المجادلة

Al-Mujaadila

The Pleading Woman · Surah 58 · Ayahs: 22 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. قَدۡ سَمِعَ ٱللَّهُ قَوۡلَ ٱلَّتِي تُجَٰدِلُكَ فِي زَوۡجِهَا وَتَشۡتَكِيٓ إِلَى ٱللَّهِ وَٱللَّهُ يَسۡمَعُ تَحَاوُرَكُمَآۚ إِنَّ ٱللَّهَ سَمِيعُۢ بَصِيرٌ

    Open ayah 58:1

    (हे सन्देष्टा !) अल्लाहले, तिमीसँग आफ्नो लोग्नेबारे वादविवाद गर्ने र अल्लाहसित शिकायत गर्ने महिलाको, कुरा सुनिसके । र अल्लाह तिमीहरू दुवैका कुराकानी सुनिरहेका थिए । निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वद्रष्टा हुन् ।

  2. ٱلَّذِينَ يُظَٰهِرُونَ مِنكُم مِّن نِّسَآئِهِم مَّا هُنَّ أُمَّهَٰتِهِمۡۖ إِنۡ أُمَّهَٰتُهُمۡ إِلَّا ٱلَّٰٓـِٔي وَلَدۡنَهُمۡۚ وَإِنَّهُمۡ لَيَقُولُونَ مُنكَرٗا مِّنَ ٱلۡقَوۡلِ وَزُورٗاۚ وَإِنَّ ٱللَّهَ لَعَفُوٌّ غَفُورٞ

    Open ayah 58:2

    तिमीहरूमध्ये जो आफ्ना पत्नीहरूसित जिहार (पत्नीलाई आमा सरह भन्ने) गर्छन् तिनीहरू उनीहरुका आमा होइनन् । तिनीहरूका आमाहरू उनीहरू हुन् जसले तिनीहरूलाई जन्म दिए । निस्सन्देह तिनीहरू प्रष्ट रूपमा घृणित एवं असत्य कुरा भन्छन् । निस्सन्देह अल्लाह माफ गर्नेवाला एवं क्षमाशील छन् ।

  3. وَٱلَّذِينَ يُظَٰهِرُونَ مِن نِّسَآئِهِمۡ ثُمَّ يَعُودُونَ لِمَا قَالُواْ فَتَحۡرِيرُ رَقَبَةٖ مِّن قَبۡلِ أَن يَتَمَآسَّاۚ ذَٰلِكُمۡ تُوعَظُونَ بِهِۦۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ

    Open ayah 58:3

    ती व्यक्तिहरू जो आफ्ना पत्नीहरूसँग जिहार गर्छन् फेरि आफ्नो कुरालाई फिर्ता लिन्छन् तिनीहरूले एक अर्कालाई छुनु अघि एउटा दासलाई मुक्त गर्नुपर्नेछ । तिमीहरूलाई यसै कुराको उपदेश दिइन्छ र अल्लाह तिमीहरूका सबै कर्महरूसित राम्ररी अवगतछन् ।

  4. فَمَن لَّمۡ يَجِدۡ فَصِيَامُ شَهۡرَيۡنِ مُتَتَابِعَيۡنِ مِن قَبۡلِ أَن يَتَمَآسَّاۖ فَمَن لَّمۡ يَسۡتَطِعۡ فَإِطۡعَامُ سِتِّينَ مِسۡكِينٗاۚ ذَٰلِكَ لِتُؤۡمِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦۚ وَتِلۡكَ حُدُودُ ٱللَّهِۗ وَلِلۡكَٰفِرِينَ عَذَابٌ أَلِيمٌ

    Open ayah 58:4

    तर जोसँग दास हुँदैन उसले एक अर्कालाई स्पर्श गर्नुअघि लगातार दुई महिनाको रोजा राख्नुपर्छ । अनि जो रोजा राख्ने सामर्थ्य राख्दैन उसले साठी जना गरिबलाई भोजन गराउनुपर्छ । यो यसकारणले कि तिमीहरू अल्लाह एवं उनका रसूलमाथि ईमान राख्छौ । र, यी अल्लाहका सीमाहरू हुन् । र, काफिरहरूकालागि कठोर यातना रहेकोछ ।

  5. إِنَّ ٱلَّذِينَ يُحَآدُّونَ ٱللَّهَ وَرَسُولَهُۥ كُبِتُواْ كَمَا كُبِتَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ وَقَدۡ أَنزَلۡنَآ ءَايَٰتِۭ بَيِّنَٰتٖۚ وَلِلۡكَٰفِرِينَ عَذَابٞ مُّهِينٞ

    Open ayah 58:5

    ती व्यक्तिहरू जो अल्लाह एवं उनका रसूलको विरोध गर्छन् तिनीहरू त्यसरी नै अपमानित गरिनेछन् जसरी तिनीहरूभन्दा पहिलेका व्यक्तिहरू अपमानित भए जबकि हामीले स्पष्ट आयतहरू अवतरण गरिसकेका छौं । र, अनास्थावादीहरूकालागि अपमानजनक यातना रहेकोछ ।

  6. يَوۡمَ يَبۡعَثُهُمُ ٱللَّهُ جَمِيعٗا فَيُنَبِّئُهُم بِمَا عَمِلُوٓاْۚ أَحۡصَىٰهُ ٱللَّهُ وَنَسُوهُۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٌ

    Open ayah 58:6

    जुन दिन अल्लाहले तिनीहरू सबैलाई पूनर्जीवित गर्नेछन् त्यसदिन सबैलाई तिनीहरूले गरेका कर्महरूबारे अवगत गराउनेछन् । अल्लाहले त्यसलाई गनेर राखेका छन् र तिनीहरूले चाहिँ त्यसलाई बिर्सेका छन् । र, अल्लाह प्रत्येक कुराका साक्षी छन् ।

  7. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ مَا يَكُونُ مِن نَّجۡوَىٰ ثَلَٰثَةٍ إِلَّا هُوَ رَابِعُهُمۡ وَلَا خَمۡسَةٍ إِلَّا هُوَ سَادِسُهُمۡ وَلَآ أَدۡنَىٰ مِن ذَٰلِكَ وَلَآ أَكۡثَرَ إِلَّا هُوَ مَعَهُمۡ أَيۡنَ مَا كَانُواْۖ ثُمَّ يُنَبِّئُهُم بِمَا عَمِلُواْ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ إِنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمٌ

    Open ayah 58:7

    के तिमीहरूले देखेनौ कि अल्लाह आकाशहरू तथा पृथ्वीका हरेक कुरा जान्दछन् ? कुनै स्थानमा तीनजना व्यक्तिबीच कुनै यस्तो गोप्य कानेखुसी हुँदैन जहाँ चौथोका रूपमा उनी हुँदैनन्; न कहीँ पाँचजनाको बीचमा उनी छैठौंकोरूपमा रहेका नहुन् । न त्योभन्दा कम वा त्योभन्दा बढी परन्तु उनी तिनीहरूका साथ रहन्छन्, चाहे तिनीहरू जहाँसुकै रहून् । फेरि उनले महाप्रलयको दिन तिनीहरूले गर्ने गरेका कर्महरूबारे अवगत गराउनेछन् । निस्सन्देह अल्लाह प्रत्येक कुराबाट अवगत छन् ।

  8. أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ نُهُواْ عَنِ ٱلنَّجۡوَىٰ ثُمَّ يَعُودُونَ لِمَا نُهُواْ عَنۡهُ وَيَتَنَٰجَوۡنَ بِٱلۡإِثۡمِ وَٱلۡعُدۡوَٰنِ وَمَعۡصِيَتِ ٱلرَّسُولِۖ وَإِذَا جَآءُوكَ حَيَّوۡكَ بِمَا لَمۡ يُحَيِّكَ بِهِ ٱللَّهُ وَيَقُولُونَ فِيٓ أَنفُسِهِمۡ لَوۡلَا يُعَذِّبُنَا ٱللَّهُ بِمَا نَقُولُۚ حَسۡبُهُمۡ جَهَنَّمُ يَصۡلَوۡنَهَاۖ فَبِئۡسَ ٱلۡمَصِيرُ

    Open ayah 58:8

    के तिमीले ती व्यक्तिहरूलाई देखेनौ जसलाई कानेखुसी गर्न मनाही गरिएको थियो तैपनि तिनीहरू मनाही गरिएका कार्य दोहोर्याउँछन् र परस्पर पाप, अत्याचार एवं रसूलको अवज्ञाबारे गोप्य सरसल्लाह गर्छन् ? तिनीहरू तिमीकहाँ आउँदा तिमीलाई यस्तो तरीकाले सलाम गर्छन् जुन तरीकाले अल्लाहले तिमीलाई सलाम गरेका छैनन् । र, मनमनै भन्छन्– “अल्लाह हामीले भनेको कुराले गर्दा हामीलाई किन सजायँ दिंदैनन् त ? तिनीहरूकालागि नरक नै पर्याप्त छ जसमा तिनीहरू होमिनेछन् । अनि कति नराम्रो बासस्थान हो त्यो !

  9. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا تَنَٰجَيۡتُمۡ فَلَا تَتَنَٰجَوۡاْ بِٱلۡإِثۡمِ وَٱلۡعُدۡوَٰنِ وَمَعۡصِيَتِ ٱلرَّسُولِ وَتَنَٰجَوۡاْ بِٱلۡبِرِّ وَٱلتَّقۡوَىٰۖ وَٱتَّقُواْ ٱللَّهَ ٱلَّذِيٓ إِلَيۡهِ تُحۡشَرُونَ

    Open ayah 58:9

    हे आस्थावानहरू हो ! परस्पर गोप्य सल्लाह गर्दा पाप, अत्याचार र रसूलको अवज्ञाबारे कदापि गोप्य सल्लाह नगर, बरु पुण्य एवं ईशभयबारे सरसल्लाह गर । र, त्यस अल्लाहको भयराख जसतर्फ तिमीहरू सबैलाई एकत्रित गरी लगिनेछ ।

  10. إِنَّمَا ٱلنَّجۡوَىٰ مِنَ ٱلشَّيۡطَٰنِ لِيَحۡزُنَ ٱلَّذِينَ ءَامَنُواْ وَلَيۡسَ بِضَآرِّهِمۡ شَيۡـًٔا إِلَّا بِإِذۡنِ ٱللَّهِۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ 

    Open ayah 58:10

    कानेखुसी त शैतानको तर्फबाट हुन्छ ताकि आस्थावानहरू चिन्ताग्रस्त होऊन् । तर अल्लाहको आदेशबिना उनीहरूलाई यसले कत्ति पनि हानि पुर्याउन सक्दैन, र आस्थावानहरूले केवल अल्लाहमाथि नै भरोसा गर्नु पर्दछ ।

  11. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا قِيلَ لَكُمۡ تَفَسَّحُواْ فِي ٱلۡمَجَٰلِسِ فَٱفۡسَحُواْ يَفۡسَحِ ٱللَّهُ لَكُمۡۖ وَإِذَا قِيلَ ٱنشُزُواْ فَٱنشُزُواْ يَرۡفَعِ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ مِنكُمۡ وَٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ دَرَجَٰتٖۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ

    Open ayah 58:11

    हे आस्थावानहरू हो ! जब तिमीहरूलाई सभामा स्थान फराकिलो पार्न भनिन्छ तब तिमीहरु ठाउँ फराकिलो पार, अल्लाह तिमीहरुकोलागि स्थान फराकिलो पार्नेछ । र, जब तिमीहरूलाई उठ्न भनिन्छ भने तिमीहरू उठिहाल । अल्लाहले तिमीहरूमध्ये ईमान ल्याएका र ज्ञान प्रदान गरिएका व्यक्तिहरूको दर्जा उच्च पार्नेछन्, र अल्लाह तिमीहरूका हरेक कार्यसँग राम्ररी अवगत छन् ।

  12. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا نَٰجَيۡتُمُ ٱلرَّسُولَ فَقَدِّمُواْ بَيۡنَ يَدَيۡ نَجۡوَىٰكُمۡ صَدَقَةٗۚ ذَٰلِكَ خَيۡرٞ لَّكُمۡ وَأَطۡهَرُۚ فَإِن لَّمۡ تَجِدُواْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ

    Open ayah 58:12

    हे आस्थावानहरू हो ! यदि तिमीहरू रसूलसित गोप्य सरसल्लाह गर्न चाहन्छौ भने गोप्य सरसल्लाह गर्नुअघि केही सद्का (पुण्य–दान) दिने गर । यो तिमीहरूकालागि अति उत्तम र अति पवित्र तरिका हो । तर कसैले (सदका दिनका लागि केही) पाएन भने अल्लाह वास्तवमा अति क्षमाशील एवं परम दयालु छन् ।

  13. ءَأَشۡفَقۡتُمۡ أَن تُقَدِّمُواْ بَيۡنَ يَدَيۡ نَجۡوَىٰكُمۡ صَدَقَٰتٖۚ فَإِذۡ لَمۡ تَفۡعَلُواْ وَتَابَ ٱللَّهُ عَلَيۡكُمۡ فَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَأَطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥۚ وَٱللَّهُ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ

    Open ayah 58:13

    के तिमीहरू आफ्नो गोप्य सरसल्लाह गर्नु अघि सद्का दिनबाट डरायौ र ? यदि तिमीहरूले यसो गर्न सकेनौ र अल्लाहले तिमीहरूलाई क्षमा गरिदिए भने तिमीहरू नमाज कायम गर, जकात देऊ र अल्लाह एवं उनका रसूलको आज्ञापालन गर । र, जेजति तिमीहरू गर्छौ त्यससँग अल्लाह पूर्ण अवगत छन् ।

  14. ۞أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ تَوَلَّوۡاْ قَوۡمًا غَضِبَ ٱللَّهُ عَلَيۡهِم مَّا هُم مِّنكُمۡ وَلَا مِنۡهُمۡ وَيَحۡلِفُونَ عَلَى ٱلۡكَذِبِ وَهُمۡ يَعۡلَمُونَ

    Open ayah 58:14

    के तिमीले ती व्यक्तिहरूलाई देखेनौ जसले यस्ता मानिसहरूसित मित्रता गाँस्छन् जसमाथि अल्लाहको अभिशाप अवतीर्ण भएको छ ? उनीहरू न तिमीहरूमध्ये रहेका हुन्, न तिनीहरूमध्येकै । यिनीहरू जानी जानी झूठकोलागि कसम खाइरहेका छन् ।

  15. أَعَدَّ ٱللَّهُ لَهُمۡ عَذَابٗا شَدِيدًاۖ إِنَّهُمۡ سَآءَ مَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 58:15

    अल्लाहले यिनीहरूकालागि कठोर यातना तयार पारेका छन् । तिनीहरू जे गर्दैछन् वास्तवमा नराम्रो गर्दैछन् ।

  16. ٱتَّخَذُوٓاْ أَيۡمَٰنَهُمۡ جُنَّةٗ فَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ فَلَهُمۡ عَذَابٞ مُّهِينٞ

    Open ayah 58:16

    यिनीहरूले आफ्ना कसमहरूलाई ढाल बनाएका छन्, र मानिसहरूलाई अल्लाहको मार्गबाट रोक्दछन् । अतः यिनीहरूका लागि अपमानजनक यातना छ ।

  17. لَّن تُغۡنِيَ عَنۡهُمۡ أَمۡوَٰلُهُمۡ وَلَآ أَوۡلَٰدُهُم مِّنَ ٱللَّهِ شَيۡـًٔاۚ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

    Open ayah 58:17

    तिनीहरूलाई तिनीहरूका धन–सम्पत्ति तथा सन्तानहरूले अल्लाहकहाँ कुनै लाभ पुर्याउन सक्दैनन् । तिनीहरू नरकबासी हुन् । तिनीहरू सदा त्यसैमा रहनेछन् ।

  18. يَوۡمَ يَبۡعَثُهُمُ ٱللَّهُ جَمِيعٗا فَيَحۡلِفُونَ لَهُۥ كَمَا يَحۡلِفُونَ لَكُمۡ وَيَحۡسَبُونَ أَنَّهُمۡ عَلَىٰ شَيۡءٍۚ أَلَآ إِنَّهُمۡ هُمُ ٱلۡكَٰذِبُونَ

    Open ayah 58:18

    त्यस दिन अल्लाहले तिनीहरू सबैलाई जीवित पारी उठाउनेछन् अनि तिनीहरू जसरी तिमीसमक्ष कसम खान्छन् त्यसरी अल्लाहसमक्ष पनि कसम खानेछन् यो ठान्दै कि तिनीहरू पनि कुनै आधारमा छन् । निश्चित रूपमा जानी राख कि तिनीहरू नै झूठा हुन् ।

  19. ٱسۡتَحۡوَذَ عَلَيۡهِمُ ٱلشَّيۡطَٰنُ فَأَنسَىٰهُمۡ ذِكۡرَ ٱللَّهِۚ أُوْلَٰٓئِكَ حِزۡبُ ٱلشَّيۡطَٰنِۚ أَلَآ إِنَّ حِزۡبَ ٱلشَّيۡطَٰنِ هُمُ ٱلۡخَٰسِرُونَ

    Open ayah 58:19

    शैतानले यिनीहरूमाथि प्रभुत्व जमाएको छ, र यिनीहरूलाई अल्लाहको स्मरणलाई विस्मृत पारेकाे छ । यिनीहरू शैतानका समूह हुन् । जानीराख कि शैतानको समूह नै घाटाग्रस्त रहेको छ ।

  20. إِنَّ ٱلَّذِينَ يُحَآدُّونَ ٱللَّهَ وَرَسُولَهُۥٓ أُوْلَٰٓئِكَ فِي ٱلۡأَذَلِّينَ 

    Open ayah 58:20

    वास्तवमा जुन व्यक्तिहरू अल्लाह एवं उनका रसूलको विरोध गर्छन् तिनीहरू नै सबभन्दा अपमानित व्यक्तिहरूमध्ये हुन् ।

  21. كَتَبَ ٱللَّهُ لَأَغۡلِبَنَّ أَنَا۠ وَرُسُلِيٓۚ إِنَّ ٱللَّهَ قَوِيٌّ عَزِيزٞ

    Open ayah 58:21

    अल्लाहले लेखिदिएका छन् “म र मेरा रसूल नै वास्तवमा विजयी रहनेछौं ।” निस्सन्देह अल्लाह शक्तिशाली एवं प्रभुत्वशाली छन् ।

  22. لَّا تَجِدُ قَوۡمٗا يُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ يُوَآدُّونَ مَنۡ حَآدَّ ٱللَّهَ وَرَسُولَهُۥ وَلَوۡ كَانُوٓاْ ءَابَآءَهُمۡ أَوۡ أَبۡنَآءَهُمۡ أَوۡ إِخۡوَٰنَهُمۡ أَوۡ عَشِيرَتَهُمۡۚ أُوْلَٰٓئِكَ كَتَبَ فِي قُلُوبِهِمُ ٱلۡإِيمَٰنَ وَأَيَّدَهُم بِرُوحٖ مِّنۡهُۖ وَيُدۡخِلُهُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ رَضِيَ ٱللَّهُ عَنۡهُمۡ وَرَضُواْ عَنۡهُۚ أُوْلَٰٓئِكَ حِزۡبُ ٱللَّهِۚ أَلَآ إِنَّ حِزۡبَ ٱللَّهِ هُمُ ٱلۡمُفۡلِحُونَ

    Open ayah 58:22

    अल्लाह र अन्तिम दिनमाथि ईमान राख्ने कुनै व्यक्तिलाई तिमीले अल्लाह एवं उनका रसूलका विरोधीहरूलाई प्रेम गरेको कदापि पाउने छैनौ, चाहे ती विरोधीहरु उनका पिता वा छोरा वा उनका भाइ वा उनका नातेदार नै किन नहोऊन् । यिनै हुन् जसका हृदयमा अल्लाहले ईमान लेखिदिएका छन् र जसलाई आफ्नो तर्फको एउटा आत्माद्वारा सुदृढ तुल्याएका छन् । यिनीहरूलाई यस्ता बगैँचाहरूमा प्रवेश गराइनेछ जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् जसमा यिनीहरू सदासर्वदा रहनेछन् । अल्लाह यिनीहरूसित प्रसन्न र यिनीहरू अल्लाहसित प्रसन्न छन् । यिनीहरू नै हुन् अल्लाहको समूह । जानीराख ! अल्लाहको समूह नै सफल हुनेछन् ।