الصف
As-Saff
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
سَبَّحَ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 61:1आकाशहरू एवं पृथ्वीका सम्पूर्ण चिजहरू अल्लाहको महिमागान गर्छन् । र, उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لِمَ تَقُولُونَ مَا لَا تَفۡعَلُونَ
Open ayah 61:2हे आस्थावानहरू हो ! तिमीहरू त्यो कुरा किन भन्छौ जुन तिमीहरू गर्दैनौ ?
كَبُرَ مَقۡتًا عِندَ ٱللَّهِ أَن تَقُولُواْ مَا لَا تَفۡعَلُونَ
Open ayah 61:3जुन कार्य तिमीहरू गर्दैनौ त्यो कुरा भन्नु अल्लाहको दृष्टिमा अत्यन्त अप्रिय हो ।
إِنَّ ٱللَّهَ يُحِبُّ ٱلَّذِينَ يُقَٰتِلُونَ فِي سَبِيلِهِۦ صَفّٗا كَأَنَّهُم بُنۡيَٰنٞ مَّرۡصُوصٞ
Open ayah 61:4वास्तवमा अल्लाह ती व्यक्तिहरूलाई मन पराउँछन् जो उनको मार्गमा यसरी पंक्तिबद्ध भई युद्ध गर्छन् मानौं उनीहरू सिसाद्वारा निर्मित पर्खाल हुन् ।
وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِۦ يَٰقَوۡمِ لِمَ تُؤۡذُونَنِي وَقَد تَّعۡلَمُونَ أَنِّي رَسُولُ ٱللَّهِ إِلَيۡكُمۡۖ فَلَمَّا زَاغُوٓاْ أَزَاغَ ٱللَّهُ قُلُوبَهُمۡۚ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡفَٰسِقِينَ
Open ayah 61:5र, स्मरण गर मूसाको कुरा जुन उनले आफ्नो जातिबन्धुलाई भनेका थिए– “हे मेरा जातिबन्धुहरू हो ! तिमीहरू मलाई किन सताउँदैछौ जबकि तिमीहरूलाई राम्ररी थाहा छ कि म तिमीहरूतर्फ अल्लाहको रसूल हुँ ।” फेरि जब तिनीहरू टेढिन पुगे तब अल्लाहले पनि तिनीहरूका हृदयलाई बाङ्गो पारिदिए । र, अल्लाह अवज्ञाकारीहरूलाई सिधा मार्ग देखाउँदैनन् ।
وَإِذۡ قَالَ عِيسَى ٱبۡنُ مَرۡيَمَ يَٰبَنِيٓ إِسۡرَٰٓءِيلَ إِنِّي رَسُولُ ٱللَّهِ إِلَيۡكُم مُّصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيَّ مِنَ ٱلتَّوۡرَىٰةِ وَمُبَشِّرَۢا بِرَسُولٖ يَأۡتِي مِنۢ بَعۡدِي ٱسۡمُهُۥٓ أَحۡمَدُۖ فَلَمَّا جَآءَهُم بِٱلۡبَيِّنَٰتِ قَالُواْ هَٰذَا سِحۡرٞ مُّبِينٞ
Open ayah 61:6र, स्मरण गर जब मर्यम–पुत्र ईसाले भने– “हे इस्राईलका सन्तानहरू हो ! म तिमीहरूतर्फ अल्लाहले पठाएको रसूल हुँ; त्यस तौरातको पुष्टि गर्नेवाला हूँ जुन मभन्दा पहिले आएको थियो अनि शुभसूचना दिनेवाला हुँ त्यस रसूलको जो मपछि आउनेछन् र जसको नाम अहमद हुनेछ ।” तर जब उनी (अहमद) तिनीहरूकहाँ खुल्ला निशानीहरू लिएर आए तब तिनीहरूले भने– “यो त स्पष्ट जादू हो ।”
وَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ وَهُوَ يُدۡعَىٰٓ إِلَى ٱلۡإِسۡلَٰمِۚ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ
Open ayah 61:7र, त्यो व्यक्तिभन्दा बढी अत्याचारी अरू को हुन सक्छ जसले अल्लाहमाथि मिथ्यारोपण गर्छ जबकि त्यसलाई इस्लामतर्फ आह्वान गरिन्छ ? अल्लाह अत्याचारीहरूलाई सीधा मार्ग देखाउँदैनन् ।
يُرِيدُونَ لِيُطۡفِـُٔواْ نُورَ ٱللَّهِ بِأَفۡوَٰهِهِمۡ وَٱللَّهُ مُتِمُّ نُورِهِۦ وَلَوۡ كَرِهَ ٱلۡكَٰفِرُونَ
Open ayah 61:8यिनीहरू आफ्ना मुखले अल्लाहको ज्योतिलाई निभाउन चाहन्छन् तर अल्लाह आफ्नो प्रकाशलाई पूर्ण गरेरै छाड्नेछन् चाहे काफिरहरूलाई यो जतिसुकै अप्रिय किन नहोस् ।
هُوَ ٱلَّذِيٓ أَرۡسَلَ رَسُولَهُۥ بِٱلۡهُدَىٰ وَدِينِ ٱلۡحَقِّ لِيُظۡهِرَهُۥ عَلَى ٱلدِّينِ كُلِّهِۦ وَلَوۡ كَرِهَ ٱلۡمُشۡرِكُونَ
Open ayah 61:9उनै हुन् जसले आफ्ना रसूललाई मार्गदर्शन एवं सत्य धर्मकासाथ पठाए ताकि त्यसलाई उनले सम्पूर्ण धर्महरूमाथि प्रभुत्व प्रदान गरून् चाहे बहुदेववादीहरूलाई यो जतिसुकै अप्रिय किन नहोस् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ هَلۡ أَدُلُّكُمۡ عَلَىٰ تِجَٰرَةٖ تُنجِيكُم مِّنۡ عَذَابٍ أَلِيمٖ
Open ayah 61:10हे आस्थावानहरू हो ! के म तिमीहरूलाई यस्तो व्यापार बताऊँ जसले तिमीहरूलाई पीडादायक यातनाबाट बचाउनेछ ?
تُؤۡمِنُونَ بِٱللَّهِ وَرَسُولِهِۦ وَتُجَٰهِدُونَ فِي سَبِيلِ ٱللَّهِ بِأَمۡوَٰلِكُمۡ وَأَنفُسِكُمۡۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ
Open ayah 61:11ईमान ल्याऊ अल्लाहमाथि तथा उनका रसूलमाथि, र जिहाद गर अल्लाहको मार्गमा आफ्नो धनले र आफ्नो जीउज्यानले । यदि तिमीहरू ज्ञानी छौ भने यही तिमीहरूकालागि उत्तम छ ।
يَغۡفِرۡ لَكُمۡ ذُنُوبَكُمۡ وَيُدۡخِلۡكُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ وَمَسَٰكِنَ طَيِّبَةٗ فِي جَنَّٰتِ عَدۡنٖۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
Open ayah 61:12अल्लाहले तिमीहरूका पापहरू माफ गरिदिनेछन् र यस्ता बगैंचाहरूमा तिमीहरूलाई प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् र सदा रहने बगैंचाहरूमा तिमीहरूलाई उत्तम घर प्रदान गर्नेछन् । यो हो महान् सफलता ।,
وَأُخۡرَىٰ تُحِبُّونَهَاۖ نَصۡرٞ مِّنَ ٱللَّهِ وَفَتۡحٞ قَرِيبٞۗ وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ
Open ayah 61:13र अर्को वस्तु जो तिमीहरू मन पराउँछौ, अल्लाहको तर्फबाट सहयोग र छिटै प्राप्त हुने विजय । र (हे नबी स.!) मोमिनहरूलाई यसको शुभ सन्देश देऊ ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُونُوٓاْ أَنصَارَ ٱللَّهِ كَمَا قَالَ عِيسَى ٱبۡنُ مَرۡيَمَ لِلۡحَوَارِيِّـۧنَ مَنۡ أَنصَارِيٓ إِلَى ٱللَّهِۖ قَالَ ٱلۡحَوَارِيُّونَ نَحۡنُ أَنصَارُ ٱللَّهِۖ فَـَٔامَنَت طَّآئِفَةٞ مِّنۢ بَنِيٓ إِسۡرَٰٓءِيلَ وَكَفَرَت طَّآئِفَةٞۖ فَأَيَّدۡنَا ٱلَّذِينَ ءَامَنُواْ عَلَىٰ عَدُوِّهِمۡ فَأَصۡبَحُواْ ظَٰهِرِينَ
Open ayah 61:14हे आस्थावानहरू हो ! अल्लाहको सहयोगी बन, जसरी मर्यम–पुत्र ईसाले हवारीहरूलाई सम्बोधन गर्दै भनेका थिए– “को छ अल्लाहतर्फ बोलाउने कार्यमा मेरो सहयोगी ?” हवारीहरूले भने– “हामी छौँ अल्लाहको सहयोगी !” त्यतिखेर इस्राईलका सन्तानको एक समूहले ईमान ल्यायो तर अर्को समूहले कुफ्र प्रदर्शन गर्यो । फेरि हामीले ईमान ल्याउनेहरूलाई उनका शत्रुको मुकाबिलामा सहयोग गर्यौँ । अतः उनीहरू नै विजयी भए ।