المطففين
Al-Mutaffifin
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَيۡلٞ لِّلۡمُطَفِّفِينَ
Open ayah 83:1सर्वनाश छ नापतौलमा घटाएर दिनेहरूको
ٱلَّذِينَ إِذَا ٱكۡتَالُواْ عَلَى ٱلنَّاسِ يَسۡتَوۡفُونَ
Open ayah 83:2जो मानिसहरूबाट लिंदा पूरापूरा नापेर लिन्छन्
وَإِذَا كَالُوهُمۡ أَو وَّزَنُوهُمۡ يُخۡسِرُونَ
Open ayah 83:3र उनीहरूलाई नापेर वा तौलेर दिँदा कम दिन्छन् ।
أَلَا يَظُنُّ أُوْلَٰٓئِكَ أَنَّهُم مَّبۡعُوثُونَ
Open ayah 83:4के यिनीहरूले पुनः जीवित गरिनेछ भन्ने बुझेका छैनन्
لِيَوۡمٍ عَظِيمٖ
Open ayah 83:5एक महान् दिनमा
يَوۡمَ يَقُومُ ٱلنَّاسُ لِرَبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 83:6त्यस दिन मानिसहरू जगत्का पालनकर्तासमक्ष उभिनेछन् ।
كَلَّآ إِنَّ كِتَٰبَ ٱلۡفُجَّارِ لَفِي سِجِّينٖ
Open ayah 83:7निश्चय नै दुष्कर्मीहरूको कर्मपत्र सिज्जीनमा छ ।
وَمَآ أَدۡرَىٰكَ مَا سِجِّينٞ
Open ayah 83:8र, सिज्जीन के हो तिमीहरूलाई के थाहा ?
كِتَٰبٞ مَّرۡقُومٞ
Open ayah 83:9एक लिखित अभिलेख ।
وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
Open ayah 83:10सर्वनाश छ त्यस दिन मिथ्याचारीहरूको
ٱلَّذِينَ يُكَذِّبُونَ بِيَوۡمِ ٱلدِّينِ
Open ayah 83:11जो न्यायको दिनलाई असत्य ठहर गर्छन् ।
وَمَا يُكَذِّبُ بِهِۦٓ إِلَّا كُلُّ مُعۡتَدٍ أَثِيمٍ
Open ayah 83:12र, त्यसलाई सीमा उल्लङ्घनकारी एवं दुष्कर्मी बाहेक कसैले असत्य ठहर गर्दैन ।
إِذَا تُتۡلَىٰ عَلَيۡهِ ءَايَٰتُنَا قَالَ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ
Open ayah 83:13र, जब उसलाई हाम्रा आयतहरू पढेर सुनाइन्छ तब ऊ भन्छ– “यो बितेकाहरूको दन्त्यकथा मात्र हो ।”
كَلَّاۖ بَلۡۜ رَانَ عَلَىٰ قُلُوبِهِم مَّا كَانُواْ يَكۡسِبُونَ
Open ayah 83:14कदापि होइन; तिनीहरूले गरेको दुष्कर्मको कारणले नै तिनीहरूको हृदयमा खिया परेको छ ।
كَلَّآ إِنَّهُمۡ عَن رَّبِّهِمۡ يَوۡمَئِذٖ لَّمَحۡجُوبُونَ
Open ayah 83:15कदापि होइन, निस्सन्देह त्यस दिन तिनीहरू पालनकर्ताको दर्शनबाट वञ्चित गरिनेछन् ।
ثُمَّ إِنَّهُمۡ لَصَالُواْ ٱلۡجَحِيمِ
Open ayah 83:16र, तिनीहरू निश्चय नै नरकमा जाकिनेछन् ।
ثُمَّ يُقَالُ هَٰذَا ٱلَّذِي كُنتُم بِهِۦ تُكَذِّبُونَ
Open ayah 83:17र, तिनीहरूलाई भनिनेछ– “यही हो जसलाई तिमीहरू असत्य ठान्थ्यौ ।”
كَلَّآ إِنَّ كِتَٰبَ ٱلۡأَبۡرَارِ لَفِي عِلِّيِّينَ
Open ayah 83:18निस्सन्देह, सत्कर्मीहरूको कर्मपत्र, इल्लिय्यीनमा छ ।
وَمَآ أَدۡرَىٰكَ مَا عِلِّيُّونَ
Open ayah 83:19र, इल्लिय्यीन के हो तिमीलाई के थाहा ?
كِتَٰبٞ مَّرۡقُومٞ
Open ayah 83:20एक लिखित अभिलेख !
يَشۡهَدُهُ ٱلۡمُقَرَّبُونَ
Open ayah 83:21यस लिखित अभिलेखनजिक अल्लाहका निकटतम फरिश्ताहरू उपस्थित रहन्छन् ।
إِنَّ ٱلۡأَبۡرَارَ لَفِي نَعِيمٍ
Open ayah 83:22निस्सन्देह सत्कर्मीहरू अल्लाहको अनुग्रहमा हुनेछन् ।
عَلَى ٱلۡأَرَآئِكِ يَنظُرُونَ
Open ayah 83:23उच्च आसनमा बसेर उनीहरू अवलोकन गरिरहनेछन् ।
تَعۡرِفُ فِي وُجُوهِهِمۡ نَضۡرَةَ ٱلنَّعِيمِ
Open ayah 83:24उनीहरूको अनुहारमा सुख–सम्पन्नताको आभास देख्नेछौ ।
يُسۡقَوۡنَ مِن رَّحِيقٖ مَّخۡتُومٍ
Open ayah 83:25उनीहरूलाई सिलबन्द र शुद्ध पेयपान गराइनेछ
خِتَٰمُهُۥ مِسۡكٞۚ وَفِي ذَٰلِكَ فَلۡيَتَنَافَسِ ٱلۡمُتَنَٰفِسُونَ
Open ayah 83:26जसमा कस्तूरीको छाप हुनेछ । र प्रतिस्पर्धीहरूले त्यसैको लागि प्रतिस्पर्धा गर्नुपर्छ ।
وَمِزَاجُهُۥ مِن تَسۡنِيمٍ
Open ayah 83:27त्यस पेयमा तस्नीमको मिश्रण हुनेछ ।
عَيۡنٗا يَشۡرَبُ بِهَا ٱلۡمُقَرَّبُونَ
Open ayah 83:28(तस्नीम भनेको) एउटा यस्तो मूल जसबाट अल्लाहका निकटतम भक्तजनहरूले पिउनेछन् ।
إِنَّ ٱلَّذِينَ أَجۡرَمُواْ كَانُواْ مِنَ ٱلَّذِينَ ءَامَنُواْ يَضۡحَكُونَ
Open ayah 83:29निस्सन्देह पापीहरू संसारमा आस्थावानहरूको उपहास गर्दथे ।
وَإِذَا مَرُّواْ بِهِمۡ يَتَغَامَزُونَ
Open ayah 83:30र, उनीहरूको छेउबाट हिंड्दा तिनीहरूले आँखा झिम्क्याई व्यंग्य गर्थे ।
وَإِذَا ٱنقَلَبُوٓاْ إِلَىٰٓ أَهۡلِهِمُ ٱنقَلَبُواْ فَكِهِينَ
Open ayah 83:31र, आफ्ना आफन्ततर्फ फर्किँदा तिनीहरू हाँसखेल गर्दै फर्कन्थे ।
وَإِذَا رَأَوۡهُمۡ قَالُوٓاْ إِنَّ هَٰٓؤُلَآءِ لَضَآلُّونَ
Open ayah 83:32र, तिनीहरूलाई देख्दा निश्चय नै यी पथभ्रष्टहरू हुन् भनेर भन्दथे
وَمَآ أُرۡسِلُواْ عَلَيۡهِمۡ حَٰفِظِينَ
Open ayah 83:33जबकि तिनीहरू उनीहरूका निरीक्षक नियुक्त गरिएका थिएनन् ।
فَٱلۡيَوۡمَ ٱلَّذِينَ ءَامَنُواْ مِنَ ٱلۡكُفَّارِ يَضۡحَكُونَ
Open ayah 83:34अनि आज मोमिनहरू यी काफिरहरूमाथि हाँस्नेछन् ।
عَلَى ٱلۡأَرَآئِكِ يَنظُرُونَ
Open ayah 83:35उच्च आसनमा बसेर अवलोकन गरिरहनेछन् ।
هَلۡ ثُوِّبَ ٱلۡكُفَّارُ مَا كَانُواْ يَفۡعَلُونَ
Open ayah 83:36(त्यसदिन सोधिनेछ) के काफिरहरूले आफूले गरेका कार्यहरूको पूरा फल पाए ?