الإنفطار

Al-Infitaar

The Cleaving · Surah 82 · Ayahs: 19 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. إِذَا ٱلسَّمَآءُ ٱنفَطَرَتۡ

    Open ayah 82:1

    जब आकाश चर्किनेछ

  2. وَإِذَا ٱلۡكَوَاكِبُ ٱنتَثَرَتۡ

    Open ayah 82:2

    र जब ताराहरू झर्नेछन्

  3. وَإِذَا ٱلۡبِحَارُ فُجِّرَتۡ

    Open ayah 82:3

    र जब समुद्रहरू बगाइनेछन्

  4. وَإِذَا ٱلۡقُبُورُ بُعۡثِرَتۡ

    Open ayah 82:4

    र जब चिहानहरू उखाडिनेछन्

  5. عَلِمَتۡ نَفۡسٞ مَّا قَدَّمَتۡ وَأَخَّرَتۡ

    Open ayah 82:5

    तब प्रत्येक व्यक्तिले अगाडि पठाएको र पछाडि छोडेको (कर्महरूबारे) थाहा पाउनेछ ।

  6. يَٰٓأَيُّهَا ٱلۡإِنسَٰنُ مَا غَرَّكَ بِرَبِّكَ ٱلۡكَرِيمِ

    Open ayah 82:6

    हे मानव ! कुन चिजले तिमीलाई आफ्ना उदार पालनकर्ता बारे धोकामा पारेको छ

  7. ٱلَّذِي خَلَقَكَ فَسَوَّىٰكَ فَعَدَلَكَ

    Open ayah 82:7

    जसले तिम्रो सृष्टि गरे, अंग प्रत्यंग मिलाए र सन्तुलित पारे

  8. فِيٓ أَيِّ صُورَةٖ مَّا شَآءَ رَكَّبَكَ

    Open ayah 82:8

    जुन रूपमा चाहे त्यसै रूपमा तिमीलाई ढाले ?

  9. كَلَّا بَلۡ تُكَذِّبُونَ بِٱلدِّينِ

    Open ayah 82:9

    कदापि होइन, बरु तिमीहरू बदला दिइने दिनलाई असत्य ठहर गर्छौ

  10. وَإِنَّ عَلَيۡكُمۡ لَحَٰفِظِينَ 

    Open ayah 82:10

    जबकि तिमीहरूमाथि निगरानी गर्ने (फरिश्ता) हरू नियुक्त छन्

  11. كِرَامٗا كَٰتِبِينَ

    Open ayah 82:11

    जो प्रतिष्ठित, तिम्रा गतिविधिहरूलाई लेखिरहने

  12. يَعۡلَمُونَ مَا تَفۡعَلُونَ

    Open ayah 82:12

    जो तिमीहरूले गर्ने गरेका कार्यहरूबारे जान्दछन् ।

  13. إِنَّ ٱلۡأَبۡرَارَ لَفِي نَعِيمٖ

    Open ayah 82:13

    निस्सन्देह सत्कर्मीहरू अनुग्रहमा हुनेछन् ।

  14. وَإِنَّ ٱلۡفُجَّارَ لَفِي جَحِيمٖ

    Open ayah 82:14

    र, पक्कै दुष्कर्मीहरू नरकमा हुनेछन् ।

  15. يَصۡلَوۡنَهَا يَوۡمَ ٱلدِّينِ

    Open ayah 82:15

    बदला दिइने दिन तिनीहरू त्यसमा जाकिनेछन् ।

  16. وَمَا هُمۡ عَنۡهَا بِغَآئِبِينَ

    Open ayah 82:16

    र, त्यहाँबाट कहिल्यै उम्कन सक्ने छैनन् ।

  17. وَمَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلدِّينِ

    Open ayah 82:17

    र, बदला दिइने दिन के हो तिमीहरूलाई के थाहा ?

  18. ثُمَّ مَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلدِّينِ

    Open ayah 82:18

    हो, के थाहा तिमीहरूलाई के हो बदला दिइने दिन ?

  19. يَوۡمَ لَا تَمۡلِكُ نَفۡسٞ لِّنَفۡسٖ شَيۡـٔٗاۖ وَٱلۡأَمۡرُ يَوۡمَئِذٖ لِّلَّهِ

    Open ayah 82:19

    त्यस दिन कसैले कसैकोलागि केही गर्न सक्ने छैन र सम्पूर्ण अधिकार अल्लाहमा नै निहित हुनेछ ।