الواقعة

Al-Waaqia

The Inevitable · Surah 56 · Ayahs: 96 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. إِذَا وَقَعَتِ ٱلۡوَاقِعَةُ

    Open ayah 56:1

    जब त्यो निश्चित घटना (महाप्रलय) घट्नेछ ।

  2. لَيۡسَ لِوَقۡعَتِهَا كَاذِبَةٌ

    Open ayah 56:2

    कसैले त्यसको आगमनलाई मिथ्या ठहर गर्न सक्ने छैन ।

  3. خَافِضَةٞ رَّافِعَةٌ

    Open ayah 56:3

    त्यो तल झार्ने र माथि उठाउनेवाला हुनेछ ।

  4. إِذَا رُجَّتِ ٱلۡأَرۡضُ رَجّٗا

    Open ayah 56:4

    जब पृथ्वी बेस्सरी हल्लाइनेछ ।

  5. وَبُسَّتِ ٱلۡجِبَالُ بَسّٗا

    Open ayah 56:5

    र, पहाड पूर्ण रूपमा टुक्रा टुक्रा पारिनेछ ।

  6. فَكَانَتۡ هَبَآءٗ مُّنۢبَثّٗا

    Open ayah 56:6

    अनि ती सबै छरिएको धुलो–माटो हुन पुग्नेछन् ।

  7. وَكُنتُمۡ أَزۡوَٰجٗا ثَلَٰثَةٗ

    Open ayah 56:7

    र, तिमीहरू तीन प्रकारका हुनेछौ ।

  8. فَأَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ

    Open ayah 56:8

    अँ दाहिने हातवालाहरू; को हुन् दाहिने हातवालाहरू !

  9. وَأَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ

    Open ayah 56:9

    र, देब्रे हातवालाहरू ! को हुन् देब्रे हातवालाहरु !

  10. وَٱلسَّٰبِقُونَ ٱلسَّٰبِقُونَ 

    Open ayah 56:10

    र, सबैभन्दा अघि बढ्नेहरू त वास्तवमा नै सबैभन्दा अघि बढ्नेहरू हुन् ।

  11. أُوْلَٰٓئِكَ ٱلۡمُقَرَّبُونَ

    Open ayah 56:11

    उनीहरू नै सामिप्यता प्राप्त व्यक्तिहरू हुन् ।

  12. فِي جَنَّٰتِ ٱلنَّعِيمِ

    Open ayah 56:12

    वैभवपूर्ण स्वर्गमा हुनेछन् ।

  13. ثُلَّةٞ مِّنَ ٱلۡأَوَّلِينَ

    Open ayah 56:13

    अघिल्ला समुदायहरूमध्ये ठुलो संख्यामा हुनेछन् ।

  14. وَقَلِيلٞ مِّنَ ٱلۡأٓخِرِينَ

    Open ayah 56:14

    र पछिल्ला समूहहरूमध्ये थोरै संख्यामा हुनेछन् ।

  15. عَلَىٰ سُرُرٖ مَّوۡضُونَةٖ

    Open ayah 56:15

    उनीहरू सुनका तारबाट बनेका पलङ्गमा ।

  16. مُّتَّكِـِٔينَ عَلَيۡهَا مُتَقَٰبِلِينَ

    Open ayah 56:16

    त्यसमा अडेस लगाएर आमुन्ने–सामुन्ने बसेका हुनेछन् ।

  17. يَطُوفُ عَلَيۡهِمۡ وِلۡدَٰنٞ مُّخَلَّدُونَ

    Open ayah 56:17

    उनीहरूसमक्ष अजर किशोरहरू ओहोर दोहोर गर्नेछन् ।

  18. بِأَكۡوَابٖ وَأَبَارِيقَ وَكَأۡسٖ مِّن مَّعِينٖ

    Open ayah 56:18

    प्याला, सुराही र मूलबाटै भरिएका मद्यपात्र लिएर ।

  19. لَّا يُصَدَّعُونَ عَنۡهَا وَلَا يُنزِفُونَ

    Open ayah 56:19

    जसलाई पिएर न उनीहरूलाई रिङ्गटा लाग्नेछ र न मातने नै छन्।

  20. وَفَٰكِهَةٖ مِّمَّا يَتَخَيَّرُونَ 

    Open ayah 56:20

    र, फलफूलबाट पनि (लिएर) जुन तिनीहरू रोज्नेछन् ।

  21. وَلَحۡمِ طَيۡرٖ مِّمَّا يَشۡتَهُونَ

    Open ayah 56:21

    र, पंक्षीका मासु (लिएर) जसको उनीहरू इच्छा गर्नेछन् ।

  22. وَحُورٌ عِينٞ

    Open ayah 56:22

    र, उनीहरूकालागि सुन्दर नयन भएका हूरहरू हुनेछन् ।

  23. كَأَمۡثَٰلِ ٱللُّؤۡلُوِٕ ٱلۡمَكۡنُونِ

    Open ayah 56:23

    मानौं सुरक्षित राखिएका मोतीहरू ।

  24. جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 56:24

    उनीहरूले गर्ने गरेका कार्यहरूको प्रतिदानस्वरूप ।

  25. لَا يَسۡمَعُونَ فِيهَا لَغۡوٗا وَلَا تَأۡثِيمًا

    Open ayah 56:25

    त्यहाँ उनीहरूले कुनै अनावश्यक तथा पापका कुरा सुन्ने छैनन् ।

  26. إِلَّا قِيلٗا سَلَٰمٗا سَلَٰمٗا

    Open ayah 56:26

    अँ, उनीहरूको भनाई सलाम, सलाम हुनेछ ।

  27. وَأَصۡحَٰبُ ٱلۡيَمِينِ مَآ أَصۡحَٰبُ ٱلۡيَمِينِ

    Open ayah 56:27

    र दाहिने हातवालाहरू; को हुन् दाहिने हातवालाहरू !

  28. فِي سِدۡرٖ مَّخۡضُودٖ

    Open ayah 56:28

    उनीहरू काँडाविहीन बयरका वृक्षहरू मुनि रहनेछन् ।

  29. وَطَلۡحٖ مَّنضُودٖ

    Open ayah 56:29

    र तहतह रहेका केराहरूमा ।

  30. وَظِلّٖ مَّمۡدُودٖ 

    Open ayah 56:30

    र सदा रहने छहारीमुनि ।

  31. وَمَآءٖ مَّسۡكُوبٖ

    Open ayah 56:31

    र सदा बगिरहने पानीमा ।

  32. وَفَٰكِهَةٖ كَثِيرَةٖ

    Open ayah 56:32

    र प्रशस्त फलहरूमा ।

  33. لَّا مَقۡطُوعَةٖ وَلَا مَمۡنُوعَةٖ

    Open ayah 56:33

    जुन न समाप्त हुनेछ र न निषेधित नै ।

  34. وَفُرُشٖ مَّرۡفُوعَةٍ

    Open ayah 56:34

    र, अग्ला अग्ला खाटहरुमा ।

  35. إِنَّآ أَنشَأۡنَٰهُنَّ إِنشَآءٗ

    Open ayah 56:35

    तिनी (हूर) हरुलाई हामीले विशेष रूपमा उत्पत्ति गरेका छौँ ।

  36. فَجَعَلۡنَٰهُنَّ أَبۡكَارًا

    Open ayah 56:36

    अनि तिनीहरूलाई कुमारी बनायौं ।

  37. عُرُبًا أَتۡرَابٗا

    Open ayah 56:37

    मनमोहिनी तथा समवयस्क ।

  38. لِّأَصۡحَٰبِ ٱلۡيَمِينِ

    Open ayah 56:38

    (यी सबै) दाहिने हातवालाहरूकालागि हुनेछन् ।

  39. ثُلَّةٞ مِّنَ ٱلۡأَوَّلِينَ

    Open ayah 56:39

    अघिल्ला समूदायहरूमध्ये धेरै संख्यामा हुनेछन् ।

  40. وَثُلَّةٞ مِّنَ ٱلۡأٓخِرِينَ 

    Open ayah 56:40

    र, धेरै पछिल्ला समूदायहरूमध्ये पनि धेरै संख्यामा ।

  41. وَأَصۡحَٰبُ ٱلشِّمَالِ مَآ أَصۡحَٰبُ ٱلشِّمَالِ

    Open ayah 56:41

    अनि, बायाँ हातवाला हरू, को हुन् बायाँ हातवालाहरू !

  42. فِي سَمُومٖ وَحَمِيمٖ

    Open ayah 56:42

    अत्यधिक तातो हावा र तातो पानीमा हुनेहरु ।

  43. وَظِلّٖ مِّن يَحۡمُومٖ

    Open ayah 56:43

    र, तातो कालो धूवाँको छायाँमुनि ।

  44. لَّا بَارِدٖ وَلَا كَرِيمٍ

    Open ayah 56:44

    जुन न शीतल हुनेछ र न आरामदायी नै ।

  45. إِنَّهُمۡ كَانُواْ قَبۡلَ ذَٰلِكَ مُتۡرَفِينَ

    Open ayah 56:45

    यसअघि यिनीहररु अति सुखी सम्पन्न थिए ।

  46. وَكَانُواْ يُصِرُّونَ عَلَى ٱلۡحِنثِ ٱلۡعَظِيمِ

    Open ayah 56:46

    र महापाप (शिर्क) मा दृढ रहन्थे ।

  47. وَكَانُواْ يَقُولُونَ أَئِذَا مِتۡنَا وَكُنَّا تُرَابٗا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ

    Open ayah 56:47

    र भन्ने गर्थे– “के जब हामी मरेर धुलो र हाडखोरमा परिणत हुन्छौं के तब हामीलाई पुनर्जीवित तुल्याउइने छ ?

  48. أَوَءَابَآؤُنَا ٱلۡأَوَّلُونَ

    Open ayah 56:48

    र, के हाम्रा अतीतका पुर्खाहरूलाई पनि ?

  49. قُلۡ إِنَّ ٱلۡأَوَّلِينَ وَٱلۡأٓخِرِينَ

    Open ayah 56:49

    हे सन्देष्टा ! भनिदेऊ– “निश्चय नै अघिल्ला र पछिल्ला ...

  50. لَمَجۡمُوعُونَ إِلَىٰ مِيقَٰتِ يَوۡمٖ مَّعۡلُومٖ 

    Open ayah 56:50

    (सबै) एक निश्चित दिनको निर्धारित समयमा एकत्रित गरिनेछन् ।

  51. ثُمَّ إِنَّكُمۡ أَيُّهَا ٱلضَّآلُّونَ ٱلۡمُكَذِّبُونَ

    Open ayah 56:51

    फेरि हे पथभ्रष्टहरू तथा मिथ्याचारीहरू हो !

  52. لَأٓكِلُونَ مِن شَجَرٖ مِّن زَقُّومٖ

    Open ayah 56:52

    जक्कूमको वृक्षबाट खानेछौ ।

  53. فَمَالِـُٔونَ مِنۡهَا ٱلۡبُطُونَ

    Open ayah 56:53

    अनि यसैबाट आफ्नो पेट भर्नेछौ ।

  54. فَشَٰرِبُونَ عَلَيۡهِ مِنَ ٱلۡحَمِيمِ

    Open ayah 56:54

    अनि त्यसमाथि उम्लँदो पानी पिउनेछौ ।

  55. فَشَٰرِبُونَ شُرۡبَ ٱلۡهِيمِ

    Open ayah 56:55

    प्यासले आतुर भएको ऊँटलेझैं पिउनेछौ ।

  56. هَٰذَا نُزُلُهُمۡ يَوۡمَ ٱلدِّينِ

    Open ayah 56:56

    बदला दिइने दिन यो नै तिनीहरूको आतिथ्य हुनेछ ।

  57. نَحۡنُ خَلَقۡنَٰكُمۡ فَلَوۡلَا تُصَدِّقُونَ

    Open ayah 56:57

    हामीले नै तिमीहरूलाई सृष्टि गरेका छौँ, फेरि तिमीहरू किन सत्य मान्दैनौ ?

  58. أَفَرَءَيۡتُم مَّا تُمۡنُونَ

    Open ayah 56:58

    के तिमीहरूले विचार गर्यौ, जुन वीर्यका थोपा तिमीहरू उत्सर्जन गर्छौ ।

  59. ءَأَنتُمۡ تَخۡلُقُونَهُۥٓ أَمۡ نَحۡنُ ٱلۡخَٰلِقُونَ

    Open ayah 56:59

    तिमीहरू त्यसलाई सृष्टि गर्छौ वा हामी (त्यसको) सृष्टिकर्ता हौँ ।

  60. نَحۡنُ قَدَّرۡنَا بَيۡنَكُمُ ٱلۡمَوۡتَ وَمَا نَحۡنُ بِمَسۡبُوقِينَ 

    Open ayah 56:60

    हामीले नै तिमीहरूबीच मृत्युलाई निर्धारित गरिदिएका छौं र हामी विवश छैनौं ...

  61. عَلَىٰٓ أَن نُّبَدِّلَ أَمۡثَٰلَكُمۡ وَنُنشِئَكُمۡ فِي مَا لَا تَعۡلَمُونَ

    Open ayah 56:61

    कि तिमीहरू जस्तोलाई (अरुबाट) बदलिदिऔं र तिमीहरूलाई त्यस (संसार) मा सृष्टि गरौँ जसलाई तिमीहरू जान्दैनौ ।

  62. وَلَقَدۡ عَلِمۡتُمُ ٱلنَّشۡأَةَ ٱلۡأُولَىٰ فَلَوۡلَا تَذَكَّرُونَ

    Open ayah 56:62

    तिमीहरू आफ्नो पहिलो सृष्टिलाई त जानिरहेकै छौ, फेरि किन शिक्षा ग्रहण गर्दैनौ ?

  63. أَفَرَءَيۡتُم مَّا تَحۡرُثُونَ

    Open ayah 56:63

    अनि, के तिमीहरूले विचार गर्यौ जुन खेती तिमीहरू लगाउंछौ ...

  64. ءَأَنتُمۡ تَزۡرَعُونَهُۥٓ أَمۡ نَحۡنُ ٱلزَّٰرِعُونَ

    Open ayah 56:64

    त्यसलाई तिमीहरू उमार्छौ वा हामी उमार्नेवाला हौं ?

  65. لَوۡ نَشَآءُ لَجَعَلۡنَٰهُ حُطَٰمٗا فَظَلۡتُمۡ تَفَكَّهُونَ

    Open ayah 56:65

    हामीले चाहेमा यसलाई भुसमा परिणत गर्न सक्छौं अनि तिमीहरू छक्क पर्नेछौ ।

  66. إِنَّا لَمُغۡرَمُونَ

    Open ayah 56:66

    (हाय !) हामी त जरिवानामा पर्यौं ।

  67. بَلۡ نَحۡنُ مَحۡرُومُونَ

    Open ayah 56:67

    बरु हामी त वञ्चित पारियौँ ।

  68. أَفَرَءَيۡتُمُ ٱلۡمَآءَ ٱلَّذِي تَشۡرَبُونَ

    Open ayah 56:68

    के तिमीहरूले विचार गर्यौ, जुन पानी तिमीहरू खान्छौ ...

  69. ءَأَنتُمۡ أَنزَلۡتُمُوهُ مِنَ ٱلۡمُزۡنِ أَمۡ نَحۡنُ ٱلۡمُنزِلُونَ

    Open ayah 56:69

    के त्यसलाई बादलबाट तिमीहरू बर्साउँछौ वा त्यसलाई बर्साउने हामी हौं ?

  70. لَوۡ نَشَآءُ جَعَلۡنَٰهُ أُجَاجٗا فَلَوۡلَا تَشۡكُرُونَ 

    Open ayah 56:70

    हामीले चाहेमा यसलाई बिलकुल नुनिलो बनाउन सक्छौं फेरि पनि तिमीहरू किन कृतज्ञ बन्दैनौ ।

  71. أَفَرَءَيۡتُمُ ٱلنَّارَ ٱلَّتِي تُورُونَ

    Open ayah 56:71

    अँ, के तिमीहरूले बिचार गर्यौ, जुन आगो तिमीहरू बाल्छौ ...

  72. ءَأَنتُمۡ أَنشَأۡتُمۡ شَجَرَتَهَآ أَمۡ نَحۡنُ ٱلۡمُنشِـُٔونَ

    Open ayah 56:72

    के त्यसको रुख तिमीहरूले सृष्टि गरेका छौ वा त्यसको सृष्टिकर्ता हामी हौं ?

  73. نَحۡنُ جَعَلۡنَٰهَا تَذۡكِرَةٗ وَمَتَٰعٗا لِّلۡمُقۡوِينَ

    Open ayah 56:73

    हामीले त्यस (वृक्ष) लाई उपदेश तथा यात्रीहरूको लागि अस्थायी साधन बनाएका छौं ।

  74. فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ

    Open ayah 56:74

    अतः हे सन्देष्टा ! आफ्ना महान् पालनकर्ताको नामको महिमागान गर ।

  75. ۞فَلَآ أُقۡسِمُ بِمَوَٰقِعِ ٱلنُّجُومِ

    Open ayah 56:75

    अतः होइन, म ताराहरूको स्थानहरूको कसम खान्छु !

  76. وَإِنَّهُۥ لَقَسَمٞ لَّوۡ تَعۡلَمُونَ عَظِيمٌ

    Open ayah 56:76

    र, यो एउटा ठूलो कसम हो यदि तिमीहरूलाई थाहा भए ।

  77. إِنَّهُۥ لَقُرۡءَانٞ كَرِيمٞ

    Open ayah 56:77

    निस्सन्देह यो प्रतिष्ठित कुरआन हो ।

  78. فِي كِتَٰبٖ مَّكۡنُونٖ

    Open ayah 56:78

    एउटा सुरक्षित ग्रन्थमा अङ्कित ।

  79. لَّا يَمَسُّهُۥٓ إِلَّا ٱلۡمُطَهَّرُونَ

    Open ayah 56:79

    जसलाई पवित्र(फरिश्ता)हरूबाहेक अरू कसैले छुनसक्दैन ।

  80. تَنزِيلٞ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ 

    Open ayah 56:80

    र, सम्पूर्ण जगत्का पालनकर्ताको तर्फबाट अवतरण गरिएको हो ।

  81. أَفَبِهَٰذَا ٱلۡحَدِيثِ أَنتُم مُّدۡهِنُونَ

    Open ayah 56:81

    अनि के तिमीहरू यस वाणीको उपेक्षा गर्दछौ ?

  82. وَتَجۡعَلُونَ رِزۡقَكُمۡ أَنَّكُمۡ تُكَذِّبُونَ

    Open ayah 56:82

    र, तिमीहरूले मिथ्या ठहर गर्नु नै आफ्नो अंश बनाएका छौ ।

  83. فَلَوۡلَآ إِذَا بَلَغَتِ ٱلۡحُلۡقُومَ

    Open ayah 56:83

    यदि यस्तो छैन भने, जब प्राण घाँटीसम्म आइपुग्छ ...

  84. وَأَنتُمۡ حِينَئِذٖ تَنظُرُونَ

    Open ayah 56:84

    र त्यतिखेर तिमीहरू देखिरहेका हुन्छौ ...

  85. وَنَحۡنُ أَقۡرَبُ إِلَيۡهِ مِنكُمۡ وَلَٰكِن لَّا تُبۡصِرُونَ

    Open ayah 56:85

    र, हामी तिमीहरूको तुलनामा त्यस व्यक्तिको बढी निकट हुन्छौं तर तिमीहरू (हामीलाई) देख्दैनौ ।

  86. فَلَوۡلَآ إِن كُنتُمۡ غَيۡرَ مَدِينِينَ

    Open ayah 56:86

    फेरि यस्तो किन हुँदैन, यदि तिमीहरू कसैको अधिनमा छैनौ भने ...

  87. تَرۡجِعُونَهَآ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 56:87

    कि त्यस प्राणलाई फर्काऊ यदि यस कुरामा तिमीहरू सच्चा हौ भने ।

  88. فَأَمَّآ إِن كَانَ مِنَ ٱلۡمُقَرَّبِينَ

    Open ayah 56:88

    अनि, यदि ऊ (अल्लाहको) निकटता प्राप्त व्यक्तिहरूमध्ये छ भने ...

  89. فَرَوۡحٞ وَرَيۡحَانٞ وَجَنَّتُ نَعِيمٖ

    Open ayah 56:89

    (उसको लागि) आनन्द, सुगन्ध र वैभवपूर्ण स्वर्ग रहेकोछ ।

  90. وَأَمَّآ إِن كَانَ مِنۡ أَصۡحَٰبِ ٱلۡيَمِينِ 

    Open ayah 56:90

    र, यदि ऊ दायाँ हातवालाहरूमध्ये ठहर हुन्छ भने ...

  91. فَسَلَٰمٞ لَّكَ مِنۡ أَصۡحَٰبِ ٱلۡيَمِينِ

    Open ayah 56:91

    (उसको स्वागत हुन्छ) “सलाम होस् तिमीमाथि, हे दायाँ हातवाला ।”

  92. وَأَمَّآ إِن كَانَ مِنَ ٱلۡمُكَذِّبِينَ ٱلضَّآلِّينَ

    Open ayah 56:92

    र, यदि ऊ मिथ्यावादीहरू पथभ्रष्टहरूमध्ये ठहर भयो भने ...

  93. فَنُزُلٞ مِّنۡ حَمِيمٖ

    Open ayah 56:93

    उसको आतिथ्य सत्कार उम्लँदो पानी ...

  94. وَتَصۡلِيَةُ جَحِيمٍ

    Open ayah 56:94

    र नरकमा होमिनु हो ।

  95. إِنَّ هَٰذَا لَهُوَ حَقُّ ٱلۡيَقِينِ

    Open ayah 56:95

    निश्चय नै यो परम सत्य हो ।

  96. فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ

    Open ayah 56:96

    अतः हे सन्देष्टा ! आफ्ना महान् पालनकर्ताको नामको महिमागान गर ।