الطارق
At-Taariq
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلسَّمَآءِ وَٱلطَّارِقِ
Open ayah 86:1आकाश र राति आउनेको कसम
وَمَآ أَدۡرَىٰكَ مَا ٱلطَّارِقُ
Open ayah 86:2र, राति आउने के हो तिमीलाई के थाहा ?
ٱلنَّجۡمُ ٱلثَّاقِبُ
Open ayah 86:3चम्किलो तारा हो ।
إِن كُلُّ نَفۡسٖ لَّمَّا عَلَيۡهَا حَافِظٞ
Open ayah 86:4निश्चय नै प्रत्येक व्यक्तिसंग निरिक्षक नियुक्त छ ।
فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ مِمَّ خُلِقَ
Open ayah 86:5अतः आफूलाई कुन तत्वबाट सृष्टि गरिएको छ भन्ने मानिसले विचार गर्नुपर्ने हो ।
خُلِقَ مِن مَّآءٖ دَافِقٖ
Open ayah 86:6एउटा छचल्कँदो पानीबाट मानिसलाई सृष्टि गरिएको छ ।
يَخۡرُجُ مِنۢ بَيۡنِ ٱلصُّلۡبِ وَٱلتَّرَآئِبِ
Open ayah 86:7जुन पानी पिठ्यूँ र छातीको हड्डीको बीचबाट निस्कन्छ ।
إِنَّهُۥ عَلَىٰ رَجۡعِهِۦ لَقَادِرٞ
Open ayah 86:8निस्सन्देह अल्लाह उसलाई फर्काउन समर्थ छन् ।
يَوۡمَ تُبۡلَى ٱلسَّرَآئِرُ
Open ayah 86:9जुन दिन गुप्त भेदहरूको परीक्षण हुनेछ ।
فَمَا لَهُۥ مِن قُوَّةٖ وَلَا نَاصِرٖ
Open ayah 86:10त्यस बेला उसको न कुनै शक्ति हुनेछ न कुनै सहयोगी नै ।
وَٱلسَّمَآءِ ذَاتِ ٱلرَّجۡعِ
Open ayah 86:11पानी बर्साउने आकाशको कसम ।
وَٱلۡأَرۡضِ ذَاتِ ٱلصَّدۡعِ
Open ayah 86:12र, चर्किने धर्तीको कसम ।
إِنَّهُۥ لَقَوۡلٞ فَصۡلٞ
Open ayah 86:13निस्सन्देह यो (कुरआन) निर्णायक वाणी हो ।
وَمَا هُوَ بِٱلۡهَزۡلِ
Open ayah 86:14यो कुनै ठट्यौली होइन ।
إِنَّهُمۡ يَكِيدُونَ كَيۡدٗا
Open ayah 86:15निस्सन्देह काफिरहरू चाल चलिरहेका छन् ।
وَأَكِيدُ كَيۡدٗا
Open ayah 86:16र, म पनी एउटा योजना बनाइरहेको छु ।
فَمَهِّلِ ٱلۡكَٰفِرِينَ أَمۡهِلۡهُمۡ رُوَيۡدَۢا
Open ayah 86:17अतः (हे सन्देष्टा) काफिरहरूलाई अवसर देउ, केही दिनको लागि उनीहरुलाई छोडी देउ ।