الجمعة

Al-Jumu'a

Friday · Surah 62 · Ayahs: 11 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. يُسَبِّحُ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ ٱلۡمَلِكِ ٱلۡقُدُّوسِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ

    Open ayah 62:1

    आकाशहरू तथा धर्तीका सबै वस्तुहरूले सम्राट्, अत्यन्त पवित्र, प्रभुत्वशाली एवं तत्वदर्शी अल्लाहको महिमागान गरिरहेका छन् ।

  2. هُوَ ٱلَّذِي بَعَثَ فِي ٱلۡأُمِّيِّـۧنَ رَسُولٗا مِّنۡهُمۡ يَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِهِۦ وَيُزَكِّيهِمۡ وَيُعَلِّمُهُمُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَإِن كَانُواْ مِن قَبۡلُ لَفِي ضَلَٰلٖ مُّبِينٖ

    Open ayah 62:2

    उनै हुन् जसले उम्मीहरू बीच एक रसूल स्वयं उनीहरू मध्येबाट नै पठाए जो उनीहरूलाई उन (अल्लाह) का आयतहरू पाठ गरेर सुनाउँछन; उनीहरूलाई शुद्धिकरण गर्छन् र उनीहरूलाई किताब तथा तत्वदर्शिताको शिक्षा दिन्छन् यद्यपि यसअघि उनीहरू प्रस्ट पथभ्रष्टतामा थिए ।

  3. وَءَاخَرِينَ مِنۡهُمۡ لَمَّا يَلۡحَقُواْ بِهِمۡۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

    Open ayah 62:3

    र, उनीहरूमध्येका अन्य व्यक्तिहरूका लागि पनि जो अहिले उनीहरूसँग मिलेका छैनन् । र, उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  4. ذَٰلِكَ فَضۡلُ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ

    Open ayah 62:4

    यो अल्लाहको वरदान हो । उनी जसलाई चाहन्छन् प्रदान गर्छन् र उनी महान अनुग्रही छन् ।

  5. مَثَلُ ٱلَّذِينَ حُمِّلُواْ ٱلتَّوۡرَىٰةَ ثُمَّ لَمۡ يَحۡمِلُوهَا كَمَثَلِ ٱلۡحِمَارِ يَحۡمِلُ أَسۡفَارَۢاۚ بِئۡسَ مَثَلُ ٱلۡقَوۡمِ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِ ٱللَّهِۚ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ

    Open ayah 62:5

    जुन मानिसहरूलाई तौरातको वाहक बनाइएको थियो अनि तिनीहरूले त्यसको भार उठाएनन्, तिनीहरूको उदाहरण त्यस गधाको जस्तो छ जसमाथि किताबहरू लादिएको हुन्छ । कति निकृष्ट उदाहरण ती व्यक्तिहरूको छ जसले हाम्रा आयतहरूलाई मिथ्या ठहर गरे । र, अल्लाह अत्याचारी व्यक्तिहरूलाई मार्गदर्शन गर्दैनन् ।,

  6. قُلۡ يَٰٓأَيُّهَا ٱلَّذِينَ هَادُوٓاْ إِن زَعَمۡتُمۡ أَنَّكُمۡ أَوۡلِيَآءُ لِلَّهِ مِن دُونِ ٱلنَّاسِ فَتَمَنَّوُاْ ٱلۡمَوۡتَ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 62:6

    भनिदेऊ– “हे मानिसहरू हो जो यहूदी बनेका छौ ! यदि तिमीहरूलाई यो घमण्ड छ कि अन्य मानिसहरूबाहेक तिमीहरू नै अल्लाहका परम प्रिय हौ भने मृत्युको कामना गर, यदि तिमीहरू सच्चा छौ भने ।”

  7. وَلَا يَتَمَنَّوۡنَهُۥٓ أَبَدَۢا بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِٱلظَّٰلِمِينَ

    Open ayah 62:7

    तर तिनीहरूले कदापि यसको कामना गर्ने छैनन्, आफ्ना ती कर्महरूले गर्दा जुन तिनीहरूका हातले अगाडि पठाइसकेका छन् । र, अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछन् ।

  8. قُلۡ إِنَّ ٱلۡمَوۡتَ ٱلَّذِي تَفِرُّونَ مِنۡهُ فَإِنَّهُۥ مُلَٰقِيكُمۡۖ ثُمَّ تُرَدُّونَ إِلَىٰ عَٰلِمِ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ فَيُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 62:8

    भनिदेऊ– “त्यो मृत्यु जसबाट तिमीहरू भाग्दछौ त्यसले तिमीहरूलाई अँठ्याएरै छोड्नेछ । फेरि तिमीहरूलाई अदृश्य एवं दृश्यका ज्ञाता (अल्लाह) समक्ष पेश गरिनेछ । अनि उनले तिमीहरूलाई बताउनेछन् कि तिमीहरू के गरिरहेका थियौ ।

  9. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا نُودِيَ لِلصَّلَوٰةِ مِن يَوۡمِ ٱلۡجُمُعَةِ فَٱسۡعَوۡاْ إِلَىٰ ذِكۡرِ ٱللَّهِ وَذَرُواْ ٱلۡبَيۡعَۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ

    Open ayah 62:9

    हे आस्थावानहरू हो ! तिमीहरूलाई शुक्रबारको दिन नमाजको– लागि पुकारिँदा अल्लाहको स्मरणतर्फ दौड र व्यापार छोडिदेऊ । यदि तिमीहरू ज्ञान राख्छौ भने, यही तिमीहरूकालागि उत्तम छ । ,

  10. فَإِذَا قُضِيَتِ ٱلصَّلَوٰةُ فَٱنتَشِرُواْ فِي ٱلۡأَرۡضِ وَٱبۡتَغُواْ مِن فَضۡلِ ٱللَّهِ وَٱذۡكُرُواْ ٱللَّهَ كَثِيرٗا لَّعَلَّكُمۡ تُفۡلِحُونَ 

    Open ayah 62:10

    फेरि जब नमाज पूरा हुन्छ तब धर्तीमा फैल र अल्लाहको वरदानको खोजी गर । र, अल्लाहलाई खुब स्मरण गर ताकि तिमीहरू सफल हुन सक ।

  11. وَإِذَا رَأَوۡاْ تِجَٰرَةً أَوۡ لَهۡوًا ٱنفَضُّوٓاْ إِلَيۡهَا وَتَرَكُوكَ قَآئِمٗاۚ قُلۡ مَا عِندَ ٱللَّهِ خَيۡرٞ مِّنَ ٱللَّهۡوِ وَمِنَ ٱلتِّجَٰرَةِۚ وَٱللَّهُ خَيۡرُ ٱلرَّٰزِقِينَ

    Open ayah 62:11

    र, जब उनीहरूल व्यापार एवं खेल तमासा भइरहेको देख्छन् तब त्यसतर्फ दौडन्छन् । र, तिमीलाई उभिएको छोडिदिन्छन् । भनिदेऊ– “अल्लाहकहाँ जेजति छन् खेल तमासा एवं व्यापारभन्दा उत्तम रहेका छन् । र, अल्लाह सर्वोत्तम जीविका प्रदानकर्ता हुन् ।”