القدر
Al-Qadr
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِنَّآ أَنزَلۡنَٰهُ فِي لَيۡلَةِ ٱلۡقَدۡرِ
Open ayah 97:1निस्सन्देह हामीले यस (कुरआन) लाई कद्रको रातमा अवतरण गर्यौं ।
وَمَآ أَدۡرَىٰكَ مَا لَيۡلَةُ ٱلۡقَدۡرِ
Open ayah 97:2र कद्रको रात के हो तिमीलाई के थाहा ?
لَيۡلَةُ ٱلۡقَدۡرِ خَيۡرٞ مِّنۡ أَلۡفِ شَهۡرٖ
Open ayah 97:3कद्रको रात हजार महिनाभन्दा पनि उत्तम छ ।
تَنَزَّلُ ٱلۡمَلَٰٓئِكَةُ وَٱلرُّوحُ فِيهَا بِإِذۡنِ رَبِّهِم مِّن كُلِّ أَمۡرٖ
Open ayah 97:4यसमा फरिश्ताहरू एवं आत्मा (जिब्रइल) आफ्ना पालनकर्ताको आदेशले हरेक कार्य सम्पादनकोलागि ओर्लने गर्छन् ।
سَلَٰمٌ هِيَ حَتَّىٰ مَطۡلَعِ ٱلۡفَجۡرِ
Open ayah 97:5यो (रात) प्रातःकालको आगमनसम्म शान्ति नै शान्ति हुन्छ ।