القمر

Al-Qamar

The Moon · Surah 54 · Ayahs: 55 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. ٱقۡتَرَبَتِ ٱلسَّاعَةُ وَٱنشَقَّ ٱلۡقَمَرُ

    Open ayah 54:1

    महाप्रलयको घडी निकट आइपुग्यो र चन्द्रमा फुट्यो ।

  2. وَإِن يَرَوۡاْ ءَايَةٗ يُعۡرِضُواْ وَيَقُولُواْ سِحۡرٞ مُّسۡتَمِرّٞ

    Open ayah 54:2

    तैपनि यिनीहरू कुनै पनि निशानी देख्दा विमुख हुन्छन् र भन्छन्– “यो त चलिरहेको जादू हो ।”

  3. وَكَذَّبُواْ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُمۡۚ وَكُلُّ أَمۡرٖ مُّسۡتَقِرّٞ

    Open ayah 54:3

    यिनीहरूले यसलाई पनि मिथ्या ठहर गरे र मनोकांक्षाकै अनुसरण गरे । र, प्रत्येक मामलाको समय निर्धारित छ ।

  4. وَلَقَدۡ جَآءَهُم مِّنَ ٱلۡأَنۢبَآءِ مَا فِيهِ مُزۡدَجَرٌ

    Open ayah 54:4

    निश्चय नै यिनीहरूसमक्ष (विगतका समुदायहरूको) वृत्तान्त आइसकेको छ जसमा पर्याप्त त्रास छ ।

  5. حِكۡمَةُۢ بَٰلِغَةٞۖ فَمَا تُغۡنِ ٱلنُّذُرُ

    Open ayah 54:5

    (यसमा) मनलाई छुने तत्वदर्शिता छ । तर सचेतकहरूले यिनीहरूलाई केही फाइदा पुर्याउन सकेनन् ।

  6. فَتَوَلَّ عَنۡهُمۡۘ يَوۡمَ يَدۡعُ ٱلدَّاعِ إِلَىٰ شَيۡءٖ نُّكُرٍ

    Open ayah 54:6

    अतः (हे सन्देष्टा !) यिनीहरूलाई बेवास्ता गर (र त्यस) दिनलाई (पर्ख) जब पुकार्नेले एउटा अत्यन्त अप्रिय वस्तुतर्फ पुकार्नेछन् ।

  7. خُشَّعًا أَبۡصَٰرُهُمۡ يَخۡرُجُونَ مِنَ ٱلۡأَجۡدَاثِ كَأَنَّهُمۡ جَرَادٞ مُّنتَشِرٞ

    Open ayah 54:7

    यिनीहरू आँखालाई झुकाई यताउति छरिएका सलहहरू जस्तै चिहानहरूबाट यसरी निस्कनेछन् ...

  8. مُّهۡطِعِينَ إِلَى ٱلدَّاعِۖ يَقُولُ ٱلۡكَٰفِرُونَ هَٰذَا يَوۡمٌ عَسِرٞ

    Open ayah 54:8

    पुकार्नेवालातर्फ तिव्र गतिमा दौडदै । इन्कार गर्नेहरूले भन्नेछन्–“यो अति कठिन दिन रहेछ ।”

  9. ۞كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ فَكَذَّبُواْ عَبۡدَنَا وَقَالُواْ مَجۡنُونٞ وَٱزۡدُجِرَ

    Open ayah 54:9

    यसअघि नूहका समुदायले मिथ्या ठहर गरिसकेका छन् अनि तिनीहरूले हाम्रो भक्तलाई असत्य ठहर गरे र भने– “यो त उन्मादी पो रहेछ ।” र, उनलाई तर्साइयो पनि ।

  10. فَدَعَا رَبَّهُۥٓ أَنِّي مَغۡلُوبٞ فَٱنتَصِرۡ 

    Open ayah 54:10

    अनि उनले आफ्ना पालनकर्तालाई पुकारे– “म दबाइएँ; अतः यिनीहरूसित बदला लेऊ ।”

  11. فَفَتَحۡنَآ أَبۡوَٰبَ ٱلسَّمَآءِ بِمَآءٖ مُّنۡهَمِرٖ

    Open ayah 54:11

    अनि हामीले मुसलधारे वर्षाकासाथ आकाशका द्वार खोलिदियौं ।

  12. وَفَجَّرۡنَا ٱلۡأَرۡضَ عُيُونٗا فَٱلۡتَقَى ٱلۡمَآءُ عَلَىٰٓ أَمۡرٖ قَدۡ قُدِرَ

    Open ayah 54:12

    र, पृथ्वीमा मूलहरू फुटायौं अनि त्यस निर्धारित कामकोलागि (दुवै) पानी जम्मा भयो ।

  13. وَحَمَلۡنَٰهُ عَلَىٰ ذَاتِ أَلۡوَٰحٖ وَدُسُرٖ

    Open ayah 54:13

    र, हामीले उनलाई तख्ता तथा काँटी भएको चिज (डुँगा) मा सवार गरायौं ।

  14. تَجۡرِي بِأَعۡيُنِنَا جَزَآءٗ لِّمَن كَانَ كُفِرَ

    Open ayah 54:14

    त्यो हाम्रो आँखासामुन्ने चलिरहेको थियो, बदला स्वरूप त्यस व्यक्ति (संदेश वाहकको) लागि जसलाई इन्कार गरिएको थियो ।

  15. وَلَقَد تَّرَكۡنَٰهَآ ءَايَةٗ فَهَلۡ مِن مُّدَّكِرٖ

    Open ayah 54:15

    र, त्यस (डुङ्गा) लाई हामीले ठूलो निशानी बनाएर छोड्यौं । अतः कोही छ शिक्षा ग्रहण गर्ने व्यक्ति ?

  16. فَكَيۡفَ كَانَ عَذَابِي وَنُذُرِ

    Open ayah 54:16

    हेर ! कस्तो थियो मेरो प्रकोप, र कस्ता थिए मेरा चेतावनीहरू !

  17. وَلَقَدۡ يَسَّرۡنَا ٱلۡقُرۡءَانَ لِلذِّكۡرِ فَهَلۡ مِن مُّدَّكِرٖ

    Open ayah 54:17

    हामीले (यस) कुरआनलाई उपदेशकोलागि सरल बनाएका छौं । अनि कोही छ शिक्षा ग्रहण गर्ने व्यक्ति ?

  18. كَذَّبَتۡ عَادٞ فَكَيۡفَ كَانَ عَذَابِي وَنُذُرِ

    Open ayah 54:18

    आदले मिथ्या ठहर गर्यो । अनि हेर ! कस्तो थियो मेरो प्रकोप र कस्ता थिए मेरा चेतावनीहरू !

  19. إِنَّآ أَرۡسَلۡنَا عَلَيۡهِمۡ رِيحٗا صَرۡصَرٗا فِي يَوۡمِ نَحۡسٖ مُّسۡتَمِرّٖ

    Open ayah 54:19

    हामीले तिनीहरूमाथि अशुभ दिनमा निरन्तर भयङ्कर आँधी पठायौं ।

  20. تَنزِعُ ٱلنَّاسَ كَأَنَّهُمۡ أَعۡجَازُ نَخۡلٖ مُّنقَعِرٖ 

    Open ayah 54:20

    जसले मानिसहरूलाई यसरी उचालेर फ्याँक्दै थियो मानौं तिनीहरू जरैसित उखेलिएका खजूरका रुखहरू हुन् ।

  21. فَكَيۡفَ كَانَ عَذَابِي وَنُذُرِ

    Open ayah 54:21

    अतः हेर ! कस्तो थियो मेरो प्रकोप र कस्ता थिए मेरा चेतावनीहरू !

  22. وَلَقَدۡ يَسَّرۡنَا ٱلۡقُرۡءَانَ لِلذِّكۡرِ فَهَلۡ مِن مُّدَّكِرٖ

    Open ayah 54:22

    र, हामीले (यस) कुरआनलाई उपदेशकोलागि सरल बनाएका छौं । अतः कोही छ उपदेश ग्रहण गर्नेवाला ?

  23. كَذَّبَتۡ ثَمُودُ بِٱلنُّذُرِ

    Open ayah 54:23

    समूदले सचेतकहरूलाई मिथ्या ठहर गरे ।

  24. فَقَالُوٓاْ أَبَشَرٗا مِّنَّا وَٰحِدٗا نَّتَّبِعُهُۥٓ إِنَّآ إِذٗا لَّفِي ضَلَٰلٖ وَسُعُرٍ

    Open ayah 54:24

    अनि भने– “के हामी हामीमध्येको एक्लो व्यक्तिको अनुसरण गरौं ? यसो गर्यौँ भने हामी भ्रष्टतामा र नरकमा जानेछौँ ।

  25. أَءُلۡقِيَ ٱلذِّكۡرُ عَلَيۡهِ مِنۢ بَيۡنِنَا بَلۡ هُوَ كَذَّابٌ أَشِرٞ

    Open ayah 54:25

    के हामीमध्ये केवल उसैमाथि अल्लाहको जिक्र (उपदेश) अवतरित गरियो ? बरु ऊ झूठो र आफूलाई ठूलो ठान्ने हो ।”

  26. سَيَعۡلَمُونَ غَدٗا مَّنِ ٱلۡكَذَّابُ ٱلۡأَشِرُ

    Open ayah 54:26

    भोलि उनीहरूले थाहा पाउनेछन् कि को हो निकृष्ट झूठो र आफूलाई ठूलो ठान्ने ?

  27. إِنَّا مُرۡسِلُواْ ٱلنَّاقَةِ فِتۡنَةٗ لَّهُمۡ فَٱرۡتَقِبۡهُمۡ وَٱصۡطَبِرۡ

    Open ayah 54:27

    हामी एउटा ऊँटनीलाई तिनीहरूको परीक्षाकोलागि पठाउनेवाला छौं । अतः (हे नबी स.!) यिनीहरूको प्रतीक्षा र धैर्य धारण गर ।

  28. وَنَبِّئۡهُمۡ أَنَّ ٱلۡمَآءَ قِسۡمَةُۢ بَيۡنَهُمۡۖ كُلُّ شِرۡبٖ مُّحۡتَضَرٞ

    Open ayah 54:28

    अनि, यिनीहरूलाई बताइदेऊ कि यिनीहरूबीच पानी बाँडिएको छ । प्रत्येकले आफ्नो पालोमा मात्र पानी लिन आउनुपर्नेछ ।

  29. فَنَادَوۡاْ صَاحِبَهُمۡ فَتَعَاطَىٰ فَعَقَرَ

    Open ayah 54:29

    अनि तिनीहरूले आफ्नो साथीलाई बोलाए जसले उनीहरुबाट तरबार लियो र (उँटनीको) घुँडो काटिदियो ।

  30. فَكَيۡفَ كَانَ عَذَابِي وَنُذُرِ 

    Open ayah 54:30

    अनि हेर ! कस्तो थियो मेरो प्रकोप र कस्ता थिए मेरा चेतावनीहरू !

  31. إِنَّآ أَرۡسَلۡنَا عَلَيۡهِمۡ صَيۡحَةٗ وَٰحِدَةٗ فَكَانُواْ كَهَشِيمِ ٱلۡمُحۡتَظِرِ

    Open ayah 54:31

    हामीले तिनीहरूमाथि एउटा धमाका पठायौं । अनि तिनीहरू क्षतविक्षत भएको छेकबार जस्ता भए ।

  32. وَلَقَدۡ يَسَّرۡنَا ٱلۡقُرۡءَانَ لِلذِّكۡرِ فَهَلۡ مِن مُّدَّكِرٖ

    Open ayah 54:32

    र हामीले कुरआनलाई उपदेशकोलागि सरल बनाएका छौं । अतः कोही छ उपदेश ग्रहण गर्नेवाला ?

  33. كَذَّبَتۡ قَوۡمُ لُوطِۭ بِٱلنُّذُرِ

    Open ayah 54:33

    लूतका समुदायले सचेतकहरूलाई मिथ्या ठहर गरे ।

  34. إِنَّآ أَرۡسَلۡنَا عَلَيۡهِمۡ حَاصِبًا إِلَّآ ءَالَ لُوطٖۖ نَّجَّيۡنَٰهُم بِسَحَرٖ

    Open ayah 54:34

    हामीले तिनीहरूमाथि ढुङ्गा बर्साउने आँधी पठायौं । लूतका अनुयायी मात्र त्यसबाट सुरक्षित रहे । उनीहरूलाई हामीले बिहानीको समयमा, सुरक्षित राखी निकाल्यौं ।

  35. نِّعۡمَةٗ مِّنۡ عِندِنَاۚ كَذَٰلِكَ نَجۡزِي مَن شَكَرَ

    Open ayah 54:35

    आफ्नो कृपाबाट । कृतज्ञ व्यक्तिलाई हामी यसरी नै प्रतिदान दिन्छौं ।

  36. وَلَقَدۡ أَنذَرَهُم بَطۡشَتَنَا فَتَمَارَوۡاْ بِٱلنُّذُرِ

    Open ayah 54:36

    र, लूतले आफ्ना जातिबन्धुहरूलाई हाम्रो पकडबाट सावधान गरेका थिए तर तिनीहरूले सचेतकहरूसँग वादविवाद नै गरे ।

  37. وَلَقَدۡ رَٰوَدُوهُ عَن ضَيۡفِهِۦ فَطَمَسۡنَآ أَعۡيُنَهُمۡ فَذُوقُواْ عَذَابِي وَنُذُرِ

    Open ayah 54:37

    र, तिनीहरूले लूतसित उनका अतिथिहरूलाई फकाउन खोजे, अनि हामीले तिनीहरूका आँखाहरूलाई अन्धा तुल्यायौं । अतः चाख अब मेरो प्रकोप तथा चेतावनीहरूको स्वाद !

  38. وَلَقَدۡ صَبَّحَهُم بُكۡرَةً عَذَابٞ مُّسۡتَقِرّٞ

    Open ayah 54:38

    र, तिनीहरूलाई बिहानै एउटा अटल प्रकोपले समात्यो ।

  39. فَذُوقُواْ عَذَابِي وَنُذُرِ

    Open ayah 54:39

    अनि चाख मेरो प्रकोप र चेतावनीहरूको स्वाद ।

  40. وَلَقَدۡ يَسَّرۡنَا ٱلۡقُرۡءَانَ لِلذِّكۡرِ فَهَلۡ مِن مُّدَّكِرٖ 

    Open ayah 54:40

    र, हामीले कुरआनलाई उपदेशकोलागि सरल बनाएका छौं । अतः कोही छ उपदेश ग्रहण गर्ने ?

  41. وَلَقَدۡ جَآءَ ءَالَ فِرۡعَوۡنَ ٱلنُّذُرُ

    Open ayah 54:41

    र, फिरऔनका समुदायसमक्ष पनि चेतावनीहरू आएका थिए ।

  42. كَذَّبُواْ بِـَٔايَٰتِنَا كُلِّهَا فَأَخَذۡنَٰهُمۡ أَخۡذَ عَزِيزٖ مُّقۡتَدِرٍ

    Open ayah 54:42

    तर, तिनीहरूले हाम्रा सबै निशानीहरूलाई असत्य ठहर गरे । अन्ततः हामीले त्यसरी समात्यौं जसरी कोही प्रभुत्वशाली सामर्थ्यवानले समात्दछ ।

  43. أَكُفَّارُكُمۡ خَيۡرٞ مِّنۡ أُوْلَٰٓئِكُمۡ أَمۡ لَكُم بَرَآءَةٞ فِي ٱلزُّبُرِ

    Open ayah 54:43

    के तिमीहरूमध्येका काफिरहरू अघिल्ला (जातिका) अस्वीकारकर्ताहरु भन्दा उत्तम छन् वा ईश्वरीय ग्रन्थहरुमा तिमीहरूकालागि कुनै लिखित माफी छ ?

  44. أَمۡ يَقُولُونَ نَحۡنُ جَمِيعٞ مُّنتَصِرٞ

    Open ayah 54:44

    वा यिनीहरूको भनाइ छ कि हामीहरू (संदेश वाहक विरुद्ध) शक्तिशाली जत्था हौं ।

  45. سَيُهۡزَمُ ٱلۡجَمۡعُ وَيُوَلُّونَ ٱلدُّبُرَ

    Open ayah 54:45

    चाँडै नै यो जत्था परास्त हुनेछ र सबै पिठ्यूँ फर्काएर भाग्नेछन् ।

  46. بَلِ ٱلسَّاعَةُ مَوۡعِدُهُمۡ وَٱلسَّاعَةُ أَدۡهَىٰ وَأَمَرُّ

    Open ayah 54:46

    बरु तिनीहरूसित महाप्रलयको वाचा छ, र त्यो महाप्रलय ठूलो भयावह र अति कटु हुनेछ ।

  47. إِنَّ ٱلۡمُجۡرِمِينَ فِي ضَلَٰلٖ وَسُعُرٖ

    Open ayah 54:47

    निश्चय नै अपराधीहरू पथभ्रष्टता छन् एवं नरकमा जाने छन् ।

  48. يَوۡمَ يُسۡحَبُونَ فِي ٱلنَّارِ عَلَىٰ وُجُوهِهِمۡ ذُوقُواْ مَسَّ سَقَرَ

    Open ayah 54:48

    जुन दिन तिनीहरूलाई घोप्टो पारी अनुहारको भरले आगोमा घिस्याइनेछ, (तिनीहरूलाई भनिनेछ) अब चाख नरकको स्वाद ।

  49. إِنَّا كُلَّ شَيۡءٍ خَلَقۡنَٰهُ بِقَدَرٖ

    Open ayah 54:49

    हामीले प्रत्येक वस्तु निर्धारित रूपमा सृष्टि गरेका छौं ।

  50. وَمَآ أَمۡرُنَآ إِلَّا وَٰحِدَةٞ كَلَمۡحِۭ بِٱلۡبَصَرِ 

    Open ayah 54:50

    र हाम्रो आदेश केवल एक पटक आँखा झिम्काउनु जस्तो पूर्ण हुन्छ ।

  51. وَلَقَدۡ أَهۡلَكۡنَآ أَشۡيَاعَكُمۡ فَهَلۡ مِن مُّدَّكِرٖ

    Open ayah 54:51

    तिमीहरू जस्ता धेरैलाई हामीले नष्ट पारिसकेका छौं, अनि कोही छ उपदेश ग्रहण गर्ने ?

  52. وَكُلُّ شَيۡءٖ فَعَلُوهُ فِي ٱلزُّبُرِ

    Open ayah 54:52

    जे जति तिनीहरूले गरेका छन् ती सबै कर्म–पत्रमा अङ्कित छन् ।

  53. وَكُلُّ صَغِيرٖ وَكَبِيرٖ مُّسۡتَطَرٌ

    Open ayah 54:53

    र सबै साना–ठूला कार्य लेखिएका छन् ।

  54. إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّٰتٖ وَنَهَرٖ

    Open ayah 54:54

    निश्चय नै ईशभय राख्नेहरू बगैंचाहरू तथा नदीहरूबीच (रमाइरहेका) हुनेछन् ।

  55. فِي مَقۡعَدِ صِدۡقٍ عِندَ مَلِيكٖ مُّقۡتَدِرِۭ

    Open ayah 54:55

    पवित्र स्थानमा पूर्ण सामर्थ्यवान महाराजाकहाँ ।