التكوير
At-Takwir
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِذَا ٱلشَّمۡسُ كُوِّرَتۡ
Open ayah 81:1जब सूर्यलाई बेरिनेछ
وَإِذَا ٱلنُّجُومُ ٱنكَدَرَتۡ
Open ayah 81:2र जब ताराहरू प्रकाशविहीन हुनेछन्
وَإِذَا ٱلۡجِبَالُ سُيِّرَتۡ
Open ayah 81:3र जब पर्वतहरू गतिशील बनाइनेछन्
وَإِذَا ٱلۡعِشَارُ عُطِّلَتۡ
Open ayah 81:4र जब दस महिनाकी गर्भिणी ऊँटनीहरू त्यागिनेछन्
وَإِذَا ٱلۡوُحُوشُ حُشِرَتۡ
Open ayah 81:5र जब जङ्गली जनावरहरू एकत्रित गरिनेछन्
وَإِذَا ٱلۡبِحَارُ سُجِّرَتۡ
Open ayah 81:6र जब समुद्रमा आगो दन्काइनेछ
وَإِذَا ٱلنُّفُوسُ زُوِّجَتۡ
Open ayah 81:7र जब आत्माहरू जोडिनेछन्
وَإِذَا ٱلۡمَوۡءُۥدَةُ سُئِلَتۡ
Open ayah 81:8र जब जिउँदै गाडिएकी बालिकालाई सोधिनेछ
بِأَيِّ ذَنۢبٖ قُتِلَتۡ
Open ayah 81:9कुन पापमा उसको हत्या गरिएको थियो
وَإِذَا ٱلصُّحُفُ نُشِرَتۡ
Open ayah 81:10र, जब कर्मपत्रहरू खोलिनेछन्
وَإِذَا ٱلسَّمَآءُ كُشِطَتۡ
Open ayah 81:11र, जब आकाशलाई उदाङ्गो गरिनेछ
وَإِذَا ٱلۡجَحِيمُ سُعِّرَتۡ
Open ayah 81:12र जब नरक दन्काइनेछ
وَإِذَا ٱلۡجَنَّةُ أُزۡلِفَتۡ
Open ayah 81:13र जब स्वर्ग नजिक ल्याइनेछ
عَلِمَتۡ نَفۡسٞ مَّآ أَحۡضَرَتۡ
Open ayah 81:14त्यतिबेला प्रत्येक व्यक्तिले आफूले के लिएर आएको छ भन्ने जान्नेछ ।
فَلَآ أُقۡسِمُ بِٱلۡخُنَّسِ
Open ayah 81:15होइन; यी ताराहरूको कसम जो पछि हट्छन्
ٱلۡجَوَارِ ٱلۡكُنَّسِ
Open ayah 81:16जो अघि सर्दै लुप्त हुन्छन् ।
وَٱلَّيۡلِ إِذَا عَسۡعَسَ
Open ayah 81:17र, रातको कसम जब त्यो बित्न लाग्छ
وَٱلصُّبۡحِ إِذَا تَنَفَّسَ
Open ayah 81:18र प्रभातको कसम जब त्यो उदाउन लाग्छ
إِنَّهُۥ لَقَوۡلُ رَسُولٖ كَرِيمٖ
Open ayah 81:19निश्चय नै यो (कुरआन) एक प्रतिष्ठित दूत (द्वारा ल्याइए) को वचन् हो।
ذِي قُوَّةٍ عِندَ ذِي ٱلۡعَرۡشِ مَكِينٖ
Open ayah 81:20जो शक्तिशाली एवं सिंहासनका स्वामीकहाँ उच्च पदाधिकारी हुन् ।
مُّطَاعٖ ثَمَّ أَمِينٖ
Open ayah 81:21त्यहाँ उनको आज्ञापालन गरिन्छ, जो इमानदार छन् ।
وَمَا صَاحِبُكُم بِمَجۡنُونٖ
Open ayah 81:22र, तिम्रा साथी (मुहम्मद स.) उन्मादी होइनन् ।
وَلَقَدۡ رَءَاهُ بِٱلۡأُفُقِ ٱلۡمُبِينِ
Open ayah 81:23उनले त्यस (दूत जिब्रइल) लाई प्रकाशमय क्षितिजमा देखेका छन् ।
وَمَا هُوَ عَلَى ٱلۡغَيۡبِ بِضَنِينٖ
Open ayah 81:24र, उनी परोक्षको ज्ञान (पुर्याउने) मामिलामा कञ्जुस छैनन् ।
وَمَا هُوَ بِقَوۡلِ شَيۡطَٰنٖ رَّجِيمٖ
Open ayah 81:25र, यो (कुरआन) कुनै तिरस्कृत शैतानको कथन होइन ।
فَأَيۡنَ تَذۡهَبُونَ
Open ayah 81:26तैपनि तिमीहरू कहाँ जाँदैछौ ?
إِنۡ هُوَ إِلَّا ذِكۡرٞ لِّلۡعَٰلَمِينَ
Open ayah 81:27यो सम्पूर्ण संसारबासीहरूका लागि उपदेश हो ।
لِمَن شَآءَ مِنكُمۡ أَن يَسۡتَقِيمَ
Open ayah 81:28तिमीहरूमध्ये सीधामार्गमा हिंड्न चाहनेहरू कालागि ।
وَمَا تَشَآءُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ
Open ayah 81:29र तिमीहरुले चाहन सक्ने छैनौ जबसम्म सम्पूर्ण संसारका पालनकर्ता अल्लाहको चाहना हुँदैन ।