البينة
Al-Bayyina
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
لَمۡ يَكُنِ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ وَٱلۡمُشۡرِكِينَ مُنفَكِّينَ حَتَّىٰ تَأۡتِيَهُمُ ٱلۡبَيِّنَةُ
Open ayah 98:1अह्ले–किताब एवं मुश्रिकहरूमध्ये कुफ्र गर्ने व्यक्तिहरूले तिनीहरूकहाँ प्रत्यक्ष प्रमाण नआउञ्जेल आफ्नो कुफ्र त्याग्नेवाला थिएनन् ।
رَسُولٞ مِّنَ ٱللَّهِ يَتۡلُواْ صُحُفٗا مُّطَهَّرَةٗ
Open ayah 98:2(अर्थात्) अल्लाहका रसूल जसले पवित्र पानाहरू पाठ गरेर सुनाऊन् ।
فِيهَا كُتُبٞ قَيِّمَةٞ
Open ayah 98:3जसमा ठोस आदेशहरू अङ्कित छन् ।
وَمَا تَفَرَّقَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ إِلَّا مِنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَةُ
Open ayah 98:4र, अह्ले–किताबहरू प्रत्यक्ष प्रमाण पाएपछि मात्र विभाजित भए ।
وَمَآ أُمِرُوٓاْ إِلَّا لِيَعۡبُدُواْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ حُنَفَآءَ وَيُقِيمُواْ ٱلصَّلَوٰةَ وَيُؤۡتُواْ ٱلزَّكَوٰةَۚ وَذَٰلِكَ دِينُ ٱلۡقَيِّمَةِ
Open ayah 98:5आदेश त तिनीहरूलाई यही थियो कि आफ्नो धर्मलाई अल्लाहकोलागि शुद्ध पारेर एकाग्र भई उनको उपासना गरून्; नमाज कायम गरून् र जकात चुक्ता गरून् र यही नै सिधा धर्म हो ।
إِنَّ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ وَٱلۡمُشۡرِكِينَ فِي نَارِ جَهَنَّمَ خَٰلِدِينَ فِيهَآۚ أُوْلَٰٓئِكَ هُمۡ شَرُّ ٱلۡبَرِيَّةِ
Open ayah 98:6निस्सन्देह अह्ले–किताब र मुश्रिकहरूमध्ये कुफ्र गर्ने व्यक्तिहरू नरकको आगोमा होमिनेछन् जहाँ तिनीहरू सदा रहनेछन् । तिनीहरू नै हुन् दुष्टतम प्राणी ।
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ أُوْلَٰٓئِكَ هُمۡ خَيۡرُ ٱلۡبَرِيَّةِ
Open ayah 98:7निस्सन्देह जसले ईमान ल्याए र सत्कर्म गरे उनीहरू नै सर्वश्रेष्ठ प्राणी हुन् ।
جَزَآؤُهُمۡ عِندَ رَبِّهِمۡ جَنَّٰتُ عَدۡنٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ رَّضِيَ ٱللَّهُ عَنۡهُمۡ وَرَضُواْ عَنۡهُۚ ذَٰلِكَ لِمَنۡ خَشِيَ رَبَّهُۥ
Open ayah 98:8यस्ता व्यक्तिहरूको प्रतिदान उनका पालनकर्तासमक्ष सदा रहने बगैंचाहरू हुन्, जसको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन्, जहाँ उनीहरू सदासर्वदा रहनेछन् । अल्लाह उनीहरूसित प्रसन्न भए र उनीहरू अल्लाहसित खुशी भए । यो उसको निम्ति हो जो आफ्ना पालनकर्तासित डराउने गर्छ ।