النجم

An-Najm

The Star · Surah 53 · Ayahs: 62 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلنَّجۡمِ إِذَا هَوَىٰ

    Open ayah 53:1

    ताराको कसम जब त्यो अस्ताउंछ ।

  2. مَا ضَلَّ صَاحِبُكُمۡ وَمَا غَوَىٰ

    Open ayah 53:2

    तिमीहरूका साथी न पथभ्रष्ट भएका छन् न बहकिएका छन् ।

  3. وَمَا يَنطِقُ عَنِ ٱلۡهَوَىٰٓ

    Open ayah 53:3

    र उनी आफ्नो इच्छाले बोल्दैनन् ।

  4. إِنۡ هُوَ إِلَّا وَحۡيٞ يُوحَىٰ

    Open ayah 53:4

    यो त प्रकाशना हो जुन अवतीर्ण गरिन्छ ।

  5. عَلَّمَهُۥ شَدِيدُ ٱلۡقُوَىٰ

    Open ayah 53:5

    उनलाई सिकाए अत्यन्त शक्तिशालीले

  6. ذُو مِرَّةٖ فَٱسۡتَوَىٰ

    Open ayah 53:6

    शक्तिमान (जिब्रईल), अनि उनी (प्रष्ट रुपमा) सीधा खडा भए ।

  7. وَهُوَ بِٱلۡأُفُقِ ٱلۡأَعۡلَىٰ

    Open ayah 53:7

    जब उनी माथिल्लो क्षितिजमा थिए ।,

  8. ثُمَّ دَنَا فَتَدَلَّىٰ

    Open ayah 53:8

    फेरि उनी नजिक पुगे अनि झुण्डिए ।

  9. فَكَانَ قَابَ قَوۡسَيۡنِ أَوۡ أَدۡنَىٰ

    Open ayah 53:9

    यहाँसम्म कि उनी दुई धनुष बराबर वा त्यसभन्दा पनि कम दूरीमा रहे ।

  10. فَأَوۡحَىٰٓ إِلَىٰ عَبۡدِهِۦ مَآ أَوۡحَىٰ 

    Open ayah 53:10

    तब उनले अल्लाहका भक्तलाई त्यो प्रकाशना (वह्य) पुर्याए जुन उनले पुर्याउनु थियो ।

  11. مَا كَذَبَ ٱلۡفُؤَادُ مَا رَأَىٰٓ

    Open ayah 53:11

    जे उनले देखे हृदयले त्यसलाई झूठो ठहर गरेन ।

  12. أَفَتُمَٰرُونَهُۥ عَلَىٰ مَا يَرَىٰ

    Open ayah 53:12

    अब, के तिमीहरू त्यस कुरामा उनीसित वादविवाद गर्छौ जुन उनी देख्छन् ?

  13. وَلَقَدۡ رَءَاهُ نَزۡلَةً أُخۡرَىٰ

    Open ayah 53:13

    जबकि उनलाई त अझ एकपटक देखेका थिए ।

  14. عِندَ سِدۡرَةِ ٱلۡمُنتَهَىٰ

    Open ayah 53:14

    ‘सिद्रतुलमुन्तहा’ ( अंतिम बयरको वृक्ष) नजिक ।

  15. عِندَهَا جَنَّةُ ٱلۡمَأۡوَىٰٓ

    Open ayah 53:15

    जहाँ जन्नतुलमअ्वा अवस्थित छ ।

  16. إِذۡ يَغۡشَى ٱلسِّدۡرَةَ مَا يَغۡشَىٰ

    Open ayah 53:16

    जबकि बयरको वृक्षलाई एउटा ढाक्ने चिजले ढाकिरहेको थियो ।

  17. مَا زَاغَ ٱلۡبَصَرُ وَمَا طَغَىٰ

    Open ayah 53:17

    न आँखा भ्रममा पर्यो, र न सीमा उल्लंघन नै गर्यो ।

  18. لَقَدۡ رَأَىٰ مِنۡ ءَايَٰتِ رَبِّهِ ٱلۡكُبۡرَىٰٓ

    Open ayah 53:18

    र वास्तवमा उनले आफ्ना पालनकर्ताका ठूला निशानीहरू देखे ।

  19. أَفَرَءَيۡتُمُ ٱللَّٰتَ وَٱلۡعُزَّىٰ

    Open ayah 53:19

    “के तिमीहरूले ‘लात’ तथा ‘उजजा’ का बारेमा विचार गर्यौ ?

  20. وَمَنَوٰةَ ٱلثَّالِثَةَ ٱلۡأُخۡرَىٰٓ 

    Open ayah 53:20

    अर्को तेस्रो मनातको बारेमा पनि ।

  21. أَلَكُمُ ٱلذَّكَرُ وَلَهُ ٱلۡأُنثَىٰ

    Open ayah 53:21

    के तिमीहरूकालागि छोराहरू छन् र उनका (अल्लाहका) लागि चाहिँ छोरीहरू ?

  22. تِلۡكَ إِذٗا قِسۡمَةٞ ضِيزَىٰٓ

    Open ayah 53:22

    यो बन्डा त धेरै अन्यायपूर्ण भयो ।

  23. إِنۡ هِيَ إِلَّآ أَسۡمَآءٞ سَمَّيۡتُمُوهَآ أَنتُمۡ وَءَابَآؤُكُم مَّآ أَنزَلَ ٱللَّهُ بِهَا مِن سُلۡطَٰنٍۚ إِن يَتَّبِعُونَ إِلَّا ٱلظَّنَّ وَمَا تَهۡوَى ٱلۡأَنفُسُۖ وَلَقَدۡ جَآءَهُم مِّن رَّبِّهِمُ ٱلۡهُدَىٰٓ

    Open ayah 53:23

    वास्तवमा यी तिमीहरूले र तिमीहरूका पुर्खाहरूले राखेका केही नाम मात्र हुन् । यसबारेमा अल्लाहले कुनै प्रमाण अवतरित गरेका छैनन् । यिनीहरू केवल अनुमान तथा मनोकांक्षाहरुको अनुसरण गर्दैछन् जबकि तिनीहरुका पालनकर्ताको तर्फबाट तिनीहरूसमक्ष मार्गदर्शन आइपुगेको छ ।

  24. أَمۡ لِلۡإِنسَٰنِ مَا تَمَنَّىٰ

    Open ayah 53:24

    के मानिस जे कामना गर्छ त्यो उसलाई प्राप्त हुन्छ र ?

  25. فَلِلَّهِ ٱلۡأٓخِرَةُ وَٱلۡأُولَىٰ

    Open ayah 53:25

    अल्लाह नै परलोक र लोकको पनि स्वामी हुन् ।

  26. ۞وَكَم مِّن مَّلَكٖ فِي ٱلسَّمَٰوَٰتِ لَا تُغۡنِي شَفَٰعَتُهُمۡ شَيۡـًٔا إِلَّا مِنۢ بَعۡدِ أَن يَأۡذَنَ ٱللَّهُ لِمَن يَشَآءُ وَيَرۡضَىٰٓ

    Open ayah 53:26

    र, आकाशहरूमा अंगिन्त फरिश्ताहरू छन् जसको सिफारिशले कुनै फाइदा पुर्याउन सक्दैन । तर अल्लाहको आज्ञापछि मात्र, र जसका लागि उनी चाहन्छन् र (जुन सिफारिस कर्ताबाट) प्रसन्न हुन्छन् ।

  27. إِنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ لَيُسَمُّونَ ٱلۡمَلَٰٓئِكَةَ تَسۡمِيَةَ ٱلۡأُنثَىٰ

    Open ayah 53:27

    तर जुन मानिसहरू आखिरतलाई मान्दैनन्, तिनीहरू फरिश्ताहरूलाई स्त्रीको संज्ञा दिन्छन् ।

  28. وَمَا لَهُم بِهِۦ مِنۡ عِلۡمٍۖ إِن يَتَّبِعُونَ إِلَّا ٱلظَّنَّۖ وَإِنَّ ٱلظَّنَّ لَا يُغۡنِي مِنَ ٱلۡحَقِّ شَيۡـٔٗا

    Open ayah 53:28

    जब कि यस बारेमा तिनीहरूलाई कुनै ज्ञान प्राप्त छैन । तिनीहरू केवल अनुमानको अनुसरण गर्दैछन् र अनुमानले नितान्त सत्यबाट निस्पृह पार्न सक्ने छैन ।

  29. فَأَعۡرِضۡ عَن مَّن تَوَلَّىٰ عَن ذِكۡرِنَا وَلَمۡ يُرِدۡ إِلَّا ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا

    Open ayah 53:29

    (हे मुहम्मद स.!) ती मानिसहरूलाई बेवास्ता गर जो हाम्रो स्मरणबाट विमुख हुन्छन् र जो सांसारिक जीवनबाहेक अन्य कुनै पनि कुराको अभिलाषी होइनन् ।

  30. ذَٰلِكَ مَبۡلَغُهُم مِّنَ ٱلۡعِلۡمِۚ إِنَّ رَبَّكَ هُوَ أَعۡلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِۦ وَهُوَ أَعۡلَمُ بِمَنِ ٱهۡتَدَىٰ 

    Open ayah 53:30

    यो तिनीहरूको ज्ञानको अन्तिम सीमा हो । तिम्रा पालनकर्ता आफ्नो पथबाट भ्रष्ट भएकालाई राम्ररी जान्दछन् र आफ्नो मार्गमा रहेकालाई पनि ।

  31. وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ لِيَجۡزِيَ ٱلَّذِينَ أَسَٰٓـُٔواْ بِمَا عَمِلُواْ وَيَجۡزِيَ ٱلَّذِينَ أَحۡسَنُواْ بِٱلۡحُسۡنَى

    Open ayah 53:31

    र, अल्लाहकै हुन् जेजति आकाशहरूमाछन् र जेजति पृथ्वीमाछन्, ताकि अल्लाहले दुष्कर्म गर्नेहरूलाई तिनीहरुका कर्महरूको बदला दिऊन् र पुण्यकर्म गर्नेहरूलाई उत्तम प्रतिदान प्रदान गरून् ।

  32. ٱلَّذِينَ يَجۡتَنِبُونَ كَبَٰٓئِرَ ٱلۡإِثۡمِ وَٱلۡفَوَٰحِشَ إِلَّا ٱللَّمَمَۚ إِنَّ رَبَّكَ وَٰسِعُ ٱلۡمَغۡفِرَةِۚ هُوَ أَعۡلَمُ بِكُمۡ إِذۡ أَنشَأَكُم مِّنَ ٱلۡأَرۡضِ وَإِذۡ أَنتُمۡ أَجِنَّةٞ فِي بُطُونِ أُمَّهَٰتِكُمۡۖ فَلَا تُزَكُّوٓاْ أَنفُسَكُمۡۖ هُوَ أَعۡلَمُ بِمَنِ ٱتَّقَىٰٓ

    Open ayah 53:32

    जुन मानिसहरू ठूला पापहरू र निर्लज्जताको कुराबाट बच्ने गर्छन्, सानातिना भूलचूकको कुराहरु बाहेक । निश्चय नै (तिनीहरुकालागि) क्षमादानमा तिम्रा पालनकर्ता अति उदार छन् । उनी तिमीहरूलाई राम्ररी जान्दछन् । जब उनले तिमीहरूलाई धर्तीबाट सृष्टि गरे र जब तिमीहरू आ–आफ्ना आमाहरूका गर्भमा भ्रूण थियौ । अतः तिमी स्वयं आफैलाई पवित्र नठान । उनी ईशभय राख्नेहरूलाई राम्ररी जान्दछन् ।

  33. أَفَرَءَيۡتَ ٱلَّذِي تَوَلَّىٰ

    Open ayah 53:33

    के तिमीले त्यस व्यक्तिलाई देख्यौ जो विमुख भयो ?

  34. وَأَعۡطَىٰ قَلِيلٗا وَأَكۡدَىٰٓ

    Open ayah 53:34

    अनि, अलिकति दियो र रोक्यो ?

  35. أَعِندَهُۥ عِلۡمُ ٱلۡغَيۡبِ فَهُوَ يَرَىٰٓ

    Open ayah 53:35

    के त्यसलाई अदृश्यको ज्ञान छ कि ऊ (त्यसलाई) देख्दैछ ।

  36. أَمۡ لَمۡ يُنَبَّأۡ بِمَا فِي صُحُفِ مُوسَىٰ

    Open ayah 53:36

    के त्यसलाई मूसाको ग्रन्थमा रहेको कुराबाट अवगत गराइएको छैन ।

  37. وَإِبۡرَٰهِيمَ ٱلَّذِي وَفَّىٰٓ

    Open ayah 53:37

    र इब्राहीमको ग्रन्थमा पनि, जसले पूर्णरूपमा आदेशको पालना गरे ?

  38. أَلَّا تَزِرُ وَازِرَةٞ وِزۡرَ أُخۡرَىٰ

    Open ayah 53:38

    यो कुरा कि कुनै भारी उठाउनेवालाले कसैको भारी उठाउने छैन ।

  39. وَأَن لَّيۡسَ لِلۡإِنسَٰنِ إِلَّا مَا سَعَىٰ

    Open ayah 53:39

    र, यो कुरा पनि कि मानिसलाई केवल उसले गरेको प्रयासको फल प्राप्त हुनेछ ।

  40. وَأَنَّ سَعۡيَهُۥ سَوۡفَ يُرَىٰ 

    Open ayah 53:40

    र, यो कि उसको प्रयत्न चाँडै नै देखिनेछ ।

  41. ثُمَّ يُجۡزَىٰهُ ٱلۡجَزَآءَ ٱلۡأَوۡفَىٰ

    Open ayah 53:41

    अनि त्यसको पूरा प्रतिफल उसलाई दिइनेछ ।

  42. وَأَنَّ إِلَىٰ رَبِّكَ ٱلۡمُنتَهَىٰ

    Open ayah 53:42

    र, तिमीहरूको अंतिम गन्तव्य तिम्रो पालन कर्ता कहाँ नै हो ।

  43. وَأَنَّهُۥ هُوَ أَضۡحَكَ وَأَبۡكَىٰ

    Open ayah 53:43

    र, उनी नै हँसाउछन् र उनी नै रूवाउँछन् ।

  44. وَأَنَّهُۥ هُوَ أَمَاتَ وَأَحۡيَا

    Open ayah 53:44

    उनी नै मृत्यु दिन्छन् अनि उनले नै जीवन दिन्छन् ।

  45. وَأَنَّهُۥ خَلَقَ ٱلزَّوۡجَيۡنِ ٱلذَّكَرَ وَٱلۡأُنثَىٰ

    Open ayah 53:45

    र, उनले नै भालेपोथीको जोडी सृष्टि गरेका छन् ।

  46. مِن نُّطۡفَةٍ إِذَا تُمۡنَىٰ

    Open ayah 53:46

    एउटा वीर्यको थोपाबाट जब त्यसलाई खसालिन्छ ।

  47. وَأَنَّ عَلَيۡهِ ٱلنَّشۡأَةَ ٱلۡأُخۡرَىٰ

    Open ayah 53:47

    र, पुनर्जीवित गर्नु पनि उनकै जिम्मामा रहेको छ ।

  48. وَأَنَّهُۥ هُوَ أَغۡنَىٰ وَأَقۡنَىٰ

    Open ayah 53:48

    र, उनले नै धनी तुल्याउँछन् अनि सम्पत्ति प्रदान गर्छन् ।

  49. وَأَنَّهُۥ هُوَ رَبُّ ٱلشِّعۡرَىٰ

    Open ayah 53:49

    र, उनी नै शिअ्राका मालिक हुन् ।

  50. وَأَنَّهُۥٓ أَهۡلَكَ عَادًا ٱلۡأُولَىٰ 

    Open ayah 53:50

    र, यो कि उनैले प्राचीन आद्लाई नष्ट पारे ।

  51. وَثَمُودَاْ فَمَآ أَبۡقَىٰ

    Open ayah 53:51

    र, समूदलाई बाँकी छाडेनन् ।

  52. وَقَوۡمَ نُوحٖ مِّن قَبۡلُۖ إِنَّهُمۡ كَانُواْ هُمۡ أَظۡلَمَ وَأَطۡغَىٰ

    Open ayah 53:52

    र, त्यसअघि नूहको जातिलाई पनि (नष्ट पारे) किनभने तिनीहरू अति नै अत्याचारी एवं उदण्ड थिए ।

  53. وَٱلۡمُؤۡتَفِكَةَ أَهۡوَىٰ

    Open ayah 53:53

    र, घोप्टो पारिएका नगरहरू पनि उनैले घोप्टो पारे ।

  54. فَغَشَّىٰهَا مَا غَشَّىٰ

    Open ayah 53:54

    फेरि त्यसलाई ढपक्कै ढाक्नेले ढाक्यो ।

  55. فَبِأَيِّ ءَالَآءِ رَبِّكَ تَتَمَارَىٰ

    Open ayah 53:55

    अतः तिमी आफ्ना पालनकर्ताका कुन–कुन वरदान बारे झगडा गर्छौ त ?

  56. هَٰذَا نَذِيرٞ مِّنَ ٱلنُّذُرِ ٱلۡأُولَىٰٓ

    Open ayah 53:56

    यिनी पहिलेका सचेतकहरूमध्येकै एक सचेतक हुन् ।

  57. أَزِفَتِ ٱلۡأٓزِفَةُ

    Open ayah 53:57

    निकट आउने समय (महाप्रलय) निकट आइपुगेको छ ।

  58. لَيۡسَ لَهَا مِن دُونِ ٱللَّهِ كَاشِفَةٌ

    Open ayah 53:58

    अल्लाहबाहेक त्यसलाई कोही टार्नेवाला छैन ।

  59. أَفَمِنۡ هَٰذَا ٱلۡحَدِيثِ تَعۡجَبُونَ

    Open ayah 53:59

    के तिमीहरू यसै कुरामा आश्चर्य मान्छौ ?

  60. وَتَضۡحَكُونَ وَلَا تَبۡكُونَ 

    Open ayah 53:60

    र, तिमीहरु हाँस्छौ र रुँदैनौ ?

  61. وَأَنتُمۡ سَٰمِدُونَ

    Open ayah 53:61

    बरु तिमीहरू अहङ्कारी भई खेल कूदमा मग्न छौ ।

  62. فَٱسۡجُدُواْۤ لِلَّهِۤ وَٱعۡبُدُواْ۩

    Open ayah 53:62

    अतः तिमीहरू अल्लाहसामू सज्दा गर र उनकै भक्ति गर ।