العلق

Al-Alaq

The Clot · Surah 96 · Ayahs: 19 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. ٱقۡرَأۡ بِٱسۡمِ رَبِّكَ ٱلَّذِي خَلَقَ

    Open ayah 96:1

    (हे मुहम्मद स.!) पढ; आफ्ना पालनकर्ताको नामबाट जसले सिर्जना गरे ।

  2. خَلَقَ ٱلۡإِنسَٰنَ مِنۡ عَلَقٍ

    Open ayah 96:2

    सिर्जना गरे मनुष्यलाई रगतको डल्लोबाट ।

  3. ٱقۡرَأۡ وَرَبُّكَ ٱلۡأَكۡرَمُ

    Open ayah 96:3

    पढ ! तिम्रा रब सबभन्दा उदार छन् ।

  4. ٱلَّذِي عَلَّمَ بِٱلۡقَلَمِ

    Open ayah 96:4

    जसले कलमद्वारा शिक्षा प्रदान गरे ।

  5. عَلَّمَ ٱلۡإِنسَٰنَ مَا لَمۡ يَعۡلَمۡ

    Open ayah 96:5

    मनुष्यलाई त्यो कुरा सिकाए जुन कुराको ज्ञान उसलाई थिएन ।

  6. كَلَّآ إِنَّ ٱلۡإِنسَٰنَ لَيَطۡغَىٰٓ

    Open ayah 96:6

    कदापी होइन, मनुष्य त उद्दण्ड हुन पुग्छ ।

  7. أَن رَّءَاهُ ٱسۡتَغۡنَىٰٓ

    Open ayah 96:7

    यस कारणले कि ऊ आफूलाई परिपूर्ण पाउँछ ।

  8. إِنَّ إِلَىٰ رَبِّكَ ٱلرُّجۡعَىٰٓ

    Open ayah 96:8

    निश्चित रूपमा तिम्रा रबतर्फ नै फर्कनुछ ।

  9. أَرَءَيۡتَ ٱلَّذِي يَنۡهَىٰ

    Open ayah 96:9

    के तिमीले देख्यौ त्यस व्यक्तिलाई जो रोक्दछ

  10. عَبۡدًا إِذَا صَلَّىٰٓ 

    Open ayah 96:10

    एक भक्तलाई जब उनी नमाज पढ्छन् ?

  11. أَرَءَيۡتَ إِن كَانَ عَلَى ٱلۡهُدَىٰٓ

    Open ayah 96:11

    के तिमीले सोच्यौ यदि उनी (रोकिने व्यक्ति) सत्मार्गमा छन्

  12. أَوۡ أَمَرَ بِٱلتَّقۡوَىٰٓ

    Open ayah 96:12

    वा उनी ईशभयको आदेश दिन्छन् ?

  13. أَرَءَيۡتَ إِن كَذَّبَ وَتَوَلَّىٰٓ

    Open ayah 96:13

    तिम्रो के विचार छ यदि उस (रोक्ने व्यक्ति) ले मिथ्या ठहर गर्यो र ऊ विमुख भयो भने ?

  14. أَلَمۡ يَعۡلَم بِأَنَّ ٱللَّهَ يَرَىٰ

    Open ayah 96:14

    अल्लाहले देखिरहेका छन् भन्ने कुरा त्यसलाई थाहा छैन र ?

  15. كَلَّا لَئِن لَّمۡ يَنتَهِ لَنَسۡفَعَۢا بِٱلنَّاصِيَةِ

    Open ayah 96:15

    किन नदेखिनु, यदि ऊ रोकिएन भने हामी त्यसको नासियह (जुल्फी) अँठ्याएर घिसार्नेछौं ।

  16. نَاصِيَةٖ كَٰذِبَةٍ خَاطِئَةٖ

    Open ayah 96:16

    झूठो र पापी नासियह्लाई ।

  17. فَلۡيَدۡعُ نَادِيَهُۥ

    Open ayah 96:17

    अनि बोलाओस् आफ्नो समूहलाई ।

  18. سَنَدۡعُ ٱلزَّبَانِيَةَ

    Open ayah 96:18

    हामी नरकका फरिश्ताहरूलाई डाक्नेछौं ।

  19. كَلَّا لَا تُطِعۡهُ وَٱسۡجُدۡۤ وَٱقۡتَرِب۩

    Open ayah 96:19

    कदापि होइन; नमान उसका कुरा, बरु सज्दा गर तथा (अल्लाहको) निकट भइहाल ।