الرحمن
Ar-Rahmaan
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
ٱلرَّحۡمَٰنُ
Open ayah 55:1(उनी) अर्रह्मान हुन् ।
عَلَّمَ ٱلۡقُرۡءَانَ
Open ayah 55:2उनले कुरआनको शिक्षा दिए ।
خَلَقَ ٱلۡإِنسَٰنَ
Open ayah 55:3मानिसलाई सृष्टि गरे ।
عَلَّمَهُ ٱلۡبَيَانَ
Open ayah 55:4उसलाई बोल्न सिकाए ।
ٱلشَّمۡسُ وَٱلۡقَمَرُ بِحُسۡبَانٖ
Open ayah 55:5सूर्य तथा चन्द्रमा एउटा निर्धारित हिसाबले चलिरहेका छन् ।
وَٱلنَّجۡمُ وَٱلشَّجَرُ يَسۡجُدَانِ
Open ayah 55:6र, तारा तथा रुख दुवै सज्दामा छन् ।
وَٱلسَّمَآءَ رَفَعَهَا وَوَضَعَ ٱلۡمِيزَانَ
Open ayah 55:7र, उनैले आकाशलाई माथि उठाए र मीजान स्थापित गरिदिए ।
أَلَّا تَطۡغَوۡاْ فِي ٱلۡمِيزَانِ
Open ayah 55:8ताकि मीजानमा तिमीहरू ज्यादती नगर ।
وَأَقِيمُواْ ٱلۡوَزۡنَ بِٱلۡقِسۡطِ وَلَا تُخۡسِرُواْ ٱلۡمِيزَانَ
Open ayah 55:9र न्यायका साथ ठीक–ठीक तौलने गर र तौलमा कमी नगर ।
وَٱلۡأَرۡضَ وَضَعَهَا لِلۡأَنَامِ
Open ayah 55:10र, उनले जीवजन्तुहरूकालागि पृथ्वी बनाए ।
فِيهَا فَٰكِهَةٞ وَٱلنَّخۡلُ ذَاتُ ٱلۡأَكۡمَامِ
Open ayah 55:11जसमा स्वादिला फल छन् र झुप्पोधारी खजूरका रुख छन् ।
وَٱلۡحَبُّ ذُو ٱلۡعَصۡفِ وَٱلرَّيۡحَانُ
Open ayah 55:12भूस युक्त अन्नहरू र सुगन्धित फूल ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:13हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन कृपालाई झूठो ठहर्याउँछौ ?
خَلَقَ ٱلۡإِنسَٰنَ مِن صَلۡصَٰلٖ كَٱلۡفَخَّارِ
Open ayah 55:14मनुष्यलाई उनले सुकेर खनखनती माटोबाट सृष्टि गरे ।
وَخَلَقَ ٱلۡجَآنَّ مِن مَّارِجٖ مِّن نَّارٖ
Open ayah 55:15र, जिन्नलाई अग्निको ज्वालाबाट सृष्टि गरे ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:16हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन वर्दानहरु झूठो ठहर्याउँछौ ?
رَبُّ ٱلۡمَشۡرِقَيۡنِ وَرَبُّ ٱلۡمَغۡرِبَيۡنِ
Open ayah 55:17दुवै पूर्व र दुवै पश्चिमका मालिक (उनै हुन् )।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:18हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन निशानीहरुलाई झूठो ठहर्याउँछौ ?
مَرَجَ ٱلۡبَحۡرَيۡنِ يَلۡتَقِيَانِ
Open ayah 55:19उनले दुईवटा समुद्र बगाए जुन परस्पर मिल्छन् ।
بَيۡنَهُمَا بَرۡزَخٞ لَّا يَبۡغِيَانِ
Open ayah 55:20ती दुवैबीच एउटा रोधक रहेको छ जसले गर्दा ती दुई एक आपसमा प्रवेश गर्न सक्दैनन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:21हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन चमात्कारलाई झूठो ठहर्याउँछौ ?
يَخۡرُجُ مِنۡهُمَا ٱللُّؤۡلُؤُ وَٱلۡمَرۡجَانُ
Open ayah 55:22ती दुवैबाट मोती तथा मुगाहरू निस्कने गर्छन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:23हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन चमत्कारिक वस्तुहरुलाई झूठो ठहर्याउँछौ ?
وَلَهُ ٱلۡجَوَارِ ٱلۡمُنشَـَٔاتُ فِي ٱلۡبَحۡرِ كَٱلۡأَعۡلَٰمِ
Open ayah 55:24र, अल्लाहकै (नियन्त्रणमा) छन् समुद्रमा पहाडझैं उकासिएका अग्ला जहाजहरू ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:25हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपकारलाई झूठो ठहर्याउँछौ ?
كُلُّ مَنۡ عَلَيۡهَا فَانٖ
Open ayah 55:26यस (धर्ती) मा बस्ने सबै प्राणीहरू नाशवान् हुन् ।
وَيَبۡقَىٰ وَجۡهُ رَبِّكَ ذُو ٱلۡجَلَٰلِ وَٱلۡإِكۡرَامِ
Open ayah 55:27केवल तिम्रो उच्चतम तथा महानतम् पालनकर्ताको मुहार (अस्तित्व) बाँकी रहनेछ ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:28हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन चमत्कारिक समार्थ्यलाई झूठो ठहर्याउँछौ ?
يَسۡـَٔلُهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ كُلَّ يَوۡمٍ هُوَ فِي شَأۡنٖ
Open ayah 55:29आकाशहरू तथा धर्तीमा बसोबास गर्ने सबै उनैसित माग्दछन् । नित्य उनी नयाँ शानमा रहन्छन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:30हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन प्रशांसिक गुणहरुलाई झूठो ठहर्याउँछौ ?
سَنَفۡرُغُ لَكُمۡ أَيُّهَ ٱلثَّقَلَانِ
Open ayah 55:31हे (जिन्न तथा मानव) दुवै ठूला समूहहरू हो ! हामी शीघ्र नै तिमीहरूकानिम्ति एकाग्र हुनेछौं ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:32हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन सामर्थ्यलाई झूठो ठहर्याउँछौ ?
يَٰمَعۡشَرَ ٱلۡجِنِّ وَٱلۡإِنسِ إِنِ ٱسۡتَطَعۡتُمۡ أَن تَنفُذُواْ مِنۡ أَقۡطَارِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ فَٱنفُذُواْۚ لَا تَنفُذُونَ إِلَّا بِسُلۡطَٰنٖ
Open ayah 55:33हे जिन्न तथा मानवका जमात हो ! यदि तिमीहरूलाई आकाशहरू तथा पृथ्वीका किनाराबाट बाहिर निस्कने सामर्थ्य छ भने निस्क । तिमीहरू निस्कन सक्दैनौ तर उनकै सत्ता भित्र ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:34हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन सामर्थ्यलाई झूठो ठहर्याउँछौ ?
يُرۡسَلُ عَلَيۡكُمَا شُوَاظٞ مِّن نَّارٖ وَنُحَاسٞ فَلَا تَنتَصِرَانِ
Open ayah 55:35तिमीमाथि आगोको ज्वाला तथा पग्लिएको तामा फ्याँकिने छ, जसको मुकाबिला तिमीहरू गर्न सक्ने छैनौ ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:36हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन सामर्थ्यलाई झूठो ठहर्याउँछौ ?
فَإِذَا ٱنشَقَّتِ ٱلسَّمَآءُ فَكَانَتۡ وَرۡدَةٗ كَٱلدِّهَانِ
Open ayah 55:37अनि तब आकाश फुट्नेछ रातो छालाझैं रातो हुन पुग्नेछ ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:38हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन चमत्कारहरुलाई झूठो ठहर्याउँछौ ?
فَيَوۡمَئِذٖ لَّا يُسۡـَٔلُ عَن ذَنۢبِهِۦٓ إِنسٞ وَلَا جَآنّٞ
Open ayah 55:39त्यस दिन कुनै मनुष्य र कुनै जिन्नलाई उसको पापबारे सोधिने छैन ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:40हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन कृपालाई झूठो ठहर्याउँछौ ?
يُعۡرَفُ ٱلۡمُجۡرِمُونَ بِسِيمَٰهُمۡ فَيُؤۡخَذُ بِٱلنَّوَٰصِي وَٱلۡأَقۡدَامِ
Open ayah 55:41अपराधीहरूको पहिचान उनको चिन्हहरू द्वारा नै गरिनेछ, र तिनीहरूको जुल्फी तथा खुट्टाहरू समातिनेछ ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:42हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन सामर्थ्यलाई झूठो ठहर्याउँछौ ?
هَٰذِهِۦ جَهَنَّمُ ٱلَّتِي يُكَذِّبُ بِهَا ٱلۡمُجۡرِمُونَ
Open ayah 55:43यो हो त्यो नरक जसलाई अपराधीहरू मिथ्या ठहर गर्दथे ।
يَطُوفُونَ بَيۡنَهَا وَبَيۡنَ حَمِيمٍ ءَانٖ
Open ayah 55:44नरक तथा उम्लँदो पानीमा तिनीहरू घुमिरहनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:45हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन चमत्कारी सामर्थ्यलाई झूठो ठहर्याउँछौ ?
وَلِمَنۡ خَافَ مَقَامَ رَبِّهِۦ جَنَّتَانِ
Open ayah 55:46र, आफ्ना पालनकर्तासमक्ष पेसीबाट डराउने व्यक्तिकालागि दुईवटा बगैंचा छन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:47हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन वरदानलाई झूठो ठहर्याउँछौ ?
ذَوَاتَآ أَفۡنَانٖ
Open ayah 55:48दुवै बगैंचा हांगाबिंगाले भरिपूर्ण हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:49हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन वरदानलाई झूठो ठहर्याउँछौ ?
فِيهِمَا عَيۡنَانِ تَجۡرِيَانِ
Open ayah 55:50दुवै बगैंचाहरूमा दुईवटा मूल बगिरहेका हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:51हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन वरदानलाई झूठो ठहर्याउँछौ ?
فِيهِمَا مِن كُلِّ فَٰكِهَةٖ زَوۡجَانِ
Open ayah 55:52दुवैमा हरेक फलहरू दुई–दुई किसिमका हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:53हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन वरदानलाई झूठो ठहर्याउँछौ ?
مُتَّكِـِٔينَ عَلَىٰ فُرُشِۭ بَطَآئِنُهَا مِنۡ إِسۡتَبۡرَقٖۚ وَجَنَى ٱلۡجَنَّتَيۡنِ دَانٖ
Open ayah 55:54स्वर्गबासीहरू आफ्ना यस्ता बिछौनामाथि सिरानीमा अडेस लगाएका हुनेछन् जसको भित्री भाग मोटो रेशमी कपडाको हुन्छ, र दुवै बगैंचाको फल तल रहेको व्यक्तिले टिपन सक्नेछ ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:55हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
فِيهِنَّ قَٰصِرَٰتُ ٱلطَّرۡفِ لَمۡ يَطۡمِثۡهُنَّ إِنسٞ قَبۡلَهُمۡ وَلَا جَآنّٞ
Open ayah 55:56त्यहाँ लजालु आँखा भएकी अप्सरा (हूर) हरू हुनेछन् जसलाई उनीहरूभन्दा अघि कुनै मनुष्य वा जिन्नले हात लगाएको हुने छैन ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:57हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
كَأَنَّهُنَّ ٱلۡيَاقُوتُ وَٱلۡمَرۡجَانُ
Open ayah 55:58मानौँ उनीहरू हीरा एवं मुङ्गा हुन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:59हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
هَلۡ جَزَآءُ ٱلۡإِحۡسَٰنِ إِلَّا ٱلۡإِحۡسَٰنُ
Open ayah 55:60पुण्यको प्रतिदान त पुण्य नै हुन्छ ?
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:61हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन प्रशंस्य गुणहरुलाई झूठो ठहर्याउँछौ ?
وَمِن دُونِهِمَا جَنَّتَانِ
Open ayah 55:62र, यी दुई बगैंचाबाहेक अरू दुई बगैंचाहरू हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:63हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
مُدۡهَآمَّتَانِ
Open ayah 55:64दुवै सघन एवं पूर्णतया हराभरा ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:65हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
فِيهِمَا عَيۡنَانِ نَضَّاخَتَانِ
Open ayah 55:66दुवैमा दुईवटा फोहारा छुटिरहने मूलहरू हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:67हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
فِيهِمَا فَٰكِهَةٞ وَنَخۡلٞ وَرُمَّانٞ
Open ayah 55:68ती दुवैमा फल, खजूर तथा अनार हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:69हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन वर्दानहरुलाई झूठो ठहर्याउँछौ ?
فِيهِنَّ خَيۡرَٰتٌ حِسَانٞ
Open ayah 55:70त्यहाँ सतचरित्रवान तथा अति सुन्दर अप्सराहरू हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:71हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
حُورٞ مَّقۡصُورَٰتٞ فِي ٱلۡخِيَامِ
Open ayah 55:72पालभित्र बसिरहने अप्सराहरू हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:73हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
لَمۡ يَطۡمِثۡهُنَّ إِنسٞ قَبۡلَهُمۡ وَلَا جَآنّٞ
Open ayah 55:74उनीहरूलाई कहिल्यै कुनै मनुष्य वा जिन्नले छोएको हुने छैन ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:75हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन उपहारलाई झूठो ठहर्याउँछौ ?
مُتَّكِـِٔينَ عَلَىٰ رَفۡرَفٍ خُضۡرٖ وَعَبۡقَرِيٍّ حِسَانٖ
Open ayah 55:76हरिया अनौठो र उत्कृष्ट बिछ्यौनामाथि सिरानी लगाएर बसिरहेका हुनेछन् ।
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
Open ayah 55:77हे जिन्न र मनुष्य ! तिमी दुवै आफ्ना पालनकर्ताका कुन कुन कृपालाई झूठो ठहर्याउँछौ ?
تَبَٰرَكَ ٱسۡمُ رَبِّكَ ذِي ٱلۡجَلَٰلِ وَٱلۡإِكۡرَامِ
Open ayah 55:78अति मङ्गलमय रहेको छ तिम्रा गौरवपूर्ण एवं सम्मानित पालनकर्ताको नाम ।