النازعات

An-Naazi'aat

Those who drag forth · Surah 79 · Ayahs: 46 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلنَّٰزِعَٰتِ غَرۡقٗا

    Open ayah 79:1

    ती फरिश्ताहरूको कसम, जो भित्र पसेर (प्राण) लुछ्दछन् ।

  2. وَٱلنَّٰشِطَٰتِ نَشۡطٗا

    Open ayah 79:2

    र, जो सजिलोसंग (प्राण) झिक्दछन् ।

  3. وَٱلسَّٰبِحَٰتِ سَبۡحٗا

    Open ayah 79:3

    र जो तीब्रतापूर्वक तरंगित हुन्छन् ।

  4. فَٱلسَّٰبِقَٰتِ سَبۡقٗا

    Open ayah 79:4

    अनि (आज्ञापालनमा) अग्रसर रहन्छन् ।

  5. فَٱلۡمُدَبِّرَٰتِ أَمۡرٗا

    Open ayah 79:5

    र, मामिला सुव्यवस्थित ढङ्गले परिचालन गर्दछन् ।

  6. يَوۡمَ تَرۡجُفُ ٱلرَّاجِفَةُ

    Open ayah 79:6

    जुन दिन भूकम्पले हल्लाउने गर्नेछ ।

  7. تَتۡبَعُهَا ٱلرَّادِفَةُ

    Open ayah 79:7

    त्यसको लगत्तै अर्को झट्का आउनेछ ।

  8. قُلُوبٞ يَوۡمَئِذٖ وَاجِفَةٌ

    Open ayah 79:8

    कतिपय हृदयहरू त्यस दिन काम्ने छन् ।

  9. أَبۡصَٰرُهَا خَٰشِعَةٞ

    Open ayah 79:9

    तिनीहरूका नजरहरू झुकिरहेका हुनेछन् ।

  10. يَقُولُونَ أَءِنَّا لَمَرۡدُودُونَ فِي ٱلۡحَافِرَةِ 

    Open ayah 79:10

    तिनीहरू सोध्दछन्– “के हामी पहिलेकै अवस्थामा फर्काइनेछौं र ?

  11. أَءِذَا كُنَّا عِظَٰمٗا نَّخِرَةٗ

    Open ayah 79:11

    के जब हामी सडेका हाडखोड भइसकेका हुनेछौं ?”

  12. قَالُواْ تِلۡكَ إِذٗا كَرَّةٌ خَاسِرَةٞ

    Open ayah 79:12

    तिनीहरू भन्छन् “तब त त्यो घाटापूर्ण फिर्ती हुनेछ ।”

  13. فَإِنَّمَا هِيَ زَجۡرَةٞ وَٰحِدَةٞ

    Open ayah 79:13

    त्यो केवल एउटा हप्काइ मात्र हुनेछ ।

  14. فَإِذَا هُم بِٱلسَّاهِرَةِ

    Open ayah 79:14

    अनि अनायास तिनीहरू खुल्ला चौरमा हुनेछन् ।

  15. هَلۡ أَتَىٰكَ حَدِيثُ مُوسَىٰٓ

    Open ayah 79:15

    के मूसाको वृत्तान्त तिमीसम्म पुगेको छ ?

  16. إِذۡ نَادَىٰهُ رَبُّهُۥ بِٱلۡوَادِ ٱلۡمُقَدَّسِ طُوًى

    Open ayah 79:16

    जब उनका रबले उनलाई पवित्र उपत्यका तुवामा डाके ।

  17. ٱذۡهَبۡ إِلَىٰ فِرۡعَوۡنَ إِنَّهُۥ طَغَىٰ

    Open ayah 79:17

    फिरऔनकहाँ जाऊ, किनभने ऊ उद्दण्ड भइसकेको छ ।

  18. فَقُلۡ هَل لَّكَ إِلَىٰٓ أَن تَزَكَّىٰ

    Open ayah 79:18

    र, भन– “के तिमी सुध्रिन चाहन्छौ ?

  19. وَأَهۡدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخۡشَىٰ

    Open ayah 79:19

    र, के म तिमीलाई तिम्रा रबतिर मार्गदर्शन गरूँ ताकि तिमीभित्र भय उत्पन्न होस् ?”

  20. فَأَرَىٰهُ ٱلۡأٓيَةَ ٱلۡكُبۡرَىٰ 

    Open ayah 79:20

    फेरि उन (मूसा) ले उस (फिरऔन) लाई ठूलो निशानी देखाए ।

  21. فَكَذَّبَ وَعَصَىٰ

    Open ayah 79:21

    तर उसले झुटो ठहर गर्यो र अवज्ञा गर्यो ।

  22. ثُمَّ أَدۡبَرَ يَسۡعَىٰ

    Open ayah 79:22

    फरि जुक्ति गर्न फर्कियो ।

  23. فَحَشَرَ فَنَادَىٰ

    Open ayah 79:23

    र, सबैलाई एकत्रित गर्यो अनि घोषणा गर्यो ।

  24. فَقَالَ أَنَا۠ رَبُّكُمُ ٱلۡأَعۡلَىٰ

    Open ayah 79:24

    अनि भन्यो– “म तिमीहरूको परम पालनकर्ता हुँ ।”

  25. فَأَخَذَهُ ٱللَّهُ نَكَالَ ٱلۡأٓخِرَةِ وَٱلۡأُولَىٰٓ

    Open ayah 79:25

    अन्ततः अल्लाहले उसलाई लोक र परलोक (दुवै) को यातनामा ग्रस्त पारे ।

  26. إِنَّ فِي ذَٰلِكَ لَعِبۡرَةٗ لِّمَن يَخۡشَىٰٓ

    Open ayah 79:26

    निस्सन्देह ईशभय राख्नेहरूकानिम्ति यसमा ठूलो पाठ रहेकोछ ।

  27. ءَأَنتُمۡ أَشَدُّ خَلۡقًا أَمِ ٱلسَّمَآءُۚ بَنَىٰهَا

    Open ayah 79:27

    तिमीहरूलाई सृष्टि गर्नु कठिन छ कि आकाशलाई ? हामी (अल्लाह) ले नै त्यसलाई बनाए ।

  28. رَفَعَ سَمۡكَهَا فَسَوَّىٰهَا

    Open ayah 79:28

    उनले त्यसको छानालाई माथि उठाए र त्यसलाई समतल बनाए ।

  29. وَأَغۡطَشَ لَيۡلَهَا وَأَخۡرَجَ ضُحَىٰهَا

    Open ayah 79:29

    उनैले त्यसको रातलाई अन्धकारमय बनाए र त्यसको दिनलाई प्रकाशमय बनाए ।

  30. وَٱلۡأَرۡضَ بَعۡدَ ذَٰلِكَ دَحَىٰهَآ 

    Open ayah 79:30

    र, त्यसपछि धर्तीलाई ओछ्याए ।

  31. أَخۡرَجَ مِنۡهَا مَآءَهَا وَمَرۡعَىٰهَا

    Open ayah 79:31

    उनैले यसबाट पानी र बालीनाली उमारे ।

  32. وَٱلۡجِبَالَ أَرۡسَىٰهَا

    Open ayah 79:32

    र, पर्वतहरूलाई स्थापित गरे ।

  33. مَتَٰعٗا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ

    Open ayah 79:33

    तिमी र तिम्रा पशुहरूको जीविकाकोलागि ।

  34. فَإِذَا جَآءَتِ ٱلطَّآمَّةُ ٱلۡكُبۡرَىٰ

    Open ayah 79:34

    कल्पना गर जब ठूलो हाहाकार हुनेछ ।

  35. يَوۡمَ يَتَذَكَّرُ ٱلۡإِنسَٰنُ مَا سَعَىٰ

    Open ayah 79:35

    त्यस दिन मानिसहरू आ–आफ्ना कर्महरूलाई स्मरण गर्नेछन् ।

  36. وَبُرِّزَتِ ٱلۡجَحِيمُ لِمَن يَرَىٰ

    Open ayah 79:36

    र, प्रत्येक देख्ने व्यक्तिहरूसमक्ष नरकलाई प्रकट गरिनेछ ।

  37. فَأَمَّا مَن طَغَىٰ

    Open ayah 79:37

    अनि जसले उद्दण्डता देखाएको हुनेछ

  38. وَءَاثَرَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا

    Open ayah 79:38

    र सांसारिक जीवनलाई प्राथमिकता दिएको हुनेछ

  39. فَإِنَّ ٱلۡجَحِيمَ هِيَ ٱلۡمَأۡوَىٰ

    Open ayah 79:39

    वास्तवमा नरक नै (त्यसको) बासस्थान हुनेछ ।

  40. وَأَمَّا مَنۡ خَافَ مَقَامَ رَبِّهِۦ وَنَهَى ٱلنَّفۡسَ عَنِ ٱلۡهَوَىٰ 

    Open ayah 79:40

    र जो आफ्ना पालनकर्तासामु उपस्थित हुन डराएको हुनेछ, र आफ्नो मनलाई कुअभिलाषाबाट बचाएको हुनेछ

  41. فَإِنَّ ٱلۡجَنَّةَ هِيَ ٱلۡمَأۡوَىٰ

    Open ayah 79:41

    स्वर्ग नै (उसको) बासस्थान हुनेछ ।

  42. يَسۡـَٔلُونَكَ عَنِ ٱلسَّاعَةِ أَيَّانَ مُرۡسَىٰهَا

    Open ayah 79:42

    (हे सन्देष्टा !) मानिसहरू तिमीसँग महाप्रलयको आगमन कहिले हुनेछ भनी सोध्दछन् ।

  43. فِيمَ أَنتَ مِن ذِكۡرَىٰهَآ

    Open ayah 79:43

    त्यसको समय बताउनुसँग तिम्रो के सरोकार ?

  44. إِلَىٰ رَبِّكَ مُنتَهَىٰهَآ

    Open ayah 79:44

    त्यसको पूर्ण ज्ञान त तिम्रा पालनकर्तालाई मात्र छ ।

  45. إِنَّمَآ أَنتَ مُنذِرُ مَن يَخۡشَىٰهَا

    Open ayah 79:45

    महाप्रलयको भय राख्नेहरुलाई मात्र तिमी सचेत गर्न सक्छौ ।

  46. كَأَنَّهُمۡ يَوۡمَ يَرَوۡنَهَا لَمۡ يَلۡبَثُوٓاْ إِلَّا عَشِيَّةً أَوۡ ضُحَىٰهَا

    Open ayah 79:46

    जुन दिन काफिरहरूले त्यस (महाप्रलय) को समय देख्नेछन् (तिनीहरूलाई) यस्तो लाग्नेछ कि (संसारमा) रातको केही प्रहर वा दिनको केही प्रहर मात्र बिताएका थिए ।