الحاقة
Al-Haaqqa
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
ٱلۡحَآقَّةُ
Open ayah 69:1अवश्यम्भावी !
مَا ٱلۡحَآقَّةُ
Open ayah 69:2के हो त्यो अवश्यम्भावी ! ?
وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحَآقَّةُ
Open ayah 69:3र, तिमीलाई के थाहा त्यो अवश्यम्भावी के हो ?
كَذَّبَتۡ ثَمُودُ وَعَادُۢ بِٱلۡقَارِعَةِ
Open ayah 69:4समूद र आदले खटखटाउने त्यस आपदालाई झूठो ठहर्याएका थिए ।
فَأَمَّا ثَمُودُ فَأُهۡلِكُواْ بِٱلطَّاغِيَةِ
Open ayah 69:5समूद त एउटा तिक्ष्ण ध्वनिद्वारा नष्ट पारिए ।
وَأَمَّا عَادٞ فَأُهۡلِكُواْ بِرِيحٖ صَرۡصَرٍ عَاتِيَةٖ
Open ayah 69:6र, आदलाई एउटा अति भयङ्कर आँधीबेहरीद्वारा विनाश गरियो ।
سَخَّرَهَا عَلَيۡهِمۡ سَبۡعَ لَيَالٖ وَثَمَٰنِيَةَ أَيَّامٍ حُسُومٗاۖ فَتَرَى ٱلۡقَوۡمَ فِيهَا صَرۡعَىٰ كَأَنَّهُمۡ أَعۡجَازُ نَخۡلٍ خَاوِيَةٖ
Open ayah 69:7अल्लाहले त्यसलाई निरन्तर सात रात आठ दिनसम्म तिनीहरूमाथि स्थापित राखे । तिमीले तिनीहरूलाई यसरी पछारिएको देख्ने थियौ, मानौं तिनीहरू खजूरका कुहिएका रूखहरू हुन् ।
فَهَلۡ تَرَىٰ لَهُم مِّنۢ بَاقِيَةٖ
Open ayah 69:8के अब तिनीहरूको कुनै स्मृतिलाई देख्छौ त ?
وَجَآءَ فِرۡعَوۡنُ وَمَن قَبۡلَهُۥ وَٱلۡمُؤۡتَفِكَٰتُ بِٱلۡخَاطِئَةِ
Open ayah 69:9फिरऔन, त्यस अघिका मानिसहरू र सर्वनाश भएका (नगरबासी) हरूले पनि पाप गरेका थिए ।
فَعَصَوۡاْ رَسُولَ رَبِّهِمۡ فَأَخَذَهُمۡ أَخۡذَةٗ رَّابِيَةً
Open ayah 69:10तिनीहरूले आफ्ना रबका रसूलको अवज्ञा गरे अनि उनले तिनीहरूलाई कडाईकासाथ समाते ।
إِنَّا لَمَّا طَغَا ٱلۡمَآءُ حَمَلۡنَٰكُمۡ فِي ٱلۡجَارِيَةِ
Open ayah 69:11जब पानी बढेर माथि चढ्न पुग्यो तब हामीले तिमीहरूलाई डुङ्गामा सवार गरायौं ...
لِنَجۡعَلَهَا لَكُمۡ تَذۡكِرَةٗ وَتَعِيَهَآ أُذُنٞ وَٰعِيَةٞ
Open ayah 69:12ताकि हामी त्यस घटनालाई तिमीहरूकालागि शिक्षाप्रद स्मृति बनाऔं र सजग रहने कानले त्यसलाई सुरक्षित राखून् ।
فَإِذَا نُفِخَ فِي ٱلصُّورِ نَفۡخَةٞ وَٰحِدَةٞ
Open ayah 69:13फेरि जब नरसिङ्गामा एक चोटी फुकिनेछ ...
وَحُمِلَتِ ٱلۡأَرۡضُ وَٱلۡجِبَالُ فَدُكَّتَا دَكَّةٗ وَٰحِدَةٗ
Open ayah 69:14अनि पृथ्वी एवम् पहाडहरूलाई माथि उठाइनेछ र एकैपटकमा टुक्रा–टुक्रा पारिनेछ ...
فَيَوۡمَئِذٖ وَقَعَتِ ٱلۡوَاقِعَةُ
Open ayah 69:15त्यस दिन त्यो घटना (महाप्रलय) हुनेछ ।
وَٱنشَقَّتِ ٱلسَّمَآءُ فَهِيَ يَوۡمَئِذٖ وَاهِيَةٞ
Open ayah 69:16अनि, आकाश फाट्नेछ र त्यस दिन त्यो अति नै कमजोर हुनेछ ।
وَٱلۡمَلَكُ عَلَىٰٓ أَرۡجَآئِهَاۚ وَيَحۡمِلُ عَرۡشَ رَبِّكَ فَوۡقَهُمۡ يَوۡمَئِذٖ ثَمَٰنِيَةٞ
Open ayah 69:17फरिश्ताहरू त्यसको किनारामा हुनेछन् र आठवटा फरिश्ताले तिम्रा रबको सिंहासनलाई आफूमाथि उठाएका हुनेछन् ।
يَوۡمَئِذٖ تُعۡرَضُونَ لَا تَخۡفَىٰ مِنكُمۡ خَافِيَةٞ
Open ayah 69:18त्यस दिन तिमीहरू पेश गरिनेछौ । तिमीहरूको कुनै पनि रहस्य गुप्त रहने छैन ।
فَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِيَمِينِهِۦ فَيَقُولُ هَآؤُمُ ٱقۡرَءُواْ كِتَٰبِيَهۡ
Open ayah 69:19अनि जसलाई दाहिने हातमा कर्मपत्र दिइनेछ, उसले भन्नेछ– “लौ हेर, पढ मेरो कर्मपत्र ।
إِنِّي ظَنَنتُ أَنِّي مُلَٰقٍ حِسَابِيَهۡ
Open ayah 69:20म मेरो हिसाब अवश्य पाउनेछु भन्ने मलाई पूर्ण विश्वास थियो ।
فَهُوَ فِي عِيشَةٖ رَّاضِيَةٖ
Open ayah 69:21अतः, ऊ अति नै ऐश–आराममा हुनेछ ।
فِي جَنَّةٍ عَالِيَةٖ
Open ayah 69:22उच्च स्वर्गमा ...
قُطُوفُهَا دَانِيَةٞ
Open ayah 69:23जसका फलहरूका झुप्पाहरु नजिकै हुनेछन् ।
كُلُواْ وَٱشۡرَبُواْ هَنِيٓـَٔۢا بِمَآ أَسۡلَفۡتُمۡ فِي ٱلۡأَيَّامِ ٱلۡخَالِيَةِ
Open ayah 69:24मज्जाले खानपीन गर आफ्ना ती कर्महरूको प्रतिदानस्वरूप जुन तिमीहरूले बिगतका दिनहरूमा अगाडि पठाइसकेका थियौ ।
وَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِشِمَالِهِۦ فَيَقُولُ يَٰلَيۡتَنِي لَمۡ أُوتَ كِتَٰبِيَهۡ
Open ayah 69:25र, जसको कर्मपत्र त्यसको देब्रे हातमा दिइनेछ त्यसले भन्नेछ– “हाय ! मेरो कर्मपत्र मेरो हातमा नदिइएको भए ...
وَلَمۡ أَدۡرِ مَا حِسَابِيَهۡ
Open ayah 69:26र मैले के हो मेरो हिसाब, नजानेको भए !
يَٰلَيۡتَهَا كَانَتِ ٱلۡقَاضِيَةَ
Open ayah 69:27हाय ! मेरो त्यही मृत्यु नै (मलाई) खतम पारेको भए !
مَآ أَغۡنَىٰ عَنِّي مَالِيَهۡۜ
Open ayah 69:28मेरो धनले मलाई कुनै काम दिएन !
هَلَكَ عَنِّي سُلۡطَٰنِيَهۡ
Open ayah 69:29मबाट मेरो सत्ता पनि बर्बाद भयो ।”
خُذُوهُ فَغُلُّوهُ
Open ayah 69:30समात यसलाई र यसको गर्धनमा नेल लगाइदेऊ ।
ثُمَّ ٱلۡجَحِيمَ صَلُّوهُ
Open ayah 69:31अनि उसलाई नरकमा होमिदेऊ ।
ثُمَّ فِي سِلۡسِلَةٖ ذَرۡعُهَا سَبۡعُونَ ذِرَاعٗا فَٱسۡلُكُوهُ
Open ayah 69:32अनि सत्तरी हात लामो जञ्जीरमा जकडिदेऊ ।
إِنَّهُۥ كَانَ لَا يُؤۡمِنُ بِٱللَّهِ ٱلۡعَظِيمِ
Open ayah 69:33निश्चय नै ऊ महान् अल्लाहमाथि आस्था राख्दैनथ्यो ...
وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ
Open ayah 69:34र गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दैनथ्यो ।
فَلَيۡسَ لَهُ ٱلۡيَوۡمَ هَٰهُنَا حَمِيمٞ
Open ayah 69:35त्यसैले आज यहाँ यसको कोही दया गर्ने मित्र छैन ...
وَلَا طَعَامٌ إِلَّا مِنۡ غِسۡلِينٖ
Open ayah 69:36र न पीपबाहेक कुनै खाना नै ...
لَّا يَأۡكُلُهُۥٓ إِلَّا ٱلۡخَٰطِـُٔونَ
Open ayah 69:37जुन अपराधीहरूबाहेक कोही खाँदैन ।
فَلَآ أُقۡسِمُ بِمَا تُبۡصِرُونَ
Open ayah 69:38होइन, म कसम खान्छु ती चिजहरूको जुन तिमीहरू देख्छौ ...
وَمَا لَا تُبۡصِرُونَ
Open ayah 69:39र ती चिजहरूको पनि जुन तिमीहरू देख्दैनौ ।
إِنَّهُۥ لَقَوۡلُ رَسُولٖ كَرِيمٖ
Open ayah 69:40निश्चय नै यो एक प्रतिष्ठित रसूलको कथन हो ।
وَمَا هُوَ بِقَوۡلِ شَاعِرٖۚ قَلِيلٗا مَّا تُؤۡمِنُونَ
Open ayah 69:41कुनै कविको कथन होइन । तिमीहरू कमै ईमान ल्याउँछौ ।
وَلَا بِقَوۡلِ كَاهِنٖۚ قَلِيلٗا مَّا تَذَكَّرُونَ
Open ayah 69:42र, न यो कुनै भविष्यवेत्ताको कथन हो । तिमीहरू कमै विचार गर्छौ ।
تَنزِيلٞ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 69:43यो त सम्पूर्ण जगत्का रबको तर्फबाट अवतरण भएको छ ।
وَلَوۡ تَقَوَّلَ عَلَيۡنَا بَعۡضَ ٱلۡأَقَاوِيلِ
Open ayah 69:44र, यदि रसूलले स्वयं रचेर कुनै कुरा ल्याएको भए ..
لَأَخَذۡنَا مِنۡهُ بِٱلۡيَمِينِ
Open ayah 69:45हामी त्यसको दाहिने हात समात्ने थियौं ...
ثُمَّ لَقَطَعۡنَا مِنۡهُ ٱلۡوَتِينَ
Open ayah 69:46र उनको मुटुको नसा (महाधमनी) नै काट्ने थियौं ।
فَمَا مِنكُم مِّنۡ أَحَدٍ عَنۡهُ حَٰجِزِينَ
Open ayah 69:47अनि तिमीहरूमध्ये कसैले पनि मलाई यस कार्यबाट रोक्न सक्ने थिएन ।
وَإِنَّهُۥ لَتَذۡكِرَةٞ لِّلۡمُتَّقِينَ
Open ayah 69:48र वास्तवमा यो ईशभय राख्नेहरूका लागि एउटा उपदेश हो ।
وَإِنَّا لَنَعۡلَمُ أَنَّ مِنكُم مُّكَذِّبِينَ
Open ayah 69:49र, तिमीहरूमध्ये केही व्यक्तिहरू झुठो ठहर्याउने हुन् भन्ने कुरा हामी राम्ररी जान्दछौं ।
وَإِنَّهُۥ لَحَسۡرَةٌ عَلَى ٱلۡكَٰفِرِينَ
Open ayah 69:50र यो इन्कार गर्नेहरूकालागि अवश्य नै पश्चाताप हो ।
وَإِنَّهُۥ لَحَقُّ ٱلۡيَقِينِ
Open ayah 69:51र, यो अति विश्वासनीय सत्य हो ।
فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ
Open ayah 69:52अतः, (हे नबी स.!) आफ्ना महान् रबको नामको पवित्रता वर्णन गर्ने गर ।