القيامة
Al-Qiyaama
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
لَآ أُقۡسِمُ بِيَوۡمِ ٱلۡقِيَٰمَةِ
Open ayah 75:1होइन, म कसम खान्छु महा प्रलयको दिनको ।
وَلَآ أُقۡسِمُ بِٱلنَّفۡسِ ٱللَّوَّامَةِ
Open ayah 75:2र, होइन, म कसम खान्छु निन्दा गरिराख्ने आत्माको ।
أَيَحۡسَبُ ٱلۡإِنسَٰنُ أَلَّن نَّجۡمَعَ عِظَامَهُۥ
Open ayah 75:3के मानिसले यो ठानेको छ कि हामी उसका हाडहरू एकत्रित गर्ने छैनौं ?
بَلَىٰ قَٰدِرِينَ عَلَىٰٓ أَن نُّسَوِّيَ بَنَانَهُۥ
Open ayah 75:4किन नगर्नु, हामी त उसका औँलाका जोर्नीहरूसमेत जम्मा गर्ने सामर्थ्य राख्छौं ।
بَلۡ يُرِيدُ ٱلۡإِنسَٰنُ لِيَفۡجُرَ أَمَامَهُۥ
Open ayah 75:5बरु मनुष्य निरन्तर दुष्कर्म गर्न चाहन्छ ।
يَسۡـَٔلُ أَيَّانَ يَوۡمُ ٱلۡقِيَٰمَةِ
Open ayah 75:6सोध्छ– “महाप्रलयको दिन कहिले आउने हो ?”
فَإِذَا بَرِقَ ٱلۡبَصَرُ
Open ayah 75:7अनि जब आँखाहरू तिरमिराउनेछन् ।
وَخَسَفَ ٱلۡقَمَرُ
Open ayah 75:8र चन्द्रमा प्रकाशहीन हुनेछ ।
وَجُمِعَ ٱلشَّمۡسُ وَٱلۡقَمَرُ
Open ayah 75:9र, सूर्य तथा चन्द्रमालाई एकत्रित गरिनेछ ।
يَقُولُ ٱلۡإِنسَٰنُ يَوۡمَئِذٍ أَيۡنَ ٱلۡمَفَرُّ
Open ayah 75:10त्यस दिन मनुष्यले भन्नेछ– “अब भागेर कहाँ जाऊँ ?”
كَلَّا لَا وَزَرَ
Open ayah 75:11अहँ, आज कुनै आश्रय छैन ।
إِلَىٰ رَبِّكَ يَوۡمَئِذٍ ٱلۡمُسۡتَقَرُّ
Open ayah 75:12त्यस दिन तिम्रा रबकहाँ नै बासस्थान हुनेछ ।
يُنَبَّؤُاْ ٱلۡإِنسَٰنُ يَوۡمَئِذِۭ بِمَا قَدَّمَ وَأَخَّرَ
Open ayah 75:13त्यस दिन मनुष्य आफ्नो सबै अघिल्ला पछिल्ला कार्यबारे सूचित गरिनेछ ।
بَلِ ٱلۡإِنسَٰنُ عَلَىٰ نَفۡسِهِۦ بَصِيرَةٞ
Open ayah 75:14बरु मनुष्य स्वयं बारे सूसुचित छ ।
وَلَوۡ أَلۡقَىٰ مَعَاذِيرَهُۥ
Open ayah 75:15यद्यपि उसले जतिसुकै बहाना पेश गरोस् ।
لَا تُحَرِّكۡ بِهِۦ لِسَانَكَ لِتَعۡجَلَ بِهِۦٓ
Open ayah 75:16(हे नबी स. !), यो वह्य चाँडोभन्दा चाँडो प्राप्त गर्न आफ्नो जिब्रो नचलाऊ ।
إِنَّ عَلَيۡنَا جَمۡعَهُۥ وَقُرۡءَانَهُۥ
Open ayah 75:17वास्तवमा यसलाई संकलन गराउनु र पढाउनु हाम्रो जिम्मेवारी हो ।
فَإِذَا قَرَأۡنَٰهُ فَٱتَّبِعۡ قُرۡءَانَهُۥ
Open ayah 75:18अतः जब हामी यो पढिसकेका हुन्छौं तब तिमी यस पठनको अनुसरण गर ।
ثُمَّ إِنَّ عَلَيۡنَا بَيَانَهُۥ
Open ayah 75:19अनि यसको विष्लेषण पनि हाम्रै जिम्मामा छ ।
كَلَّا بَلۡ تُحِبُّونَ ٱلۡعَاجِلَةَ
Open ayah 75:20अहँ, (हे मानव) वास्तवमा तिमीहरू संसारलाई मन पराउँछौ ।
وَتَذَرُونَ ٱلۡأٓخِرَةَ
Open ayah 75:21र, आखिरतलाई छोड्छौ ।
وُجُوهٞ يَوۡمَئِذٖ نَّاضِرَةٌ
Open ayah 75:22त्यसदिन केही मुहारहरू प्रफुल्लित हुनेछन् ।
إِلَىٰ رَبِّهَا نَاظِرَةٞ
Open ayah 75:23आफ्ना रबतर्फ हेरिरहेका हुनेछन् ।
وَوُجُوهٞ يَوۡمَئِذِۭ بَاسِرَةٞ
Open ayah 75:24र, केही मुहारहरू त्यस दिन उदास हुनेछन् ।
تَظُنُّ أَن يُفۡعَلَ بِهَا فَاقِرَةٞ
Open ayah 75:25र, तिनीहरूसँग कडा व्यवहार हुनेछ भन्ने चिन्तामा रहेका हुनेछन् ।
كَلَّآ إِذَا بَلَغَتِ ٱلتَّرَاقِيَ
Open ayah 75:26अहँ, जब प्राण घाँटीसम्म आइपुग्नेछ ।
وَقِيلَ مَنۡۜ رَاقٖ
Open ayah 75:27र भनिनेछ– “छ कोही धामी झाँक्री ?”
وَظَنَّ أَنَّهُ ٱلۡفِرَاقُ
Open ayah 75:28र, मनुष्यले विश्वास गर्नेछ कि यो संसारबाट बिछोडको समय हो ।
وَٱلۡتَفَّتِ ٱلسَّاقُ بِٱلسَّاقِ
Open ayah 75:29र, दुवै पिंडौला एकअर्कासित बेरिनेछन् ।
إِلَىٰ رَبِّكَ يَوۡمَئِذٍ ٱلۡمَسَاقُ
Open ayah 75:30त्यो दिन तिम्रा रबतर्फ प्रस्थानको समय हुनेछ ।
فَلَا صَدَّقَ وَلَا صَلَّىٰ
Open ayah 75:31तर उसले न सत्य ठहर गर्यो न नमाज नै पढ्यो ।
وَلَٰكِن كَذَّبَ وَتَوَلَّىٰ
Open ayah 75:32बरु झुठो ठहर गर्यो र पिठ्यूँ फर्कायो ।
ثُمَّ ذَهَبَ إِلَىٰٓ أَهۡلِهِۦ يَتَمَطَّىٰٓ
Open ayah 75:33अनि घमण्ड गर्दै आफ्ना परिवारतर्फ हिँड्यो ।
أَوۡلَىٰ لَكَ فَأَوۡلَىٰ
Open ayah 75:34अफसोच तिमीमाथि । हाय आफ्सोच !
ثُمَّ أَوۡلَىٰ لَكَ فَأَوۡلَىٰٓ
Open ayah 75:35फेरि अफसोच छ तिमीमाथि । हाय अफसोच !
أَيَحۡسَبُ ٱلۡإِنسَٰنُ أَن يُتۡرَكَ سُدًى
Open ayah 75:36के मनुष्यले यो ठानेको छ कि ऊ यस्तै (बेलगाम) छोडिनेछ ?
أَلَمۡ يَكُ نُطۡفَةٗ مِّن مَّنِيّٖ يُمۡنَىٰ
Open ayah 75:37त्यो तुच्छ वीर्य थिएन जसलाई टप्काइन्थ्यो ।
ثُمَّ كَانَ عَلَقَةٗ فَخَلَقَ فَسَوَّىٰ
Open ayah 75:38र, त्यो एउटा रक्तपिण्ड बन्न पुग्यो; अनि अल्लाहले त्यसबाट शरीर बनाए र त्यसका अङ्ग ठीक पारे ।
فَجَعَلَ مِنۡهُ ٱلزَّوۡجَيۡنِ ٱلذَّكَرَ وَٱلۡأُنثَىٰٓ
Open ayah 75:39अनि त्यसबाट पुरुष र स्त्रीको जोडी बनाए ?
أَلَيۡسَ ذَٰلِكَ بِقَٰدِرٍ عَلَىٰٓ أَن يُحۡـِۧيَ ٱلۡمَوۡتَىٰ
Open ayah 75:40के उनलाई यस कुराको सामर्थ्य प्राप्त छैन कि मृतहरूलाई फेरि जीवित पारून् ?