الحديد
Al-Hadid
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
سَبَّحَ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 57:1अल्लाहको तस्बीह (महिमागान) गर्दछन् ती सबै चिजहरू जो आकाशहरू तथा धर्तीमा छन् । र, उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ يُحۡيِۦ وَيُمِيتُۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
Open ayah 57:2आकाशहरू तथा पृथ्वीका मालिक उनै हुन् । उनैले जीवन प्रदान गर्छन् र मृत्यु दिन्छन् । र, उनलाई प्रत्येक चिजको सामर्थ्य प्राप्त छ ।
هُوَ ٱلۡأَوَّلُ وَٱلۡأٓخِرُ وَٱلظَّٰهِرُ وَٱلۡبَاطِنُۖ وَهُوَ بِكُلِّ شَيۡءٍ عَلِيمٌ
Open ayah 57:3उनै प्रथम पनि हुन् र अन्तिम पनि । र, दृश्य पनि छन् एवं अदृश्य पनि । र, उनलाई प्रत्येक चिजको ज्ञान छ ।
هُوَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ يَعۡلَمُ مَا يَلِجُ فِي ٱلۡأَرۡضِ وَمَا يَخۡرُجُ مِنۡهَا وَمَا يَنزِلُ مِنَ ٱلسَّمَآءِ وَمَا يَعۡرُجُ فِيهَاۖ وَهُوَ مَعَكُمۡ أَيۡنَ مَا كُنتُمۡۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٞ
Open ayah 57:4उनै हुन् जसले आकाशहरू र पृथ्वीलाई छ दिनमा सृष्टि गरे अनि सिंहासनमा विराजमान भए । जेजति पृथ्वीमा प्रवेश गर्छ र जेजति त्यसबाट बाहिर निस्कन्छ र जेजति आकाशबाट अवतीर्ण हुन्छ अनि जेजति त्यसतर्फ आरोहित हुन्छ ती सबैको उनलाई ज्ञान छ । तिमीहरू जहाँ रहे पनि उनी तिमीहरूका साथ हुन्छन् । र, तिमीहरू जुन कार्य गर्छौ त्यसलाई अल्लाह हेरिरहन्छन् ।
لَّهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ
Open ayah 57:5आकाशहरू तथा पृथ्वीको शासन उनैकोलागि हो । र, सबै कार्यहरू उनैतर्फ फर्काइन्छन् ।
يُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِۚ وَهُوَ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ
Open ayah 57:6उनले नै रातलाई दिनमा प्रवेश गराउँछन् र दिनलाई रातमा । र, उनी हृदयका भेदहरूसमेत जान्दछन् ।
ءَامِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَأَنفِقُواْ مِمَّا جَعَلَكُم مُّسۡتَخۡلَفِينَ فِيهِۖ فَٱلَّذِينَ ءَامَنُواْ مِنكُمۡ وَأَنفَقُواْ لَهُمۡ أَجۡرٞ كَبِيرٞ
Open ayah 57:7अतः ईमान ल्याऊ अल्लाहमाथि र उनका रसूलमाथि, अनि खर्च गर त्यस धनमध्ये जसको उत्तराधिकारी अल्लाहले तिमीहरूलाई बनाएका छन् । अतः तिमीहरूमध्ये जसले ईमान ल्याउनेछ र खर्च गर्नेछ उसकोलागि ठूलो पुण्य रहेकोछ ।
وَمَا لَكُمۡ لَا تُؤۡمِنُونَ بِٱللَّهِ وَٱلرَّسُولُ يَدۡعُوكُمۡ لِتُؤۡمِنُواْ بِرَبِّكُمۡ وَقَدۡ أَخَذَ مِيثَٰقَكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 57:8अनि तिमीहरू अल्लाहमाथि ईमान किन ल्याउँदैनौ जबकि स्वयं रसूल तिमीहरूलाई तिमीहरूको पालनकर्तामाथि ईमान ल्याउन आह्वान गरिरहेका छन् ? र, तिमीहरूलाई विश्वास छ भने उनले तिमीहरूसित दृढ प्रतिज्ञा पनि गरिसकेका छन् ।
هُوَ ٱلَّذِي يُنَزِّلُ عَلَىٰ عَبۡدِهِۦٓ ءَايَٰتِۭ بَيِّنَٰتٖ لِّيُخۡرِجَكُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۚ وَإِنَّ ٱللَّهَ بِكُمۡ لَرَءُوفٞ رَّحِيمٞ
Open ayah 57:9उनै हुन् जो आफ्ना भक्तमाथि स्पष्ट आयतहरू अवतरित गर्छन् ताकि तिमीहरूलाई अन्धकारबाट प्रकाशमा ल्याऊन् र अल्लाह तिमीहरूप्रति अति नम्र एवं परम दयालु छन् ।
وَمَا لَكُمۡ أَلَّا تُنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ وَلِلَّهِ مِيرَٰثُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ لَا يَسۡتَوِي مِنكُم مَّنۡ أَنفَقَ مِن قَبۡلِ ٱلۡفَتۡحِ وَقَٰتَلَۚ أُوْلَٰٓئِكَ أَعۡظَمُ دَرَجَةٗ مِّنَ ٱلَّذِينَ أَنفَقُواْ مِنۢ بَعۡدُ وَقَٰتَلُواْۚ وَكُلّٗا وَعَدَ ٱللَّهُ ٱلۡحُسۡنَىٰۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ
Open ayah 57:10तिमीहरूलाई के भएको छ कि तिमीहरू अल्लाहको मार्गमा खर्च गर्दैनौ जबकि आकाशहरू तथा पृथ्वीको आधिपत्य अल्लाहकै रहेको छ ? तिमीहरू मक्काको विजयअघि खर्च र युद्ध गर्नेहरूसँग बराबर हुन सक्दैनौ । तिनीहरू त मक्काको विजयपछि खर्च तथा युद्ध गर्नेहरूभन्दा अति उच्च दर्जामा छन् तर उत्तम प्रतिदानको वाचा त सबैसित रहेको छ । र जेजति तिमीहरू गरिरहेका छौ ती सबैबारे अल्लाह अवगत छन् ।
مَّن ذَا ٱلَّذِي يُقۡرِضُ ٱللَّهَ قَرۡضًا حَسَنٗا فَيُضَٰعِفَهُۥ لَهُۥ وَلَهُۥٓ أَجۡرٞ كَرِيمٞ
Open ayah 57:11को छ जसले अल्लाहलाई उत्तम ऋण देओस् ताकि उनले त्यसलाई कैयौं गुणा बढाएर प्रदान गरून् ? र, यस्तो व्यक्तिकोलागि महान् प्रतिदान छ ।
يَوۡمَ تَرَى ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ يَسۡعَىٰ نُورُهُم بَيۡنَ أَيۡدِيهِمۡ وَبِأَيۡمَٰنِهِمۖ بُشۡرَىٰكُمُ ٱلۡيَوۡمَ جَنَّٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
Open ayah 57:12महाप्रलयको दिन तिमीले मोमिन पुरुषहरू तथा मोमिन महिलाहरूलाई देख्नेछौ उनका अगाडि र उनका दायाँतर्फ प्रकाश दौडिरहेकोछ । (उनीहरूलाई भनिनेछ)– आज तिमीहरूलाई यस्तो जन्नतको शुभसूचना छ जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् जसमा तिमीहरू सदा रहनेछौ । यो नै हो महान् सफलता ।
يَوۡمَ يَقُولُ ٱلۡمُنَٰفِقُونَ وَٱلۡمُنَٰفِقَٰتُ لِلَّذِينَ ءَامَنُواْ ٱنظُرُونَا نَقۡتَبِسۡ مِن نُّورِكُمۡ قِيلَ ٱرۡجِعُواْ وَرَآءَكُمۡ فَٱلۡتَمِسُواْ نُورٗاۖ فَضُرِبَ بَيۡنَهُم بِسُورٖ لَّهُۥ بَابُۢ بَاطِنُهُۥ فِيهِ ٱلرَّحۡمَةُ وَظَٰهِرُهُۥ مِن قِبَلِهِ ٱلۡعَذَابُ
Open ayah 57:13त्यस दिन मुनाफिक पुरुष एवं महिलाहरूले आस्थावानहरूलाई भन्नेछन्– “हाम्रो प्रतीक्षा गर ताकि हामी पनि तिमीहरूको प्रकाशबाट लाभान्वित होऔं ।” जवाफ दिइनेछ–तिमीहरू पछाडि फर्क र प्रकाशको खोजी गर । फेरि यी दुवैबीच एउटा अग्लो पर्खाल खडा गरिनेछ, जसमा ढोका पनि हुनेछ, जसको भित्री भागमा दया हुनेछ, र सामुन्नेबाट बाहिरी भागमा यातना ।
يُنَادُونَهُمۡ أَلَمۡ نَكُن مَّعَكُمۡۖ قَالُواْ بَلَىٰ وَلَٰكِنَّكُمۡ فَتَنتُمۡ أَنفُسَكُمۡ وَتَرَبَّصۡتُمۡ وَٱرۡتَبۡتُمۡ وَغَرَّتۡكُمُ ٱلۡأَمَانِيُّ حَتَّىٰ جَآءَ أَمۡرُ ٱللَّهِ وَغَرَّكُم بِٱللَّهِ ٱلۡغَرُورُ
Open ayah 57:14मुनाफिकहरूले कराएर मोमिनहरूलाई भन्नेछन्– “के हामी तिमीहरूका साथमा थिएनौं ?” उनीहरूले भन्नेछन्– “हो थियौ तर तिमीहरूले स्वयंलाई उत्पीडनमा फँसाएका थियौ र प्रतीक्षामा र सन्देहग्रस्त रह्यौ । र, तिमीहरूलाई झूठो आकांक्षाहरूले धोकामै राख्यौ यहाँसम्म कि अल्लाहको आदेश आइपुग्यो र तिमीहरूलाई धोका दिनेले अल्लाहको बारेमा धोकामै राख्यो ।
فَٱلۡيَوۡمَ لَا يُؤۡخَذُ مِنكُمۡ فِدۡيَةٞ وَلَا مِنَ ٱلَّذِينَ كَفَرُواْۚ مَأۡوَىٰكُمُ ٱلنَّارُۖ هِيَ مَوۡلَىٰكُمۡۖ وَبِئۡسَ ٱلۡمَصِيرُ
Open ayah 57:15अतः आज कुनै ‘फिदया’ (अर्थ–दण्ड) कबुल गरिने छैन; न तिमीहरूको न काफिरहरूको । र, तिमीहरूको बासस्थान नरक हो । यही तिमीहरूको संरक्षक हो र यो कति निकृष्ट बासस्थान हो ।
۞أَلَمۡ يَأۡنِ لِلَّذِينَ ءَامَنُوٓاْ أَن تَخۡشَعَ قُلُوبُهُمۡ لِذِكۡرِ ٱللَّهِ وَمَا نَزَلَ مِنَ ٱلۡحَقِّ وَلَا يَكُونُواْ كَٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلُ فَطَالَ عَلَيۡهِمُ ٱلۡأَمَدُ فَقَسَتۡ قُلُوبُهُمۡۖ وَكَثِيرٞ مِّنۡهُمۡ فَٰسِقُونَ
Open ayah 57:16के आस्थानवानहरूका लागि अल्लाहको स्मरण तथा अवतरित भएको नितान्त सत्यप्रति उनीहरूको हृदय नम्र हुने समय आइपुगेको छैन र ? र, यिनीहरू ती व्यक्तिहरूजस्तो नहोऊन् जसलाई यसअघि ग्रन्थ प्रदान गरियो अनि तिनीहरूमाथि जब एउटा लामो समय बित्यो तब तिनीहरूको हृदयहरु कठोर भए । र, तिनीहरूमध्ये अधिकांश अवज्ञाकारी छन् ।
ٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَاۚ قَدۡ بَيَّنَّا لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَعۡقِلُونَ
Open ayah 57:17जानि राख ! भूमिलाई त्यसको मृत्युपछि अल्लाहले नै जीवित पार्छन् । हामीले तिमीहरूकालागि आफ्ना आयतहरू प्रष्ट पारिसकेका छौं ताकि तिमीहरू बुझ ।
إِنَّ ٱلۡمُصَّدِّقِينَ وَٱلۡمُصَّدِّقَٰتِ وَأَقۡرَضُواْ ٱللَّهَ قَرۡضًا حَسَنٗا يُضَٰعَفُ لَهُمۡ وَلَهُمۡ أَجۡرٞ كَرِيمٞ
Open ayah 57:18निस्सन्देह सद्का दिने पुरुष तथा महिला र जो अल्लाहलाई उत्तम ऋण दिन्छन् ती सबैकालागि यो कैयौं गुणा बढाइनेछ र उनीहरूकालागि सम्मानजनक प्रतिदान रहेकोछ ।
وَٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرُسُلِهِۦٓ أُوْلَٰٓئِكَ هُمُ ٱلصِّدِّيقُونَۖ وَٱلشُّهَدَآءُ عِندَ رَبِّهِمۡ لَهُمۡ أَجۡرُهُمۡ وَنُورُهُمۡۖ وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَحِيمِ
Open ayah 57:19अल्लाह एवं उनका रसूलहरूमाथि ईमान राख्ने व्यक्तिहरू नै आफ्ना पालनकर्ताकहाँ अत्यन्त सच्चा एवं साक्षी [ ] छन् । उनीहरूकालागि उनको प्रतिदान एवं प्रकाश रहेकोछ । र, जुन व्यक्तिहरू कुफ्र गर्छन् र हाम्रा आयतहरूलाई मिथ्या ठहर गर्छन् तिनीहरू नरकबासी हुन् ।
ٱعۡلَمُوٓاْ أَنَّمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا لَعِبٞ وَلَهۡوٞ وَزِينَةٞ وَتَفَاخُرُۢ بَيۡنَكُمۡ وَتَكَاثُرٞ فِي ٱلۡأَمۡوَٰلِ وَٱلۡأَوۡلَٰدِۖ كَمَثَلِ غَيۡثٍ أَعۡجَبَ ٱلۡكُفَّارَ نَبَاتُهُۥ ثُمَّ يَهِيجُ فَتَرَىٰهُ مُصۡفَرّٗا ثُمَّ يَكُونُ حُطَٰمٗاۖ وَفِي ٱلۡأٓخِرَةِ عَذَابٞ شَدِيدٞ وَمَغۡفِرَةٞ مِّنَ ٱللَّهِ وَرِضۡوَٰنٞۚ وَمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا مَتَٰعُ ٱلۡغُرُورِ
Open ayah 57:20जानिराख कि सांसारिक जीवन केवल खेलकुद, मनोरञ्जन, तडकभडक, परस्पर सेखी झार्न र सम्पत्ति तथा सन्तान बढाउनकोलागि परस्पर प्रतिस्पर्धा गर्नु मात्र हो । यसको उदाहरण त्यस बर्षा जस्तो छ जसबाट उम्रेका बालीनालीले किसानहरूलाई खुशी पार्छ । फेरि त्यो सुक्छ र तिमी त्यसलाई पहेंलो भएको देख्छौ । त्यसपछि त्यो चुरचुर हुन्छ । र, परलोकमा कठोर यातना रहेकोछ र अल्लाहको तर्फबाट क्षमादान एवं प्रसन्नता समेत रहेको छ । र, सांसारिक जीवन त धोकापूर्ण क्षणिक सुखभोग मात्र हो ।
سَابِقُوٓاْ إِلَىٰ مَغۡفِرَةٖ مِّن رَّبِّكُمۡ وَجَنَّةٍ عَرۡضُهَا كَعَرۡضِ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ أُعِدَّتۡ لِلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرُسُلِهِۦۚ ذَٰلِكَ فَضۡلُ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ
Open ayah 57:21प्रतिस्पर्धा गर आफ्ना पालनकर्ताको क्षमादान तथा त्यस स्वर्गतर्फ जसको विस्तार आकाश एवं पृथ्वीको विस्तार झैं छ । यो ती व्यक्तिहरूकालागि बनाइएको छ जो अल्लाह एवं उनका रसूलहरूमाथि ईमान राख्दछन् । यो अल्लाहको वरदान हो । उनी जसलाई चाहन्छन् प्रदान गर्दछन् र अल्लाह अपार कृपालु छन् ।
مَآ أَصَابَ مِن مُّصِيبَةٖ فِي ٱلۡأَرۡضِ وَلَا فِيٓ أَنفُسِكُمۡ إِلَّا فِي كِتَٰبٖ مِّن قَبۡلِ أَن نَّبۡرَأَهَآۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ
Open ayah 57:22पृथ्वीमा वा स्वयं तिमीहरूमाथि जे सङ्कट आउँछ त्यसलाई हामीले प्रकट गर्नु भन्दा पहिले नै एउटा विशेष पुस्तकमा त्यो अङ्कित छ । यो अल्लाहकोलागि एकदमै सहज छ ।
لِّكَيۡلَا تَأۡسَوۡاْ عَلَىٰ مَا فَاتَكُمۡ وَلَا تَفۡرَحُواْ بِمَآ ءَاتَىٰكُمۡۗ وَٱللَّهُ لَا يُحِبُّ كُلَّ مُخۡتَالٖ فَخُورٍ
Open ayah 57:23(यसो गर्नुको उद्देश्य यो छ) कि तिमीहरू आफूले गुमाएको वस्तुप्रति दुःखित नहोऊ र अल्लाहले तिमीहरूलाई प्रदान गरेका वस्तुहरूप्रति घमण्ड नगर । र, अल्लाह यस्ता घमण्डी एवं सेखी व्यक्तिलाई मन पराउँदैनन् ...
ٱلَّذِينَ يَبۡخَلُونَ وَيَأۡمُرُونَ ٱلنَّاسَ بِٱلۡبُخۡلِۗ وَمَن يَتَوَلَّ فَإِنَّ ٱللَّهَ هُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ
Open ayah 57:24जो स्वयं कञ्जुस्याईं गर्छन् र अन्य मानिसहरूलाई पनि कञ्जुस्याईंको सल्लाह दिन्छन् । र, जो विमुख हुन्छन् अल्लाह पूर्ण आत्मनिर्भर एवं अत्यन्त प्रशंसनीय रहेका छन् ।
لَقَدۡ أَرۡسَلۡنَا رُسُلَنَا بِٱلۡبَيِّنَٰتِ وَأَنزَلۡنَا مَعَهُمُ ٱلۡكِتَٰبَ وَٱلۡمِيزَانَ لِيَقُومَ ٱلنَّاسُ بِٱلۡقِسۡطِۖ وَأَنزَلۡنَا ٱلۡحَدِيدَ فِيهِ بَأۡسٞ شَدِيدٞ وَمَنَٰفِعُ لِلنَّاسِ وَلِيَعۡلَمَ ٱللَّهُ مَن يَنصُرُهُۥ وَرُسُلَهُۥ بِٱلۡغَيۡبِۚ إِنَّ ٱللَّهَ قَوِيٌّ عَزِيزٞ
Open ayah 57:25निस्सन्देह हामीले आफ्ना रसूलहरूलाई स्पष्ट प्रमाणहरू दिएर पठायौं, र तिनीहरुका साथमा ग्रन्थ एवं तराजु अवतरण गर्यौं ताकि मानिसहरू निसाफमा कायम रहून् । र, हामीले फलाम अवतरण गर्यौं जसमा धेरै शक्ति एवं मानिसहरूकालागि फाइदाहरू छन् । र, यसकारणले पनि कि अल्लाहले यो जानून् कि नदेखिकन कसले उनको र उनका रसूलको मद्दत गर्छन् । निस्सन्देह अल्लाह शक्तिशाली एवं प्रभुत्वशाली छन् ।
وَلَقَدۡ أَرۡسَلۡنَا نُوحٗا وَإِبۡرَٰهِيمَ وَجَعَلۡنَا فِي ذُرِّيَّتِهِمَا ٱلنُّبُوَّةَ وَٱلۡكِتَٰبَۖ فَمِنۡهُم مُّهۡتَدٖۖ وَكَثِيرٞ مِّنۡهُمۡ فَٰسِقُونَ
Open ayah 57:26निस्सन्देह हामीले नूह एवं इब्राहीमलाई पठायौं र दुवैका सन्तानहरूमा ईशदूतत्व एवं ईशग्रन्थ जारी राख्यौं । अनि तिनीहरूमध्ये केही सत्मार्गमा रहे, तर अधिकांश मानिसहरू अवज्ञाकारी भए ।
ثُمَّ قَفَّيۡنَا عَلَىٰٓ ءَاثَٰرِهِم بِرُسُلِنَا وَقَفَّيۡنَا بِعِيسَى ٱبۡنِ مَرۡيَمَ وَءَاتَيۡنَٰهُ ٱلۡإِنجِيلَۖ وَجَعَلۡنَا فِي قُلُوبِ ٱلَّذِينَ ٱتَّبَعُوهُ رَأۡفَةٗ وَرَحۡمَةٗۚ وَرَهۡبَانِيَّةً ٱبۡتَدَعُوهَا مَا كَتَبۡنَٰهَا عَلَيۡهِمۡ إِلَّا ٱبۡتِغَآءَ رِضۡوَٰنِ ٱللَّهِ فَمَا رَعَوۡهَا حَقَّ رِعَايَتِهَاۖ فَـَٔاتَيۡنَا ٱلَّذِينَ ءَامَنُواْ مِنۡهُمۡ أَجۡرَهُمۡۖ وَكَثِيرٞ مِّنۡهُمۡ فَٰسِقُونَ
Open ayah 57:27र, उनीहरूपश्चात् पनि हामीले लगातार आफ्ना रसूलहरू पठाइ रह्यौं र उनीपछि मर्यम–पुत्र ईसालाई पठायौं र उनलाई इन्जील प्रदान गर्यौं, अनि उनका अनुयायीहरूका हृदयमा दया र करूणा उत्पन्न गर्यौं । र, ‘रह्बानियत’ (सन्यास–पन्थ) त तिनीहरूले स्वयं आविष्कार गरे । हामीले तिनीहरूमाथि केवल अल्लाहको प्रसन्नता प्राप्ति अनिवार्य गरेका थियौं । तर तिनीहरूले त्यसको यथोचित पालना गरेनन् । अतः हामीले तिनीहरूमध्येका आस्थावान व्यक्तिहरूलाई उत्तम प्रतिदान प्रदान गर्यौँ, र तिनीहरूमध्ये अधिकांश मानिसहरू अवज्ञाकारी छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَءَامِنُواْ بِرَسُولِهِۦ يُؤۡتِكُمۡ كِفۡلَيۡنِ مِن رَّحۡمَتِهِۦ وَيَجۡعَل لَّكُمۡ نُورٗا تَمۡشُونَ بِهِۦ وَيَغۡفِرۡ لَكُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 57:28हे आस्थावानहरू हो ! अल्लाहको भय गर र उनका रसूलमाथि ईमान ल्याऊ । उनले आफ्नो कृपाको दुईगुणा अंश प्रदान गर्नेछन् । अनि, उनले तिमीहरूलाई प्रकाश प्रदान गर्नेछन् जसको उज्यालोमा तिमीहरू हिंडडुुल गर्नेछौ र तिमीहरूका पापहरू माफ गर्नेछन् । अल्लाह क्षमाशील एवं परम दयालु छन् ।
لِّئَلَّا يَعۡلَمَ أَهۡلُ ٱلۡكِتَٰبِ أَلَّا يَقۡدِرُونَ عَلَىٰ شَيۡءٖ مِّن فَضۡلِ ٱللَّهِ وَأَنَّ ٱلۡفَضۡلَ بِيَدِ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ
Open ayah 57:29यो यसकारणले कि अह्ले किताबहरूले जानून् कि तिनीहरूलाई अल्लाहको कुनै पनि कृपाको कुनै अंशमाथि अधिकार छैन । र, यी सम्पूर्ण वरदानहरू अल्लाहकै हातमा छन् । उनी जसलाई चाहन्छन् प्रदान गर्छन् । र, अल्लाह अत्यन्त कृपालु छन् ।