الغاشية
Al-Ghaashiya
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
هَلۡ أَتَىٰكَ حَدِيثُ ٱلۡغَٰشِيَةِ
Open ayah 88:1के तिमीकहाँ ढपक्कै ढाक्ने विपत्तिको खबर पुगेको छ ?
وُجُوهٞ يَوۡمَئِذٍ خَٰشِعَةٌ
Open ayah 88:2त्यस दिन कतिपय अनुहारहरू भयभीत हुनेछन् ।
عَامِلَةٞ نَّاصِبَةٞ
Open ayah 88:3परिश्रम गरिरहेका थकित हुनेछन् ।
تَصۡلَىٰ نَارًا حَامِيَةٗ
Open ayah 88:4तिनीहरू दन्कँदो अग्निमा जाकिनेछन ।
تُسۡقَىٰ مِنۡ عَيۡنٍ ءَانِيَةٖ
Open ayah 88:5उम्लँदो मुहानबाट खुवाइनेछ ।
لَّيۡسَ لَهُمۡ طَعَامٌ إِلَّا مِن ضَرِيعٖ
Open ayah 88:6सुकेको काँडैकाँडा बाहेक अरू कुनै खाद्यान्न तिनीहरूले पाउने छैनन् ।
لَّا يُسۡمِنُ وَلَا يُغۡنِي مِن جُوعٖ
Open ayah 88:7जसले न पोषण दिन्छ न भोक नै मार्छ ।
وُجُوهٞ يَوۡمَئِذٖ نَّاعِمَةٞ
Open ayah 88:8कतिपय अनुहारहरू त्यसदिन प्रफुल्लित हुनेछन् ।
لِّسَعۡيِهَا رَاضِيَةٞ
Open ayah 88:9आफ्नो परिश्रमप्रति सन्तुष्ट हुनेछन् ।
فِي جَنَّةٍ عَالِيَةٖ
Open ayah 88:10उच्च स्वर्गमा हुनेछन् ।
لَّا تَسۡمَعُ فِيهَا لَٰغِيَةٗ
Open ayah 88:11जहाँ कुनै अशिष्ट र व्यर्थ कुरा सुन्ने छैनन् ।
فِيهَا عَيۡنٞ جَارِيَةٞ
Open ayah 88:12जहाँ बगिरहेका मुहानहरू हुनेछन् ।
فِيهَا سُرُرٞ مَّرۡفُوعَةٞ
Open ayah 88:13त्यहाँ उच्च आसनहरू हुनेछन् ।
وَأَكۡوَابٞ مَّوۡضُوعَةٞ
Open ayah 88:14र, जाम राखिएका हुनेछन् ।
وَنَمَارِقُ مَصۡفُوفَةٞ
Open ayah 88:15र, सिरानीहरू पंक्तिहरूमा लगाइएका हुनेछन् ।
وَزَرَابِيُّ مَبۡثُوثَةٌ
Open ayah 88:16र, मखमली गलैंचाहरू विछ्याइएका हुनेछन् ।
أَفَلَا يَنظُرُونَ إِلَى ٱلۡإِبِلِ كَيۡفَ خُلِقَتۡ
Open ayah 88:17के यिनीहरू ऊँटतिर हेर्दैनन् कि कसरी त्यसको सृष्टि गरियो ।
وَإِلَى ٱلسَّمَآءِ كَيۡفَ رُفِعَتۡ
Open ayah 88:18र, आकाशतिर कि त्यो कसरी उच्च पारियो ?
وَإِلَى ٱلۡجِبَالِ كَيۡفَ نُصِبَتۡ
Open ayah 88:19र, पहाडहरूतिर कि कसरी गाडिए ?
وَإِلَى ٱلۡأَرۡضِ كَيۡفَ سُطِحَتۡ
Open ayah 88:20र, पृथ्वीतिर कि कसरी विछ्याइयो ?
فَذَكِّرۡ إِنَّمَآ أَنتَ مُذَكِّرٞ
Open ayah 88:21अतः (हे सन्देष्टा !) उपदेश देऊ । तिमी एउटा उपदेशक मात्र हौ ।
لَّسۡتَ عَلَيۡهِم بِمُصَيۡطِرٍ
Open ayah 88:22तिनीहरूमाथि हवल्दार होइनौ ।
إِلَّا مَن تَوَلَّىٰ وَكَفَرَ
Open ayah 88:23अँ, जो विमुख हुन्छ र कुफ्र गर्छ
فَيُعَذِّبُهُ ٱللَّهُ ٱلۡعَذَابَ ٱلۡأَكۡبَرَ
Open ayah 88:24उसलाई अल्लाहले ठुलो यातना दिनेछन् ।
إِنَّ إِلَيۡنَآ إِيَابَهُمۡ
Open ayah 88:25निस्सन्देह हामीतिर नै तिनीहरू फर्कनुछ ।
ثُمَّ إِنَّ عَلَيۡنَا حِسَابَهُم
Open ayah 88:26र, तिनीहरूको हिसाब हाम्रै जिम्मा छ ।