المعارج

Al-Ma'aarij

The Ascending Stairways · Surah 70 · Ayahs: 44 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. سَأَلَ سَآئِلُۢ بِعَذَابٖ وَاقِعٖ

    Open ayah 70:1

    एक माग्नेले निश्चित आउने प्रकोप माग्यो ...

  2. لِّلۡكَٰفِرِينَ لَيۡسَ لَهُۥ دَافِعٞ

    Open ayah 70:2

    जुन काफिरहरूकालागि हो । यसलाई कसैले टार्न सक्ने छैन ...

  3. مِّنَ ٱللَّهِ ذِي ٱلۡمَعَارِجِ

    Open ayah 70:3

    जुन त्यस अल्लाहको तर्फबाट रहेको छ जो भर्याङ्गहरूका मालिक हुन् ।

  4. تَعۡرُجُ ٱلۡمَلَٰٓئِكَةُ وَٱلرُّوحُ إِلَيۡهِ فِي يَوۡمٖ كَانَ مِقۡدَارُهُۥ خَمۡسِينَ أَلۡفَ سَنَةٖ

    Open ayah 70:4

    फरिश्ताहरू तथा रूह (जिब्रईल) उनीकहाँ चढेर जान्छन् एउटा यस्तो दिनमा जसको माप पचास हजार वर्ष रहेको छ ।

  5. فَٱصۡبِرۡ صَبۡرٗا جَمِيلًا

    Open ayah 70:5

    अतः हे नबी स.! धैर्य गर उत्तम धैर्य ।

  6. إِنَّهُمۡ يَرَوۡنَهُۥ بَعِيدٗا

    Open ayah 70:6

    यिनीहरू त्यसलाई टाढा ठान्छन् ...

  7. وَنَرَىٰهُ قَرِيبٗا

    Open ayah 70:7

    जबकि हामी त्यसलाई नजिक देख्दछौं ।

  8. يَوۡمَ تَكُونُ ٱلسَّمَآءُ كَٱلۡمُهۡلِ

    Open ayah 70:8

    त्यस दिन आकाश पग्लेको धातुझैं हुनेछ ।

  9. وَتَكُونُ ٱلۡجِبَالُ كَٱلۡعِهۡنِ

    Open ayah 70:9

    र, पहाडहरू बिभिन्न रँगको ऊन समान हुनेछन् ।

  10. وَلَا يَسۡـَٔلُ حَمِيمٌ حَمِيمٗا 

    Open ayah 70:10

    र, कुनै पनि मित्रले कुनै मित्रलाई सोध्ने छैन ...

  11. يُبَصَّرُونَهُمۡۚ يَوَدُّ ٱلۡمُجۡرِمُ لَوۡ يَفۡتَدِي مِنۡ عَذَابِ يَوۡمِئِذِۭ بِبَنِيهِ

    Open ayah 70:11

    जबकि तिनीहरू एक अर्कालाई देखाइनेछन् । अपराधीले त्यसदिनको यातनाबाट बच्नलाई आफ्नो सन्तान दिन चाहनेछ;

  12. وَصَٰحِبَتِهِۦ وَأَخِيهِ

    Open ayah 70:12

    आफ्नी पत्नीलाई; आफ्नो दाजुभाइलाई;

  13. وَفَصِيلَتِهِ ٱلَّتِي تُـٔۡوِيهِ

    Open ayah 70:13

    र आफ्नो खान्दानलाई जो उसलाई आश्रय दिन्छ ।

  14. وَمَن فِي ٱلۡأَرۡضِ جَمِيعٗا ثُمَّ يُنجِيهِ

    Open ayah 70:14

    र सबै धर्तीबासीलाई पनि, अनि यस (मुक्ति प्रतिदान) ले उसलाई मुक्ति प्रदान गरोस् ।

  15. كَلَّآۖ إِنَّهَا لَظَىٰ

    Open ayah 70:15

    कदापि होइन; त्यो आगोको ज्वाला हो ...

  16. نَزَّاعَةٗ لِّلشَّوَىٰ

    Open ayah 70:16

    जसले मासु र त्वचालाई काढ्नेछ ।

  17. تَدۡعُواْ مَنۡ أَدۡبَرَ وَتَوَلَّىٰ

    Open ayah 70:17

    प्रत्येक यस्तो व्यक्तिलाई आफूतिर बोलाउनेछ जसले पिठ्यूँ फर्कायो र विमुख भयो ...

  18. وَجَمَعَ فَأَوۡعَىٰٓ

    Open ayah 70:18

    धन–सम्पत्ति जम्मा गर्यो र गनेर राख्यो ।

  19. ۞إِنَّ ٱلۡإِنسَٰنَ خُلِقَ هَلُوعًا

    Open ayah 70:19

    निस्सन्देह मानव अधीर सृष्टि गरिएको छ ।

  20. إِذَا مَسَّهُ ٱلشَّرُّ جَزُوعٗا 

    Open ayah 70:20

    उसमाथि सङ्कट आउँदा बिचलित हुन थाल्छ ।

  21. وَإِذَا مَسَّهُ ٱلۡخَيۡرُ مَنُوعًا

    Open ayah 70:21

    र, सुख सम्पन्नता प्राप्त हुँदा कन्जुस्याईं गर्न थाल्छ ...

  22. إِلَّا ٱلۡمُصَلِّينَ

    Open ayah 70:22

    सिवाय यस्ता नमाजीहरूको ,

  23. ٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَاتِهِمۡ دَآئِمُونَ

    Open ayah 70:23

    जो नियमित नमाज पढछन्

  24. وَٱلَّذِينَ فِيٓ أَمۡوَٰلِهِمۡ حَقّٞ مَّعۡلُومٞ

    Open ayah 70:24

    र जसका धन–सम्पत्तिमा निश्चित हक हुन्छ

  25. لِّلسَّآئِلِ وَٱلۡمَحۡرُومِ

    Open ayah 70:25

    मगन्ते र वञ्चित व्यक्तिहरूकालागि

  26. وَٱلَّذِينَ يُصَدِّقُونَ بِيَوۡمِ ٱلدِّينِ

    Open ayah 70:26

    र जो बदला दिइने दिनलाई सत्य मान्छन्

  27. وَٱلَّذِينَ هُم مِّنۡ عَذَابِ رَبِّهِم مُّشۡفِقُونَ

    Open ayah 70:27

    जो आफ्ना रबका यातनासित डराउँछन्

  28. إِنَّ عَذَابَ رَبِّهِمۡ غَيۡرُ مَأۡمُونٖ

    Open ayah 70:28

    वास्तवमा तिनीहरूका रबको यातना निश्चिन्त रहने चिज होइन ।

  29. وَٱلَّذِينَ هُمۡ لِفُرُوجِهِمۡ حَٰفِظُونَ

    Open ayah 70:29

    र जसले आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्छन

  30. إِلَّا عَلَىٰٓ أَزۡوَٰجِهِمۡ أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ فَإِنَّهُمۡ غَيۡرُ مَلُومِينَ 

    Open ayah 70:30

    सिवाय आफ्नी पत्नी वा दासीसित, (यिनीहरूबारे) उनीहरू निर्दोष छन् ।

  31. فَمَنِ ٱبۡتَغَىٰ وَرَآءَ ذَٰلِكَ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡعَادُونَ

    Open ayah 70:31

    अँ जसले यसबाहेक अरू कसैको चाहना गर्छन् उनीहरू नै सीमा उल्लङ्घनकारी हुन् ।

  32. وَٱلَّذِينَ هُمۡ لِأَمَٰنَٰتِهِمۡ وَعَهۡدِهِمۡ رَٰعُونَ

    Open ayah 70:32

    जो आफ्ना नासोहरूको रक्षा गर्छन् र आफ्नो वचनको ध्यान राख्छन् ।

  33. وَٱلَّذِينَ هُم بِشَهَٰدَٰتِهِمۡ قَآئِمُونَ

    Open ayah 70:33

    र आफ्नो गवाहीमा अडिग रहन्छन् ।

  34. وَٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَاتِهِمۡ يُحَافِظُونَ

    Open ayah 70:34

    र जो आफ्नो नमाजको रक्षा गर्छन् ।

  35. أُوْلَٰٓئِكَ فِي جَنَّٰتٖ مُّكۡرَمُونَ

    Open ayah 70:35

    उनीहरू स्वर्गमा सम्मानपूर्वक रहनेछन् ।

  36. فَمَالِ ٱلَّذِينَ كَفَرُواْ قِبَلَكَ مُهۡطِعِينَ

    Open ayah 70:36

    अतः (हे नबी !) यी काफिरहरू के भयो कि तिमीतिर किन दौड्दै आउँदैछन्

  37. عَنِ ٱلۡيَمِينِ وَعَنِ ٱلشِّمَالِ عِزِينَ

    Open ayah 70:37

    हुलका हुल दाहिने एवं देब्रेतिरबाट ?

  38. أَيَطۡمَعُ كُلُّ ٱمۡرِيٕٖ مِّنۡهُمۡ أَن يُدۡخَلَ جَنَّةَ نَعِيمٖ

    Open ayah 70:38

    के यिनीहरूमध्ये प्रत्येकले उसलाई वैभवपूर्ण बगैंचाहरूमा प्रवेश गराइने लोभ गर्छ ?

  39. كَلَّآۖ إِنَّا خَلَقۡنَٰهُم مِّمَّا يَعۡلَمُونَ

    Open ayah 70:39

    कदापि होइन, हामीले जुन तत्वबाट तिनीहरूलाई सृष्टि गरेका छौं त्यो तिनीहरू राम्ररी जान्दछन् ।

  40. فَلَآ أُقۡسِمُ بِرَبِّ ٱلۡمَشَٰرِقِ وَٱلۡمَغَٰرِبِ إِنَّا لَقَٰدِرُونَ 

    Open ayah 70:40

    अतः होइन, म कसम खान्छु पूर्वहरू एवं पश्चिमहरूका रबको ! हामीलाई यसको सामर्थ्य प्राप्त छ

  41. عَلَىٰٓ أَن نُّبَدِّلَ خَيۡرٗا مِّنۡهُمۡ وَمَا نَحۡنُ بِمَسۡبُوقِينَ

    Open ayah 70:41

    कि यिनीहरूको स्थानमा यिनीहरूभन्दा उत्तम मानिसहरूलाई ल्याऔं र हामी (यसो गर्नुमा) विवश छैनौं ।

  42. فَذَرۡهُمۡ يَخُوضُواْ وَيَلۡعَبُواْ حَتَّىٰ يُلَٰقُواْ يَوۡمَهُمُ ٱلَّذِي يُوعَدُونَ

    Open ayah 70:42

    अतः (हे नबी स.!) यिनीहरूलाई छोडिदेऊ कि यिनीहरू कुराकानीमा मग्न रहुन् र खेलठट्टा गरून् यहाँसम्म कि यिनीहरू त्यस दिनलाई भेट्नेछन् जसको यिनीहरूसित वाचा गरिन्छ ।

  43. يَوۡمَ يَخۡرُجُونَ مِنَ ٱلۡأَجۡدَاثِ سِرَاعٗا كَأَنَّهُمۡ إِلَىٰ نُصُبٖ يُوفِضُونَ

    Open ayah 70:43

    त्यसदिन यिनीहरू चिहानबाट आफ्नो निशानतिर तेज गतिमा भाग्नेछन् ।

  44. خَٰشِعَةً أَبۡصَٰرُهُمۡ تَرۡهَقُهُمۡ ذِلَّةٞۚ ذَٰلِكَ ٱلۡيَوۡمُ ٱلَّذِي كَانُواْ يُوعَدُونَ

    Open ayah 70:44

    यिनीहरूको आँखा झुकिरहनेछ, यिनीहरू अपमानमा डुब्नेछन् । यो त्यही दिन हो जसको वाचा यिनीहरूसित गरिन्थ्यो ।