الطلاق

At-Talaaq

Divorce · Surah 65 · Ayahs: 12 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ إِذَا طَلَّقۡتُمُ ٱلنِّسَآءَ فَطَلِّقُوهُنَّ لِعِدَّتِهِنَّ وَأَحۡصُواْ ٱلۡعِدَّةَۖ وَٱتَّقُواْ ٱللَّهَ رَبَّكُمۡۖ لَا تُخۡرِجُوهُنَّ مِنۢ بُيُوتِهِنَّ وَلَا يَخۡرُجۡنَ إِلَّآ أَن يَأۡتِينَ بِفَٰحِشَةٖ مُّبَيِّنَةٖۚ وَتِلۡكَ حُدُودُ ٱللَّهِۚ وَمَن يَتَعَدَّ حُدُودَ ٱللَّهِ فَقَدۡ ظَلَمَ نَفۡسَهُۥۚ لَا تَدۡرِي لَعَلَّ ٱللَّهَ يُحۡدِثُ بَعۡدَ ذَٰلِكَ أَمۡرٗا

    Open ayah 65:1

    हे नबी ! (भनिदेऊ !) जब तिमीहरू आफ्ना पत्नीहरूलाई तलाक (पारपाचुके) दिन्छौ तब तिनीहरूलाई तिनीहरुको इद्दतको लागि तलाक देऊ र इद्दतको गन्ती राख । र, आफ्ना पालनकर्ता अल्लाहको भयराख । न तिमीहरू तिनीहरूलाई तिनीहरुका घरबाट निकाल न तिनीहरू स्वयं निस्किउन् । अँ, यो बेग्लै कुरा हो कि तिनीहरू खुल्ला अश्लिल कार्य गरून् । यी अल्लाहले निर्धारित गरेका सीमाहरू हुन् र जसले अल्लाहका सीमाहरूको उल्लङ्घन गर्छ उसले वास्तवमा आफैंमाथि अत्याचार गर्छ । तिमीलाई थाहा छैन शायद कि अल्लाहले त्यसपछि कुनै निकास निकाल्लान् ।

  2. فَإِذَا بَلَغۡنَ أَجَلَهُنَّ فَأَمۡسِكُوهُنَّ بِمَعۡرُوفٍ أَوۡ فَارِقُوهُنَّ بِمَعۡرُوفٖ وَأَشۡهِدُواْ ذَوَيۡ عَدۡلٖ مِّنكُمۡ وَأَقِيمُواْ ٱلشَّهَٰدَةَ لِلَّهِۚ ذَٰلِكُمۡ يُوعَظُ بِهِۦ مَن كَانَ يُؤۡمِنُ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ وَمَن يَتَّقِ ٱللَّهَ يَجۡعَل لَّهُۥ مَخۡرَجٗا

    Open ayah 65:2

    फेरि जब उनीहरू आफ्नो इद्दत (निश्चित अवधि) को अन्तमा पुग्छन् तब कि त उनीहरूलाई राम्रो तरिकाले (दाम्तपत्यमै) रोकी राख कि त राम्रो तरीकाले बिदा गर, र आफ्नो मानिसहरुमध्ये दुईजना निसाफ गर्नेवालालाई साक्षी बनाऊ । र, तिमीहरू अल्लाहकालागि गवाही खडा गर । यी कुराहरू हुन् जसको उपदेश दिइन्छ, प्रत्येक त्यो व्यक्तिकोलागि जो अल्लाह एवं आखिरतको दिनमाथि आस्था राख्छ । जसले अल्लाहको भय राख्नेछ उनले त्यसकोलागि कुनै निकास निकाल्नेछन् ।

  3. وَيَرۡزُقۡهُ مِنۡ حَيۡثُ لَا يَحۡتَسِبُۚ وَمَن يَتَوَكَّلۡ عَلَى ٱللَّهِ فَهُوَ حَسۡبُهُۥٓۚ إِنَّ ٱللَّهَ بَٰلِغُ أَمۡرِهِۦۚ قَدۡ جَعَلَ ٱللَّهُ لِكُلِّ شَيۡءٖ قَدۡرٗا

    Open ayah 65:3

    र, उसलाई त्यहाँबाट जीविका प्रदान गर्नेछन् जसको बारेमा उसले सोचेको पनि हुने छैन । र, जसले अल्लाहमाथि भरोसा गर्नेछ उनी त्यसकोलागि पर्याप्त हुनेछन् । अल्लाह आफ्नो कार्य पूरा गरेरै छाड्छन् । अल्लाहले हरेक चिजकोलागि एउटा मापदण्ड निर्धारित गरिदिएका छन् ।

  4. وَٱلَّٰٓـِٔي يَئِسۡنَ مِنَ ٱلۡمَحِيضِ مِن نِّسَآئِكُمۡ إِنِ ٱرۡتَبۡتُمۡ فَعِدَّتُهُنَّ ثَلَٰثَةُ أَشۡهُرٖ وَٱلَّٰٓـِٔي لَمۡ يَحِضۡنَۚ وَأُوْلَٰتُ ٱلۡأَحۡمَالِ أَجَلُهُنَّ أَن يَضَعۡنَ حَمۡلَهُنَّۚ وَمَن يَتَّقِ ٱللَّهَ يَجۡعَل لَّهُۥ مِنۡ أَمۡرِهِۦ يُسۡرٗا

    Open ayah 65:4

    र, तिमीहरूका स्त्रीहरूमध्ये जो रजस्वलाबाट मुक्त भइसकेका छन् तिनीहरूको बारेमा यदि तिमीहरूलाई कुनै सन्देह छ भने तिनीहरूको इद्दत तीन महिना छ । र, यही इद्दत रजस्वला शुरू नभएका स्त्रीहरूकालागि पनि रहेकोछ । र गर्भवती महिलाहरूको ‘इद्दत’ तिनीहरूले बच्चा जन्माउन सम्म रहेको छ । र, जसले अल्लाहको भय राख्छ, अल्लाहले त्यसको मामला सहज पारिदिन्छन् ।

  5. ذَٰلِكَ أَمۡرُ ٱللَّهِ أَنزَلَهُۥٓ إِلَيۡكُمۡۚ وَمَن يَتَّقِ ٱللَّهَ يُكَفِّرۡ عَنۡهُ سَيِّـَٔاتِهِۦ وَيُعۡظِمۡ لَهُۥٓ أَجۡرًا

    Open ayah 65:5

    यो अल्लाहको आदेश हो जुन उनले तिमीहरूमाथि अवतरित गरेका छन् । र, जसले अल्लाहको भय गर्नेछ, अल्लाहले त्यसका पापहरूलाई समाप्त पार्नेछन् र उसको प्रतिदानलाई बढाउनेछन् ।

  6. أَسۡكِنُوهُنَّ مِنۡ حَيۡثُ سَكَنتُم مِّن وُجۡدِكُمۡ وَلَا تُضَآرُّوهُنَّ لِتُضَيِّقُواْ عَلَيۡهِنَّۚ وَإِن كُنَّ أُوْلَٰتِ حَمۡلٖ فَأَنفِقُواْ عَلَيۡهِنَّ حَتَّىٰ يَضَعۡنَ حَمۡلَهُنَّۚ فَإِنۡ أَرۡضَعۡنَ لَكُمۡ فَـَٔاتُوهُنَّ أُجُورَهُنَّ وَأۡتَمِرُواْ بَيۡنَكُم بِمَعۡرُوفٖۖ وَإِن تَعَاسَرۡتُمۡ فَسَتُرۡضِعُ لَهُۥٓ أُخۡرَىٰ

    Open ayah 65:6

    उनीहरूलाई (इद्दतसम्म) आफ्नो हैसियत अनुसार तिमीहरू स्वयं जहाँ बस्छौ त्यहीँ राख । र, उनीहरूलाई दिक्क पार्नको लागि नसताऊ । र, यदि उनीहरू गर्भवती छन् भने शिशु जन्मेसम्म उनीहरूमाथि खर्च गर । फेरि यदि उनीहरू तिम्रालागि (शिशुलाई) स्तनपान गराउँछन् भने उनीहरूलाई त्यसको पारिश्रमिक देऊ र (यसको लागि) उचित तरिकाले आपसमा सरसल्लाह गर । र, यदि तिमीहरूलाई कठिनाइ भयो भने शिशुलाई कुनै अन्य स्त्रीले दूध खुवाउनेछिन् ।

  7. لِيُنفِقۡ ذُو سَعَةٖ مِّن سَعَتِهِۦۖ وَمَن قُدِرَ عَلَيۡهِ رِزۡقُهُۥ فَلۡيُنفِقۡ مِمَّآ ءَاتَىٰهُ ٱللَّهُۚ لَا يُكَلِّفُ ٱللَّهُ نَفۡسًا إِلَّا مَآ ءَاتَىٰهَاۚ سَيَجۡعَلُ ٱللَّهُ بَعۡدَ عُسۡرٖ يُسۡرٗا

    Open ayah 65:7

    सम्पन्न व्यक्तिले आफ्नो सम्पन्नता अनुसार नै खर्च गरोस्, र जसलाई सिमित जीविका दिइएको छ त्यसले त्यसै धनबाट खर्च गरोस् जुन अल्लाहले उसलाई प्रदान गरेका छन् । अल्लाहले कुनै व्यक्तिमाथि उनले प्रदान गरेकोभन्दा अधिक जिम्मेवारीको बोझ दिदैनन् । अल्लाहले चाँडै नै कठिनाईपछि सहजता प्रदान गर्नेछन् ।

  8. وَكَأَيِّن مِّن قَرۡيَةٍ عَتَتۡ عَنۡ أَمۡرِ رَبِّهَا وَرُسُلِهِۦ فَحَاسَبۡنَٰهَا حِسَابٗا شَدِيدٗا وَعَذَّبۡنَٰهَا عَذَابٗا نُّكۡرٗا

    Open ayah 65:8

    कतिपय नगरहरू (यस्ता) छन् जसले आफ्ना पालनकर्ता एवं उनका रसूलहरूको आदेशको अवहेलना गरे । अनि हामीले तिनीहरूसित कडा हिसाब लियौं र तिनीहरूलाई अति निकृष्ट सजायँ दियौं ।

  9. فَذَاقَتۡ وَبَالَ أَمۡرِهَا وَكَانَ عَٰقِبَةُ أَمۡرِهَا خُسۡرًا

    Open ayah 65:9

    अनि तिनीहरू स्वयंले गरेको कर्मको स्वाद चाखे र तिनीहरूका कार्यको परिणाम घाटा नै घाटा भयो ।

  10. أَعَدَّ ٱللَّهُ لَهُمۡ عَذَابٗا شَدِيدٗاۖ فَٱتَّقُواْ ٱللَّهَ يَٰٓأُوْلِي ٱلۡأَلۡبَٰبِ ٱلَّذِينَ ءَامَنُواْۚ قَدۡ أَنزَلَ ٱللَّهُ إِلَيۡكُمۡ ذِكۡرٗا 

    Open ayah 65:10

    अल्लाहले तिनीहरूकालागि कडा सजायँ तयार पारेका छन् । अतः हे ईमान ल्याएका ज्ञानवान् व्यक्तिहरू हो ! अल्लाहको भयराख । अल्लाहले तिमीहरूतर्फ एउटा पूर्ण उपदेश अवतरण गरिदिएका छन् ।

  11. رَّسُولٗا يَتۡلُواْ عَلَيۡكُمۡ ءَايَٰتِ ٱللَّهِ مُبَيِّنَٰتٖ لِّيُخۡرِجَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ مِنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۚ وَمَن يُؤۡمِنۢ بِٱللَّهِ وَيَعۡمَلۡ صَٰلِحٗا يُدۡخِلۡهُ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ قَدۡ أَحۡسَنَ ٱللَّهُ لَهُۥ رِزۡقًا

    Open ayah 65:11

    अर्थात् यस्ता रसूल, जसले तिमीहरूसमक्ष अल्लाहका स्पष्ट पार्ने आयतहरूको पाठ गर्छन् ताकि उनले आस्थावानहरू तथा सत्कर्मीहरूलाई अन्धकारहरूबाट निकालेर प्रकाशतर्फ ल्याऊन् । अनि, जसले अल्लाहमाथि ईमान ल्याउनेछ र सत्कर्म गर्नेछ अल्लाहले उसलाई यस्ता बगैँचाहरूमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् जसमा उनीहरू सदासर्वदा रहनेछन् । अल्लाहले यस्तो व्यक्तिकोलागि उत्तम जीविका प्रदान गरेका छन् ।

  12. ٱللَّهُ ٱلَّذِي خَلَقَ سَبۡعَ سَمَٰوَٰتٖ وَمِنَ ٱلۡأَرۡضِ مِثۡلَهُنَّۖ يَتَنَزَّلُ ٱلۡأَمۡرُ بَيۡنَهُنَّ لِتَعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ وَأَنَّ ٱللَّهَ قَدۡ أَحَاطَ بِكُلِّ شَيۡءٍ عِلۡمَۢا

    Open ayah 65:12

    अल्लाह नै हुन् जसले सृष्टि गरे सातवटा आकाशहरू र त्यस्तै नै पृथ्वी पनि । यिनीहरूबीच आदेशहरु अवतरण हुन्छन् ताकि तिमीहरू जान कि अल्लाह हरेक कुराको सामर्थ्य राख्दछन् । अल्लाहले प्रत्येक चिजलाई आफ्नो ज्ञानको परिधिमा लिएका छन् ।