي رَقّٖ مَّنشُورٖ

    Open ayah 52:3

    खुल्ला पानामा ।

  4. وَٱلۡبَيۡتِ ٱلۡمَعۡمُورِ

    Open ayah 52:4

    र, आबाद घरको कसम !

  5. وَٱلسَّقۡفِ ٱلۡمَرۡفُوعِ

    Open ayah 52:5

    र, उच्च छानाको कसम !

  6. وَٱلۡبَحۡرِ ٱلۡمَسۡجُورِ

    Open ayah 52:6

    र, तरङ्गित समुद्रको कसम !

  7. إِنَّ عَذَابَ رَبِّكَ لَوَٰقِعٞ

    Open ayah 52:7

    तिम्रा पालनकर्ताको प्रकोप अवश्य आउनेछ ।

  8. مَّا لَهُۥ مِن دَافِعٖ

    Open ayah 52:8

    यसलाई कसैले हटाउन सक्दैन ।

  9. يَوۡمَ تَمُورُ ٱلسَّمَآءُ مَوۡرٗا

    Open ayah 52:9

    जुन दिन आकाश थर थर काम्नेछ ।

  10. وَتَسِيرُ ٱلۡجِبَالُ سَيۡرٗا 

    Open ayah 52:10

    र, पर्वतहरू चलिरहने छ ।

  11. فَوَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

    Open ayah 52:11

    अतः सर्वनाश छ त्यसदिन मिथ्या ठहर गर्नेहरूकोलागि ।

  12. ٱلَّذِينَ هُمۡ فِي خَوۡضٖ يَلۡعَبُونَ

    Open ayah 52:12

    जो व्यर्थ कुराहरूमा लागेर खेल्दैछन् ।

  13. يَوۡمَ يُدَعُّونَ إِلَىٰ نَارِ جَهَنَّمَ دَعًّا

    Open ayah 52:13

    जुन दिन तिनीहरूलाई धकेल्दै नरकको आगोतर्फ लगिनेछ ‌।

  14. هَٰذِهِ ٱلنَّارُ ٱلَّتِي كُنتُم بِهَا تُكَذِّبُونَ

    Open ayah 52:14

    (तिनीहरुलाई भनिनेछ)– “यो त्यही आगो हो जसलाई तिमीहरू मिथ्या ठहर गर्ने गर्थ्यौ ।”

  15. أَفَسِحۡرٌ هَٰذَآ أَمۡ أَنتُمۡ لَا تُبۡصِرُونَ

    Open ayah 52:15

    (अब बताऊ)– “के यो जादू हो ? वा तिमीहरू देखिरहेका छैनौ ?”

  16. ٱصۡلَوۡهَا فَٱصۡبِرُوٓاْ أَوۡ لَا تَصۡبِرُواْ سَوَآءٌ عَلَيۡكُمۡۖ إِنَّمَا تُجۡزَوۡنَ مَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 52:16

    तिमीहरु त्यसमा डढ । अब तिमीहरू चाहे धैर्य गर वा नगर बराबर छ । तिमीहरूलाई त्यस्तै बदला दिईंदैछ जस्तो कर्म तिमीहरू गर्ने गर्थ्यौ ।

  17. إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّٰتٖ وَنَعِيمٖ

    Open ayah 52:17

    निस्सन्देह धर्मनिष्ठ मानिसहरू बगैंचा तथा वैभवमा हुनेछन् ।

  18. فَٰكِهِينَ بِمَآ ءَاتَىٰهُمۡ رَبُّهُمۡ وَوَقَىٰهُمۡ رَبُّهُمۡ عَذَابَ ٱلۡجَحِيمِ

    Open ayah 52:18

    आफ्ना पालनकर्ताले प्रदान गरेका चिजहरूबाट आनन्द लिइरहेका हुनेछन्, र उनका पालनकर्ताले उनलाई दन्कदो आगोबाट बचाउनेछन् ।

  19. كُلُواْ وَٱشۡرَبُواْ هَنِيٓـَٔۢا بِمَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 52:19

    (उनीहरूलाई भनिनेछ)– “आनन्दले खाऊ र पिऊ ती कार्यहरूको प्रतिदानस्वरूप जुन तिमीहरू गर्ने गर्थ्यौ ।

  20. مُتَّكِـِٔينَ عَلَىٰ سُرُرٖ مَّصۡفُوفَةٖۖ وَزَوَّجۡنَٰهُم بِحُورٍ عِينٖ 

    Open ayah 52:20

    आमुन्ने–सामुन्ने बिछ्याएका गद्दीहरूमाथि सिरानी लगाएर ढल्किएका हुनेछन् र हामीले उनीहरूको विवाह ठूला–ठूला आंखा भएकी अप्सराहरुसित गरिदिनेछौं ।

  21. وَٱلَّذِينَ ءَامَنُواْ وَٱتَّبَعَتۡهُمۡ ذُرِّيَّتُهُم بِإِيمَٰنٍ أَلۡحَقۡنَا بِهِمۡ ذُرِّيَّتَهُمۡ وَمَآ أَلَتۡنَٰهُم مِّنۡ عَمَلِهِم مِّن شَيۡءٖۚ كُلُّ ٱمۡرِيِٕۭ بِمَا كَسَبَ رَهِينٞ

    Open ayah 52:21

    जुन मानिसहरूले ईमान ल्याए र उनीहरूका सन्तानहरूले पनि ईमानको अवस्थामा उनीहरूको पदचिन्हको अनुसरण गरे हामी उनीहरूका सन्तानहरू लाई उनीहरूसँग मिलाउनेछौं, र उनीहरूका कर्महरूमा पनि कुनै कमी गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नै कर्मको सट्टामा बन्धक छ ।

  22. وَأَمۡدَدۡنَٰهُم بِفَٰكِهَةٖ وَلَحۡمٖ مِّمَّا يَشۡتَهُونَ

    Open ayah 52:22

    र, जुन फलफूल तथा मासु उनीहरू मन पराउँछन् त्यो हामी प्रशस्त मात्रामा प्रदान गर्नेछौं ।

  23. يَتَنَٰزَعُونَ فِيهَا كَأۡسٗا لَّا لَغۡوٞ فِيهَا وَلَا تَأۡثِيمٞ

    Open ayah 52:23

    उनीहरू त्यहाँ परस्पर मद्य–पात्र लिइरहेका हुनेछन्, जसमा न अपशब्द हुनेछ न दुश्चरित्रता नै ।

  24. ۞وَيَطُوفُ عَلَيۡهِمۡ غِلۡمَانٞ لَّهُمۡ كَأَنَّهُمۡ لُؤۡلُؤٞ مَّكۡنُونٞ

    Open ayah 52:24

    उनीहरूको वरिपरि उनीहरूको सेवाकोनिम्ति उनीहरूकोलागि विशेष सुन्दर बालकहरू घुमिरहेका हुनेछन्, मानौं ती छोपेर राखिएका मोती हुन् ।

  25. وَأَقۡبَلَ بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٖ يَتَسَآءَلُونَ

    Open ayah 52:25

    उनीहरू एक अर्कातिर फर्किएर परस्पर सोधपुछ गरिरहेका हुनेछन् ।

  26. قَالُوٓاْ إِنَّا كُنَّا قَبۡلُ فِيٓ أَهۡلِنَا مُشۡفِقِينَ

    Open ayah 52:26

    उनीहरूले भन्नेछन्– “यसअघि हामी आफ्ना परिवारभित्र डराउँदै जीवनयापन गर्दथ्यौं ।

  27. فَمَنَّ ٱللَّهُ عَلَيۡنَا وَوَقَىٰنَا عَذَابَ ٱلسَّمُومِ

    Open ayah 52:27

    अतः अल्लाहले हामीमाथि कृपा गरे र हामीलाई लूको यातनाबाट बचाए ।

  28. إِنَّا كُنَّا مِن قَبۡلُ نَدۡعُوهُۖ إِنَّهُۥ هُوَ ٱلۡبَرُّ ٱلرَّحِيمُ

    Open ayah 52:28

    पछिल्लो जीवनमा पनि हामी उनैलाई पुकार्ने गर्थ्यौँ । उनी वास्तवमा अत्यन्त उपकारी एवं परम दयालु छन् ।

  29. فَذَكِّرۡ فَمَآ أَنتَ بِنِعۡمَتِ رَبِّكَ بِكَاهِنٖ وَلَا مَجۡنُونٍ

    Open ayah 52:29

    अतः हे मुहम्मद स.! उपदेश दिंदै गर । तिमी आफ्ना पालनकर्ताको कृपाले न ज्योतिषी हौ र न कुनै उन्मादी नै ।

  30. أَمۡ يَقُولُونَ شَاعِرٞ نَّتَرَبَّصُ بِهِۦ رَيۡبَ ٱلۡمَنُونِ 

    Open ayah 52:30

    के यी काफिरहरू भन्छन्– “यो कवि हो । हामी यसमाथि समयको कालचक्र को प्रतीक्षा गर्दैछौं ।”

  31. قُلۡ تَرَبَّصُواْ فَإِنِّي مَعَكُم مِّنَ ٱلۡمُتَرَبِّصِينَ

    Open ayah 52:31

    भनिदेऊ– “प्रतीक्षा गर, म पनि तिमीहरूसँग प्रतीक्षा गर्दछु ।”

  32. أَمۡ تَأۡمُرُهُمۡ أَحۡلَٰمُهُم بِهَٰذَآۚ أَمۡ هُمۡ قَوۡمٞ طَاغُونَ

    Open ayah 52:32

    के यिनीहरूको बुद्धिले यिनीहरूलाई यही कुरा सिकाउँछ वा यिनीहरू वास्तवमा सीमो उल्लङ्घनकारी नै हुन् ?

  33. أَمۡ يَقُولُونَ تَقَوَّلَهُۥۚ بَل لَّا يُؤۡمِنُونَ

    Open ayah 52:33

    के यिनीहरू यसले कुरआन आफैं रचेको हो भनेर भन्छन् ? वास्तविक कुरा के हो भने यिनीहरू ईमान ल्याउन चाहँदैनन् ।

  34. فَلۡيَأۡتُواْ بِحَدِيثٖ مِّثۡلِهِۦٓ إِن كَانُواْ صَٰدِقِينَ

    Open ayah 52:34

    यदि यिनीहरू आफ्नो कथनमा सच्चा छन् भने यस्तै किसिमको एउटा वाणी बनाएर ल्याऊन् ।

  35. أَمۡ خُلِقُواْ مِنۡ غَيۡرِ شَيۡءٍ أَمۡ هُمُ ٱلۡخَٰلِقُونَ

    Open ayah 52:35

    के यिनीहरूको सृष्टि विना आधार नै भएको ? वा यिनीहरू आफैं स्रष्टा हुन् ?

  36. أَمۡ خَلَقُواْ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۚ بَل لَّا يُوقِنُونَ

    Open ayah 52:36

    वा आकाशहरू तथा पृथ्वीलाई यिनीहरूले सृष्टि गरेका हुन् ? बरु यिनीहरू विश्वास नै राख्दैनन् ।

  37. أَمۡ عِندَهُمۡ خَزَآئِنُ رَبِّكَ أَمۡ هُمُ ٱلۡمُصَۜيۡطِرُونَ

    Open ayah 52:37

    के तिम्रा पालनकर्ताको खजाना यिनीहरूको नियन्त्रणमा छ ? वा यिनीहरू नै नियन्त्रक हुन् ?

  38. أَمۡ لَهُمۡ سُلَّمٞ يَسۡتَمِعُونَ فِيهِۖ فَلۡيَأۡتِ مُسۡتَمِعُهُم بِسُلۡطَٰنٖ مُّبِينٍ

    Open ayah 52:38

    के यिनीहरूसँग यस्तो भर्याङ्ग छ जसको माध्यमबाट (माथिल्लो लोकको कुरा) कान थापेर सुन्ने गर्छन् ? हो भने सुन्ने व्यक्तिले स्पष्ट प्रमाण ल्याओस् ।

  39. أَمۡ لَهُ ٱلۡبَنَٰتُ وَلَكُمُ ٱلۡبَنُونَ

    Open ayah 52:39

    के उनको (अल्लाहको लागि) छोरीहरू छन् र तिमीहरूका लागि छोराहरू ?

  40. أَمۡ تَسۡـَٔلُهُمۡ أَجۡرٗا فَهُم مِّن مَّغۡرَمٖ مُّثۡقَلُونَ 

    Open ayah 52:40

    (हे सन्देष्टा !) के तिमी यिनीहरूबाट कुनै प्रतिदान माग्छौ कि यिनीहरू त्यस जरिवानाको भारीमुनि दबिन पुगेका छन् ?

  41. أَمۡ عِندَهُمُ ٱلۡغَيۡبُ فَهُمۡ يَكۡتُبُونَ

    Open ayah 52:41

    के यिनीहरूलाई परोक्षको ज्ञान प्राप्त छ जसलाई यिनीहरू लेख्ने गर्दछन् ?

  42. أَمۡ يُرِيدُونَ كَيۡدٗاۖ فَٱلَّذِينَ كَفَرُواْ هُمُ ٱلۡمَكِيدُونَ

    Open ayah 52:42

    के यिनीहरू कुनै षड्यन्त्र गर्न चाहन्छन् ? हो भने, यी काफिरहरू स्वयं षड्यन्त्रका शिकार हुनेछन् ।

  43. أَمۡ لَهُمۡ إِلَٰهٌ غَيۡرُ ٱللَّهِۚ سُبۡحَٰنَ ٱللَّهِ عَمَّا يُشۡرِكُونَ

    Open ayah 52:43

    के यिनीहरू अल्लाबाहेक अन्य कुनै उपास्य राख्दछन् ? अल्लाह पवित्र छन् त्यस शिर्कबाट जुन यिनीहरूले गर्छन् ।

  44. وَإِن يَرَوۡاْ كِسۡفٗا مِّنَ ٱلسَّمَآءِ سَاقِطٗا يَقُولُواْ سَحَابٞ مَّرۡكُومٞ

    Open ayah 52:44

    यिनीहरूले आकाशबाट प्रकोपको कुनै टुक्रा खसिरहेको देखे पनि यही भन्छन् कि यो तहै–तह परेको बादल हो ।

  45. فَذَرۡهُمۡ حَتَّىٰ يُلَٰقُواْ يَوۡمَهُمُ ٱلَّذِي فِيهِ يُصۡعَقُونَ

    Open ayah 52:45

    अतः (हे सन्देष्टा !) यिनीहरूलाई यिनीहरुकै अवस्थामा छोडिदेऊ । यहाँसम्म कि यिनीहरू त्यस दिनलाई देखून् जुन दिन यिनीहरू बेहोस हुनेछन् ।

  46. يَوۡمَ لَا يُغۡنِي عَنۡهُمۡ كَيۡدُهُمۡ شَيۡـٔٗا وَلَا هُمۡ يُنصَرُونَ

    Open ayah 52:46

    जुन दिन न यिनीहरूको जुक्तिले यिनीहरूलाई कुनै लाभ पुर्याउनेछ र न यिनीहरूको कुनै सहयोग नै गरिनेछ ।

  47. وَإِنَّ لِلَّذِينَ ظَلَمُواْ عَذَابٗا دُونَ ذَٰلِكَ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 52:47

    र अत्याचारीहरूकालागि यसबाहेक अरू यातना पनि छ तर यिनीहरूमध्ये अधिकांश जान्दैनन् ।

  48. وَٱصۡبِرۡ لِحُكۡمِ رَبِّكَ فَإِنَّكَ بِأَعۡيُنِنَاۖ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ حِينَ تَقُومُ

    Open ayah 52:48

    (हे मुहम्मद स.!) आफ्ना पालनकर्ताको आदेश आउञ्जेलसम्म धैर्य धारण गर, किनभने तिमी हाम्रो आँखा सामुन्ने छौ । अनि जब तिमी उभिन्छौ आफ्ना पालनकर्ताको प्रशंसाकासाथ महिमागान गर ।

  49. وَمِنَ ٱلَّيۡلِ فَسَبِّحۡهُ وَإِدۡبَٰرَ ٱلنُّجُومِ

    Open ayah 52:49

    र रातमा पनि उनको महिमागान गर र ताराहरू अस्ताउने समयमा पनि ।