النبإ
An-Naba
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
عَمَّ يَتَسَآءَلُونَ
Open ayah 78:1यिनीहरू कुन विषयमा सोधपूछ गर्दैछन् ?
عَنِ ٱلنَّبَإِ ٱلۡعَظِيمِ
Open ayah 78:2महान् खबरको विषयमा
ٱلَّذِي هُمۡ فِيهِ مُخۡتَلِفُونَ
Open ayah 78:3जसबारे तिनीहरू विमत छन् ?
كَلَّا سَيَعۡلَمُونَ
Open ayah 78:4कदापि होइन, तिनीहरूले यथाशीघ्र जान्नेछन् ।
ثُمَّ كَلَّا سَيَعۡلَمُونَ
Open ayah 78:5हो, कदापि होइन, तिनीहरूले चाँडै नै थाहा पाउनेछन् ।
أَلَمۡ نَجۡعَلِ ٱلۡأَرۡضَ مِهَٰدٗا
Open ayah 78:6के हामीले नै बनाएनौं धर्तीलाई बासस्थान ?
وَٱلۡجِبَالَ أَوۡتَادٗا
Open ayah 78:7र पर्वतहरूलाई (पृथ्वीको) किला ?
وَخَلَقۡنَٰكُمۡ أَزۡوَٰجٗا
Open ayah 78:8र, हामीले तिमीहरूलाई जोडा–जोडा सृष्टि गर्यौं ।
وَجَعَلۡنَا نَوۡمَكُمۡ سُبَاتٗا
Open ayah 78:9र, तिमीहरूको निद्रालाई आरामदायी बनायौं ।
وَجَعَلۡنَا ٱلَّيۡلَ لِبَاسٗا
Open ayah 78:10र, रातलाई हामीले पर्दा बनायौं ।
وَجَعَلۡنَا ٱلنَّهَارَ مَعَاشٗا
Open ayah 78:11र, दिनलाई हामीले जीविकोपार्जनको समय बनायौं ।
وَبَنَيۡنَا فَوۡقَكُمۡ سَبۡعٗا شِدَادٗا
Open ayah 78:12र, तिमीहरूमाथि सातवटा सुदृढ़ आकाशहरू बनायौं ।
وَجَعَلۡنَا سِرَاجٗا وَهَّاجٗا
Open ayah 78:13र, हामीले अत्यन्तै ज्योतिर्मय र उष्ण दीपक सृष्टि गर्यौं ।
وَأَنزَلۡنَا مِنَ ٱلۡمُعۡصِرَٰتِ مَآءٗ ثَجَّاجٗا
Open ayah 78:14र, सघन बादलहरूबाट हामीले अविरल पानी वर्सायौं ।
لِّنُخۡرِجَ بِهِۦ حَبّٗا وَنَبَاتٗا
Open ayah 78:15ताकि उमारौं त्यसद्वारा अन्न एवं वनस्पति ।
وَجَنَّٰتٍ أَلۡفَافًا
Open ayah 78:16र सघन बगैंचाहरू ।
إِنَّ يَوۡمَ ٱلۡفَصۡلِ كَانَ مِيقَٰتٗا
Open ayah 78:17निस्सन्देह फैसलाको दिन निर्धारित छ ।
يَوۡمَ يُنفَخُ فِي ٱلصُّورِ فَتَأۡتُونَ أَفۡوَاجٗا
Open ayah 78:18जुन दिन सूर फुकिनेछ । अनि तिमीहरू हुलका हुल बाहिर निस्कनेछौ ।
وَفُتِحَتِ ٱلسَّمَآءُ فَكَانَتۡ أَبۡوَٰبٗا
Open ayah 78:19र, आकाश खोलिनेछ अनि त्यो ढोकै ढोका बनेर रहनेछ ।
وَسُيِّرَتِ ٱلۡجِبَالُ فَكَانَتۡ سَرَابًا
Open ayah 78:20र, पहाडहरूलाई चलाइनेछ अनि ती पहाडहरू मृगतृष्णा झैँ हुन पुग्नेछन् ।
إِنَّ جَهَنَّمَ كَانَتۡ مِرۡصَادٗا
Open ayah 78:21निस्सन्देह नरक (उद्दण्डहरूलाई) ढुकिरहेकोछ ।
لِّلطَّٰغِينَ مَـَٔابٗا
Open ayah 78:22त्यो उद्दण्डहरूको बासस्थान हो ।
لَّٰبِثِينَ فِيهَآ أَحۡقَابٗا
Open ayah 78:23जहाँ तिनीहरू सधैं रहनेछन् ।
لَّا يَذُوقُونَ فِيهَا بَرۡدٗا وَلَا شَرَابًا
Open ayah 78:24त्यहाँ तिनीहरूले न शीतलताको कुनै स्वाद चाख्नेछन् न कुनै पेय नै ।
إِلَّا حَمِيمٗا وَغَسَّاقٗا
Open ayah 78:25सिवाय उम्लँदो पानी र रक्त–पीपको ।
جَزَآءٗ وِفَاقًا
Open ayah 78:26यो हो पूर्ण बदला ।
إِنَّهُمۡ كَانُواْ لَا يَرۡجُونَ حِسَابٗا
Open ayah 78:27तिनीहरू हिसाबकिताबमाथि विश्वास राख्दैनथे ।
وَكَذَّبُواْ بِـَٔايَٰتِنَا كِذَّابٗا
Open ayah 78:28र, हाम्रा आयतहरूलाई बिलकुल असत्य ठहर्याउँथे ।
وَكُلَّ شَيۡءٍ أَحۡصَيۡنَٰهُ كِتَٰبٗا
Open ayah 78:29र हामीले प्रत्येक कुरा लेखेर सुरक्षित राखेका छौं ।
فَذُوقُواْ فَلَن نَّزِيدَكُمۡ إِلَّا عَذَابًا
Open ayah 78:30अतः (यातनाको स्वाद) चाख । हामी तिमीहरूको यातनामा नै अभिवृद्धि गर्दै जानेछौं ।
إِنَّ لِلۡمُتَّقِينَ مَفَازًا
Open ayah 78:31निस्सन्देह ईशभय राख्नेहरूकालागि सफलता छ ।
حَدَآئِقَ وَأَعۡنَٰبٗا
Open ayah 78:32बगैंचाहरू र अंगुरहरू
وَكَوَاعِبَ أَتۡرَابٗا
Open ayah 78:33र समवयस्क युवतीहरू
وَكَأۡسٗا دِهَاقٗا
Open ayah 78:34र छचल्कँदो प्याला ।
لَّا يَسۡمَعُونَ فِيهَا لَغۡوٗا وَلَا كِذَّٰبٗا
Open ayah 78:35त्यहाँ उनीहरूले न कुनै व्यर्थ कुरा सुन्नेछन् र न मिथ्या नै ।
جَزَآءٗ مِّن رَّبِّكَ عَطَآءً حِسَابٗا
Open ayah 78:36यो हो प्रतिदान तिम्रा पालनकर्ताको तर्फबाट हिसाब अनुसार प्रदत्त ।
رَّبِّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا ٱلرَّحۡمَٰنِۖ لَا يَمۡلِكُونَ مِنۡهُ خِطَابٗا
Open ayah 78:37आकाशहरू, धर्ती एवं ती दुवैबीचका चिजहरूका रबको तर्फबाट हुनेछ । रहमान (अत्यन्त करुणामय), उनीहरू उनीसंग कुरा गर्ने सामर्थ्य राख्दैनन् ।
يَوۡمَ يَقُومُ ٱلرُّوحُ وَٱلۡمَلَٰٓئِكَةُ صَفّٗاۖ لَّا يَتَكَلَّمُونَ إِلَّا مَنۡ أَذِنَ لَهُ ٱلرَّحۡمَٰنُ وَقَالَ صَوَابٗا
Open ayah 78:38जुन दिन पवित्र आत्मा (जिब्रइल) एवं अन्य फरिश्ताहरू पंक्तिबद्ध खडा हुनेछन्; करुणामय अल्लाहको अनुमति बिना कोही बोल्ने छैन, र बोल्नेले यथार्थ नै बोल्नेछ ।
ذَٰلِكَ ٱلۡيَوۡمُ ٱلۡحَقُّۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ مَـَٔابًا
Open ayah 78:39त्यो दिन नितान्त सत्य हो । अतः जसले चाहन्छ आफ्ना रबकहाँ बासस्थान बनाओस् ।
إِنَّآ أَنذَرۡنَٰكُمۡ عَذَابٗا قَرِيبٗا يَوۡمَ يَنظُرُ ٱلۡمَرۡءُ مَا قَدَّمَتۡ يَدَاهُ وَيَقُولُ ٱلۡكَافِرُ يَٰلَيۡتَنِي كُنتُ تُرَٰبَۢا
Open ayah 78:40निस्सन्देह हामीले तिमीहरूलाई नजिकै रहेको यातनाबाट सचेत गरिदिएका छौं । त्यस दिन मनुष्यले ती सबै देख्नेछ जुन उसको आफ्नै हातहरूले पठाएका हुनेछन् । अनि काफिरले भन्नेछ– “बरु म माटो नै भएको भए हुन्थ्यो !”