الممتحنة
Al-Mumtahana
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُواْ عَدُوِّي وَعَدُوَّكُمۡ أَوۡلِيَآءَ تُلۡقُونَ إِلَيۡهِم بِٱلۡمَوَدَّةِ وَقَدۡ كَفَرُواْ بِمَا جَآءَكُم مِّنَ ٱلۡحَقِّ يُخۡرِجُونَ ٱلرَّسُولَ وَإِيَّاكُمۡ أَن تُؤۡمِنُواْ بِٱللَّهِ رَبِّكُمۡ إِن كُنتُمۡ خَرَجۡتُمۡ جِهَٰدٗا فِي سَبِيلِي وَٱبۡتِغَآءَ مَرۡضَاتِيۚ تُسِرُّونَ إِلَيۡهِم بِٱلۡمَوَدَّةِ وَأَنَا۠ أَعۡلَمُ بِمَآ أَخۡفَيۡتُمۡ وَمَآ أَعۡلَنتُمۡۚ وَمَن يَفۡعَلۡهُ مِنكُمۡ فَقَدۡ ضَلَّ سَوَآءَ ٱلسَّبِيلِ
Open ayah 60:1हे आस्थावानहरू हो ! यदि तिमीहरु मेरो बाटोमा जिहाद गर्न र मेरो खुशी प्राप्तीको लागि निस्कन्छौ भने, मेरो तथा आफ्नो शत्रुलाई संरक्षक मित्र नबनाऊ । [ ] तिमीहरू तिनीहरूतर्फ मित्रताको हात बढाउँछौ जबकि तिनीहरूले तिमीसमक्ष आएको सत्यलाई मान्न इन्कार गरिसकेका छन् । तिनीहरू रसूललाई र तिमीहरूलाई केवल यस दोषमा निकालिरहेका छन् कि तिमीहरूले आफ्ना पालनकर्ता अल्लाहमाथि ईमान ल्याएका छौ । तिमीहरू गोप्य रूपमा तिनीहरूलाई मित्रताको सन्देश पठाउँछौ जबकि जुन कार्य तिमीहरू गोप्यरूपमा गर्दछौ र जुन कार्य खुल्लमखुल्ला गर्दछौ ती सबै म राम्ररी जान्दछु । तिमीहरूमध्ये जसले यस्तो गर्यो ऊ वास्तवमा सत्मार्गबाट नै विचलित भयो ।
إِن يَثۡقَفُوكُمۡ يَكُونُواْ لَكُمۡ أَعۡدَآءٗ وَيَبۡسُطُوٓاْ إِلَيۡكُمۡ أَيۡدِيَهُمۡ وَأَلۡسِنَتَهُم بِٱلسُّوٓءِ وَوَدُّواْ لَوۡ تَكۡفُرُونَ
Open ayah 60:2यदि तिनीहरुले तिमीहरूमाथि प्रभुत्व कायम गरे भने तिमीहरुको खुला शत्रु बन्नेछन् र तिमीहरुलाई दुःख दिनकोलागि आफ्ना हात तथा मुखले प्रहार गर्नेछन् । र यिनीहरु चाहन्छन् कि जसरी भए पनि तिमीहरु काफिर बनिहाल ।
لَن تَنفَعَكُمۡ أَرۡحَامُكُمۡ وَلَآ أَوۡلَٰدُكُمۡۚ يَوۡمَ ٱلۡقِيَٰمَةِ يَفۡصِلُ بَيۡنَكُمۡۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٞ
Open ayah 60:3महाप्रलयको दिन न तिमीहरूको नातेदार काम लाग्नेछन् र न तिमीहरूका सन्तान नै । अल्लाहले तिमीहरूबीच फैसला गर्नेछन् र जेजति तिमीहरू गर्दछौ ती सबै अल्लाह राम्ररी देखिरहेका छन् ।
قَدۡ كَانَتۡ لَكُمۡ أُسۡوَةٌ حَسَنَةٞ فِيٓ إِبۡرَٰهِيمَ وَٱلَّذِينَ مَعَهُۥٓ إِذۡ قَالُواْ لِقَوۡمِهِمۡ إِنَّا بُرَءَٰٓؤُاْ مِنكُمۡ وَمِمَّا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ كَفَرۡنَا بِكُمۡ وَبَدَا بَيۡنَنَا وَبَيۡنَكُمُ ٱلۡعَدَٰوَةُ وَٱلۡبَغۡضَآءُ أَبَدًا حَتَّىٰ تُؤۡمِنُواْ بِٱللَّهِ وَحۡدَهُۥٓ إِلَّا قَوۡلَ إِبۡرَٰهِيمَ لِأَبِيهِ لَأَسۡتَغۡفِرَنَّ لَكَ وَمَآ أَمۡلِكُ لَكَ مِنَ ٱللَّهِ مِن شَيۡءٖۖ رَّبَّنَا عَلَيۡكَ تَوَكَّلۡنَا وَإِلَيۡكَ أَنَبۡنَا وَإِلَيۡكَ ٱلۡمَصِيرُ
Open ayah 60:4तिमीहरूकालागि इब्राहीम तथा उनका अनुयायीहरूमा उत्तम नमुना रहेको छ । जब उनले आफ्ना जातिबन्धुहरुलाई स्पष्ट रूपमा भनिदिए– “तिमीहरूसित र अल्लाहबाहेकका तिमीहरूका पूज्यहरूसित हाम्रो कुनै सरोकार छैन । हामी तिमीहरूको इन्कार गर्छौं । तिमीहरूले एक अल्लाहमाथि ईमान नल्याउन्जेल सदाकोलागि हामी र तिमीहरूको बीचमा शत्रुता र घृणा उत्पन्न भएको छ । तर इब्राहीमले आफ्नो बुवालाई भनेको यो कुरा बाहेक कि [ ] म तपाईंको लागि अवश्य क्षमायाचना गर्नेछु, र तपाईंको लागि अल्लाहसामू केही गर्नु मेरो वशमा छैन ।” हे हाम्रा पालनकर्ता ! तिमीमाथि नै हामीले पूर्ण भरोसा गर्यौं र तिमीतर्फ नै हामी फर्कियौँ र अन्तिम गन्तव्य पनि तिमीतर्फ नै रहेको छ ।
رَبَّنَا لَا تَجۡعَلۡنَا فِتۡنَةٗ لِّلَّذِينَ كَفَرُواْ وَٱغۡفِرۡ لَنَا رَبَّنَآۖ إِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 60:5हे हाम्रा पालनकर्ता ! हामीलाई काफिरहरूकालागि फित्ना (सास्तीको साधन) नबनाऊ र हे हाम्रा पालनकर्ता ! हाम्रा गल्तीहरूलाई माफ गरिदेऊ । निस्सन्देह तिमी प्रभुत्वशाली एवं तत्वदर्शी छौ ।
لَقَدۡ كَانَ لَكُمۡ فِيهِمۡ أُسۡوَةٌ حَسَنَةٞ لِّمَن كَانَ يَرۡجُواْ ٱللَّهَ وَٱلۡيَوۡمَ ٱلۡأٓخِرَۚ وَمَن يَتَوَلَّ فَإِنَّ ٱللَّهَ هُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ
Open ayah 60:6तिमीहरूकालागि उनीहरूमा उत्तम नमूना रहेको छ; ती व्यक्तिहरूका लागि जो अल्लाह तथा अन्तिम दिनको आशा राख्छन् । र, जो विमुख हुन्छ उसले जानीराखोस् कि अल्लाह निस्पृह एवं स्वयंमा प्रशंसनीय छन् ।
۞عَسَى ٱللَّهُ أَن يَجۡعَلَ بَيۡنَكُمۡ وَبَيۡنَ ٱلَّذِينَ عَادَيۡتُم مِّنۡهُم مَّوَدَّةٗۚ وَٱللَّهُ قَدِيرٞۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 60:7सम्भव छ कि अल्लाहले तिमीहरू तथा तिम्रा शत्रुहरूका बीचमा प्रेम बन्धन उत्पन्न गरिदिऊन् । अल्लाह सामर्थ्यवान छन् र अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।
لَّا يَنۡهَىٰكُمُ ٱللَّهُ عَنِ ٱلَّذِينَ لَمۡ يُقَٰتِلُوكُمۡ فِي ٱلدِّينِ وَلَمۡ يُخۡرِجُوكُم مِّن دِيَٰرِكُمۡ أَن تَبَرُّوهُمۡ وَتُقۡسِطُوٓاْ إِلَيۡهِمۡۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُقۡسِطِينَ
Open ayah 60:8जसले तिमीहरूसित धर्मको मामलामा युद्ध गरेनन् र तिमीहरूलाई तिमीहरूका घरबाट निष्कासित गरेनन् त्यस्ता व्यक्तिहरूसित राम्रो व्यवहार गर्न र न्याय गर्न अल्लाह रोक्दैनन् । वास्तवमा अल्लाह न्याय गर्ने व्यक्तिहरूलार्ई प्रेम गर्छन् ।
إِنَّمَا يَنۡهَىٰكُمُ ٱللَّهُ عَنِ ٱلَّذِينَ قَٰتَلُوكُمۡ فِي ٱلدِّينِ وَأَخۡرَجُوكُم مِّن دِيَٰرِكُمۡ وَظَٰهَرُواْ عَلَىٰٓ إِخۡرَاجِكُمۡ أَن تَوَلَّوۡهُمۡۚ وَمَن يَتَوَلَّهُمۡ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ
Open ayah 60:9अल्लाहले त यस्ता व्यक्तिहरूसित मित्रता गाँस्न रोक्छन् जसले तिमीहरूसित धर्मको विषयमा युद्ध गरे र तिमीहरूलाई तिमीहरूका घरबाट निष्कासित गरे र तिमीहरूको निष्कासनमा परस्पर सहयोग गरे । तिनीहरूसित मित्रता गाँस्ने व्यक्तिहरू नै अत्याचारी हुन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا جَآءَكُمُ ٱلۡمُؤۡمِنَٰتُ مُهَٰجِرَٰتٖ فَٱمۡتَحِنُوهُنَّۖ ٱللَّهُ أَعۡلَمُ بِإِيمَٰنِهِنَّۖ فَإِنۡ عَلِمۡتُمُوهُنَّ مُؤۡمِنَٰتٖ فَلَا تَرۡجِعُوهُنَّ إِلَى ٱلۡكُفَّارِۖ لَا هُنَّ حِلّٞ لَّهُمۡ وَلَا هُمۡ يَحِلُّونَ لَهُنَّۖ وَءَاتُوهُم مَّآ أَنفَقُواْۚ وَلَا جُنَاحَ عَلَيۡكُمۡ أَن تَنكِحُوهُنَّ إِذَآ ءَاتَيۡتُمُوهُنَّ أُجُورَهُنَّۚ وَلَا تُمۡسِكُواْ بِعِصَمِ ٱلۡكَوَافِرِ وَسۡـَٔلُواْ مَآ أَنفَقۡتُمۡ وَلۡيَسۡـَٔلُواْ مَآ أَنفَقُواْۚ ذَٰلِكُمۡ حُكۡمُ ٱللَّهِ يَحۡكُمُ بَيۡنَكُمۡۖ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ
Open ayah 60:10हे आस्थावानहरू हो ! जब तिमीहरूसमक्ष आस्थावान महिलाहरू हिज्रत गरेर आउँछन् तब तिमीहरू तिनीहरूलाई जाँचबुझ गर । वास्तवमा उनीहरूको ईमानबारे बढी जानकारी अल्लाहलाई छ । तिमीहरूले उनीहरूलाई सच्चा मोमिन पाएमा उनीहरूलाई काफिरहरूतर्फ नफर्काऊ । उनीहरू काफिरहरूकालागि वैध छैनन्, र न काफिरहरू नै यी (मुस्लिम) महिलाहरूकालागि वैध हुनेछन् । उनीहरूलाई फिर्ता देऊ जेजति उनीहरूले खर्च गरे । र यी महिलाहरूलाई महर चुक्ता गरेर बिहे गर्दा कुनै आपत्ति छैन । तिमीहरू पनि काफिर महिलाहरूलाई (वैवाहिक बन्धनमा) रोकेर नराख । तिमीहरूले (यी काफिर महिलाहरूमाथि) जेजति खर्च गरेका छौ ती (फिर्ता) माग, र काफिरहरूले (मुस्लिम महिलाहरूमाथि) जेजति खर्च गरे तिनीहरूले पनि (फिर्ता) मागून् । यी सबै अल्लाहका आदेश हुन् । उनी तिमीहरूबीच निर्णय गर्छन् । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।
وَإِن فَاتَكُمۡ شَيۡءٞ مِّنۡ أَزۡوَٰجِكُمۡ إِلَى ٱلۡكُفَّارِ فَعَاقَبۡتُمۡ فَـَٔاتُواْ ٱلَّذِينَ ذَهَبَتۡ أَزۡوَٰجُهُم مِّثۡلَ مَآ أَنفَقُواْۚ وَٱتَّقُواْ ٱللَّهَ ٱلَّذِيٓ أَنتُم بِهِۦ مُؤۡمِنُونَ
Open ayah 60:11र, यदि तिमीहरूका पत्नीहरू वापत काफिरहरूकहाँ केही रकम बाँकी रह्यो अनि तिमीहरूलाई अवसर प्राप्त भयो (तिनीहरूको पत्नीहरूमध्ये मुस्लिम भएर आइन्) भने तिमीहरूमध्येका जसकी पत्नी गएकी छिन् उनीहरूलाई उनीहरूले (आफ्नी पत्नीहरू माथि) खर्च गरेको बराबर रकम देऊ । र, त्यस अल्लाहको भयराख जसमाथि तिमीहरूले ईमान ल्याएका छौ ।
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ إِذَا جَآءَكَ ٱلۡمُؤۡمِنَٰتُ يُبَايِعۡنَكَ عَلَىٰٓ أَن لَّا يُشۡرِكۡنَ بِٱللَّهِ شَيۡـٔٗا وَلَا يَسۡرِقۡنَ وَلَا يَزۡنِينَ وَلَا يَقۡتُلۡنَ أَوۡلَٰدَهُنَّ وَلَا يَأۡتِينَ بِبُهۡتَٰنٖ يَفۡتَرِينَهُۥ بَيۡنَ أَيۡدِيهِنَّ وَأَرۡجُلِهِنَّ وَلَا يَعۡصِينَكَ فِي مَعۡرُوفٖ فَبَايِعۡهُنَّ وَٱسۡتَغۡفِرۡ لَهُنَّ ٱللَّهَۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
Open ayah 60:12हे सन्देष्टा ! जब मोमिन महिलाहरू तिमीसमक्ष यो बैअत् (शपथ) लिन आउँछन् कि उनीहरूले कुनै चिजलाई अल्लाहको साझेदार बनाउने छैनन्, चोरी गर्ने छैनन्, व्यभिचार गर्ने छैनन्, आफ्ना सन्तानको हत्या गर्ने छैनन् र आफ्ना हातखुट्टा बीच रचेको मिथ्या दोष लगाउने छैनन् र कुनै पनि राम्रो काममा तिम्रो अवज्ञा गर्ने छैनन् तब उनीहरूसँग शपथ लेऊ र उनीहरूकालागि अल्लाह– सित क्षमा माग । निस्सन्देह अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् । ,
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَوَلَّوۡاْ قَوۡمًا غَضِبَ ٱللَّهُ عَلَيۡهِمۡ قَدۡ يَئِسُواْ مِنَ ٱلۡأٓخِرَةِ كَمَا يَئِسَ ٱلۡكُفَّارُ مِنۡ أَصۡحَٰبِ ٱلۡقُبُورِ
Open ayah 60:13हे आस्थावानहरू हो ! यस्ता व्यक्तिहरूलाई मित्र नबनाऊ जसमाथि अल्लाहको प्रकोप भएको छ । तिनीहरू आखिरतबाट त्यसरी नै निराश भएका छन् जसरी काफिरहरू चिहानमा परेकाहरूसित निराश भएका छन् ।