المزمل

Al-Muzzammil

The Enshrouded One · Surah 73 · Ayahs: 20 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. يَٰٓأَيُّهَا ٱلۡمُزَّمِّلُ

    Open ayah 73:1

    हे खास्टो बेरी सुतिरहेको व्यक्ति !

  2. قُمِ ٱلَّيۡلَ إِلَّا قَلِيلٗا

    Open ayah 73:2

    रातको केही पहरबाहेक उभिने गर ।

  3. نِّصۡفَهُۥٓ أَوِ ٱنقُصۡ مِنۡهُ قَلِيلًا

    Open ayah 73:3

    आधा रात वा त्योभन्दा अलि कम ।

  4. أَوۡ زِدۡ عَلَيۡهِ وَرَتِّلِ ٱلۡقُرۡءَانَ تَرۡتِيلًا

    Open ayah 73:4

    वा त्योभन्दा अलि बढी । र, बिस्तारै कुरआन पढ्ने गर ।

  5. إِنَّا سَنُلۡقِي عَلَيۡكَ قَوۡلٗا ثَقِيلًا

    Open ayah 73:5

    हामी तिमीमाथि एउटा भारी वाणी अवतरित गर्नेछौं ।

  6. إِنَّ نَاشِئَةَ ٱلَّيۡلِ هِيَ أَشَدُّ وَطۡـٔٗا وَأَقۡوَمُ قِيلًا

    Open ayah 73:6

    निस्सन्देह रातको जाग्रामले मनलाई खुबै नियन्त्रणमा राख्छ र कुरालाई सुदृढ तुल्याउँछ ।

  7. إِنَّ لَكَ فِي ٱلنَّهَارِ سَبۡحٗا طَوِيلٗا

    Open ayah 73:7

    दिनको समयमा तिम्रो व्यस्तता धेरै हुन्छ ।

  8. وَٱذۡكُرِ ٱسۡمَ رَبِّكَ وَتَبَتَّلۡ إِلَيۡهِ تَبۡتِيلٗا

    Open ayah 73:8

    र आफ्ना रबको नाम जप र सबैबाट अलग भई उनैतर्फ एकाग्र होऊ ।

  9. رَّبُّ ٱلۡمَشۡرِقِ وَٱلۡمَغۡرِبِ لَآ إِلَٰهَ إِلَّا هُوَ فَٱتَّخِذۡهُ وَكِيلٗا

    Open ayah 73:9

    उनी पूर्व एवं पश्चिमका रब हुन् । उनीबाहेक कोही पूज्य छैन । अतः उनैलाई आफ्नो कार्यसाधक बनाऊ ।

  10. وَٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَٱهۡجُرۡهُمۡ هَجۡرٗا جَمِيلٗا 

    Open ayah 73:10

    र, तिनीहरूले गरेका कुराहरूलाई धैर्यतापूर्वक सहन गर, र शिष्टताकासाथ तिनीहरूबाट अलग रहने गर ।

  11. وَذَرۡنِي وَٱلۡمُكَذِّبِينَ أُوْلِي ٱلنَّعۡمَةِ وَمَهِّلۡهُمۡ قَلِيلًا

    Open ayah 73:11

    र मलाई र मिथ्या ठहर गर्ने सुखी सम्पन्न व्यक्तिहरूलाई छोडिदेऊ, र तिनीहरूलाई केही अवसर देऊ ।

  12. إِنَّ لَدَيۡنَآ أَنكَالٗا وَجَحِيمٗا

    Open ayah 73:12

    निस्सन्देह हामीकहाँ नेलहरू र दन्कँदो आगो छन् ।

  13. وَطَعَامٗا ذَا غُصَّةٖ وَعَذَابًا أَلِيمٗا

    Open ayah 73:13

    र, घाँटीमा अड्कने भोजन तथा पीडादायी यातना पनि ।

  14. يَوۡمَ تَرۡجُفُ ٱلۡأَرۡضُ وَٱلۡجِبَالُ وَكَانَتِ ٱلۡجِبَالُ كَثِيبٗا مَّهِيلًا

    Open ayah 73:14

    त्यसदिन जब जमीन तथा पहाड काँप्न थाल्छन्, र पहाडहरू बालुवाको थुम्का बन्न पुग्छन् ।

  15. إِنَّآ أَرۡسَلۡنَآ إِلَيۡكُمۡ رَسُولٗا شَٰهِدًا عَلَيۡكُمۡ كَمَآ أَرۡسَلۡنَآ إِلَىٰ فِرۡعَوۡنَ رَسُولٗا

    Open ayah 73:15

    वास्तवमा हामीले तिमीहरूमाथि साक्षी दिने एक रसूल त्यसरी नै पठायौं जसरी हामीले फिरऔनतर्फ रसूल पठाएका थियौं ।

  16. فَعَصَىٰ فِرۡعَوۡنُ ٱلرَّسُولَ فَأَخَذۡنَٰهُ أَخۡذٗا وَبِيلٗا

    Open ayah 73:16

    अनि फिरऔनले रसूलको कुरा मानेन, त हामीले त्यसलाई कडा रुपमा समात्यौं ।

  17. فَكَيۡفَ تَتَّقُونَ إِن كَفَرۡتُمۡ يَوۡمٗا يَجۡعَلُ ٱلۡوِلۡدَٰنَ شِيبًا

    Open ayah 73:17

    यदि तिमीहरूले कुफ्र गर्यौ भने त्यस दिनबाट कसरी बच्न सक्छौ जुन दिनले बच्चालाई वृद्ध बनाइदिनेछ ?

  18. ٱلسَّمَآءُ مُنفَطِرُۢ بِهِۦۚ كَانَ وَعۡدُهُۥ مَفۡعُولًا

    Open ayah 73:18

    त्यसको कारणले आकाश फुट्नेछ ?” अल्लाहको वाचा पूरा भएरै छाड्छ ।

  19. إِنَّ هَٰذِهِۦ تَذۡكِرَةٞۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ سَبِيلًا

    Open ayah 73:19

    यो त एउटा उपदेश हो । अब जो चाहन्छ आफ्नो रबतर्फ जाने मार्ग ग्रहण गरोस् ।

  20. ۞إِنَّ رَبَّكَ يَعۡلَمُ أَنَّكَ تَقُومُ أَدۡنَىٰ مِن ثُلُثَيِ ٱلَّيۡلِ وَنِصۡفَهُۥ وَثُلُثَهُۥ وَطَآئِفَةٞ مِّنَ ٱلَّذِينَ مَعَكَۚ وَٱللَّهُ يُقَدِّرُ ٱلَّيۡلَ وَٱلنَّهَارَۚ عَلِمَ أَن لَّن تُحۡصُوهُ فَتَابَ عَلَيۡكُمۡۖ فَٱقۡرَءُواْ مَا تَيَسَّرَ مِنَ ٱلۡقُرۡءَانِۚ عَلِمَ أَن سَيَكُونُ مِنكُم مَّرۡضَىٰ وَءَاخَرُونَ يَضۡرِبُونَ فِي ٱلۡأَرۡضِ يَبۡتَغُونَ مِن فَضۡلِ ٱللَّهِ وَءَاخَرُونَ يُقَٰتِلُونَ فِي سَبِيلِ ٱللَّهِۖ فَٱقۡرَءُواْ مَا تَيَسَّرَ مِنۡهُۚ وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَأَقۡرِضُواْ ٱللَّهَ قَرۡضًا حَسَنٗاۚ وَمَا تُقَدِّمُواْ لِأَنفُسِكُم مِّنۡ خَيۡرٖ تَجِدُوهُ عِندَ ٱللَّهِ هُوَ خَيۡرٗا وَأَعۡظَمَ أَجۡرٗاۚ وَٱسۡتَغۡفِرُواْ ٱللَّهَۖ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمُۢ 

    Open ayah 73:20

    (हे नबी स.!) तिम्रा रब जान्दछन् कि तिमी लगभग दुईतिहाइ वा आधा रात वा एक तिहाइ रात उभिने गर्छौ । र, तिम्रा साथीहरूमध्ये एउटा समूह पनि तिमीसँग हुन्छ । अल्लाह नै रात तथा दिनको हिसाब राख्दछन् । उनलाई थाहा छ कि तिमीहरू समयको ठीक गणना गर्न सक्ने छैनौ । अतः उनले तिमीहरूमाथि दया गरे । तसर्थ अब आफ्नो सुविधा अनुसार कुरआन जति पढ्न सक्छौ त्यति नै पढ्ने गर । उनलाई थाहा छ कि तिमीहरूमध्ये कोही बिरामी हुन्छन्, कोही अल्लाहको वरदानको खोजीमा यात्रा गर्छन् र कोही अल्लाहको मार्गमा युद्ध गर्छन् । अतः कुरआन जति पढ्न सक्छौ, पढ । अनि, नमाज कायम गर, जकात देऊ र अल्लाहलाई उत्तम ऋण देऊ । जेजति पुण्यकर्म आफ्नोलागि अगाडि पठाउनेछौ त्यो अल्लाहकहाँ अवश्य पाउनेछौ, जुन अति उत्तम र महान प्रतिदान हुनेछ । अतः अल्लाहसित क्षमायाचना गर । निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।