الليل

Al-Lail

The Night · Surah 92 · Ayahs: 21 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلَّيۡلِ إِذَا يَغۡشَىٰ

    Open ayah 92:1

    रातको कसम जब त्यसले (दिनलाई ढपक्कै) ढाक्छ

  2. وَٱلنَّهَارِ إِذَا تَجَلَّىٰ

    Open ayah 92:2

    र, दिनको जब त्यो प्रकाशमान हुन्छ

  3. وَمَا خَلَقَ ٱلذَّكَرَ وَٱلۡأُنثَىٰٓ

    Open ayah 92:3

    र, पुरुष तथा स्त्रीको सिर्जना को

  4. إِنَّ سَعۡيَكُمۡ لَشَتَّىٰ

    Open ayah 92:4

    कि निश्चय नै तिमीहरूका प्रयास विभिन्न प्रकारका छन् ।

  5. فَأَمَّا مَنۡ أَعۡطَىٰ وَٱتَّقَىٰ

    Open ayah 92:5

    अतः जसले खर्च गर्यो र ईशभय राख्यो

  6. وَصَدَّقَ بِٱلۡحُسۡنَىٰ

    Open ayah 92:6

    र भलोलाई सत्य सिद्ध गर्यो ।

  7. فَسَنُيَسِّرُهُۥ لِلۡيُسۡرَىٰ

    Open ayah 92:7

    अतः उसका लागि हामी सहजता उत्पन्न गर्नेछौं ।

  8. وَأَمَّا مَنۢ بَخِلَ وَٱسۡتَغۡنَىٰ

    Open ayah 92:8

    तर जसले कञ्जुस्याईं र लापर्वाही गर्यो

  9. وَكَذَّبَ بِٱلۡحُسۡنَىٰ

    Open ayah 92:9

    र भलोलाई मिथ्या ठहर गर्यो

  10. فَسَنُيَسِّرُهُۥ لِلۡعُسۡرَىٰ 

    Open ayah 92:10

    उसलाई हामी विकटतातर्फ डोर्याउनेछौं ।

  11. وَمَا يُغۡنِي عَنۡهُ مَالُهُۥٓ إِذَا تَرَدَّىٰٓ

    Open ayah 92:11

    र (नरकको) खाल्डोमा झर्ने बेलामा उसको सम्पत्ति उसको कुनै काम आउने छैन ।

  12. إِنَّ عَلَيۡنَا لَلۡهُدَىٰ

    Open ayah 92:12

    सत्मार्ग प्रदर्शन गर्नु त केवल हाम्रै हातमा छ ।

  13. وَإِنَّ لَنَا لَلۡأٓخِرَةَ وَٱلۡأُولَىٰ

    Open ayah 92:13

    र, हाम्रै हातमा छ परलोक र लोक पनि ।

  14. فَأَنذَرۡتُكُمۡ نَارٗا تَلَظَّىٰ

    Open ayah 92:14

    अतः मैले तिमीहरूलाई दन्कँदो आगोबाट सावधान गरिदिएको छु ।

  15. لَا يَصۡلَىٰهَآ إِلَّا ٱلۡأَشۡقَى

    Open ayah 92:15

    त्यसमा केवल (त्यो) अभागी होमिनेछ

  16. ٱلَّذِي كَذَّبَ وَتَوَلَّىٰ

    Open ayah 92:16

    जसले मिथ्या ठहर गर्यो र विमुख भयो ।

  17. وَسَيُجَنَّبُهَا ٱلۡأَتۡقَى

    Open ayah 92:17

    र त्यस धर्मनिष्ठ व्यक्तिलाई त्यस (नरक) बाट सुरक्षित राखिनेछ

  18. ٱلَّذِي يُؤۡتِي مَالَهُۥ يَتَزَكَّىٰ

    Open ayah 92:18

    जो पवित्रता प्राप्त गर्न सम्पत्ति खर्च गर्छ ।

  19. وَمَا لِأَحَدٍ عِندَهُۥ مِن نِّعۡمَةٖ تُجۡزَىٰٓ

    Open ayah 92:19

    र, कसैको उसमाथि उपकार छैन जसको बदला चुकाइयोस् ।

  20. إِلَّا ٱبۡتِغَآءَ وَجۡهِ رَبِّهِ ٱلۡأَعۡلَىٰ 

    Open ayah 92:20

    केवल आफ्ना सर्वोच्च पालनकर्ताको प्रसन्नता प्राप्तिकोलागि (खर्च गर्छ) ।

  21. وَلَسَوۡفَ يَرۡضَىٰ

    Open ayah 92:21

    र, शीघ्र नै ऊ प्रसन्न हुनेछ ।