التحريم
At-Tahrim
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ لِمَ تُحَرِّمُ مَآ أَحَلَّ ٱللَّهُ لَكَۖ تَبۡتَغِي مَرۡضَاتَ أَزۡوَٰجِكَۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 66:1हे नबी स.! तिमी त्यस चिजलाई आफ्ना पत्नीहरूको प्रसन्नता चाहेर किन अवैध गर्छौ जसलाई अल्लाहले तिम्रो लागि वैध गरेका छन् ? र अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।
قَدۡ فَرَضَ ٱللَّهُ لَكُمۡ تَحِلَّةَ أَيۡمَٰنِكُمۡۚ وَٱللَّهُ مَوۡلَىٰكُمۡۖ وَهُوَ ٱلۡعَلِيمُ ٱلۡحَكِيمُ
Open ayah 66:2अल्लाहले तिमीहरूमाथि आफ्नो कसमलाई उन्मुक्त गर्नु अनिवार्य गरेका छन् । अल्लाह तिमीहरूका संरक्षक रहेका छन्, र उनी सर्वज्ञ एवं तत्वदर्शी छन् ।
وَإِذۡ أَسَرَّ ٱلنَّبِيُّ إِلَىٰ بَعۡضِ أَزۡوَٰجِهِۦ حَدِيثٗا فَلَمَّا نَبَّأَتۡ بِهِۦ وَأَظۡهَرَهُ ٱللَّهُ عَلَيۡهِ عَرَّفَ بَعۡضَهُۥ وَأَعۡرَضَ عَنۢ بَعۡضٖۖ فَلَمَّا نَبَّأَهَا بِهِۦ قَالَتۡ مَنۡ أَنۢبَأَكَ هَٰذَاۖ قَالَ نَبَّأَنِيَ ٱلۡعَلِيمُ ٱلۡخَبِيرُ
Open ayah 66:3र (स्मरण गर) जब नबीले एउटा कुरा आफ्नी एउटी पत्नीलाई गोप्य रूपमा भने । फेरि जब ती पत्नीले त्यो रहस्य खोलिन् र अल्लाहले सन्देष्टालाई यसको सूचना दिए तब सन्देष्टाले केही अंश ती पत्नीलाई बताए र केही अंश बताएनन् । अनि जब सन्देष्टाले उनलाई यो कुरा बताए तब उनले सोधिन्– “तपाईंलाई यसको बारेमा कसले भन्यो ?” सन्देष्टाले भने– “मलाई सर्वज्ञ एवं सुसूचित (अल्लाह) ले बताए ।
إِن تَتُوبَآ إِلَى ٱللَّهِ فَقَدۡ صَغَتۡ قُلُوبُكُمَاۖ وَإِن تَظَٰهَرَا عَلَيۡهِ فَإِنَّ ٱللَّهَ هُوَ مَوۡلَىٰهُ وَجِبۡرِيلُ وَصَٰلِحُ ٱلۡمُؤۡمِنِينَۖ وَٱلۡمَلَٰٓئِكَةُ بَعۡدَ ذَٰلِكَ ظَهِيرٌ
Open ayah 66:4यदि तिमीहरू दुवै अल्लाहसमक्ष प्रायश्चित गर्छौ भने यसको अर्थ हो कि तिमीहरूका हृदय (अल्लाहतर्फ) झुकिसकेका छन् र सन्देष्टाको दाँजोमा यदि तिमीहरूले गुटबन्दी र सन्देष्टाको विरूद्धमा तिमी दुईमध्ये एकले अर्काको सहयोग गर्छौ भने जानीराख कि अल्लाह उनका संरक्षक हुन् र उनी बाहेक जिब्रईल र सबै सत्कर्मी आस्थावानहरू पनि र त्यस पछि सबै फरिश्ताहरू उनका सहायक छन् ।
عَسَىٰ رَبُّهُۥٓ إِن طَلَّقَكُنَّ أَن يُبۡدِلَهُۥٓ أَزۡوَٰجًا خَيۡرٗا مِّنكُنَّ مُسۡلِمَٰتٖ مُّؤۡمِنَٰتٖ قَٰنِتَٰتٖ تَٰٓئِبَٰتٍ عَٰبِدَٰتٖ سَٰٓئِحَٰتٖ ثَيِّبَٰتٖ وَأَبۡكَارٗا
Open ayah 66:5यदि नबीले तिमीहरूलाई तलाक दिएमा उनका रबले उनलाई तिमीहरूभन्दा उत्तम मुस्लिम, मोमिन, आज्ञाकारी, प्रायश्चित गर्ने, उपासना गर्ने, (अल्लाहको मार्गमा) प्रयासरत , विवाहिता वा कुमारी अन्य पत्नीहरू प्रदान गर्छन् भन्ने कुरा असम्भव छैन ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ قُوٓاْ أَنفُسَكُمۡ وَأَهۡلِيكُمۡ نَارٗا وَقُودُهَا ٱلنَّاسُ وَٱلۡحِجَارَةُ عَلَيۡهَا مَلَٰٓئِكَةٌ غِلَاظٞ شِدَادٞ لَّا يَعۡصُونَ ٱللَّهَ مَآ أَمَرَهُمۡ وَيَفۡعَلُونَ مَا يُؤۡمَرُونَ
Open ayah 66:6हे आस्थावानहरू हो ! बचाऊ स्वयंलाई र आफ्ना परिवारलाई नरकको आगोबाट जसको ईन्धन मानव एवं ढुङ्गा हुनेछन्, जसमाथि कठोर, प्रबल फरिश्ताहरू नियुक्त छन्; जो अल्लाहले जे आदेश दिएका छन् त्यसको अवज्ञा गर्दैनन् र जे आदेश उनीहरूलाई दिइन्छ त्यसको पालना गर्छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ كَفَرُواْ لَا تَعۡتَذِرُواْ ٱلۡيَوۡمَۖ إِنَّمَا تُجۡزَوۡنَ مَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 66:7हे काफिरहरू हो ! आज बहाना नगर । तिमीहरूलाई त्यसैको बदला दिइनेछ जुन कर्म तिमीहरू गर्थ्यौ ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ تُوبُوٓاْ إِلَى ٱللَّهِ تَوۡبَةٗ نَّصُوحًا عَسَىٰ رَبُّكُمۡ أَن يُكَفِّرَ عَنكُمۡ سَيِّـَٔاتِكُمۡ وَيُدۡخِلَكُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ يَوۡمَ لَا يُخۡزِي ٱللَّهُ ٱلنَّبِيَّ وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥۖ نُورُهُمۡ يَسۡعَىٰ بَيۡنَ أَيۡدِيهِمۡ وَبِأَيۡمَٰنِهِمۡ يَقُولُونَ رَبَّنَآ أَتۡمِمۡ لَنَا نُورَنَا وَٱغۡفِرۡ لَنَآۖ إِنَّكَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 66:8हे आस्थावानहरू हो ! अल्लाहसित विशुद्ध प्रायश्चित गर ! आशा छ कि अल्लाहले तिमीहरूका पापताहरू समाप्त पारिदिनेछन् र तिमीहरूलाई यस्ता बगैँचाहरूमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । त्यस दिन अल्लाहले नबी एवं उनका आस्थावान साथीहरूलाई अपमान गर्ने छैनन् । उनीहरूको प्रकाश उनको अगाडि अगाडि, उनको दाहिनेतर्फ दगुरिरहेको हुनेछ र उनीहरू भनिरहेका हुनेछन्– “हे हाम्रा पालनकर्ता ! हाम्रो प्रकाशलाई हाम्रोलागि पूर्ण गरिदेऊ र हामीलाई क्षमा प्रदान । निस्सन्देह तिमी हरेक कार्यको सामर्थ्य राख्दछौ ।
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ جَٰهِدِ ٱلۡكُفَّارَ وَٱلۡمُنَٰفِقِينَ وَٱغۡلُظۡ عَلَيۡهِمۡۚ وَمَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمَصِيرُ
Open ayah 66:9हे नबी स.! काफिरहरू तथा मुनाफिकहरूसँग जिहाद गर, र तिनीहरूसँग कडा व्यवहार गर । र, तिनीहरूको बासस्थान त नरक हुनेछ । र, त्यो अति नै निकृष्ट बासस्थान हो ।
ضَرَبَ ٱللَّهُ مَثَلٗا لِّلَّذِينَ كَفَرُواْ ٱمۡرَأَتَ نُوحٖ وَٱمۡرَأَتَ لُوطٖۖ كَانَتَا تَحۡتَ عَبۡدَيۡنِ مِنۡ عِبَادِنَا صَٰلِحَيۡنِ فَخَانَتَاهُمَا فَلَمۡ يُغۡنِيَا عَنۡهُمَا مِنَ ٱللَّهِ شَيۡـٔٗا وَقِيلَ ٱدۡخُلَا ٱلنَّارَ مَعَ ٱلدَّٰخِلِينَ
Open ayah 66:10अल्लाह काफिरहरूका लागि नूह र लूतका पत्नीहरूको उदाहरण पेश गर्छन् । तिनीहरू दुवै हाम्रा दुई सत्कर्मी भक्तहरूको दाम्पत्यमा थिए तर तिनीहरू दुवैले आफ्ना पतिकासाथ विश्वासघात गरे । र, दुवैले अल्लाहको दाँजोमा आफ्ना ती दुई (पत्नी) लाई अलिकति पनि मद्दत गर्न सकेनन् । र भनियो– “जाऊ, आगोमा जानेहरूसँग तिमीहरू दुवै पनि जाऊ ।”,
وَضَرَبَ ٱللَّهُ مَثَلٗا لِّلَّذِينَ ءَامَنُواْ ٱمۡرَأَتَ فِرۡعَوۡنَ إِذۡ قَالَتۡ رَبِّ ٱبۡنِ لِي عِندَكَ بَيۡتٗا فِي ٱلۡجَنَّةِ وَنَجِّنِي مِن فِرۡعَوۡنَ وَعَمَلِهِۦ وَنَجِّنِي مِنَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ
Open ayah 66:11र, अल्लाह आस्थावानहरूका लागि फिरऔनकी पत्नीको उदाहरण पेश गर्छन् । जब उनले प्रार्थना गरिन्– “हे मेरा रब ! मेरोलागि आफूकहाँ स्वर्गमा एउटा घर बनाइदेऊ र मलाई फिरऔन तथा उसको कर्मबाट सुरक्षित राख र मलाई अत्याचारी व्यक्तिहरूबाट मुक्ति प्रदान गर ।”
وَمَرۡيَمَ ٱبۡنَتَ عِمۡرَٰنَ ٱلَّتِيٓ أَحۡصَنَتۡ فَرۡجَهَا فَنَفَخۡنَا فِيهِ مِن رُّوحِنَا وَصَدَّقَتۡ بِكَلِمَٰتِ رَبِّهَا وَكُتُبِهِۦ وَكَانَتۡ مِنَ ٱلۡقَٰنِتِينَ
Open ayah 66:12र, इमरानकी पुत्री मर्यमको उदाहरण पनि (पेश गर्छन्) जसले आफ्नो सतीत्वर्ती थिइन् । फेरि हामीले त्यसभित्र आफ्नो तर्फबाट आत्मा फुँकिदियौं । र उनले आफ्ना पालनकर्ताका वाणीहरू तथा ग्रन्थहरूको पुष्टि गरिन्, र उनी आज्ञाकारी व्यक्तिहरूमध्येकी थिइन् ।