الأعلى
Al-A'laa
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
سَبِّحِ ٱسۡمَ رَبِّكَ ٱلۡأَعۡلَى
Open ayah 87:1(हे सन्देष्टा !) आफ्ना उनै सर्वोच्च पालनकर्ताको नामको पवित्रता वर्णन गर ।
ٱلَّذِي خَلَقَ فَسَوَّىٰ
Open ayah 87:2जसले सृष्टि गरे अनि (अङ्ग–प्रत्यङ्ग) मिलाए ।
وَٱلَّذِي قَدَّرَ فَهَدَىٰ
Open ayah 87:3र, जसले (सृष्टिको चरण) निर्धारित गरे अनि मार्गदर्शन गरे ।
وَٱلَّذِيٓ أَخۡرَجَ ٱلۡمَرۡعَىٰ
Open ayah 87:4र, जसले बालीनाली उमारे ।
فَجَعَلَهُۥ غُثَآءً أَحۡوَىٰ
Open ayah 87:5अनि त्यसलाई खुबै हरियो सघन बनाइदिए ।
سَنُقۡرِئُكَ فَلَا تَنسَىٰٓ
Open ayah 87:6चाँडै नै हामी तिमीलाई पढाउनेछौं र तिमीले बिर्सने छैनौ ।
إِلَّا مَا شَآءَ ٱللَّهُۚ إِنَّهُۥ يَعۡلَمُ ٱلۡجَهۡرَ وَمَا يَخۡفَىٰ
Open ayah 87:7सिवाय त्यसबाहेक जो अल्लाह चाहन्छन् । निश्चय नै उनी दृश्य तथा अदृश्यलाई जान्दछन् ।
وَنُيَسِّرُكَ لِلۡيُسۡرَىٰ
Open ayah 87:8र, हामीले तिम्रोलागि सजिलो तरिकाको सुविधा प्रदान गर्नेछौं ।
فَذَكِّرۡ إِن نَّفَعَتِ ٱلذِّكۡرَىٰ
Open ayah 87:9अतः हे सन्देष्टा ! उपदेश लाभदायक भएसम्म उपदेशको काम जारी राख ।
سَيَذَّكَّرُ مَن يَخۡشَىٰ
Open ayah 87:10भय राख्ने व्यक्तिले चाँडै उपदेश ग्रहण गर्नेछ ।
وَيَتَجَنَّبُهَا ٱلۡأَشۡقَى
Open ayah 87:11तर त्यो अभागी त्यसबाट तर्केर भाग्नेछ
ٱلَّذِي يَصۡلَى ٱلنَّارَ ٱلۡكُبۡرَىٰ
Open ayah 87:12जो विशाल अग्निकुण्डमा पर्नेछ ।
ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحۡيَىٰ
Open ayah 87:13अनि त्यहाँ न ऊ मर्नेछ न जिउने नै छ ।
قَدۡ أَفۡلَحَ مَن تَزَكَّىٰ
Open ayah 87:14निस्सन्देह त्यो व्यक्ति सफल भयो जसले पवित्रता ग्रहण गर्यो
وَذَكَرَ ٱسۡمَ رَبِّهِۦ فَصَلَّىٰ
Open ayah 87:15र आफ्ना रबको नाम जपी रह्यो अनि नमाज पढ्यो ।
بَلۡ تُؤۡثِرُونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا
Open ayah 87:16बरु तिमीहरू सांसारिक जीवनलाई प्राथमिकता दिन्छौ ।
وَٱلۡأٓخِرَةُ خَيۡرٞ وَأَبۡقَىٰٓ
Open ayah 87:17जबकि परलोक नै अति उत्तम र चिरस्थायी छ ।
إِنَّ هَٰذَا لَفِي ٱلصُّحُفِ ٱلۡأُولَىٰ
Open ayah 87:18निस्सन्देह यी कुराहरू प्राचीन ग्रन्थहरूमा पनि छन्
صُحُفِ إِبۡرَٰهِيمَ وَمُوسَىٰ
Open ayah 87:19इब्राहीम र मूसाका ग्रन्थहरूमा ।