الشمس
Ash-Shams
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلشَّمۡسِ وَضُحَىٰهَا
Open ayah 91:1सूर्य र त्यसको प्रकाशको कसम !
وَٱلۡقَمَرِ إِذَا تَلَىٰهَا
Open ayah 91:2र, चन्द्रमाको जब त्यो सूर्य पछि आउँछ ।
وَٱلنَّهَارِ إِذَا جَلَّىٰهَا
Open ayah 91:3र, दिनको जब सूर्यलाई प्रकट गर्छ ।
وَٱلَّيۡلِ إِذَا يَغۡشَىٰهَا
Open ayah 91:4रातको जब त्यस (सुर्य) लाई छोप्छ
وَٱلسَّمَآءِ وَمَا بَنَىٰهَا
Open ayah 91:5र, आकाशको र त्यसको सिर्जनाको
وَٱلۡأَرۡضِ وَمَا طَحَىٰهَا
Open ayah 91:6र, पृथ्वीको अनि यसको विस्तारको
وَنَفۡسٖ وَمَا سَوَّىٰهَا
Open ayah 91:7र ज्यान को र यसको परिपूर्णताको कसम
فَأَلۡهَمَهَا فُجُورَهَا وَتَقۡوَىٰهَا
Open ayah 91:8अनि अल्लाहले त्यसलाई पाप तथा पुण्यको समझ प्रदान गरेका छन् ।
قَدۡ أَفۡلَحَ مَن زَكَّىٰهَا
Open ayah 91:9जसले त्यसलाई शुद्ध पार्यो त्यो निश्चय नै सफल भयो ।
وَقَدۡ خَابَ مَن دَسَّىٰهَا
Open ayah 91:10र, जसले त्यसलाई कलुषित पार्यो त्यो नै विफल भयो ।
كَذَّبَتۡ ثَمُودُ بِطَغۡوَىٰهَآ
Open ayah 91:11समूदले आफ्नो उद्दण्डताले गर्दा (सन्देष्टालाई) मिथ्या ठहर गर्यो ।
إِذِ ٱنۢبَعَثَ أَشۡقَىٰهَا
Open ayah 91:12जब तिनीहरूमध्येको सर्वाधिक अभागी व्यक्ति खडा भयो ।
فَقَالَ لَهُمۡ رَسُولُ ٱللَّهِ نَاقَةَ ٱللَّهِ وَسُقۡيَٰهَا
Open ayah 91:13तब अल्लाहका रसूल (सालेह) ले तिनीहरूलाई भने– “अल्लाहको ऊँटनीलाई छुनु र त्यसलाई पानी पिउन बाधा नपुर्याऊनुबाट सावधान !"
فَكَذَّبُوهُ فَعَقَرُوهَا فَدَمۡدَمَ عَلَيۡهِمۡ رَبُّهُم بِذَنۢبِهِمۡ فَسَوَّىٰهَا
Open ayah 91:14तर तिनीहरूले ईशदूतलाई मिथ्या ठहर गरे र ऊँटनीको खुट्टाहरू काटिदिए । अन्ततः पालनकर्ताले तिनीहरूका पापको कारण तिनीहरूमाथि प्रकोप बर्साइदिए र सबैको नामोनिशान मेटाए ।
وَلَا يَخَافُ عُقۡبَٰهَا
Open ayah 91:15र, उन (अल्लाह) लाई तिनीहरूको परिणामको कुनै चिन्ता छैन ।