الانسان

Al-Insaan

Man · Surah 76 · Ayahs: 31 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. هَلۡ أَتَىٰ عَلَى ٱلۡإِنسَٰنِ حِينٞ مِّنَ ٱلدَّهۡرِ لَمۡ يَكُن شَيۡـٔٗا مَّذۡكُورًا

    Open ayah 76:1

    के मानवमाथि यस्तो युग पनि आएको छ जब ऊ कुनै उल्लेखनीय चिज थिएन ?

  2. إِنَّا خَلَقۡنَا ٱلۡإِنسَٰنَ مِن نُّطۡفَةٍ أَمۡشَاجٖ نَّبۡتَلِيهِ فَجَعَلۡنَٰهُ سَمِيعَۢا بَصِيرًا

    Open ayah 76:2

    हामीले मानवलाई एउटा मिश्रित वीर्यबाट सृष्टि गर्यौं ताकि उसको परीक्षा लिऔं । अनि हामीले उसलाई श्रोता तथा द्रष्टा बनायौं ।

  3. إِنَّا هَدَيۡنَٰهُ ٱلسَّبِيلَ إِمَّا شَاكِرٗا وَإِمَّا كَفُورًا

    Open ayah 76:3

    हामीले उसलाई मार्गदर्शन गर्यौं, अब चाहे ऊ कृतज्ञ बनोस् वा कृतघ्न ।

  4. إِنَّآ أَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ سَلَٰسِلَاْ وَأَغۡلَٰلٗا وَسَعِيرًا

    Open ayah 76:4

    इन्कार गर्नेहरूकालागि हामीले जञ्जीर तथा नेल र दन्कँदो आगो तयार पारेका छौं ।

  5. إِنَّ ٱلۡأَبۡرَارَ يَشۡرَبُونَ مِن كَأۡسٖ كَانَ مِزَاجُهَا كَافُورًا

    Open ayah 76:5

    सत्कर्मीहरू यस्तो सर्वत पिउनेछन् जसमा कपूरको मिश्रण हुनेछ ।

  6. عَيۡنٗا يَشۡرَبُ بِهَا عِبَادُ ٱللَّهِ يُفَجِّرُونَهَا تَفۡجِيرٗا

    Open ayah 76:6

    एउटा यस्तो श्रोत जसबाट अल्लाहका भक्तहरू पिउनेछन् र यसको शाखाहरू निकालेर लगिनेछन् ।

  7. يُوفُونَ بِٱلنَّذۡرِ وَيَخَافُونَ يَوۡمٗا كَانَ شَرُّهُۥ مُسۡتَطِيرٗا

    Open ayah 76:7

    यी ती व्यक्तिहरू हुन् जो (संसारमा) भाकल पूरा गर्छन् र त्यस दिनको भयराख्छन् जसको सङ्कट चारैतिर फैलिएको हुनेछ ।

  8. وَيُطۡعِمُونَ ٱلطَّعَامَ عَلَىٰ حُبِّهِۦ مِسۡكِينٗا وَيَتِيمٗا وَأَسِيرًا

    Open ayah 76:8

    र, आफूले मन पराएको खाना अभावग्रस्त, अनाथ र बन्दीहरूलाई खुवाउँछन् ।

  9. إِنَّمَا نُطۡعِمُكُمۡ لِوَجۡهِ ٱللَّهِ لَا نُرِيدُ مِنكُمۡ جَزَآءٗ وَلَا شُكُورًا

    Open ayah 76:9

    र, (तिनीहरूलाई भन्छन्)– “हामी तिमीहरूलाई केवल अल्लाहकोलागि खुवाउँदैछौं । हामी तिमीहरूबाट न कुनै बदला चाहन्छौं न धन्यवाद नै ।

  10. إِنَّا نَخَافُ مِن رَّبِّنَا يَوۡمًا عَبُوسٗا قَمۡطَرِيرٗا 

    Open ayah 76:10

    हामीलाई आफ्ना रबको त्यसदिनको यातनाको डर लागेको छ जुन अत्यन्त भयावह तथा पीडादायी हुनेछ ।

  11. فَوَقَىٰهُمُ ٱللَّهُ شَرَّ ذَٰلِكَ ٱلۡيَوۡمِ وَلَقَّىٰهُمۡ نَضۡرَةٗ وَسُرُورٗا

    Open ayah 76:11

    अतः अल्लाहले उनीहरूलाई त्यसदिनको निकृष्टताबाट बचाउनेछन् र उनीहरूलाई हर्ष तथा आनन्द प्रदान गर्नेछन् ।,

  12. وَجَزَىٰهُم بِمَا صَبَرُواْ جَنَّةٗ وَحَرِيرٗا

    Open ayah 76:12

    र, उनीहरूको धैर्यको बदलामा उनीहरूलाई स्वर्ग एवं रेशमी कपडा प्रदान गर्नेछन् ।

  13. مُّتَّكِـِٔينَ فِيهَا عَلَى ٱلۡأَرَآئِكِۖ لَا يَرَوۡنَ فِيهَا شَمۡسٗا وَلَا زَمۡهَرِيرٗا

    Open ayah 76:13

    त्यहाँ उनीहरू उच्च तखतमाथि सिरानीहरूमा अडेस लगाएका हुनेछन् । उनीहरूलाई त्यहाँ न अत्याधिक घामले सताउनेछ न जमाउने खालको चिसोले नै ।

  14. وَدَانِيَةً عَلَيۡهِمۡ ظِلَٰلُهَا وَذُلِّلَتۡ قُطُوفُهَا تَذۡلِيلٗا

    Open ayah 76:14

    स्वर्गको छायाँ उनीहरूमाथि ढल्केको हुनेछ र त्यसको फलका झुप्पाहरू एकदमै नजिक झुण्डिएका हुनेछन् ।

  15. وَيُطَافُ عَلَيۡهِم بِـَٔانِيَةٖ مِّن فِضَّةٖ وَأَكۡوَابٖ كَانَتۡ قَوَارِيرَا۠

    Open ayah 76:15

    उनीहरूसमक्ष चाँदीका भाँडाहरू र शीशाका प्यालाहरू बारम्बार प्रस्तुत गरिने छ ।

  16. قَوَارِيرَاْ مِن فِضَّةٖ قَدَّرُوهَا تَقۡدِيرٗا

    Open ayah 76:16

    चाँदीका प्यालाहरू, जसलाई उनीहरूले एकदमै सुहाउँदो खालको बनाएका हुनेछन् ।

  17. وَيُسۡقَوۡنَ فِيهَا كَأۡسٗا كَانَ مِزَاجُهَا زَنجَبِيلًا

    Open ayah 76:17

    उनीहरूलाई त्यहाँ यस्तो पेय पिलाइनेछ जसमा सुठोको मिश्रण हुनेछ ।

  18. عَيۡنٗا فِيهَا تُسَمَّىٰ سَلۡسَبِيلٗا

    Open ayah 76:18

    त्यहाँ एउटा यस्तो मूल हुनेछ जसलाई सल्सबील भनिन्छ ।

  19. ۞وَيَطُوفُ عَلَيۡهِمۡ وِلۡدَٰنٞ مُّخَلَّدُونَ إِذَا رَأَيۡتَهُمۡ حَسِبۡتَهُمۡ لُؤۡلُؤٗا مَّنثُورٗا

    Open ayah 76:19

    उनीहरूको सेवाकालागि सदा बालक नै रहनेहरू ओहोर दोहोर गरिरहेका हुनेछन् । तिमीले उनीहरूलाई देख्दा छरिएका मोती ठान्नेछौ ।

  20. وَإِذَا رَأَيۡتَ ثَمَّ رَأَيۡتَ نَعِيمٗا وَمُلۡكٗا كَبِيرًا 

    Open ayah 76:20

    त्यहाँ जतातिर हेरे पनि अनुग्रह र महान् राज्य देख्नेछौ ।

  21. عَٰلِيَهُمۡ ثِيَابُ سُندُسٍ خُضۡرٞ وَإِسۡتَبۡرَقٞۖ وَحُلُّوٓاْ أَسَاوِرَ مِن فِضَّةٖ وَسَقَىٰهُمۡ رَبُّهُمۡ شَرَابٗا طَهُورًا

    Open ayah 76:21

    उनीहरूका जीउमा पातलो र मोटो हरिया रेशमका वस्त्रहरू हुनेछन् । उनीहरूलाई चाँदीका कंगनहरू पहिराइनेछ, र उनका रबले उनीहरूलाई अत्यन्त पवित्र पेय पिलाउनेछन् ।

  22. إِنَّ هَٰذَا كَانَ لَكُمۡ جَزَآءٗ وَكَانَ سَعۡيُكُم مَّشۡكُورًا

    Open ayah 76:22

    यो हो तिमीहरूको प्रतिदान ! र, तिमीहरूको पर्यत्नहरु कदर गरिने योग्य छन् ।

  23. إِنَّا نَحۡنُ نَزَّلۡنَا عَلَيۡكَ ٱلۡقُرۡءَانَ تَنزِيلٗا

    Open ayah 76:23

    (हे नबी स.!) हामीले नै तिमीमाथि यो कुरआन क्रमशः विशेष ढंगले अवतरण गरेका छौं ।

  24. فَٱصۡبِرۡ لِحُكۡمِ رَبِّكَ وَلَا تُطِعۡ مِنۡهُمۡ ءَاثِمًا أَوۡ كَفُورٗا

    Open ayah 76:24

    अतः तिमी आफ्ना रबको आदेशप्रति धैर्यधारण गर र यिनीहरूमध्ये कुनै दुराचारी एवं कृतघ्न कुरा नमान ।

  25. وَٱذۡكُرِ ٱسۡمَ رَبِّكَ بُكۡرَةٗ وَأَصِيلٗا

    Open ayah 76:25

    र आफ्ना रबको नाम बिहान र बेलुका स्मरण गर्ने गर ।

  26. وَمِنَ ٱلَّيۡلِ فَٱسۡجُدۡ لَهُۥ وَسَبِّحۡهُ لَيۡلٗا طَوِيلًا

    Open ayah 76:26

    र रातको केही भागमा उनको अगाडी सज्दा गर र रातको (बाँकी) लामो समयमा उनको महिमागान (तस्बीह) गर्ने गर ।

  27. إِنَّ هَٰٓؤُلَآءِ يُحِبُّونَ ٱلۡعَاجِلَةَ وَيَذَرُونَ وَرَآءَهُمۡ يَوۡمٗا ثَقِيلٗا

    Open ayah 76:27

    वास्तवमा यिनीहरू संसारलाई माया गर्छन्, र अगाडि आउने एक कडा दिनको उपेक्षा गर्दछन् ।

  28. نَّحۡنُ خَلَقۡنَٰهُمۡ وَشَدَدۡنَآ أَسۡرَهُمۡۖ وَإِذَا شِئۡنَا بَدَّلۡنَآ أَمۡثَٰلَهُمۡ تَبۡدِيلًا

    Open ayah 76:28

    हामीले नै यिनीहरूलाई सृष्टि गरेका छौं र यिनीहरूको बन्धन सुदृढ पारेका छौं । र, हामीले जहिले चाहे पनि यिनीहरूको स्थानमा अरूलाई प्रतिस्थापित गर्न सक्छौं ।

  29. إِنَّ هَٰذِهِۦ تَذۡكِرَةٞۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ سَبِيلٗا

    Open ayah 76:29

    निश्चय नै यो उपदेश हो । अब जो चाहन्छ ऊ आफ्ना रबतर्फ जाने मार्ग अपनाओस् ।

  30. وَمَا تَشَآءُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمٗا 

    Open ayah 76:30

    र, अल्लाहको चाहना बाहेक तिमीहरू (केही) चाहन सक्दैनौ । निस्सन्देह अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  31. يُدۡخِلُ مَن يَشَآءُ فِي رَحۡمَتِهِۦۚ وَٱلظَّٰلِمِينَ أَعَدَّ لَهُمۡ عَذَابًا أَلِيمَۢا

    Open ayah 76:31

    आफ्नो दयामा जसलाई चाहन्छन् प्रवेश गराउँछन्, र अत्याचारीहरूकालागि उनले पीडादायी यातना तयार पारेका छन् ।