التغابن
At-Taghaabun
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
يُسَبِّحُ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ لَهُ ٱلۡمُلۡكُ وَلَهُ ٱلۡحَمۡدُۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
Open ayah 64:1अल्लाहको महिमागान गरिरहेका छन् ती सबै चिजहरू जुन आकाशहरूमा छन् र जुन धर्तीमा छन् । उनैको शासन छ र उनैको प्रशंसा पनि । र, उनी हरेक कार्यको सामर्थ्य राख्दछन् ।
هُوَ ٱلَّذِي خَلَقَكُمۡ فَمِنكُمۡ كَافِرٞ وَمِنكُم مُّؤۡمِنٞۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٌ
Open ayah 64:2उनै हुन् जसले तिमीहरूलाई सृष्टि गरे, अनि तिमीहरूमध्ये कोही काफिर छ, र कोही मोमिन । र अल्लाहले तिमीहरूले गर्ने गरेका कार्यहरू देखिरहेका छन् ।
خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّ وَصَوَّرَكُمۡ فَأَحۡسَنَ صُوَرَكُمۡۖ وَإِلَيۡهِ ٱلۡمَصِيرُ
Open ayah 64:3उनले आकाशहरू तथा पृथ्वीलाई सत्यकासाथ सृष्टि गरे, र तिमीहरूको रूप बनाए अनि कति राम्रो रूप बनाए ! र, उनैतर्फ फर्केर जानुछ ।
يَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَيَعۡلَمُ مَا تُسِرُّونَ وَمَا تُعۡلِنُونَۚ وَٱللَّهُ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ
Open ayah 64:4उनलाई ज्ञान छ ती सबै चिजहरूको जुन आकाशहरू र पृथ्वीमा छन् । र, उनी जान्दछन् ती कुराहरू पनि जो तिमीहरू लुकाउँछौ र जुन प्रकट गर्छौ, र अल्लाह हृदयको हालको पनि ज्ञान राख्दछन् ।
أَلَمۡ يَأۡتِكُمۡ نَبَؤُاْ ٱلَّذِينَ كَفَرُواْ مِن قَبۡلُ فَذَاقُواْ وَبَالَ أَمۡرِهِمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 64:5के तिमीहरूलाई ती व्यक्तिहरूको खबर पुगेन जसले यसअघि कुफ्र गरे अनि आफ्नो करतुतको दुष्परिणाम चाखे । र, तिनीहरूकालागि पीडादायक यातना रहेकोछ ।
ذَٰلِكَ بِأَنَّهُۥ كَانَت تَّأۡتِيهِمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَقَالُوٓاْ أَبَشَرٞ يَهۡدُونَنَا فَكَفَرُواْ وَتَوَلَّواْۖ وَّٱسۡتَغۡنَى ٱللَّهُۚ وَٱللَّهُ غَنِيٌّ حَمِيدٞ
Open ayah 64:6यस परिणामको कारण यो थियो कि तिनीहरूसमक्ष तिनीहरुका रसूलहरू खुल्ला प्रमाण एवं निशानीहरूकासाथ आए । तर तिनीहरूले भने– “के कुनै मनुष्यले हामीलाई मार्गदर्शन गर्न सक्छ ?” अत: तिनीहरूले मान्न इन्कार गरे र विमुख भए । र, अल्लाहले पनि तिनीहरूलाई वास्ता गरेनन् । र, अल्लाह निस्पृह एवं प्रशंसनीय छन् ।
زَعَمَ ٱلَّذِينَ كَفَرُوٓاْ أَن لَّن يُبۡعَثُواْۚ قُلۡ بَلَىٰ وَرَبِّي لَتُبۡعَثُنَّ ثُمَّ لَتُنَبَّؤُنَّ بِمَا عَمِلۡتُمۡۚ وَذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ
Open ayah 64:7काफिरहरूले मृत्युपश्चात् कदापि उठाइने छैन भनी ठानेका छन् । भनिदेऊ– “किन नउठाइनु, मेरा रबको कसम ! तिमीहरू अवश्य उठाइनेछौ । अनि तिमीहरूलाई तिमीहरूले गरेका कार्यहरूबारे बताइनेछ र यो अल्लाहको लागि सरल छ ।य
فَـَٔامِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَٱلنُّورِ ٱلَّذِيٓ أَنزَلۡنَاۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ
Open ayah 64:8अनि ईमान ल्याऊ अल्लाह र उनका रसूलमाथि अनि त्यस प्रकाशमाथि जुन हामीले अवतरित गरेका छौं र अल्लाह ती कार्यहरूको खबर राख्दछन् जुन तिमीहरूले गर्ने गर्छौ ।
يَوۡمَ يَجۡمَعُكُمۡ لِيَوۡمِ ٱلۡجَمۡعِۖ ذَٰلِكَ يَوۡمُ ٱلتَّغَابُنِۗ وَمَن يُؤۡمِنۢ بِٱللَّهِ وَيَعۡمَلۡ صَٰلِحٗا يُكَفِّرۡ عَنۡهُ سَيِّـَٔاتِهِۦ وَيُدۡخِلۡهُ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
Open ayah 64:9जुन दिन तिमीहरूलाई भेला हुने दिनमा जम्मा गरिनेछ त्यही दिन हो हारजीतको । र, जसले ईमान ल्याएर सत्कर्म गर्नेछ, अल्लाहले त्यसको निकृष्टताहरू समाप्त पार्नेछन् । र त्यसलाई यस्ता बगैंचाहरुमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन्, जसमा उनीहरू सदासर्वदा रहनेछन् । यही हो महान् सफलता ।
وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِ خَٰلِدِينَ فِيهَاۖ وَبِئۡسَ ٱلۡمَصِيرُ
Open ayah 64:10र, जसले कुफ्र गरे अनि हाम्रा आयतहरूलाई मिथ्या ठहर गरे, तिनीहरू नै हुन् नरकबासी जहाँ तिनीहरू सदा रहनेछन् । र, त्यो अति निकृष्ट बासस्थान हो ।
مَآ أَصَابَ مِن مُّصِيبَةٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۗ وَمَن يُؤۡمِنۢ بِٱللَّهِ يَهۡدِ قَلۡبَهُۥۚ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
Open ayah 64:11कुनै पनि सङ्कट अल्लाहको अनुमतिबिना आउन सक्दैन । र, जसले अल्लाहमाथि ईमान ल्याउँछ, अल्लाह त्यसको हृदयलाई मार्गदर्शन गर्छन् । र, अल्लाह प्रत्येक चिज राम्ररी जान्दछन् ।
وَأَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَۚ فَإِن تَوَلَّيۡتُمۡ فَإِنَّمَا عَلَىٰ رَسُولِنَا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ
Open ayah 64:12र तिमीहरू अल्लाहको आज्ञापालन गर र रसूलको आज्ञापालन गर । यदि तिमीहरू विमुख भयौ भने हाम्रा रसूलको दायित्व स्पष्ट सन्देश पुर्याउनु मात्र हो ।
ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ
Open ayah 64:13अल्लाह– उनीबाहेक कोही पूज्य छैन । र मोमिनहरूले केवल अल्लाहमाथि भरोसा गर्नुपर्छ ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّ مِنۡ أَزۡوَٰجِكُمۡ وَأَوۡلَٰدِكُمۡ عَدُوّٗا لَّكُمۡ فَٱحۡذَرُوهُمۡۚ وَإِن تَعۡفُواْ وَتَصۡفَحُواْ وَتَغۡفِرُواْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ
Open ayah 64:14हे आस्थावानहरू हो ! तिमीहरूका केही पत्नीहरू र केही सन्तानहरू तिमीहरूका शत्रु हुन् । अनि तिनीहरूकासाथ सावधानीसँग बस । र, यदि तिमीहरू तिनीहरूलाई माफ गर्छौ, बेवास्ता गर्छौ र क्षमा गर्छौ भने अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।
إِنَّمَآ أَمۡوَٰلُكُمۡ وَأَوۡلَٰدُكُمۡ فِتۡنَةٞۚ وَٱللَّهُ عِندَهُۥٓ أَجۡرٌ عَظِيمٞ
Open ayah 64:15तिमीहरूका सम्पत्ति एवं सन्तान परीक्षा सामग्री हुन्, र अल्लाहकहाँ महान् प्रतिदान रहेकोछ ।
فَٱتَّقُواْ ٱللَّهَ مَا ٱسۡتَطَعۡتُمۡ وَٱسۡمَعُواْ وَأَطِيعُواْ وَأَنفِقُواْ خَيۡرٗا لِّأَنفُسِكُمۡۗ وَمَن يُوقَ شُحَّ نَفۡسِهِۦ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
Open ayah 64:16अतः यथासम्भव अल्लाहको भयराख, र सुन्दै तथा मान्दै जाऊ । अनि आफ्नै लागि धन–सम्पत्ति खर्च गर्ने गर । र, जो आफ्नो मनको कृपणताबाट जोगाइए उनीहरू नै सफल हुनेहरू हुन् ।
إِن تُقۡرِضُواْ ٱللَّهَ قَرۡضًا حَسَنٗا يُضَٰعِفۡهُ لَكُمۡ وَيَغۡفِرۡ لَكُمۡۚ وَٱللَّهُ شَكُورٌ حَلِيمٌ
Open ayah 64:17यदि तिमीहरू अल्लाहलाई राम्रो ऋण दिन्छौ भने उनले त्यसलाई तिमीहरूकालागि कैयौं गुणा बढाउनेछन्, र तिमीहरूलाई क्षमा गर्नेछन् । र, अल्लाह अति कदर गर्नेवाला र सहनशील छन् ।
عَٰلِمُ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 64:18उनी अदृश्य एवं दृश्यका ज्ञाता हुन्; प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।