المرسلات
Al-Mursalaat
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلۡمُرۡسَلَٰتِ عُرۡفٗا
Open ayah 77:1हावाको कसम, जो नम्रता पूर्वक बहन्छ ।
فَٱلۡعَٰصِفَٰتِ عَصۡفٗا
Open ayah 77:2अनि आँधीको रूप लिन्छ ।
وَٱلنَّٰشِرَٰتِ نَشۡرٗا
Open ayah 77:3र, बादललाई उडाएर फैलाउँछ ।
فَٱلۡفَٰرِقَٰتِ فَرۡقٗا
Open ayah 77:4फेरि त्यसलाई टुक्रा टुक्रा पार्छ ।
فَٱلۡمُلۡقِيَٰتِ ذِكۡرًا
Open ayah 77:5फेरि (हृदयहरूमा अल्लाहको) उपदेश उतार्छ ।
عُذۡرًا أَوۡ نُذۡرًا
Open ayah 77:6दोषमुक्त हुन वा सचेत गर्नको निम्ति ।
إِنَّمَا تُوعَدُونَ لَوَٰقِعٞ
Open ayah 77:7जुन कुराको तिमीहरूसित वाचा गरिन्छ त्यो अवश्य हुनेछ ।
فَإِذَا ٱلنُّجُومُ طُمِسَتۡ
Open ayah 77:8अनि जब ताराहरू प्रकाशहीन हुनेछन् ।
وَإِذَا ٱلسَّمَآءُ فُرِجَتۡ
Open ayah 77:9र, जब आकाश च्यातिनेछ ।
وَإِذَا ٱلۡجِبَالُ نُسِفَتۡ
Open ayah 77:10र जब पहाडहरुलाई धुलो बनाएर उडाइनेछन् ।
وَإِذَا ٱلرُّسُلُ أُقِّتَتۡ
Open ayah 77:11र रसूलहरूको (उपस्थितिको) समय नियत गरिने छ ।
لِأَيِّ يَوۡمٍ أُجِّلَتۡ
Open ayah 77:12कुन दिनकोलागि त्यो काम स्थगित गरिएको छ ?
لِيَوۡمِ ٱلۡفَصۡلِ
Open ayah 77:13निर्णयको दिनकोलागि ।
وَمَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلۡفَصۡلِ
Open ayah 77:14र, तिमीहरूलाई के थाहा कि त्यो निर्णयको दिन के हो ?
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:15सर्वनाश छ त्यस दिन झुठो ठहर गर्नेहरूकालागि ।
أَلَمۡ نُهۡلِكِ ٱلۡأَوَّلِينَ
Open ayah 77:16के हामीले पहिलेका मानिसहरूलाई विनाश गरेकाछैनौं ?
ثُمَّ نُتۡبِعُهُمُ ٱلۡأٓخِرِينَ
Open ayah 77:17फेरि पछिका मानिसहरूलाई पनि तिनीहरूको पछाडि लगाइदिनेछौँ
كَذَٰلِكَ نَفۡعَلُ بِٱلۡمُجۡرِمِينَ
Open ayah 77:18अपराधीहरूसँग हामी यस्तै गर्ने गर्छौं ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:19सर्वनाश छ त्यस दिन झुठो ठहर गर्नेहरूकालागि ।
أَلَمۡ نَخۡلُقكُّم مِّن مَّآءٖ مَّهِينٖ
Open ayah 77:20के हामीले तिमीहरूलाई तुच्छ पानीबाट सृष्टि गरेनौं ?
فَجَعَلۡنَٰهُ فِي قَرَارٖ مَّكِينٍ
Open ayah 77:21अनि त्यसलाई एउटा सुरक्षित ठाउँमा राख्यौं ।
إِلَىٰ قَدَرٖ مَّعۡلُومٖ
Open ayah 77:22एक निर्धारित अवधिसम्म ।
فَقَدَرۡنَا فَنِعۡمَ ٱلۡقَٰدِرُونَ
Open ayah 77:23अनि हामीले निर्धारित पार्यौँ । अनि हामी कति उत्तम निर्धारणकर्ता हौं ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:24सर्वनाश छ त्यस दिन मिथ्या ठहर गर्नेहरूकालागि ।
أَلَمۡ نَجۡعَلِ ٱلۡأَرۡضَ كِفَاتًا
Open ayah 77:25के हामीले धर्तीलाई समेटेर राख्नेवाला बनाएनौं ।
أَحۡيَآءٗ وَأَمۡوَٰتٗا
Open ayah 77:26जीवित एवं मृत सबैजनालाई ।
وَجَعَلۡنَا فِيهَا رَوَٰسِيَ شَٰمِخَٰتٖ وَأَسۡقَيۡنَٰكُم مَّآءٗ فُرَاتٗا
Open ayah 77:27र, त्यसमा उच्च पहाडहरू स्थापना गर्यौं र तिमीहरूलाई मीठो पानी खुवायौं ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:28सर्वनाश छ त्यस दिन असत्य ठहर गर्नेहरूकालागि ।
ٱنطَلِقُوٓاْ إِلَىٰ مَا كُنتُم بِهِۦ تُكَذِّبُونَ
Open ayah 77:29हिँड अब त्यसैतिर जसलाई तिमीहरू मिथ्या ठहर गर्ने गर्थ्यौ ।
ٱنطَلِقُوٓاْ إِلَىٰ ظِلّٖ ذِي ثَلَٰثِ شُعَبٖ
Open ayah 77:30त्यस छायाँतर्फ हिँड जसका तीनवटा शाखाहरू छन् ।
لَّا ظَلِيلٖ وَلَا يُغۡنِي مِنَ ٱللَّهَبِ
Open ayah 77:31जुन न आरामदायी हुनेछ र न त्यसले आगोको ज्वालाबाट बचाउन सक्नेछ ।
إِنَّهَا تَرۡمِي بِشَرَرٖ كَٱلۡقَصۡرِ
Open ayah 77:32त्यसले अग्लो भवन जस्तो ज्वालाहरू फ्याँक्नेछ ।
كَأَنَّهُۥ جِمَٰلَتٞ صُفۡرٞ
Open ayah 77:33मानौ पहिलो रङ्गको ऊँट ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:34सर्वनाश छ त्यस दिन मिथ्या ठहर गर्नेहरूकालागि ।
هَٰذَا يَوۡمُ لَا يَنطِقُونَ
Open ayah 77:35यो त्यो दिन हो जब उनीहरू बोल्नसक्ने छैनन् ।
وَلَا يُؤۡذَنُ لَهُمۡ فَيَعۡتَذِرُونَ
Open ayah 77:36र न तिनीहरूलाई उजुरी गर्ने अनुमति नै दिइनेछ ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:37सर्वनाश छ त्यस दिन झुठो ठहर गर्नेहरूकालागि ।
هَٰذَا يَوۡمُ ٱلۡفَصۡلِۖ جَمَعۡنَٰكُمۡ وَٱلۡأَوَّلِينَ
Open ayah 77:38यो निर्णयको दिन हो । हामीले तिमीहरूलाई र तिमीहरूभन्दा अघिका मानिसहरूलाई पनि एकत्रित गरेका छौं ।
فَإِن كَانَ لَكُمۡ كَيۡدٞ فَكِيدُونِ
Open ayah 77:39अतः यदि तिमीहरू कुनै दाउ खेल्न सक्छौ भने खेलेर हेर ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:40सर्वनाश छ त्यस दिन मिथ्या ठहर गर्नेहरूकालागि ।
إِنَّ ٱلۡمُتَّقِينَ فِي ظِلَٰلٖ وَعُيُونٖ
Open ayah 77:41निस्सन्देह ईशभय राख्ने मानिसहरू छायाँ तथा मूलहरूबीच हुनेछन ।
وَفَوَٰكِهَ مِمَّا يَشۡتَهُونَ
Open ayah 77:42र मनपराउने फलहरूबीच हुनेछन् ।
كُلُواْ وَٱشۡرَبُواْ هَنِيٓـَٔۢا بِمَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 77:43(भनिनेछ) “पूर्ण सन्तुष्टिकासाथ खानपीन गर, ती कर्महरूको प्रतिदानस्वरूप जुन तिमीहरू गर्ने गर्थ्यौ ।
إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ
Open ayah 77:44वास्तवमा हामी सत्कर्मीहरूलाई यसरी नै प्रतिदान दिन्छौं ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:45सर्वनाश छ त्यसदिन मिथ्या ठहर गर्नेहरूकालागि ।
كُلُواْ وَتَمَتَّعُواْ قَلِيلًا إِنَّكُم مُّجۡرِمُونَ
Open ayah 77:46खाऊ र मोजमस्ती गर केही दिन । वास्तवमा तिमीहरू अपराधी हौ ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:47सर्वनाश छ त्यस दिन असत्य ठहर गर्नेहरूकालागि ।
وَإِذَا قِيلَ لَهُمُ ٱرۡكَعُواْ لَا يَرۡكَعُونَ
Open ayah 77:48र जब यिनीहरूलाई रुकूअ् गर्न (झुक्न) भनिन्छ, यिनीहरू झुक्दैनन् ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 77:49सर्वनाश छ त्यसदिन असत्य ठहर गर्नुहरूकालागि ।
فَبِأَيِّ حَدِيثِۭ بَعۡدَهُۥ يُؤۡمِنُونَ
Open ayah 77:50अब यसपछि यिनीहरू कुन कुरामाथि ईमान ल्याउनेछन् ?