نوح
Nooh
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِنَّآ أَرۡسَلۡنَا نُوحًا إِلَىٰ قَوۡمِهِۦٓ أَنۡ أَنذِرۡ قَوۡمَكَ مِن قَبۡلِ أَن يَأۡتِيَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 71:1निस्सन्देह हामीले नूहलाई उनको समुदायतर्फ पठायौं यो आदेशकासाथ कि "आफ्नो समुदायलाई डर देखाउ उनीहरुसम्म पीडादायी यातना आउनुअघि नै ।”
قَالَ يَٰقَوۡمِ إِنِّي لَكُمۡ نَذِيرٞ مُّبِينٌ
Open ayah 71:2उनले भने– “हे मेरा जातिबन्धु हो ! म तिमीहरूकालागि खुल्लमखुल्ला सचेतक हुँ ।”
أَنِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱتَّقُوهُ وَأَطِيعُونِ
Open ayah 71:3(यो कुराबारेमा कि) अल्लाहको उपासना गर र उनको भयराख अनि मेरो आज्ञा पालन गर ।
يَغۡفِرۡ لَكُم مِّن ذُنُوبِكُمۡ وَيُؤَخِّرۡكُمۡ إِلَىٰٓ أَجَلٖ مُّسَمًّىۚ إِنَّ أَجَلَ ٱللَّهِ إِذَا جَآءَ لَا يُؤَخَّرُۚ لَوۡ كُنتُمۡ تَعۡلَمُونَ
Open ayah 71:4अल्लाहले तिमीहरूका पापहरूलाई क्षमा गर्नेछन् र तिमीहरूलाई एउटा निश्चित समयसम्म अवसर प्रदान गर्नेछन् । निश्चय नै जब अल्लाहले निर्धारित गरेको समय आइपुग्छ तब त्यो टारिने छैन । (कति बेस हुन्थ्यो !) तिमीहरूलाई यसको ज्ञान भएको भए !
قَالَ رَبِّ إِنِّي دَعَوۡتُ قَوۡمِي لَيۡلٗا وَنَهَارٗا
Open ayah 71:5उनले भने, “हे मेरा रब ! मैले आफ्ना जातिबन्धुहरूलाई रातदिन पुकारें ।
فَلَمۡ يَزِدۡهُمۡ دُعَآءِيٓ إِلَّا فِرَارٗا
Open ayah 71:6तर मेरो आह्वानले तिनीहरूको फरारमा नै अभिवृद्धि गर्यो ।
وَإِنِّي كُلَّمَا دَعَوۡتُهُمۡ لِتَغۡفِرَ لَهُمۡ جَعَلُوٓاْ أَصَٰبِعَهُمۡ فِيٓ ءَاذَانِهِمۡ وَٱسۡتَغۡشَوۡاْ ثِيَابَهُمۡ وَأَصَرُّواْ وَٱسۡتَكۡبَرُواْ ٱسۡتِكۡبَارٗا
Open ayah 71:7र, मैले जब जब तिनीहरूलाई बोलाएँ ताकि तिमी तिनीहरूलाई क्षमा गर, तब तब तिनीहरूले कानमा औँला घुसारे अनि आफ्ना लुगाले (अनुहार) ढाके, हठ गरे र ज्यादै घमण्ड गरे ।
ثُمَّ إِنِّي دَعَوۡتُهُمۡ جِهَارٗا
Open ayah 71:8फेरि पनि मैले तिनीहरूलाई ठूलो स्वरमा बोलाएँ ।
ثُمَّ إِنِّيٓ أَعۡلَنتُ لَهُمۡ وَأَسۡرَرۡتُ لَهُمۡ إِسۡرَارٗا
Open ayah 71:9अनि मैले खुल्ला र गोप्यरूपमा पनि बोलाएँ ।
فَقُلۡتُ ٱسۡتَغۡفِرُواْ رَبَّكُمۡ إِنَّهُۥ كَانَ غَفَّارٗا
Open ayah 71:10अनि मैले भने– “आफ्ना रबसित क्षमायाचना गर । निस्सन्देह उनी अत्यन्त क्षमाशील छन् ।
يُرۡسِلِ ٱلسَّمَآءَ عَلَيۡكُم مِّدۡرَارٗا
Open ayah 71:11उनी तिमीहरूमाथि आकाशबाट खुबै पानी बर्साउनेछन् ।
وَيُمۡدِدۡكُم بِأَمۡوَٰلٖ وَبَنِينَ وَيَجۡعَل لَّكُمۡ جَنَّٰتٖ وَيَجۡعَل لَّكُمۡ أَنۡهَٰرٗا
Open ayah 71:12तिमीहरूलाई धन–सम्पत्ति तथा सन्तानलाई बढाउनेछन् । तिमीहरूकालागि बगैँचाहरू सृष्टि गर्नेछन् र तिमीहरूकालागि नदीहरू बगाउनेछन् ।
مَّا لَكُمۡ لَا تَرۡجُونَ لِلَّهِ وَقَارٗا
Open ayah 71:13तिमीहरूलाई के भएको छ कि तिमीहरू अल्लाहको गौरव स्वीकार्दैनौ ।
وَقَدۡ خَلَقَكُمۡ أَطۡوَارًا
Open ayah 71:14जबकि उनले तिमीहरूलाई विभिन्न अवस्थामा सृष्टि गरे ।
أَلَمۡ تَرَوۡاْ كَيۡفَ خَلَقَ ٱللَّهُ سَبۡعَ سَمَٰوَٰتٖ طِبَاقٗا
Open ayah 71:15के तिमीहरूले देखेनौ अल्लाहले कसरी तलमाथि सातवटा आकाशहरू बनाएका छन् ?
وَجَعَلَ ٱلۡقَمَرَ فِيهِنَّ نُورٗا وَجَعَلَ ٱلشَّمۡسَ سِرَاجٗا
Open ayah 71:16र, तिनमा चन्द्रमालाई उज्यालो एवं सूर्यलाई दीप बनाए ।
وَٱللَّهُ أَنۢبَتَكُم مِّنَ ٱلۡأَرۡضِ نَبَاتٗا
Open ayah 71:17र, अल्लाहले तिमीहरूलाई धर्तीबाट विशिष्ट प्रकारले विकसित गरे ।
ثُمَّ يُعِيدُكُمۡ فِيهَا وَيُخۡرِجُكُمۡ إِخۡرَاجٗا
Open ayah 71:18फेरि उनले तिमीहरू लाई यसै धर्तीमा फिर्ता लैजानेछन्, र फेरि तिमीहरूलाई यसबाट निकाल्नेछन् ।
وَٱللَّهُ جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ بِسَاطٗا
Open ayah 71:19र, अल्लाहले तिमीहरूकालागि धर्तीलाई विस्तार गरेकाछन्
لِّتَسۡلُكُواْ مِنۡهَا سُبُلٗا فِجَاجٗا
Open ayah 71:20ताकि तिमीहरू त्यसको खुल्ला बाटोमा हिंडडुल गर ।
قَالَ نُوحٞ رَّبِّ إِنَّهُمۡ عَصَوۡنِي وَٱتَّبَعُواْ مَن لَّمۡ يَزِدۡهُ مَالُهُۥ وَوَلَدُهُۥٓ إِلَّا خَسَارٗا
Open ayah 71:21नूहले भने– “हे मेरा रब ! तिनीहरूले मेरो अवज्ञा गरे र यस्ता व्यक्तिहरूको अनुसरण गरे जसको धन तथा सन्तानले तिनीहरूको नोक्सानीमै अभिवृद्धि गरे ।
وَمَكَرُواْ مَكۡرٗا كُبَّارٗا
Open ayah 71:22र तिनीहरूले अति नै ठूलो षड्यन्त्र रचे ।
وَقَالُواْ لَا تَذَرُنَّ ءَالِهَتَكُمۡ وَلَا تَذَرُنَّ وَدّٗا وَلَا سُوَاعٗا وَلَا يَغُوثَ وَيَعُوقَ وَنَسۡرٗا
Open ayah 71:23र, भने– “कदापि नछोड आफ्ना पूज्यहरूलाई र नछोड वद्द तथा सुवाअ्लाई न यगूस, यऊक र नस्रलाई ।
وَقَدۡ أَضَلُّواْ كَثِيرٗاۖ وَلَا تَزِدِ ٱلظَّٰلِمِينَ إِلَّا ضَلَٰلٗا
Open ayah 71:24तिनीहरूले धेरै मानिसहरूलाई पथभ्रष्ट गरेका छन् र (हे अल्लाह !) तिमी पनि यी अत्याचारीहरूलाई पथभ्रष्टताबाहेक कुनै कुरामा अभिवृद्धि नगर ।
مِّمَّا خَطِيٓـَٰٔتِهِمۡ أُغۡرِقُواْ فَأُدۡخِلُواْ نَارٗا فَلَمۡ يَجِدُواْ لَهُم مِّن دُونِ ٱللَّهِ أَنصَارٗا
Open ayah 71:25आफ्ना गल्तीहरूले गर्दा नै तिनीहरू डुबाइए र आगोमा होमिए अनि तिनीहरूले आफूलाई अल्लाहबाट बचाउने कुनै सहायक पाएनन् ।
وَقَالَ نُوحٞ رَّبِّ لَا تَذَرۡ عَلَى ٱلۡأَرۡضِ مِنَ ٱلۡكَٰفِرِينَ دَيَّارًا
Open ayah 71:26र, नूहले भने– “हे मेरा रब ! धर्तीमा बसोबास गर्ने यी काफिरहरूमध्ये कसैलाई नछोड ।
إِنَّكَ إِن تَذَرۡهُمۡ يُضِلُّواْ عِبَادَكَ وَلَا يَلِدُوٓاْ إِلَّا فَاجِرٗا كَفَّارٗا
Open ayah 71:27तिमीले तिनीहरूलाई छाड्यौ भने तिनीहरूले तिम्रा भक्तहरूलाई पथभ्रष्ट पार्नेछन् र तिनीहरूको वंशबाट जसले जन्म लिनेहरु दुराचारी तथा अति कृतघ्न नै हुन्छन् ।
رَّبِّ ٱغۡفِرۡ لِي وَلِوَٰلِدَيَّ وَلِمَن دَخَلَ بَيۡتِيَ مُؤۡمِنٗا وَلِلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِۖ وَلَا تَزِدِ ٱلظَّٰلِمِينَ إِلَّا تَبَارَۢا
Open ayah 71:28हे मेरा रब ! मलाई, मेरा मातापितालाई र मेरो घरमा आस्थावानको हैसियतमा प्रवेश गरेका हरेक व्यक्तिलाई अनि सबै मोमिन पुरुष तथा महिलाहरूलाई क्षमा गर । र, अत्याचारीहरूकालागि बरबादीबाहेक कुनै कुरामा अभिवृद्धि नगर ।