عبس

Abasa

He frowned · Surah 80 · Ayahs: 42 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. عَبَسَ وَتَوَلَّىٰٓ

    Open ayah 80:1

    अन

  2. أَن جَآءَهُ ٱلۡأَعۡمَىٰ

    Open ayah 80:2

    उनीनजिक अन्धो ब्यक्ति आयो भनेर ।

  3. وَمَا يُدۡرِيكَ لَعَلَّهُۥ يَزَّكَّىٰٓ

    Open ayah 80:3

    (हे मुहम्मद स.!) तिमीलाई के थाहा ऊ सुध्रन्थ्यो कि !

  4. أَوۡ يَذَّكَّرُ فَتَنفَعَهُ ٱلذِّكۡرَىٰٓ

    Open ayah 80:4

    अथवा उपदेश ग्रहण गर्थ्यो र त्तस उपदेशले उसलाई लाभान्वित पार्थ्यो होला ।

  5. أَمَّا مَنِ ٱسۡتَغۡنَىٰ

    Open ayah 80:5

    तर जसले वास्ता नै गर्दैन

  6. فَأَنتَ لَهُۥ تَصَدَّىٰ

    Open ayah 80:6

    त्यसतर्फ तिमी पूरा ध्यान दिन्छौ ।

  7. وَمَا عَلَيۡكَ أَلَّا يَزَّكَّىٰ

    Open ayah 80:7

    जबकि यदि ऊ नसुध्रिएन भने तिमीमाथि कुनै उत्तरदायित्व छैन ।

  8. وَأَمَّا مَن جَآءَكَ يَسۡعَىٰ

    Open ayah 80:8

    र, जो व्यक्ति तिमीकहाँ दगुर्दै आयो

  9. وَهُوَ يَخۡشَىٰ

    Open ayah 80:9

    र ईशभय पनि राख्दछ

  10. فَأَنتَ عَنۡهُ تَلَهَّىٰ 

    Open ayah 80:10

    त्यसलाई तिमीले उपेक्षा गर्यौ ।

  11. كَلَّآ إِنَّهَا تَذۡكِرَةٞ

    Open ayah 80:11

    कदापि होइन । (यो कुरआन) उपदेश हो ।

  12. فَمَن شَآءَ ذَكَرَهُۥ

    Open ayah 80:12

    इच्छा हुनेले यसलाई ग्रहण गरोस् ।

  13. فِي صُحُفٖ مُّكَرَّمَةٖ

    Open ayah 80:13

    प्रतिष्ठित पानाहरूमा (अङ्कित छ)

  14. مَّرۡفُوعَةٖ مُّطَهَّرَةِۭ

    Open ayah 80:14

    उच्चकोटिका र अति पवित्र (पानाहरूमा)

  15. بِأَيۡدِي سَفَرَةٖ

    Open ayah 80:15

    जुन यस्ता लिपिकारहरूको हातमा रहेको छ

  16. كِرَامِۭ بَرَرَةٖ

    Open ayah 80:16

    जो आदरणीय तथा कर्तव्यनिष्ठ रहेको छ ।

  17. قُتِلَ ٱلۡإِنسَٰنُ مَآ أَكۡفَرَهُۥ

    Open ayah 80:17

    सत्यानाश छ मानवको ! कति कृतघ्न रहेछ !

  18. مِنۡ أَيِّ شَيۡءٍ خَلَقَهُۥ

    Open ayah 80:18

    उसलाई उन (अल्लाह) ले कुन तत्वबाट सृष्टि गरे ?

  19. مِن نُّطۡفَةٍ خَلَقَهُۥ فَقَدَّرَهُۥ

    Open ayah 80:19

    वीर्यबाट उसको सृष्टि गरे अनि (सृष्टिको) चरण निर्धारण गरे ।

  20. ثُمَّ ٱلسَّبِيلَ يَسَّرَهُۥ 

    Open ayah 80:20

    र, उसकोलागि मार्ग सरल पारिदिए ।

  21. ثُمَّ أَمَاتَهُۥ فَأَقۡبَرَهُۥ

    Open ayah 80:21

    अनि उसलाई मृत्यु दिए र चिहानसम्म पुर्याए ।

  22. ثُمَّ إِذَا شَآءَ أَنشَرَهُۥ

    Open ayah 80:22

    फेरि जहिले चाहन्छन् पूनः जीवित पार्नेछन् ।

  23. كَلَّا لَمَّا يَقۡضِ مَآ أَمَرَهُۥ

    Open ayah 80:23

    किमार्थ होइन; अल्लाहले दिएको आदेशलाई उसले अहिलेसम्म पूरा गरेन ।

  24. فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ إِلَىٰ طَعَامِهِۦٓ

    Open ayah 80:24

    मानिसले आफ्नो खाद्य पदार्थतर्फ हेरोस् ।

  25. أَنَّا صَبَبۡنَا ٱلۡمَآءَ صَبّٗا

    Open ayah 80:25

    (उसले बुझिहाल्छ) कि हामीले नै प्रशस्त पानी बर्सायौं ।

  26. ثُمَّ شَقَقۡنَا ٱلۡأَرۡضَ شَقّٗا

    Open ayah 80:26

    अनि भूमिलाई राम्ररी चिर्यौं ।

  27. فَأَنۢبَتۡنَا فِيهَا حَبّٗا

    Open ayah 80:27

    अनि त्यसमा उब्जायौं अन्न–बाली

  28. وَعِنَبٗا وَقَضۡبٗا

    Open ayah 80:28

    र अंगुर एवं सागपात

  29. وَزَيۡتُونٗا وَنَخۡلٗا

    Open ayah 80:29

    र जैतुन एवं खजूरका बगैंचा

  30. وَحَدَآئِقَ غُلۡبٗا 

    Open ayah 80:30

    र घना बगैंचाहरू

  31. وَفَٰكِهَةٗ وَأَبّٗا

    Open ayah 80:31

    र फलहरू एवं घाँसपात ।

  32. مَّتَٰعٗا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ

    Open ayah 80:32

    तिमी र तिम्रा पशुहरूको जीविकाका लागि ।

  33. فَإِذَا جَآءَتِ ٱلصَّآخَّةُ

    Open ayah 80:33

    अन्ततः जुन दिन कर्कश ध्वनि आउनेछ

  34. يَوۡمَ يَفِرُّ ٱلۡمَرۡءُ مِنۡ أَخِيهِ

    Open ayah 80:34

    त्यस दिन मनुष्य भाग्नेछ आफ्ना दाजुभाइबाट

  35. وَأُمِّهِۦ وَأَبِيهِ

    Open ayah 80:35

    आफ्ना आमाबाबुबाट

  36. وَصَٰحِبَتِهِۦ وَبَنِيهِ

    Open ayah 80:36

    तथा आफ्नी पत्नी एवं आफ्ना छोराहरुबाट ।

  37. لِكُلِّ ٱمۡرِيٕٖ مِّنۡهُمۡ يَوۡمَئِذٖ شَأۡنٞ يُغۡنِيهِ

    Open ayah 80:37

    त्यसदिन उनीहरूमध्ये प्रत्येक आफ्नै चिन्तामा ग्रस्त हुनेछ ।

  38. وُجُوهٞ يَوۡمَئِذٖ مُّسۡفِرَةٞ

    Open ayah 80:38

    कतिपय मुहारहरू त्यसदिन उज्जवल हुनेछन्

  39. ضَاحِكَةٞ مُّسۡتَبۡشِرَةٞ

    Open ayah 80:39

    प्रफुल्ल र फक्रेका ।

  40. وَوُجُوهٞ يَوۡمَئِذٍ عَلَيۡهَا غَبَرَةٞ 

    Open ayah 80:40

    र, कतिपय मुहारहरू त्यसदिन धुलोयुक्त हुनेछन् ।

  41. تَرۡهَقُهَا قَتَرَةٌ

    Open ayah 80:41

    तिनीहरूमाथि अँध्यारो छाएको हुनेछ ।

  42. أُوْلَٰٓئِكَ هُمُ ٱلۡكَفَرَةُ ٱلۡفَجَرَةُ

    Open ayah 80:42

    तिनीहरू नै हुनेछन् काफिर र दुराचारीहरू ।