القلم
Al-Qalam
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
نٓۚ وَٱلۡقَلَمِ وَمَا يَسۡطُرُونَ
Open ayah 68:1नून्; कलमको कसम र त्यस कुराको (कसम) जसलाई तिनी (फरिश्ता) हरू लेख्छन् ।
مَآ أَنتَ بِنِعۡمَةِ رَبِّكَ بِمَجۡنُونٖ
Open ayah 68:2(हे मुहम्मद स.!) तिमी आफ्ना रबको कृपाले उन्मादी होइनौ ।
وَإِنَّ لَكَ لَأَجۡرًا غَيۡرَ مَمۡنُونٖ
Open ayah 68:3र, साँच्चिकै तिम्रोलागि कहिल्यै समाप्त नहुने प्रतिदान रहेको छ ।
وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٖ
Open ayah 68:4र (हे नबी!) निश्चय नै तिमी नैतिकताको उच्च शिखरमा छौ ।
فَسَتُبۡصِرُ وَيُبۡصِرُونَ
Open ayah 68:5चाँडै नै तिमीले पनि देख्नेछौ र तिनीहरूले पनि देख्नेछन् ।
بِأَييِّكُمُ ٱلۡمَفۡتُونُ
Open ayah 68:6कि तिमीहरूमध्ये को उत्पीडनमा पारियो ?
إِنَّ رَبَّكَ هُوَ أَعۡلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِۦ وَهُوَ أَعۡلَمُ بِٱلۡمُهۡتَدِينَ
Open ayah 68:7तिम्रा रब आफ्नो मार्गबाट भ्रष्ट भएकाहरूलाई राम्ररी जान्दछन् र सत्मार्गमा रहेकाहरूलाई पनि ।
فَلَا تُطِعِ ٱلۡمُكَذِّبِينَ
Open ayah 68:8अतः मिथ्या ठहर गर्नेहरूको कुरा नमान ।
وَدُّواْ لَوۡ تُدۡهِنُ فَيُدۡهِنُونَ
Open ayah 68:9यिनीहरू चाहन्छन्– यदि तिमीले नम्रता देखायौ भने यिनीहरूले पनि नम्रता देखाउनेछन् ।
وَلَا تُطِعۡ كُلَّ حَلَّافٖ مَّهِينٍ
Open ayah 68:10कुनै पनि धेरै कसम खाने र हीन व्यक्तिको कुरा नमान ।
هَمَّازٖ مَّشَّآءِۭ بِنَمِيمٖ
Open ayah 68:11अति व्यङ्ग्य गर्ने, ज्यादै चुक्ली लगाउने
مَّنَّاعٖ لِّلۡخَيۡرِ مُعۡتَدٍ أَثِيمٍ
Open ayah 68:12भलाइबाट मनाही गर्ने, सीमा उल्लङ्घनकारी पापी
عُتُلِّۭ بَعۡدَ ذَٰلِكَ زَنِيمٍ
Open ayah 68:13अत्याचारी, यी सबै पछि हरामी पनि ।
أَن كَانَ ذَا مَالٖ وَبَنِينَ
Open ayah 68:14यी अवगुणहरु हुनुको कारण के छ कि त्यो व्यक्ति धनवान तथा संतानवान छ।
إِذَا تُتۡلَىٰ عَلَيۡهِ ءَايَٰتُنَا قَالَ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ
Open ayah 68:15जब हाम्रा आयतहरू तिनीहरूलाई सुनाइन्छ तब भन्छन्– “यी त अतीतका कथाहरू हुन् ।”
سَنَسِمُهُۥ عَلَى ٱلۡخُرۡطُومِ
Open ayah 68:16चाँडै नै हामी त्यसको सूँड (अग्लो नाक) लाई डाम्नेछौं ।
إِنَّا بَلَوۡنَٰهُمۡ كَمَا بَلَوۡنَآ أَصۡحَٰبَ ٱلۡجَنَّةِ إِذۡ أَقۡسَمُواْ لَيَصۡرِمُنَّهَا مُصۡبِحِينَ
Open ayah 68:17हामीले यिनीहरूको परीक्षा त्यसरी नै लियौं जसरी बगैँचावालाहरूको परीक्षा लिएका थियौं, जब तिनीहरूले कसम खाए कि उनीहरु अवश्य नै बिहानै आफ्नो बगैँचाको फल टिपेर ल्याउनेछन् ...
وَلَا يَسۡتَثۡنُونَ
Open ayah 68:18र केही छोडने छैनन् ।
فَطَافَ عَلَيۡهَا طَآئِفٞ مِّن رَّبِّكَ وَهُمۡ نَآئِمُونَ
Open ayah 68:19तर राति तिनीहरू सुतिरहेकै अवस्थामा तिम्रा रबको प्रकोप त्यस बगैंचामाथि आइपुग्यो ।
فَأَصۡبَحَتۡ كَٱلصَّرِيمِ
Open ayah 68:20र त्यो बगैंचा पुरै काटिएको जस्तो बन्न पुग्यो ।
فَتَنَادَوۡاْ مُصۡبِحِينَ
Open ayah 68:21तिनीहरूले बिहानै एकअर्कालाई आवाज दिए ।
أَنِ ٱغۡدُواْ عَلَىٰ حَرۡثِكُمۡ إِن كُنتُمۡ صَٰرِمِينَ
Open ayah 68:22यदि फल टिप्नुछ भने बिहानै हिंड ।
فَٱنطَلَقُواْ وَهُمۡ يَتَخَٰفَتُونَ
Open ayah 68:23तिनीहरू यो कानेखुसी गर्दै हिंडे कि ...
أَن لَّا يَدۡخُلَنَّهَا ٱلۡيَوۡمَ عَلَيۡكُم مِّسۡكِينٞ
Open ayah 68:24आज कुनै गरीबले तिमीहरुको नजिक बगैंचामा छिर्न नपाओस् ।
وَغَدَوۡاْ عَلَىٰ حَرۡدٖ قَٰدِرِينَ
Open ayah 68:25उनीहरू बिहानै बडो संकल्प तथा सामर्थ्यवान भई हिंडे ।
فَلَمَّا رَأَوۡهَا قَالُوٓاْ إِنَّا لَضَآلُّونَ
Open ayah 68:26अनि जब तिनीहरूले बगैँचा देखे, भन्न थाले– “ओहो ! हामी त बाटो नै बिराएछौं !
بَلۡ نَحۡنُ مَحۡرُومُونَ
Open ayah 68:27होइन, बरु हामी त बञ्चित पो हुन पुगेछौं ।”
قَالَ أَوۡسَطُهُمۡ أَلَمۡ أَقُل لَّكُمۡ لَوۡلَا تُسَبِّحُونَ
Open ayah 68:28तिनीहरूमध्येका असल व्यक्तिले भन्यो– “तिमीहरू अल्लाहको पवित्रता बयान किन गर्दैनौ भनी हामीले भनेका थिएनौं र ?”
قَالُواْ سُبۡحَٰنَ رَبِّنَآ إِنَّا كُنَّا ظَٰلِمِينَ
Open ayah 68:29तिनीहरूले पुकारे– “पवित्र छन् हाम्रा रब ! वास्तवमा हामी पो अत्याचारी रहेछौं ।”
فَأَقۡبَلَ بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٖ يَتَلَٰوَمُونَ
Open ayah 68:30अनि तिनीहरूमध्ये प्रत्येकले एक–अर्कालाई दोषी ठहर्याउन थाले ।
قَالُواْ يَٰوَيۡلَنَآ إِنَّا كُنَّا طَٰغِينَ
Open ayah 68:31तिनीहरूले भने– “हाय, हाम्रो बर्बादी ! वास्तवमा हामी नै सीमा उल्लङ्घनकारी हौँ ।
عَسَىٰ رَبُّنَآ أَن يُبۡدِلَنَا خَيۡرٗا مِّنۡهَآ إِنَّآ إِلَىٰ رَبِّنَا رَٰغِبُونَ
Open ayah 68:32आशा छ, हाम्रा रबले हामीलाई यसको सट्टामा योभन्दा राम्रो बगैँचा प्रदान गर्नेछन् । हामी आफ्नो रबतर्फ फर्कन्छौं ।"
كَذَٰلِكَ ٱلۡعَذَابُۖ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَكۡبَرُۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ
Open ayah 68:33यस्तो हुन्छ प्रकोप ! आखिरतको प्रकोप त यसभन्दा पनि भयानक हुनेछ । कति राम्रो हुने थियो यिनीहरूले यस कुरालाई जानेका भए !
إِنَّ لِلۡمُتَّقِينَ عِندَ رَبِّهِمۡ جَنَّٰتِ ٱلنَّعِيمِ
Open ayah 68:34निस्सन्देह ईशभय राख्ने व्यक्तिहरूकालागि उनीहरूका रबकहाँ वैभवशाली बगैंचा हुनेछ ।
أَفَنَجۡعَلُ ٱلۡمُسۡلِمِينَ كَٱلۡمُجۡرِمِينَ
Open ayah 68:35अनि के हामीले आज्ञाकारीहरू अपराधीहरूझैं बनाउनेछौँ त ?
مَا لَكُمۡ كَيۡفَ تَحۡكُمُونَ
Open ayah 68:36आखिर के भएको छ तिमीहरूलाई ? तिमीहरू कस्तो निर्णय गर्द रहेछौ ?
أَمۡ لَكُمۡ كِتَٰبٞ فِيهِ تَدۡرُسُونَ
Open ayah 68:37के तिमीहरूसँग कुनै किताब छ जसमा तिमीहरू पढ्ने गर्छौ ...
إِنَّ لَكُمۡ فِيهِ لَمَا تَخَيَّرُونَ
Open ayah 68:38कि वास्तवमा त्यसमा तिमीहरूका लागि तिमीहरूले चाहेकै कुराहरू छन् ।
أَمۡ لَكُمۡ أَيۡمَٰنٌ عَلَيۡنَا بَٰلِغَةٌ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ إِنَّ لَكُمۡ لَمَا تَحۡكُمُونَ
Open ayah 68:39वा के तिमीहरूले हामीसंग महाप्रलयको दिनसम्म कसम लिएका छौ कि तिमीहरूलाई त्यही प्राप्त हुनेछ जसको तिमीहरू निर्णय गर्छौ ?
سَلۡهُمۡ أَيُّهُم بِذَٰلِكَ زَعِيمٌ
Open ayah 68:40तिनीहरूलाई सोध ! तिनीहरूमध्ये कसले यसको जमानत लिन्छ ?
أَمۡ لَهُمۡ شُرَكَآءُ فَلۡيَأۡتُواْ بِشُرَكَآئِهِمۡ إِن كَانُواْ صَٰدِقِينَ
Open ayah 68:41वा यिनीहरूकालागि केही साझेदारहरू छन् ? यिनीहरू सच्चा हुन् भने आफ्ना साझेदारहरूलाई ल्याऊन् ?
يَوۡمَ يُكۡشَفُ عَن سَاقٖ وَيُدۡعَوۡنَ إِلَى ٱلسُّجُودِ فَلَا يَسۡتَطِيعُونَ
Open ayah 68:42जुन दिन पिडौंला खोलिनेछ र मानिसहरूलाई सज्दा गर्न बोलाइनेछ त्यस दिन तिनीहरूले सज्दा गर्न सक्ने छैनन् ।
خَٰشِعَةً أَبۡصَٰرُهُمۡ تَرۡهَقُهُمۡ ذِلَّةٞۖ وَقَدۡ كَانُواْ يُدۡعَوۡنَ إِلَى ٱلسُّجُودِ وَهُمۡ سَٰلِمُونَ
Open ayah 68:43यिनीहरूका आँखा तल झुकेको अवस्थामा यिनीहरू अपमानित भइरहनेछन् । जबकि यिनीहरू स्वस्थ रहेको अवस्थामा सज्दाका बोलाइन्थे ।
فَذَرۡنِي وَمَن يُكَذِّبُ بِهَٰذَا ٱلۡحَدِيثِۖ سَنَسۡتَدۡرِجُهُم مِّنۡ حَيۡثُ لَا يَعۡلَمُونَ
Open ayah 68:44अतः, हे नबी स.! यस वाणीलाई मिथ्या ठहर गर्नेहरूको मामला ममाथि छोडिदेऊ । हामी यिनीहरूलाई क्रमशः बर्बादीतर्फ लगिनेछौँ यसरी कि यिनीहरूलाई थाहा पनि हुने छैन ।
وَأُمۡلِي لَهُمۡۚ إِنَّ كَيۡدِي مَتِينٌ
Open ayah 68:45र, म यिनीहरूलाई अवसर दिनेछु। वास्तवमा मेरो योजना अति शक्तिशाली छ ।
أَمۡ تَسۡـَٔلُهُمۡ أَجۡرٗا فَهُم مِّن مَّغۡرَمٖ مُّثۡقَلُونَ
Open ayah 68:46के तिमी यिनीहरूसित कुनै पारिश्रमिक माग्दैछौ कि यिनीहरू जरिबानाको भारीमुनी दबिंदैछन् ?
أَمۡ عِندَهُمُ ٱلۡغَيۡبُ فَهُمۡ يَكۡتُبُونَ
Open ayah 68:47वा यिनीहरुलाई परोक्षको ज्ञान प्राप्त छ जसलाई यिनीहरु लेखिरहकाछन् ?
فَٱصۡبِرۡ لِحُكۡمِ رَبِّكَ وَلَا تَكُن كَصَاحِبِ ٱلۡحُوتِ إِذۡ نَادَىٰ وَهُوَ مَكۡظُومٞ
Open ayah 68:48अतः आफ्ना रबको आदेशलाई धैर्यकासाथ प्रतीक्षा गर, र माछावाला ( यूनुस अ.) जस्तो नहोऊ, जब उनले पीडामा ग्रसित अवस्थामा पुकारेका थिए ।
لَّوۡلَآ أَن تَدَٰرَكَهُۥ نِعۡمَةٞ مِّن رَّبِّهِۦ لَنُبِذَ بِٱلۡعَرَآءِ وَهُوَ مَذۡمُومٞ
Open ayah 68:49यदि उनका रबको कृपा उनीमाथि नभएको भए उनी निन्दित भएर बाँझो मैदानमा फ्याँकिने थिए ।
فَٱجۡتَبَٰهُ رَبُّهُۥ فَجَعَلَهُۥ مِنَ ٱلصَّٰلِحِينَ
Open ayah 68:50फेरि उनका रबले उनलाई चयन गरे र सत्कर्मी भक्तहरूमा सम्मिलित गरे ।
وَإِن يَكَادُ ٱلَّذِينَ كَفَرُواْ لَيُزۡلِقُونَكَ بِأَبۡصَٰرِهِمۡ لَمَّا سَمِعُواْ ٱلذِّكۡرَ وَيَقُولُونَ إِنَّهُۥ لَمَجۡنُونٞ
Open ayah 68:51यी जब काफिरहरू उपदेश (कुरआन) सुन्छन् तब यस्तो आँखाले हेर्छन् मानौं तिम्रो पाउ उखेल्नेछन् र भन्छन्– यो अवश्य नै उन्मादी रहेछ ।
وَمَا هُوَ إِلَّا ذِكۡرٞ لِّلۡعَٰلَمِينَ
Open ayah 68:52जबकि यो सम्पूर्ण संसार बासीहरूका लागि एउटा उपदेश हो ।