الحشر
Al-Hashr
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
سَبَّحَ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 59:1आकाशहरू तथा पृथ्वीका सम्पूर्ण चिजहरू अल्लाहकै महिमागान गर्छन् र उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
هُوَ ٱلَّذِيٓ أَخۡرَجَ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ مِن دِيَٰرِهِمۡ لِأَوَّلِ ٱلۡحَشۡرِۚ مَا ظَنَنتُمۡ أَن يَخۡرُجُواْۖ وَظَنُّوٓاْ أَنَّهُم مَّانِعَتُهُمۡ حُصُونُهُم مِّنَ ٱللَّهِ فَأَتَىٰهُمُ ٱللَّهُ مِنۡ حَيۡثُ لَمۡ يَحۡتَسِبُواْۖ وَقَذَفَ فِي قُلُوبِهِمُ ٱلرُّعۡبَۚ يُخۡرِبُونَ بُيُوتَهُم بِأَيۡدِيهِمۡ وَأَيۡدِي ٱلۡمُؤۡمِنِينَ فَٱعۡتَبِرُواْ يَٰٓأُوْلِي ٱلۡأَبۡصَٰرِ
Open ayah 59:2उनै हुन् जसले ग्रन्थवाहकहरूमध्येका काफिरहरूलाई तिनीहरूका घरहरूबाट पहिलो भेलामा नै निकाले । तिनीहरू निस्कनेछन् भनेर तिमीहरूले ठानेका थिएनौ । र, तिनीहरूका किल्लाहरूले तिनीहरूलाई अल्लाहको दांजोमा सुरक्षित राख्नेछन् भनी तिनीहरूलाई विश्वास थियो । तर अल्लाह तिनीहरूसमक्ष त्यस दिशाबाट आए जसबारे तिनीहरूले सोचेका पनि थिएनन् र उनले तिनीहरूका हृदयमा भय उत्पन्न गरे । फलस्वरूप तिनीहरू आफ्नै हातले र मोमिनहरूका हातले आफ्नो घरबार ध्वस्त पार्दै थिए । अतः हे नेत्रवान मानिसहरू हो ! शिक्षा ग्रहण गर ।
وَلَوۡلَآ أَن كَتَبَ ٱللَّهُ عَلَيۡهِمُ ٱلۡجَلَآءَ لَعَذَّبَهُمۡ فِي ٱلدُّنۡيَاۖ وَلَهُمۡ فِي ٱلۡأٓخِرَةِ عَذَابُ ٱلنَّارِ
Open ayah 59:3र, यदि अल्लाहले तिनीहरूमाथि तिनीहरूकानिम्ति निर्वासन नलेखिदिएका भए वास्तवमा अल्लाहले तिनीहरूलाई संसारमै यातना दिने थिए र तिनीहरूका लागि आखिरतमा नरकको यातना त छँदै छ ।
ذَٰلِكَ بِأَنَّهُمۡ شَآقُّواْ ٱللَّهَ وَرَسُولَهُۥۖ وَمَن يُشَآقِّ ٱللَّهَ فَإِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ
Open ayah 59:4यो यस कारणले कि तिनीहरूले अल्लाह तथा उनका रसूलको विरोध गरे र जसले अल्लाहको विरोध गर्छ त्यसले थाहा पाउनु पर्छ कि अल्लाह कठोर दण्डदाता हुन् ।
مَا قَطَعۡتُم مِّن لِّينَةٍ أَوۡ تَرَكۡتُمُوهَا قَآئِمَةً عَلَىٰٓ أُصُولِهَا فَبِإِذۡنِ ٱللَّهِ وَلِيُخۡزِيَ ٱلۡفَٰسِقِينَ
Open ayah 59:5खजूरका जुन रुखहरूलाई तिमीहरूले काट्यौ वा जुन रुखहरूलाई तिनीहरुकै मूलमा खडा रहन दियौ ती सबै अल्लाहकै आज्ञाले भएका थिए र यस कारणले कि अल्लाह अवज्ञाकारीहरूलाई अपमानित गरून् ।
وَمَآ أَفَآءَ ٱللَّهُ عَلَىٰ رَسُولِهِۦ مِنۡهُمۡ فَمَآ أَوۡجَفۡتُمۡ عَلَيۡهِ مِنۡ خَيۡلٖ وَلَا رِكَابٖ وَلَٰكِنَّ ٱللَّهَ يُسَلِّطُ رُسُلَهُۥ عَلَىٰ مَن يَشَآءُۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 59:6अल्लाहले तिनीहरूबाट आफ्ना रसूललाई जेजति प्रदान गरे त्यसकोलागि न त तिमीहरूले न घोडाहरू दौडायौ न ऊँटहरू नै । बरु अल्लाह जसमाथि चाहन्छन् आफ्ना रसूलहरूलाई विजय प्रदान गर्छन् [ ] र अल्लाह प्रत्येक चिजमाथि सामर्थ्य राख्दछन् ।
مَّآ أَفَآءَ ٱللَّهُ عَلَىٰ رَسُولِهِۦ مِنۡ أَهۡلِ ٱلۡقُرَىٰ فَلِلَّهِ وَلِلرَّسُولِ وَلِذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱبۡنِ ٱلسَّبِيلِ كَيۡ لَا يَكُونَ دُولَةَۢ بَيۡنَ ٱلۡأَغۡنِيَآءِ مِنكُمۡۚ وَمَآ ءَاتَىٰكُمُ ٱلرَّسُولُ فَخُذُوهُ وَمَا نَهَىٰكُمۡ عَنۡهُ فَٱنتَهُواْۚ وَٱتَّقُواْ ٱللَّهَۖ إِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ
Open ayah 59:7नगरबासीहरूका जुन सम्पत्तिहरू अल्लाहले आफ्ना रसूललाई प्रदान गरे, ती अल्लाहका, रसूलका, (रसूलका) नातेदारहरूका, अनाथहरूका, निर्धनहरूका र बटुवाहरूका लागि हुन्, ताकि यी सम्पत्तिहरू तिमीहरूमध्येका धनीहरूकै हातमा नघुमिरहून् । रसूलले तिमीहरूलाई जेजति प्रदान गर्छन् त्यसलाई ग्रहण गर र जुन कुराबाट उनले तिमीहरूलाई रोक्छन् त्यसबाट रोकिने गर, र अल्लाहको भय गर । निस्सन्देह अल्लाह कठोर दण्डदाता हुन् ।
لِلۡفُقَرَآءِ ٱلۡمُهَٰجِرِينَ ٱلَّذِينَ أُخۡرِجُواْ مِن دِيَٰرِهِمۡ وَأَمۡوَٰلِهِمۡ يَبۡتَغُونَ فَضۡلٗا مِّنَ ٱللَّهِ وَرِضۡوَٰنٗا وَيَنصُرُونَ ٱللَّهَ وَرَسُولَهُۥٓۚ أُوْلَٰٓئِكَ هُمُ ٱلصَّٰدِقُونَ
Open ayah 59:8ती निर्धन शरणार्थीहरूकोलागि पनि हो जसलाई उनीहरूका घरबार र सम्पत्तिबाट बेदखल गरी निकालिएको छ । उनीहरू अल्लाहको वरदान एवं उनको प्रसन्नता प्राप्त गर्ने चेष्टा गर्छन् । र उनीहरू अल्लाह एवं उनका रसूलको मद्दत गर्छन् । यिनीहरू नै सच्चा व्यक्तिहरू हुन् ।
وَٱلَّذِينَ تَبَوَّءُو ٱلدَّارَ وَٱلۡإِيمَٰنَ مِن قَبۡلِهِمۡ يُحِبُّونَ مَنۡ هَاجَرَ إِلَيۡهِمۡ وَلَا يَجِدُونَ فِي صُدُورِهِمۡ حَاجَةٗ مِّمَّآ أُوتُواْ وَيُؤۡثِرُونَ عَلَىٰٓ أَنفُسِهِمۡ وَلَوۡ كَانَ بِهِمۡ خَصَاصَةٞۚ وَمَن يُوقَ شُحَّ نَفۡسِهِۦ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
Open ayah 59:9र (तिनीहरूका लागि पनि) जसले यस सहरमा बसोबास गर्दछन र इमानमा उनीहरूभन्दा पहिले आफ्नो ठाउँ बनाइसकेका छन्, र आफूतर्फ हिजरत गरी आउनेहरूलाई माया गर्छन् र जेजति उनीहरूलाई प्रदान गरियो त्यसप्रति आफ्नो हृदयमा संकोच महसूस गर्दैनन् । बरु आफु अभाव ग्रस्त भएतापनि, स्वयंमाथि उनीहरूलाई प्राथमिकता दिन्छन् । वास्तविकता के छ भने जुन व्यक्तिहरू आफ्नो हृदयको कृपणताबाट मुक्त गरिएका छन् उनीहरू नै सफल छन् ।
وَٱلَّذِينَ جَآءُو مِنۢ بَعۡدِهِمۡ يَقُولُونَ رَبَّنَا ٱغۡفِرۡ لَنَا وَلِإِخۡوَٰنِنَا ٱلَّذِينَ سَبَقُونَا بِٱلۡإِيمَٰنِ وَلَا تَجۡعَلۡ فِي قُلُوبِنَا غِلّٗا لِّلَّذِينَ ءَامَنُواْ رَبَّنَآ إِنَّكَ رَءُوفٞ رَّحِيمٌ
Open ayah 59:10र, ती व्यक्तिहरूका लागि पनि जो उनीहरूभन्दा पछि आए; जसले प्रार्थना गर्छन्–“हे हाम्रा पालनकर्ता ! हामी र हाम्रा ती दाजुभाईलाई माफ गरिदेऊ जो ईमान ल्याउनमा हामी भन्दा अग्रसर रहे, र ईमानवालाहरूप्रति हाम्रा हृदयमा कुनै किसिमको द्वेष उत्पन्न नगर । हे हाम्रा पालनकर्ता ! निस्सन्देह तिमी अत्यन्त कोमल हृदयी एवं परम दयालु छौ ।”
۞أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ نَافَقُواْ يَقُولُونَ لِإِخۡوَٰنِهِمُ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ لَئِنۡ أُخۡرِجۡتُمۡ لَنَخۡرُجَنَّ مَعَكُمۡ وَلَا نُطِيعُ فِيكُمۡ أَحَدًا أَبَدٗا وَإِن قُوتِلۡتُمۡ لَنَنصُرَنَّكُمۡ وَٱللَّهُ يَشۡهَدُ إِنَّهُمۡ لَكَٰذِبُونَ
Open ayah 59:11के तिमीले मुनाफिकहरूलाई देखेनौ जो आफ्ना ग्रन्थवाहक काफिर बन्धुहरूलाई भन्छन्– “यदि तिमीहरू निष्कासित गरियौ भने हामी तिमीहरूसँगै निस्केर जानेछौं र तिमीहरूबारे हामी कदापि कसैको कुरा मान्ने छैनौं । र, यदि तिमीहरूसँग युद्ध गरिएमा हामी अवश्य तिमीहरूलाई सहयोग गर्नेछौँ ।” र, अल्लाह साक्षी छन् कि तिनीहरू मिथ्यावादी हुन् ।
لَئِنۡ أُخۡرِجُواْ لَا يَخۡرُجُونَ مَعَهُمۡ وَلَئِن قُوتِلُواْ لَا يَنصُرُونَهُمۡ وَلَئِن نَّصَرُوهُمۡ لَيُوَلُّنَّ ٱلۡأَدۡبَٰرَ ثُمَّ لَا يُنصَرُونَ
Open ayah 59:12यदि तिनीहरू निष्कासित गरिए भने मुनाफिकहरू कदापि तिनीहरूसँग निस्कने छैनन्, र यदि तिनीहरूसँग युद्ध गरिएमा उनीहरूले कदापि तिनीहरूको सहयोग गर्ने छैनन् । अनि उनीहरू मद्दतकोलागि आए भने पनि पिठ्यूँ फर्काएर भाग्नेछन्, अनि तिनीहरूलाई कुनै सहयोग प्राप्त हुने छैन ।
لَأَنتُمۡ أَشَدُّ رَهۡبَةٗ فِي صُدُورِهِم مِّنَ ٱللَّهِۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَوۡمٞ لَّا يَفۡقَهُونَ
Open ayah 59:13(हे मुस्लिमहरू हो !) तिनीहरूका हृदयमा अल्लाहको साटो तिमीहरूकै बढी डर बसेको छ । यसकारणले कि तिनीहरू अबुझ व्यक्तिहरू हुन् ।
لَا يُقَٰتِلُونَكُمۡ جَمِيعًا إِلَّا فِي قُرٗى مُّحَصَّنَةٍ أَوۡ مِن وَرَآءِ جُدُرِۭۚ بَأۡسُهُم بَيۡنَهُمۡ شَدِيدٞۚ تَحۡسَبُهُمۡ جَمِيعٗا وَقُلُوبُهُمۡ شَتَّىٰۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَوۡمٞ لَّا يَعۡقِلُونَ
Open ayah 59:14तिनीहरू मिलेर पनि तिमीहरूसँग युद्ध गर्न सक्दैनन् । यो अर्कै कुरा हो कि तिनीहरू किल्ला बन्द स्थानहरूभित्र रही वा कुनै पर्खालकोपछाडि रहेर युद्ध गरून् । तिनीहरूको पारस्परिक झगडा भयनकर छ । तिनीहरूलाई एकजुट ठान्छौ जबकि तिनीहरूका हृदय विभाजित छन् किनभने तिनीहरू बुद्धिहीन व्यक्तिहरू हुन् ।
كَمَثَلِ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ قَرِيبٗاۖ ذَاقُواْ وَبَالَ أَمۡرِهِمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 59:15ती व्यक्तिहरूझैँ जो तिनीहरूभन्दा केही अघि नै आफ्नो कर्मको दुष्परिणाम चाखिसकेका छन् र यिनीहरूकालागि पीडादायी यातना तयार छ ।
كَمَثَلِ ٱلشَّيۡطَٰنِ إِذۡ قَالَ لِلۡإِنسَٰنِ ٱكۡفُرۡ فَلَمَّا كَفَرَ قَالَ إِنِّي بَرِيٓءٞ مِّنكَ إِنِّيٓ أَخَافُ ٱللَّهَ رَبَّ ٱلۡعَٰلَمِينَ
Open ayah 59:16र शैतानझैँ जसले मानिसलाई भन्यो– (अल्लाहको) "इन्कार गर ।” जब मानिसले इन्कार गर्यो तब शैतानले भन्यो– “तिमीसित मेरो कुनै सरोकार छैन । म सम्पूर्ण जगत्का पालनकर्ता अल्लाहको भयराख्छ ।”
فَكَانَ عَٰقِبَتَهُمَآ أَنَّهُمَا فِي ٱلنَّارِ خَٰلِدَيۡنِ فِيهَاۚ وَذَٰلِكَ جَزَٰٓؤُاْ ٱلظَّٰلِمِينَ
Open ayah 59:17अतः ती दुवैको परिणाम यो छ कि दुवै सदाकालागि नरकमा जाने छन्, र अत्याचारीहरूकालागि यहि सजायँ रहेको छ ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَلۡتَنظُرۡ نَفۡسٞ مَّا قَدَّمَتۡ لِغَدٖۖ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ
Open ayah 59:18हे आस्थावानहरू हो ! अल्लाहको भयराख, र प्रत्येक व्यक्तिले भोलिकानिम्ति के अगाडि पठाएको छ भन्ने कुराको समीक्षा गर । र, अल्लाहको भय राख; अल्लाह तिमीहरूका सबै कार्यहरूसित अवगत छन् ।
وَلَا تَكُونُواْ كَٱلَّذِينَ نَسُواْ ٱللَّهَ فَأَنسَىٰهُمۡ أَنفُسَهُمۡۚ أُوْلَٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ
Open ayah 59:19र, तिमीहरू ती व्यक्तिहरूझैँ नबन जसले अल्लाहलाई बिर्से । अनि अल्लाहले तिनीहरूलाई स्वयंबाट नै भुलाइदिए । [ ] तिनीहरू नै अवज्ञाकारी हुन् ।
لَا يَسۡتَوِيٓ أَصۡحَٰبُ ٱلنَّارِ وَأَصۡحَٰبُ ٱلۡجَنَّةِۚ أَصۡحَٰبُ ٱلۡجَنَّةِ هُمُ ٱلۡفَآئِزُونَ
Open ayah 59:20नरक बासीहरु र स्वर्ग बासीहरु समान छैनन् । स्वर्गका बासीहरू नै सफल हुनेछन् ।
لَوۡ أَنزَلۡنَا هَٰذَا ٱلۡقُرۡءَانَ عَلَىٰ جَبَلٖ لَّرَأَيۡتَهُۥ خَٰشِعٗا مُّتَصَدِّعٗا مِّنۡ خَشۡيَةِ ٱللَّهِۚ وَتِلۡكَ ٱلۡأَمۡثَٰلُ نَضۡرِبُهَا لِلنَّاسِ لَعَلَّهُمۡ يَتَفَكَّرُونَ
Open ayah 59:21यदि हामीले यस कुरआनलाई कुनै पर्वतमाथि अवतरण गरेको भए तिमीहरूले त्यस पर्वतलाई अल्लाहको भयले गर्दा विनम्र र टुक्रा–टुक्रा हुँदै गरेको देख्नेथ्यौ । हामी यी कुराहरू मनुष्यकोलागि बयान गर्दछौं ताकि तिनीहरूले चिन्तन मनन् गरून् ।
هُوَ ٱللَّهُ ٱلَّذِي لَآ إِلَٰهَ إِلَّا هُوَۖ عَٰلِمُ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِۖ هُوَ ٱلرَّحۡمَٰنُ ٱلرَّحِيمُ
Open ayah 59:22उनै अल्लाह हुन् जसबाहेक अन्य कोही उपास्य छैन । उनी अदृश्य एवं दृश्य सबै कुराहरूका ज्ञाता हुन् । उनी अत्यन्त करुणामय एवं परम दयालु छन् ।
هُوَ ٱللَّهُ ٱلَّذِي لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡمَلِكُ ٱلۡقُدُّوسُ ٱلسَّلَٰمُ ٱلۡمُؤۡمِنُ ٱلۡمُهَيۡمِنُ ٱلۡعَزِيزُ ٱلۡجَبَّارُ ٱلۡمُتَكَبِّرُۚ سُبۡحَٰنَ ٱللَّهِ عَمَّا يُشۡرِكُونَ
Open ayah 59:23उनै अल्लाह हुन् जसबाहेक अन्य कोही पुज्य छैन । उनी सम्राट् हुन् अत्यन्त पवित्र, सर्वथा शान्त, निश्चिन्तता प्रदानकर्ता, संरक्षक, प्रभुत्वशाली, प्रभावशाली र महान् बनेर रहनेवाला । पवित्र छन् अल्लाह त्यस साझेदारीबाट जुन यी मानिसहरू बनाउँदैछन् ।
هُوَ ٱللَّهُ ٱلۡخَٰلِقُ ٱلۡبَارِئُ ٱلۡمُصَوِّرُۖ لَهُ ٱلۡأَسۡمَآءُ ٱلۡحُسۡنَىٰۚ يُسَبِّحُ لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 59:24उनै अल्लाह हुन् संरचनाका प्रारूपकार, अस्तित्व प्रदानकर्ता, रूप प्रदानकर्ता । उनकालागि उत्तम नामहरू छन् । आकाशहरू तथा पृथ्वीका सारा चिजहरू उनैको महिमागान गर्छन् र उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।