البروج

Al-Burooj

The Constellations · Surah 85 · Ayahs: 22 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلسَّمَآءِ ذَاتِ ٱلۡبُرُوجِ

    Open ayah 85:1

    तारै ताराले ढाकिएको आकाशको कसम !

  2. وَٱلۡيَوۡمِ ٱلۡمَوۡعُودِ

    Open ayah 85:2

    र, वाचा गरिएको दिनको !

  3. وَشَاهِدٖ وَمَشۡهُودٖ

    Open ayah 85:3

    र, अवलोकन गर्ने र अवलोकन गरिनेको ।

  4. قُتِلَ أَصۡحَٰبُ ٱلۡأُخۡدُودِ

    Open ayah 85:4

    कि नाश गरिए खाडलवालाहरू !

  5. ٱلنَّارِ ذَاتِ ٱلۡوَقُودِ

    Open ayah 85:5

    इन्धनले भरिएको आगो भएको

  6. إِذۡ هُمۡ عَلَيۡهَا قُعُودٞ

    Open ayah 85:6

    जब तिनीहरू त्यसका वरिपरि बसेका थिए ।

  7. وَهُمۡ عَلَىٰ مَا يَفۡعَلُونَ بِٱلۡمُؤۡمِنِينَ شُهُودٞ

    Open ayah 85:7

    र, मोमिनहरूकासाथ जे गरिरहेका थिए त्यसको तिनीहरू स्वयं साक्षी थिए ।

  8. وَمَا نَقَمُواْ مِنۡهُمۡ إِلَّآ أَن يُؤۡمِنُواْ بِٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ

    Open ayah 85:8

    र, तिनीहरूले उनीहरुमाथि अत्याचार गर्नुको कारण यो बाहेक अरु केही थिएन कि उनीहरुले प्रभुत्वशाली, स्वयं प्रशंसनीय अल्लाहमाथि ईमान ल्याएका थिए ।

  9. ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٌ

    Open ayah 85:9

    जसको शासन आकाश र पृथ्वी दुवैमाथि रहेको छ । र सम्पूर्ण चिजको साक्षी पनि अल्लाह नै हुन् ।

  10. إِنَّ ٱلَّذِينَ فَتَنُواْ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ ثُمَّ لَمۡ يَتُوبُواْ فَلَهُمۡ عَذَابُ جَهَنَّمَ وَلَهُمۡ عَذَابُ ٱلۡحَرِيقِ 

    Open ayah 85:10

    निस्सन्देह जुन व्यक्तिहरुले आस्थावान पुरुष तथा महिलालाई सताए र पश्चात्ताप गरेनन् तिनीहरुकोलागि नरकको यातना र आगोमा पोल्नुको यातना रहेकोछ ।

  11. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ جَنَّٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡكَبِيرُ

    Open ayah 85:11

    निस्सन्देह आस्था राख्ने र सत्कर्म गर्नेहरूकालागि यस्ता बगैंचाहरू छन् जसको तलतिरबाट नहरहरू कलकल बगिरहेका हुनेछन् र यही महान् सफलता हो ।

  12. إِنَّ بَطۡشَ رَبِّكَ لَشَدِيدٌ

    Open ayah 85:12

    निश्चय नै तिम्रा रबको पकड अत्यन्तै कडा रहेको छ ।

  13. إِنَّهُۥ هُوَ يُبۡدِئُ وَيُعِيدُ

    Open ayah 85:13

    उनले नै प्रथम पटक सिर्जना गर्छन् र फेरि उनैले पुनरावृति गर्नेछन् ।

  14. وَهُوَ ٱلۡغَفُورُ ٱلۡوَدُودُ

    Open ayah 85:14

    र, उनी अति क्षमाशील अनि अत्यन्त स्नेही पनि छन् ।

  15. ذُو ٱلۡعَرۡشِ ٱلۡمَجِيدُ

    Open ayah 85:15

    राजसिंहासनका स्वामी, महान् छन् ।

  16. فَعَّالٞ لِّمَا يُرِيدُ

    Open ayah 85:16

    उनले चाहेको कुरा गरेरै छाड्छन् ।

  17. هَلۡ أَتَىٰكَ حَدِيثُ ٱلۡجُنُودِ

    Open ayah 85:17

    के तिमीलाई सैनिकहरूको खबर पुग्यो ?

  18. فِرۡعَوۡنَ وَثَمُودَ

    Open ayah 85:18

    फिरऔन र समूदहरूको ?

  19. بَلِ ٱلَّذِينَ كَفَرُواْ فِي تَكۡذِيبٖ

    Open ayah 85:19

    बरु काफिरहरू जानी जानी अस्वीकार गर्नमा नै मग्न छन् ।

  20. وَٱللَّهُ مِن وَرَآئِهِم مُّحِيطُۢ 

    Open ayah 85:20

    जबकि अल्लाहले तिनीहरूलाई चारैतिरबाट घेरिराखेका छन् ।

  21. بَلۡ هُوَ قُرۡءَانٞ مَّجِيدٞ

    Open ayah 85:21

    बरु यो गौरवशाली कुरआन हो ।

  22. فِي لَوۡحٖ مَّحۡفُوظِۭ

    Open ayah 85:22

    सुरक्षित पाटीमा छ ।