الإنشقاق
Al-Inshiqaaq
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِذَا ٱلسَّمَآءُ ٱنشَقَّتۡ
Open ayah 84:1जब आकाश चर्किनेछ
وَأَذِنَتۡ لِرَبِّهَا وَحُقَّتۡ
Open ayah 84:2र आफ्ना पालनकर्ताको आज्ञापालन गर्नेछ र यही यथोचित पनि हो
وَإِذَا ٱلۡأَرۡضُ مُدَّتۡ
Open ayah 84:3र जब धर्तीलाई फैलाइनेछ
وَأَلۡقَتۡ مَا فِيهَا وَتَخَلَّتۡ
Open ayah 84:4र धर्तीले आफूभित्र भएकालाई ओकल्नेछ र त्यो रित्तो हुनेछ
وَأَذِنَتۡ لِرَبِّهَا وَحُقَّتۡ
Open ayah 84:5र आफ्ना रबको आज्ञापालन गर्नेछ र यही यथोचित पनि हो
يَٰٓأَيُّهَا ٱلۡإِنسَٰنُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدۡحٗا فَمُلَٰقِيهِ
Open ayah 84:6हे मानव ! तिमी परिश्रम गर्दै आफ्ना मालिकतर्फ जाँदैछौ अनि उनीसँग भेट्नेछौ ।
فَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِيَمِينِهِۦ
Open ayah 84:7जसलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ
فَسَوۡفَ يُحَاسَبُ حِسَابٗا يَسِيرٗا
Open ayah 84:8त्यससँग सरल रूपमा हिसाब लिइनेछ ।
وَيَنقَلِبُ إِلَىٰٓ أَهۡلِهِۦ مَسۡرُورٗا
Open ayah 84:9र, ऊ आफ्ना आफन्तकहाँ हर्षोल्लासका साथ फर्कनेछ ।
وَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ وَرَآءَ ظَهۡرِهِۦ
Open ayah 84:10तर जसलाई उसको कर्मपत्र पिठ्यूँपछाडिबाट दिइने
فَسَوۡفَ يَدۡعُواْ ثُبُورٗا
Open ayah 84:11उसले चाँडै नै मृत्युलाई डाक्नेछ ।
وَيَصۡلَىٰ سَعِيرًا
Open ayah 84:12र, ऊ दन्कँदो अग्निमा पुग्नेछ ।
إِنَّهُۥ كَانَ فِيٓ أَهۡلِهِۦ مَسۡرُورًا
Open ayah 84:13निस्सन्देह ऊ आफन्तहरूसित मोजमस्तीसाथ बस्थ्यो ।
إِنَّهُۥ ظَنَّ أَن لَّن يَحُورَ
Open ayah 84:14र, उसले आफू कहिल्यै फर्केर जाने छैन भन्ने ठानेको थियो ।
بَلَىٰٓۚ إِنَّ رَبَّهُۥ كَانَ بِهِۦ بَصِيرٗا
Open ayah 84:15किन न फर्कनु जबकि उसका रबले उसलाई देखिरहेका थिए ।
فَلَآ أُقۡسِمُ بِٱلشَّفَقِ
Open ayah 84:16अतः होइन; म कसम खान्छु बिहानीलालीको ।
وَٱلَّيۡلِ وَمَا وَسَقَ
Open ayah 84:17र, रातको तथा रातले ढपक्कै ढाकेका सम्पूर्ण वस्तुहरूको कसम ।
وَٱلۡقَمَرِ إِذَا ٱتَّسَقَ
Open ayah 84:18र, चन्द्रमाको कसम जब त्यो पूर्णिमाको चन्द्रमा बन्न पुग्छ ।
لَتَرۡكَبُنَّ طَبَقًا عَن طَبَقٖ
Open ayah 84:19तिमी अवश्य नै एक अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्नेछौ ।
فَمَا لَهُمۡ لَا يُؤۡمِنُونَ
Open ayah 84:20अनि तिनीहरूलाई के भएको छ कि तिनीहरू ईमान ल्याउँदैनन् ?
وَإِذَا قُرِئَ عَلَيۡهِمُ ٱلۡقُرۡءَانُ لَا يَسۡجُدُونَۤ۩
Open ayah 84:21र, तिनीहरूसमक्ष कुरआनको पाठ गरिँदा सज्दा गर्दैनन् ?
بَلِ ٱلَّذِينَ كَفَرُواْ يُكَذِّبُونَ
Open ayah 84:22बरु काफिरहरू (यसलाई) असत्य ठहर गर्दछन् ।
وَٱللَّهُ أَعۡلَمُ بِمَا يُوعُونَ
Open ayah 84:23र, यिनीहरूले मनमा लुकाउने कुरासँग अल्लाह अवगत छन् ।
فَبَشِّرۡهُم بِعَذَابٍ أَلِيمٍ
Open ayah 84:24अतः तिनीहरूलाई दुःखद यातनाको शुभ–सूचना सुनाइदेऊ ।
إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونِۭ
Open ayah 84:25तर मोमिन तथा सत्कर्मीहरूकानिम्ति अनन्त प्रतिदान रहेको छ ।