المدثر
Al-Muddaththir
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
يَٰٓأَيُّهَا ٱلۡمُدَّثِّرُ
Open ayah 74:1हे लुगा बेरेर सुतेको मान्छे !
قُمۡ فَأَنذِرۡ
Open ayah 74:2उठ र सावधान गर !
وَرَبَّكَ فَكَبِّرۡ
Open ayah 74:3र, आफ्ना रबको महानता वर्णन गर ।
وَثِيَابَكَ فَطَهِّرۡ
Open ayah 74:4र, आफ्ना वस्त्रहरू पवित्र राख ।
وَٱلرُّجۡزَ فَٱهۡجُرۡ
Open ayah 74:5र, अपवित्रतालाई त्याग ।
وَلَا تَمۡنُن تَسۡتَكۡثِرُ
Open ayah 74:6र, अधिक ठानी (आफ्नो कार्यलाई) नरोक ।
وَلِرَبِّكَ فَٱصۡبِرۡ
Open ayah 74:7र, आफ्ना रबकालागि धैर्यधारण गर ।
فَإِذَا نُقِرَ فِي ٱلنَّاقُورِ
Open ayah 74:8जब सूर फुकिनेछ
فَذَٰلِكَ يَوۡمَئِذٖ يَوۡمٌ عَسِيرٌ
Open ayah 74:9त्यो अति कठिन दिन हुनेछ ।
عَلَى ٱلۡكَٰفِرِينَ غَيۡرُ يَسِيرٖ
Open ayah 74:10काफिरहरूकालागि सहज हुने छैन ।
ذَرۡنِي وَمَنۡ خَلَقۡتُ وَحِيدٗا
Open ayah 74:11छोड मलाई र त्यस व्यक्तिलाई जसलाई मैले सृष्टि गरें एकलै ।
وَجَعَلۡتُ لَهُۥ مَالٗا مَّمۡدُودٗا
Open ayah 74:12र मैले उसलाई धेरै धन–सम्पत्ति दिएँ ।
وَبَنِينَ شُهُودٗا
Open ayah 74:13र, उपस्थित छोराहरू
وَمَهَّدتُّ لَهُۥ تَمۡهِيدٗا
Open ayah 74:14र, मैले उसको जीवनको बाटो अति नै सहज पारें ।
ثُمَّ يَطۡمَعُ أَنۡ أَزِيدَ
Open ayah 74:15फेरि पनि, म अझैं प्रदान गरूँ भन्ने उसको चाहना छ ।
كَلَّآۖ إِنَّهُۥ كَانَ لِأٓيَٰتِنَا عَنِيدٗا
Open ayah 74:16कदापि होइन, ऊ हाम्रा आयतहरूको शत्रु हो ।
سَأُرۡهِقُهُۥ صَعُودًا
Open ayah 74:17म उसलाई शीघ्र नै एउटा कठिन उकालो उकाल्नेछु ।
إِنَّهُۥ فَكَّرَ وَقَدَّرَ
Open ayah 74:18उसले विचार गर्यो र केही निश्चय गर्यो ।
فَقُتِلَ كَيۡفَ قَدَّرَ
Open ayah 74:19उसको सत्यानाश होस् ! कस्तो निश्चय गर्यो उसले !
ثُمَّ قُتِلَ كَيۡفَ قَدَّرَ
Open ayah 74:20फेरि त्यसको सत्यानाश होस् । कस्तो निश्चय गर्यो उसले !
ثُمَّ نَظَرَ
Open ayah 74:21अनि उसले आँखा उठाएर हेर्यो ।
ثُمَّ عَبَسَ وَبَسَرَ
Open ayah 74:22अनि उसले आँखा तर्यो र मुख बिगार्यो ।
ثُمَّ أَدۡبَرَ وَٱسۡتَكۡبَرَ
Open ayah 74:23त्यसपछि पिठ्यूँ फर्कायो र घमण्ड गर्यो ।
فَقَالَ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ يُؤۡثَرُ
Open ayah 74:24अन्ततः उसले भन्यो– “यो त पहिलेदेखिनै चल्दै आएको जादू पो रहेछ !
إِنۡ هَٰذَآ إِلَّا قَوۡلُ ٱلۡبَشَرِ
Open ayah 74:25यो त एउटा मानव वाणी मात्र हो ।”
سَأُصۡلِيهِ سَقَرَ
Open ayah 74:26शीघ्र नै म उसलाई नरकमा होम्नेछु ।
وَمَآ أَدۡرَىٰكَ مَا سَقَرُ
Open ayah 74:27अनि, तिमीहरूलाई के थाहा के हो नरक ?
لَا تُبۡقِي وَلَا تَذَرُ
Open ayah 74:28उसले न बाँकी राख्छ न छोड्छ नै ।
لَوَّاحَةٞ لِّلۡبَشَرِ
Open ayah 74:29यो त छाला डढाउने छ ।
عَلَيۡهَا تِسۡعَةَ عَشَرَ
Open ayah 74:30त्यसमाथि उन्नाईस नियुक्त छन् ।
وَمَا جَعَلۡنَآ أَصۡحَٰبَ ٱلنَّارِ إِلَّا مَلَٰٓئِكَةٗۖ وَمَا جَعَلۡنَا عِدَّتَهُمۡ إِلَّا فِتۡنَةٗ لِّلَّذِينَ كَفَرُواْ لِيَسۡتَيۡقِنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَيَزۡدَادَ ٱلَّذِينَ ءَامَنُوٓاْ إِيمَٰنٗا وَلَا يَرۡتَابَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَٱلۡمُؤۡمِنُونَ وَلِيَقُولَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ وَٱلۡكَٰفِرُونَ مَاذَآ أَرَادَ ٱللَّهُ بِهَٰذَا مَثَلٗاۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ مَن يَشَآءُ وَيَهۡدِي مَن يَشَآءُۚ وَمَا يَعۡلَمُ جُنُودَ رَبِّكَ إِلَّا هُوَۚ وَمَا هِيَ إِلَّا ذِكۡرَىٰ لِلۡبَشَرِ
Open ayah 74:31र, हामीले फरिश्ताहरूलाई मात्र नरकको कार्यकर्ता बनाएका छौं । र, उनीहरूको यो संख्या काफिरहरूका लागि केवल परीक्षाको लागि राखेका छौँ, ताकि अह्ले–किताबलाई विश्वास होस्, अनि आस्थावानहरूको ईमानमा वृद्धि होस् । र, अह्ले–किताब तथा आस्थावानहरू कुनै सन्देहमा नरहून् । र, हृदयका बिरामी (मुनाफिकहरू) तथा काफिरहरूले भनून्– “यस कुराले अल्लाहको अभिप्राय के रहेको छ ?” यसरी अल्लाह जसलाई चाहन्छन् पथभ्रष्ट पार्छन् र जसलाई चाहन्छन् सीधामार्ग देखाउँछन् । र, तिम्रा रबका सेनाबारे उनलाई मात्र थाहा छ । र, मानिसका लागि शिक्षाप्रद मात्र हो ।
كَلَّا وَٱلۡقَمَرِ
Open ayah 74:32कदापि होइन, चन्द्रमाको कसम !
وَٱلَّيۡلِ إِذۡ أَدۡبَرَ
Open ayah 74:33र, रातको कसम जब यो पछाडि फर्कन्छ !
وَٱلصُّبۡحِ إِذَآ أَسۡفَرَ
Open ayah 74:34र, बिहानिको कसम जब यो प्रकाशमय हुन्छ !
إِنَّهَا لَإِحۡدَى ٱلۡكُبَرِ
Open ayah 74:35यो (नरक) पनि ठूला आपदाहरुमध्ये एक हो !
نَذِيرٗا لِّلۡبَشَرِ
Open ayah 74:36मानवजातिको लागि चेतावनी
لِمَن شَآءَ مِنكُمۡ أَن يَتَقَدَّمَ أَوۡ يَتَأَخَّرَ
Open ayah 74:37तिमीहरूमध्ये त्यस व्यक्तिकोलागि जो अघि बढ्न चाहन्छ वा पछि नै रहन चाहन्छ ।
كُلُّ نَفۡسِۭ بِمَا كَسَبَتۡ رَهِينَةٌ
Open ayah 74:38प्रत्येक व्यक्ति आफ्नो कर्मको साटोमा बन्धक छ ।
إِلَّآ أَصۡحَٰبَ ٱلۡيَمِينِ
Open ayah 74:39दायाँ हातवालाहरू बाहेक
فِي جَنَّٰتٖ يَتَسَآءَلُونَ
Open ayah 74:40जो स्वर्गमा हुनेछन् । तिनीहरूले सोध्नेछन्
عَنِ ٱلۡمُجۡرِمِينَ
Open ayah 74:41अपराधीहरूलाई
مَا سَلَكَكُمۡ فِي سَقَرَ
Open ayah 74:42“तिमीहरूलाई कसले नरकमा पुर्यायो ?”
قَالُواْ لَمۡ نَكُ مِنَ ٱلۡمُصَلِّينَ
Open ayah 74:43तिनीहरूले भन्नेछन्– “हामी नमाज पढ्नेहरूमध्ये थिएनौं ।
وَلَمۡ نَكُ نُطۡعِمُ ٱلۡمِسۡكِينَ
Open ayah 74:44र अभावग्रस्तहरूलाई खाना ख्वाउँदैनथ्यौं ।
وَكُنَّا نَخُوضُ مَعَ ٱلۡخَآئِضِينَ
Open ayah 74:45र, बकवाद गर्नेहरूसँगै हामी पनि बकवाद गर्थ्यौँ ।
وَكُنَّا نُكَذِّبُ بِيَوۡمِ ٱلدِّينِ
Open ayah 74:46र, हामी बदला दिइने दिनलाई झुठो ठहर गर्थ्यौँ ।
حَتَّىٰٓ أَتَىٰنَا ٱلۡيَقِينُ
Open ayah 74:47यहाँसम्म कि हामीसमक्ष त्यो विश्वसनीय चिज आइपुग्यो ।
فَمَا تَنفَعُهُمۡ شَفَٰعَةُ ٱلشَّٰفِعِينَ
Open ayah 74:48अब सिफारिशकर्ताहरूको कुनै सिफारिश काम लाग्ने छैन ।
فَمَا لَهُمۡ عَنِ ٱلتَّذۡكِرَةِ مُعۡرِضِينَ
Open ayah 74:49आखिर यिनीहरूलाई के भएको छ कि त्यस उपदेशबाट विमुख भइरहेछन् ?
كَأَنَّهُمۡ حُمُرٞ مُّسۡتَنفِرَةٞ
Open ayah 74:50मानौं यिनीहरू भड्केका जंगली गधा हुन्
فَرَّتۡ مِن قَسۡوَرَةِۭ
Open ayah 74:51जो सिंह देखेर भाग्छन् ।
بَلۡ يُرِيدُ كُلُّ ٱمۡرِيٕٖ مِّنۡهُمۡ أَن يُؤۡتَىٰ صُحُفٗا مُّنَشَّرَةٗ
Open ayah 74:52(केही होइन) बरु यिनीहरूमध्ये प्रत्येकले यो चाहन्छ कि यिनीहरूसमक्ष खोलिएको किताब आओस् ।
كَلَّاۖ بَل لَّا يَخَافُونَ ٱلۡأٓخِرَةَ
Open ayah 74:53कदापि हुँदैन, वास्तवमा यिनीहरूलाई आखिरतको भय नै छैन ।
كَلَّآ إِنَّهُۥ تَذۡكِرَةٞ
Open ayah 74:54कदापि होइन, यो त उपदेश हो ।
فَمَن شَآءَ ذَكَرَهُۥ
Open ayah 74:55अनि जसले चाहन्छ, यसबाट उपदेश ग्रहण गरोस् ।
وَمَا يَذۡكُرُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ هُوَ أَهۡلُ ٱلتَّقۡوَىٰ وَأَهۡلُ ٱلۡمَغۡفِرَةِ
Open ayah 74:56र, अल्लाहले नचाहेसम्म यिनीहरूले कुनै उपदेश ग्रहण गर्ने छैनन् । उनी (अल्लाह) नै आफुसँग डर मान्ने योग्य छन् र, उनी मात्र क्षमा गर्ने योग्य छन् ।