المنافقون

Al-Munaafiqoon

The Hypocrites · Surah 63 · Ayahs: 11 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. إِذَا جَآءَكَ ٱلۡمُنَٰفِقُونَ قَالُواْ نَشۡهَدُ إِنَّكَ لَرَسُولُ ٱللَّهِۗ وَٱللَّهُ يَعۡلَمُ إِنَّكَ لَرَسُولُهُۥ وَٱللَّهُ يَشۡهَدُ إِنَّ ٱلۡمُنَٰفِقِينَ لَكَٰذِبُونَ

    Open ayah 63:1

    (हे नबी स.!) यी मुनाफिकहरू तिमीसमक्ष आउँदा भन्छन्– “हामी साक्षी बस्छौं कि तपाईं अल्लाहका रसूल हुनुहुन्छ ।” अँ अल्लाह जान्दछन् कि तिमी अवश्यै उनका रसूल हौ । र, अल्लाह साक्षी दिन्छन् कि यी मुनाफिकहरू बिलकुल झूठा छन् ।

  2. ٱتَّخَذُوٓاْ أَيۡمَٰنَهُمۡ جُنَّةٗ فَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِۚ إِنَّهُمۡ سَآءَ مَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 63:2

    तिनीहरूले आफ्ना कसमहरूलाई ढाल बनाएका छन् । यसरी तिनीहरू अल्लाहको मार्गबाट रोक्दछन् । वास्तवमा यिनीहरू निकृष्ट कार्यहरू गर्ने गर्छन् ।

  3. ذَٰلِكَ بِأَنَّهُمۡ ءَامَنُواْ ثُمَّ كَفَرُواْ فَطُبِعَ عَلَىٰ قُلُوبِهِمۡ فَهُمۡ لَا يَفۡقَهُونَ

    Open ayah 63:3

    यो यस कारणले भएको छ कि तिनीहरूले ईमान ल्याएपछि फेरि कुफ्र गरे । तसर्थ तिनीहरूका हृदयमाथि मोहर लगाइयो । अब तिनीहरू बुझ्दैनन् ।

  4. ۞وَإِذَا رَأَيۡتَهُمۡ تُعۡجِبُكَ أَجۡسَامُهُمۡۖ وَإِن يَقُولُواْ تَسۡمَعۡ لِقَوۡلِهِمۡۖ كَأَنَّهُمۡ خُشُبٞ مُّسَنَّدَةٞۖ يَحۡسَبُونَ كُلَّ صَيۡحَةٍ عَلَيۡهِمۡۚ هُمُ ٱلۡعَدُوُّ فَٱحۡذَرۡهُمۡۚ قَٰتَلَهُمُ ٱللَّهُۖ أَنَّىٰ يُؤۡفَكُونَ

    Open ayah 63:4

    र तिमीले तिनीहरूलाई हेर्दा तिनीहरुका ढाँचाकाँचाले तिमीलाई आश्चर्यचकित तुल्याउँछ र तिनीहरू बोेल्दा तिमी सुनेको सुनै हुनेछौ, मानौं यिनीहरू काठका तख्ता हुन् जुन पर्खालमा टाँसिएका छन् । प्रत्येक ठूलो आवाजलाई तिनीहरू आफ्नै विरूद्ध ठान्छन् । तिनीहरू पक्का शत्रु हुन् । अतः तिनीहरूसित सावधान रहने गर । अल्लाह यिनीहरूको सर्वनाश गरून् ! तिनीहरू कहाँ बहकाइँदैछन् !

  5. وَإِذَا قِيلَ لَهُمۡ تَعَالَوۡاْ يَسۡتَغۡفِرۡ لَكُمۡ رَسُولُ ٱللَّهِ لَوَّوۡاْ رُءُوسَهُمۡ وَرَأَيۡتَهُمۡ يَصُدُّونَ وَهُم مُّسۡتَكۡبِرُونَ

    Open ayah 63:5

    र, जब तिनीहरूलाई भनिन्छ कि आऊ, ताकि अल्लाहका रसूलले तिमीहरूकालागि क्षमा याचना गरून्, तब तिनीहरू आफ्नो टाउको एकातर्फ घुमाउँछन् र तिमी देख्छौ कि तिनीहरू घमण्डले गर्दा आउन रोकिन्छन् ।

  6. سَوَآءٌ عَلَيۡهِمۡ أَسۡتَغۡفَرۡتَ لَهُمۡ أَمۡ لَمۡ تَسۡتَغۡفِرۡ لَهُمۡ لَن يَغۡفِرَ ٱللَّهُ لَهُمۡۚ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡفَٰسِقِينَ

    Open ayah 63:6

    हे नबी स.! तिमीले तिनीहरूका लागि क्षमायाचना गर वा नगर तिनीहरूको लागि एक समान छ । अल्लाहले कदापि तिनीहरूलाई क्षमा गर्ने छैनन् । निस्सन्देह अल्लाहले अवज्ञाकारी मानिसहरूलाई कहिल्यै मार्गदर्शन गर्दैनन् ।

  7. هُمُ ٱلَّذِينَ يَقُولُونَ لَا تُنفِقُواْ عَلَىٰ مَنۡ عِندَ رَسُولِ ٱللَّهِ حَتَّىٰ يَنفَضُّواْۗ وَلِلَّهِ خَزَآئِنُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَلَٰكِنَّ ٱلۡمُنَٰفِقِينَ لَا يَفۡقَهُونَ

    Open ayah 63:7

    तिनीहरू नै हुन् जो भन्छन् कि अल्लाहका रसूलका साथीहरूमाथि, यिनीहरू क्षतविक्षत नहुन्जेल, खर्च गर्न बन्दगर, बकि आकाशहरू तथा धर्तीका खजानाहरू अल्लाहकै हुन् । तर मुनाफिकहरू बुझ्दैनन् ।

  8. يَقُولُونَ لَئِن رَّجَعۡنَآ إِلَى ٱلۡمَدِينَةِ لَيُخۡرِجَنَّ ٱلۡأَعَزُّ مِنۡهَا ٱلۡأَذَلَّۚ وَلِلَّهِ ٱلۡعِزَّةُ وَلِرَسُولِهِۦ وَلِلۡمُؤۡمِنِينَ وَلَٰكِنَّ ٱلۡمُنَٰفِقِينَ لَا يَعۡلَمُونَ

    Open ayah 63:8

    यिनीहरू भन्छन् कि यदि हामी मदीना पुग्यौं भने प्रतिष्ठितले अवश्य नै त्यहाँबाट हीनतम् व्यक्तिलाई निष्कासित गर्नेछ, जबकि प्रतिष्ठा त अल्लाह, उनका रसूल र आस्थावानहरूको लागि रहेकोछ । तर मुनाफिकहरू चाहिँ जान्दैनन् ।

  9. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تُلۡهِكُمۡ أَمۡوَٰلُكُمۡ وَلَآ أَوۡلَٰدُكُمۡ عَن ذِكۡرِ ٱللَّهِۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ

    Open ayah 63:9

    हे आस्थावानहरू हो ! तिमीहरूको सम्पत्ति एवं सन्तानहरूले तिमीहरूलाई अल्लाहको स्मरणबाट विस्मृत नतुल्याऊन् । जसले यस्तो गर्नेछन् उनीहरू नै घाटा बेहोर्नेहरू हुन् ।

  10. وَأَنفِقُواْ مِن مَّا رَزَقۡنَٰكُم مِّن قَبۡلِ أَن يَأۡتِيَ أَحَدَكُمُ ٱلۡمَوۡتُ فَيَقُولَ رَبِّ لَوۡلَآ أَخَّرۡتَنِيٓ إِلَىٰٓ أَجَلٖ قَرِيبٖ فَأَصَّدَّقَ وَأَكُن مِّنَ ٱلصَّٰلِحِينَ 

    Open ayah 63:10

    र जुन जीविका हामीले तिमीहरूलाई प्रदान गरेका छौं त्यस मध्येबाट खर्च गर, यस अघि कि तिमीहरूमध्ये कसैको मृत्यु आओस् तब उसले भनोस्– “हे मेरा रब ! किन मलाई अलि थप अवसर नदिएको ताकि म दान दिने थिएँ र सत्कर्मीहरूमा सामेल हुने थिएँ ।

  11. وَلَن يُؤَخِّرَ ٱللَّهُ نَفۡسًا إِذَا جَآءَ أَجَلُهَاۚ وَٱللَّهُ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ

    Open ayah 63:11

    जब कसैको मृत्युको समय आइपुग्छ तब अल्लाह उसलाई अलिकति पनि अवसर दिदैनन्, र जेजति तिमीहरू गर्छौ त्यो अल्लाहलाई राम्ररी थाहा छ ।