الجن

Al-Jinn

The Jinn · Surah 72 · Ayahs: 28 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. قُلۡ أُوحِيَ إِلَيَّ أَنَّهُ ٱسۡتَمَعَ نَفَرٞ مِّنَ ٱلۡجِنِّ فَقَالُوٓاْ إِنَّا سَمِعۡنَا قُرۡءَانًا عَجَبٗا

    Open ayah 72:1

    (हे नबी स.!) भनिदेऊ मतिर वह्य (प्रकाशना) गरिएको छ कि जिन्नको एउटा टोलीले ध्यानपूर्वक (कुरआन) सुन्यो र भन्यो– “हामीले आश्चर्यजनक कुरआन सुनेका छौं ।

  2. يَهۡدِيٓ إِلَى ٱلرُّشۡدِ فَـَٔامَنَّا بِهِۦۖ وَلَن نُّشۡرِكَ بِرَبِّنَآ أَحَدٗا

    Open ayah 72:2

    जसले सीधामार्गतर्फ मार्गदर्शन गर्छ । त्यसैले हामीले त्यसमाथि ईमान ल्याएका छौं । र, हामी कदापि आफ्ना रबसँग कसैलाई साझेदार बनाउदैनौं ।

  3. وَأَنَّهُۥ تَعَٰلَىٰ جَدُّ رَبِّنَا مَا ٱتَّخَذَ صَٰحِبَةٗ وَلَا وَلَدٗا

    Open ayah 72:3

    र, यो कि निस्सन्देह हाम्रा रबको शान अति उच्च छ । उनले कसैलाई पनि पत्नी र सन्तान बनाएका छैनन् ।

  4. وَأَنَّهُۥ كَانَ يَقُولُ سَفِيهُنَا عَلَى ٱللَّهِ شَطَطٗا

    Open ayah 72:4

    र, यो कि हाम्रा मूर्खहरूले अल्लाहको सम्बन्धमा अति मिथ्या कुराहरू गर्ने गर्थे ।

  5. وَأَنَّا ظَنَنَّآ أَن لَّن تَقُولَ ٱلۡإِنسُ وَٱلۡجِنُّ عَلَى ٱللَّهِ كَذِبٗا

    Open ayah 72:5

    र, यो कि हामीले यो ठानेका थियौं कि मनुष्य एवं जिन्न अल्लाहको विषयमा कहिल्यै झूठ बोल्दैनन् ।

  6. وَأَنَّهُۥ كَانَ رِجَالٞ مِّنَ ٱلۡإِنسِ يَعُوذُونَ بِرِجَالٖ مِّنَ ٱلۡجِنِّ فَزَادُوهُمۡ رَهَقٗا

    Open ayah 72:6

    र, यो कि मनुष्यमध्ये केही व्यक्ति जिन्नमध्येका केही व्यक्तिकहाँ शरण चाहन्थे जसले गर्दा जिन्नहरू आफ्नो उद्दण्डतामा अझ बढे ।

  7. وَأَنَّهُمۡ ظَنُّواْ كَمَا ظَنَنتُمۡ أَن لَّن يَبۡعَثَ ٱللَّهُ أَحَدٗا

    Open ayah 72:7

    र, यो कि मनुष्यहरूको पनि त्यही सोच थियो जुन तिमीहरूले गर्थ्यौ कि अल्लाहले कसैलाई पूनर्जीवित गर्ने छैनन् ।

  8. وَأَنَّا لَمَسۡنَا ٱلسَّمَآءَ فَوَجَدۡنَٰهَا مُلِئَتۡ حَرَسٗا شَدِيدٗا وَشُهُبٗا

    Open ayah 72:8

    र, यो कि हामीले आकाशलाई छामछुम गर्दा त्यसलाई कडा निरीक्षकहरू तथा उल्काहरूले भरिपूर्ण पायौं ।

  9. وَأَنَّا كُنَّا نَقۡعُدُ مِنۡهَا مَقَٰعِدَ لِلسَّمۡعِۖ فَمَن يَسۡتَمِعِ ٱلۡأٓنَ يَجِدۡ لَهُۥ شِهَابٗا رَّصَدٗا

    Open ayah 72:9

    र, यो कि यसअघि हामी (अल्लाहको) कुरा सुन्न आकाशमा विभिन्न ठाउँमा बस्ने गर्थ्यौँ । अब जसले कान थाप्छ उसले एउटा उल्कालाई आफ्नो ताकमा पाउँछ ।

  10. وَأَنَّا لَا نَدۡرِيٓ أَشَرٌّ أُرِيدَ بِمَن فِي ٱلۡأَرۡضِ أَمۡ أَرَادَ بِهِمۡ رَبُّهُمۡ رَشَدٗا 

    Open ayah 72:10

    र, यो कि हाम्रो सुझबुझमा यो कुरा आइरहेको छैन कि धर्तीबासीप्रति नराम्रो गरिने नियत गरिएको छ वा कि उनका रबले उनीहरूको लागि भलाईको चाहना गरेका छन् ।

  11. وَأَنَّا مِنَّا ٱلصَّٰلِحُونَ وَمِنَّا دُونَ ذَٰلِكَۖ كُنَّا طَرَآئِقَ قِدَدٗا

    Open ayah 72:11

    र, यो कि हामीमध्ये केही सत्कर्मी छौं भने केही यसको विपरीत पनि । हामीहरू बेग्लाबेग्लै बाटोमा छौं ।

  12. وَأَنَّا ظَنَنَّآ أَن لَّن نُّعۡجِزَ ٱللَّهَ فِي ٱلۡأَرۡضِ وَلَن نُّعۡجِزَهُۥ هَرَبٗا

    Open ayah 72:12

    र, यो कि अब हामीले अल्लाहलाई न विवश पार्न सक्छौं न भागेर उनलाई बाध्य पार्न सक्छौं भन्ने कुराको हामीलाई विश्वास भइसकेको छ ।

  13. وَأَنَّا لَمَّا سَمِعۡنَا ٱلۡهُدَىٰٓ ءَامَنَّا بِهِۦۖ فَمَن يُؤۡمِنۢ بِرَبِّهِۦ فَلَا يَخَافُ بَخۡسٗا وَلَا رَهَقٗا

    Open ayah 72:13

    र, यो कि हामीले मार्गदर्शनको कुरा सुन्ने बित्तिकै त्यसमाथि ईमान ल्यायौं । अब जसले आफ्ना रबमाथि ईमान ल्याउनेछ उसलाई कुनै किसिमको हक मारिने वा अत्याचार गरिने डर हुने छैन ।

  14. وَأَنَّا مِنَّا ٱلۡمُسۡلِمُونَ وَمِنَّا ٱلۡقَٰسِطُونَۖ فَمَنۡ أَسۡلَمَ فَأُوْلَٰٓئِكَ تَحَرَّوۡاْ رَشَدٗا

    Open ayah 72:14

    र, यो कि हामीमध्ये केही मुस्लिम छौं भने केही सत्यबाट विचलित छौं । अनि जसले इस्लाम ग्रहण गरे उनीहरूले मुक्तिको मार्ग रोजे ।

  15. وَأَمَّا ٱلۡقَٰسِطُونَ فَكَانُواْ لِجَهَنَّمَ حَطَبٗا

    Open ayah 72:15

    र, जो सत्यबाट हटे तिनीहरू नरकको इन्धन बन्न पुगे ।”

  16. وَأَلَّوِ ٱسۡتَقَٰمُواْ عَلَى ٱلطَّرِيقَةِ لَأَسۡقَيۡنَٰهُم مَّآءً غَدَقٗا

    Open ayah 72:16

    र, यो कि (हे मुहम्मद स.!) मानिसहरू यदि सीधामार्गमा रहेका भए हामी उनीहरूलाई खुबै सिंचित गर्ने थियौं ।

  17. لِّنَفۡتِنَهُمۡ فِيهِۚ وَمَن يُعۡرِضۡ عَن ذِكۡرِ رَبِّهِۦ يَسۡلُكۡهُ عَذَابٗا صَعَدٗا

    Open ayah 72:17

    ताकि यस वरदानद्वारा उनीहरूको जाँच गरौँ । र जो आफ्ना रबको स्मरणबाट विमुख हुन्छन् तिनीहरुका रबले तिनीहरूलाई चढ्दो यातनामा प्रविष्ट गर्नेछन् ।

  18. وَأَنَّ ٱلۡمَسَٰجِدَ لِلَّهِ فَلَا تَدۡعُواْ مَعَ ٱللَّهِ أَحَدٗا

    Open ayah 72:18

    र, यो कि मस्जिदहरू अल्लाहका हुन् । अतः अल्लाहकासाथ अरू कसैलाई नपुकार ।

  19. وَأَنَّهُۥ لَمَّا قَامَ عَبۡدُ ٱللَّهِ يَدۡعُوهُ كَادُواْ يَكُونُونَ عَلَيۡهِ لِبَدٗا

    Open ayah 72:19

    र, यो कि जब अल्लाहका भक्त उनीसित प्रार्थनाको लागि उभिए तब मानिसहरू उनीमाथि आक्रमण गर्न तयार भए ।

  20. قُلۡ إِنَّمَآ أَدۡعُواْ رَبِّي وَلَآ أُشۡرِكُ بِهِۦٓ أَحَدٗا 

    Open ayah 72:20

    (हे नबी स.!) भनिदेऊ– “म मात्र आफ्ना रबलाई पुकार्छु र उनीसँग कसैलाई साझेदार बनाउदिन ।”

  21. قُلۡ إِنِّي لَآ أَمۡلِكُ لَكُمۡ ضَرّٗا وَلَا رَشَدٗا

    Open ayah 72:21

    भनिदेऊ– “म तिमीहरूकालागि न कुनै हानि पुर्याउने सामर्थ्य राख्छु न कुनै लाभ पुर्याउने नै ।”

  22. قُلۡ إِنِّي لَن يُجِيرَنِي مِنَ ٱللَّهِ أَحَدٞ وَلَنۡ أَجِدَ مِن دُونِهِۦ مُلۡتَحَدًا

    Open ayah 72:22

    भनिदेऊ– “मलाई अल्लाहबाट कसैले पनि बचाउन सक्दैन र न म उनीबाहेक अरु कुनै शरण पाउन सक्छु ।"

  23. إِلَّا بَلَٰغٗا مِّنَ ٱللَّهِ وَرِسَٰلَٰتِهِۦۚ وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ فَإِنَّ لَهُۥ نَارَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَآ أَبَدًا

    Open ayah 72:23

    अँ (मेरो जिम्मेवारी) अल्लाहको तर्फबाट मात्र पुर्याउँनु र उनको सन्देशहरू सुनाउनु हो । अब जसले अल्लाह एवं उनको रसूलको आदेशलाई मान्ने छैन उसकोलागि नरकको आगो छ जसमा तिनीहरू सदासर्वदा रहनेछन् ।”

  24. حَتَّىٰٓ إِذَا رَأَوۡاْ مَا يُوعَدُونَ فَسَيَعۡلَمُونَ مَنۡ أَضۡعَفُ نَاصِرٗا وَأَقَلُّ عَدَدٗا

    Open ayah 72:24

    यहाँ सम्म जब तिनीहरूले त्यस कुरालाई देख्नेछन् जसको तिनीहरूसित वाचा गरिएको छ । तब तिनीहरूलाई थाहा हुनेछ कि कसका सहायकहरू दुर्बल छन् र कसको संख्या कम छ ।

  25. قُلۡ إِنۡ أَدۡرِيٓ أَقَرِيبٞ مَّا تُوعَدُونَ أَمۡ يَجۡعَلُ لَهُۥ رَبِّيٓ أَمَدًا

    Open ayah 72:25

    भनिदेऊ– “मलाई थाहा छैन कि जुन कुराको वाचा तिमीहरूसित गरिंदैछ त्यो नजिकै छ, वा मेरा रबले त्यसकोलागि लामो अवधि निश्चित गर्ने छन् ।”

  26. عَٰلِمُ ٱلۡغَيۡبِ فَلَا يُظۡهِرُ عَلَىٰ غَيۡبِهِۦٓ أَحَدًا

    Open ayah 72:26

    उनी परोक्षका ज्ञाता हुन् अनि आफ्नो परोक्षलाई कसैमाथि प्रकट गर्दैनन् ।

  27. إِلَّا مَنِ ٱرۡتَضَىٰ مِن رَّسُولٖ فَإِنَّهُۥ يَسۡلُكُ مِنۢ بَيۡنِ يَدَيۡهِ وَمِنۡ خَلۡفِهِۦ رَصَدٗا

    Open ayah 72:27

    तर, ती मानिसहरू जसलाई उनी रसूल चयन गर्दछन्, उनको अगाडि पछाडिबाट संरक्षक लगाउँछन् ।

  28. لِّيَعۡلَمَ أَن قَدۡ أَبۡلَغُواْ رِسَٰلَٰتِ رَبِّهِمۡ وَأَحَاطَ بِمَا لَدَيۡهِمۡ وَأَحۡصَىٰ كُلَّ شَيۡءٍ عَدَدَۢا

    Open ayah 72:28

    ताकि उनी (अल्लाह) जानून् कि उनीहरुले आफ्ना रबको सन्देश पुर्याइदिएका छन् । र, अल्लाहले सम्पूर्ण चिजलाई आफ्नो परिधिमा लिएका छन् । र, उनले एक एक चिजको गणना सुरक्षित राखेका छन् ।