الملك

Al-Mulk

The Sovereignty · Surah 67 · Ayahs: 30 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. تَبَٰرَكَ ٱلَّذِي بِيَدِهِ ٱلۡمُلۡكُ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ

    Open ayah 67:1

    अत्यन्त बरकतवाला (मङ्गलमय) छन् उनी, जसको हातमा सम्प्रभूता रहेको छ । र, उनी सम्पूर्ण कार्यको सामर्थ्य राख्दछन् ।

  2. ٱلَّذِي خَلَقَ ٱلۡمَوۡتَ وَٱلۡحَيَوٰةَ لِيَبۡلُوَكُمۡ أَيُّكُمۡ أَحۡسَنُ عَمَلٗاۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡغَفُورُ

    Open ayah 67:2

    जसले मृत्यु तथा जीवनको सृष्टि गरे, ताकि तिमीहरूलाई परीक्षा लिउन् कि कसले राम्रो काम गर्छ, र उनी प्रभुत्वशाली एवं क्षमाशील छन् ।

  3. ٱلَّذِي خَلَقَ سَبۡعَ سَمَٰوَٰتٖ طِبَاقٗاۖ مَّا تَرَىٰ فِي خَلۡقِ ٱلرَّحۡمَٰنِ مِن تَفَٰوُتٖۖ فَٱرۡجِعِ ٱلۡبَصَرَ هَلۡ تَرَىٰ مِن فُطُورٖ

    Open ayah 67:3

    जसले तहतह गरी सातवटा आकाश सृष्टि गरे । तिमी परम् दयालु (अल्लाह) को सृष्टिमा कुनै किसिमको विसङ्गति पाउने छैनौ । फेरि फर्केर हेर त कहीँ आकाशमा प्वाल देख्छौ ?

  4. ثُمَّ ٱرۡجِعِ ٱلۡبَصَرَ كَرَّتَيۡنِ يَنقَلِبۡ إِلَيۡكَ ٱلۡبَصَرُ خَاسِئٗا وَهُوَ حَسِيرٞ

    Open ayah 67:4

    अनि दोहोर्याई दोहोर्याई हेर । तिम्रो दृष्टि थकित भई असफल फर्कनेछ ।

  5. وَلَقَدۡ زَيَّنَّا ٱلسَّمَآءَ ٱلدُّنۡيَا بِمَصَٰبِيحَ وَجَعَلۡنَٰهَا رُجُومٗا لِّلشَّيَٰطِينِۖ وَأَعۡتَدۡنَا لَهُمۡ عَذَابَ ٱلسَّعِيرِ

    Open ayah 67:5

    हामीले तिमीहरूको नजिकको आकाशलाई भव्य दीपहरूले सुसज्जित पारेका छौं, र त्यसमा शैतान धपाउने साधन बनाएका छौं । र, ती शैतानहरूकालागि दन्किदो आगो तयार पारेका छौं ।

  6. وَلِلَّذِينَ كَفَرُواْ بِرَبِّهِمۡ عَذَابُ جَهَنَّمَۖ وَبِئۡسَ ٱلۡمَصِيرُ

    Open ayah 67:6

    र जुन मानिसहरूले आफ्ना रबको अवज्ञा गरे तिनीहरूकालागि नरकको यातना रहेकोछ, र त्यो अति नराम्रो बासस्थान हो ।

  7. إِذَآ أُلۡقُواْ فِيهَا سَمِعُواْ لَهَا شَهِيقٗا وَهِيَ تَفُورُ

    Open ayah 67:7

    तिनीहरू त्यसमा होमिएपछि त्यसको भयावह आवाज सुन्नेछन् र त्यो दन्किरहेको हुनेछ ।

  8. تَكَادُ تَمَيَّزُ مِنَ ٱلۡغَيۡظِۖ كُلَّمَآ أُلۡقِيَ فِيهَا فَوۡجٞ سَأَلَهُمۡ خَزَنَتُهَآ أَلَمۡ يَأۡتِكُمۡ نَذِيرٞ

    Open ayah 67:8

    अत्यन्त क्रोधले गर्दा फुट्न लाग्नेछ । जब जब त्यसमा कुनै समूहलाई होमिनेछ तब तब त्यसका दारोगाहरूले तिनीहरूसित सोध्नेछन्– “के तिमीहरूसमक्ष कुनै सचेतक आएको थिएन र ?”

  9. قَالُواْ بَلَىٰ قَدۡ جَآءَنَا نَذِيرٞ فَكَذَّبۡنَا وَقُلۡنَا مَا نَزَّلَ ٱللَّهُ مِن شَيۡءٍ إِنۡ أَنتُمۡ إِلَّا فِي ضَلَٰلٖ كَبِيرٖ

    Open ayah 67:9

    तिनीहरूले जवाफ दिनेछन्– “हो, सचेतक त आएका थिए तर हामीले उनीहरूलाई झूठो ठहर्याएका थियौं र भनेका थियौं– “अल्लाहले केही पनि अवतरण गरेका छैनन्; तिमीहरू ठूलो पथभ्रष्टतामा परेका छौ ।”

  10. وَقَالُواْ لَوۡ كُنَّا نَسۡمَعُ أَوۡ نَعۡقِلُ مَا كُنَّا فِيٓ أَصۡحَٰبِ ٱلسَّعِيرِ 

    Open ayah 67:10

    र, भन्नेछन्– “हामीले सुनेका र बुझेका भए आज हामी नरकबासीहरूमा हुने थिएनौं ।”

  11. فَٱعۡتَرَفُواْ بِذَنۢبِهِمۡ فَسُحۡقٗا لِّأَصۡحَٰبِ ٱلسَّعِيرِ

    Open ayah 67:11

    यसरी तिनीहरूले आफ्नो गल्ती आफैं स्वीकार गर्नेछन् । तसर्थ यी नरकबासीहरूमाथि धिक्कार छ !

  12. إِنَّ ٱلَّذِينَ يَخۡشَوۡنَ رَبَّهُم بِٱلۡغَيۡبِ لَهُم مَّغۡفِرَةٞ وَأَجۡرٞ كَبِيرٞ

    Open ayah 67:12

    निस्सन्देह ती व्यक्तिहरू जो आफ्ना पालनकर्तासित उनलाई नदेखिकनै डराउँछन्, तिनीहरूकालागि क्षमादान र महान प्रतिफल रहेको छ ।

  13. وَأَسِرُّواْ قَوۡلَكُمۡ أَوِ ٱجۡهَرُواْ بِهِۦٓۖ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

    Open ayah 67:13

    तिमीहरू गुप्त रुपमा कुरा गर वा ठूलो स्वरमा; निस्सन्देह उनी मनको कुरा पनि जान्दछन् ।

  14. أَلَا يَعۡلَمُ مَنۡ خَلَقَ وَهُوَ ٱللَّطِيفُ ٱلۡخَبِيرُ

    Open ayah 67:14

    के जसले सृष्टि गरेका छन् उनैले जान्ने छैनन् त ? उनी त सुक्ष्मदर्शी एवं सुसूचित छन् ।

  15. هُوَ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ ذَلُولٗا فَٱمۡشُواْ فِي مَنَاكِبِهَا وَكُلُواْ مِن رِّزۡقِهِۦۖ وَإِلَيۡهِ ٱلنُّشُورُ

    Open ayah 67:15

    उनै हुन् जसले पृथ्वीलाई तिमीहरूकालागि वशीभूत गरिदिएका छन् । अतः हिँड त्यसको छातीमाथि र खाऊ अल्लाहको जीविका ! र, उनैतर्फ तिमीहरूले फर्केर जानुछ ।

  16. ءَأَمِنتُم مَّن فِي ٱلسَّمَآءِ أَن يَخۡسِفَ بِكُمُ ٱلۡأَرۡضَ فَإِذَا هِيَ تَمُورُ

    Open ayah 67:16

    के तिमीहरू उनीबाट निश्चिन्त छौ जो आकाशमा छन् कि उनले तिमीहरूलाई धर्तीमा धंसाइदिउन् र अकस्मात् यो पृथ्वी बेस्सरी हल्लिनेछ ।

  17. أَمۡ أَمِنتُم مَّن فِي ٱلسَّمَآءِ أَن يُرۡسِلَ عَلَيۡكُمۡ حَاصِبٗاۖ فَسَتَعۡلَمُونَ كَيۡفَ نَذِيرِ

    Open ayah 67:17

    के तिमीहरू उनीबाट निश्चिन्त छौ जो आकाशमा छन्, उनले तिमीहरूमाथि ढुङ्गामुढा बर्साउने छैनन्, अनि मेरो चेतावनी कस्तो हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुनेछ ।

  18. وَلَقَدۡ كَذَّبَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ فَكَيۡفَ كَانَ نَكِيرِ

    Open ayah 67:18

    यसअघि बितेका मानिसहरूले पनि मिथ्या ठहर गरे । अनि (हेर) कस्तो भयो मलाई झुठो ठहर्याउनेहरुको परिणाम ।

  19. أَوَلَمۡ يَرَوۡاْ إِلَى ٱلطَّيۡرِ فَوۡقَهُمۡ صَٰٓفَّٰتٖ وَيَقۡبِضۡنَۚ مَا يُمۡسِكُهُنَّ إِلَّا ٱلرَّحۡمَٰنُۚ إِنَّهُۥ بِكُلِّ شَيۡءِۭ بَصِيرٌ

    Open ayah 67:19

    के यिनीहरू आफूमाथि पंक्षीहरूलाई पखेटा फैलाउँदै र समेट्दै (उडिरहेको) देख्दैनन् ? करूणामय (अल्लाह) बाहेक अरू कोही छैन जसले त्यसलाई थामेको होओस् । निस्सन्देह उनी हरेक चीजलाई देखिरहेका छन् ।

  20. أَمَّنۡ هَٰذَا ٱلَّذِي هُوَ جُندٞ لَّكُمۡ يَنصُرُكُم مِّن دُونِ ٱلرَّحۡمَٰنِۚ إِنِ ٱلۡكَٰفِرُونَ إِلَّا فِي غُرُورٍ 

    Open ayah 67:20

    (भन !) आखिर त्यो तिमीहरूको त्यो कुन सैन्यदल हो जसले करुणामय (अल्लाह) को तुलनामा तिमीहरूलाई सहयोग गरोस्, वास्तवमा काफिरहरू त धोकामा छन् ।

  21. أَمَّنۡ هَٰذَا ٱلَّذِي يَرۡزُقُكُمۡ إِنۡ أَمۡسَكَ رِزۡقَهُۥۚ بَل لَّجُّواْ فِي عُتُوّٖ وَنُفُورٍ

    Open ayah 67:21

    वा (भन !) यदि करुणामय (अल्लाह) ले तिमीहरूको जीविका रोके भने कसले तिमीहरूलाई जीविका दिन सक्छ । बरु यिनीहरू सत्यताको घृणा एवं उद्दण्डतामा अडिग छन् ।

  22. أَفَمَن يَمۡشِي مُكِبًّا عَلَىٰ وَجۡهِهِۦٓ أَهۡدَىٰٓ أَمَّن يَمۡشِي سَوِيًّا عَلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 67:22

    के अनुहारको भरमा हिँड्ने व्यक्ति गन्तब्सयम्म बढी मार्गदर्शन पाउन सक्छ वा सीधामार्गमा सोझो हिँड्ने व्यक्ति ?

  23. قُلۡ هُوَ ٱلَّذِيٓ أَنشَأَكُمۡ وَجَعَلَ لَكُمُ ٱلسَّمۡعَ وَٱلۡأَبۡصَٰرَ وَٱلۡأَفۡـِٔدَةَۚ قَلِيلٗا مَّا تَشۡكُرُونَ

    Open ayah 67:23

    भनिदेऊ ! अल्लाह नै हुन् जसले तिमीहरूलाई सृष्टि गरे र तिमीहरूलाई कान, आँखा तथा हृदय प्रदान गरे । तर तिमीहरू कमै कृतज्ञ बन्छौ ।

  24. قُلۡ هُوَ ٱلَّذِي ذَرَأَكُمۡ فِي ٱلۡأَرۡضِ وَإِلَيۡهِ تُحۡشَرُونَ

    Open ayah 67:24

    भनिदेऊ ! अल्लाह नै हुन् जसले तिमीहरूलाई धर्तीमा फैलाए र उनैतर्फ तिमीहरू भेला गरिनेछौ ।

  25. وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 67:25

    र, यिनीहरू भन्छन्– “यदि तिमीहरू सच्चा छौ भने यो वाचा कहिले पूरा हुनेछ ?”

  26. قُلۡ إِنَّمَا ٱلۡعِلۡمُ عِندَ ٱللَّهِ وَإِنَّمَآ أَنَا۠ نَذِيرٞ مُّبِينٞ

    Open ayah 67:26

    भनिदेऊ ! यसको ज्ञान त अल्लाहलाई छ, र म स्पष्ट सचेतक मात्र हुँ ।

  27. فَلَمَّا رَأَوۡهُ زُلۡفَةٗ سِيٓـَٔتۡ وُجُوهُ ٱلَّذِينَ كَفَرُواْ وَقِيلَ هَٰذَا ٱلَّذِي كُنتُم بِهِۦ تَدَّعُونَ

    Open ayah 67:27

    फेरि जब यिनीहरूले त्यस (महाप्रलय) लाई नजिक देख्नेछन् तब यी सबै काफिरहरूको मुहार बिग्रिनेछ र यिनीहरूलाई भनिनेछ– “यही हो त्यो जसको तिमीहरू माग गर्दै थियौ ।”

  28. قُلۡ أَرَءَيۡتُمۡ إِنۡ أَهۡلَكَنِيَ ٱللَّهُ وَمَن مَّعِيَ أَوۡ رَحِمَنَا فَمَن يُجِيرُ ٱلۡكَٰفِرِينَ مِنۡ عَذَابٍ أَلِيمٖ

    Open ayah 67:28

    भनिदेऊ ! के तिमीहरूले विचार गर्यौ, यदि अल्लाहले मलाई र मेरा साथीहरूलाई मारिदिएमा वा हामीमाथि दया नै गरेमा काफिरहरूलाई कसले पीडादायी यातनाबाट बचाउन सक्छ ?”

  29. قُلۡ هُوَ ٱلرَّحۡمَٰنُ ءَامَنَّا بِهِۦ وَعَلَيۡهِ تَوَكَّلۡنَاۖ فَسَتَعۡلَمُونَ مَنۡ هُوَ فِي ضَلَٰلٖ مُّبِينٖ

    Open ayah 67:29

    भनिदेऊ ! उनी ‘रहमान’ (करूणामय) हुन् । उनैमाथि हामीले ईमान ल्याएका छौं र उनैमाथि हाम्रो भरोसा छ । प्रस्ट पथभ्रष्टतामा को छ भन्ने कुरा तिमीहरूले चाँडै नै जान्नेछौ ।”

  30. قُلۡ أَرَءَيۡتُمۡ إِنۡ أَصۡبَحَ مَآؤُكُمۡ غَوۡرٗا فَمَن يَأۡتِيكُم بِمَآءٖ مَّعِينِۭ 

    Open ayah 67:30

    भनिदेऊ ! के तिमीहरूले विचार गर्यौ कि तिमीहरूको पानी सुकेमा कसले तिमीहरूकालागि सदा बग्ने स्रोतहरू निकालेर दिन सक्छ ?